गरीबछु म भोमसँग तिमी सुनको कुरा नगर अहिन्सावादी हूँ म मसँग तिमी खूनकोकुरानगर
धेरैतनाव्ग्रस्त भाको छु म एक्लै छोड एकछिन, मसँग आकाश, धर्ती, घाम र जुनकोकुरानगर
बसुदैबकुटुम्बकमको भावना जगाउन यो पृथ्वीमा, बाहुन,तमाङ, शेर्पा, गुरुङ, पूनको कुरा नगर
हामीसबै जिउँदाको जन्ती मर्दाको मलामीहौँ, मिलेरबसौंआपसमा, बैगुन-गुनको कुरानगर
हरेकको आ-आफ्नै संस्क्रिति, भाषारभेस छन्, आदर-सत्कार गरौँ, विविध धूनको कुरा नगर
गरीबछु म भोमसँग तिमी सुनको कुरा नगर अहिन्सावादी हूँ म मसँग तिमी खूनकोकुरानगर