म
एक सर्वसाधारण । जति पाए पनि भो नभन्नु, जति खाए पनि
नअघाउनु, कुनै पनि उपचारले कहिल्यै निको नहुनु मेरा
जन्मजात विशेषता हुन् । म यो धर्तीको भार, अगस्तीको
अवतार हुँ ।
मेरा लागि संसारमा बडेबडे विश्वयुद्धहरू,
जनयुद्धहरू, साम्प्रदायिक तथा जातीय लडाइँहरू भएका छन्
। मेरै लागि संसारमा लाखौँकोे अकालमा ज्यान गयो, गइरहेको
छ ।
संसारको अपार सुरक्षा प्राप्त्ा छ
मलाई । विश्वको जुनसुकै कुनामा मलाई कुनै आपत् पर्यो
भने बख्तरबन्द गाडीहरू बारुद बोकेर हाजिर हुन्छन् ।
मेरै सुरक्षार्थ राष्ट्रसङ्घका शान्ति सेनाहरू आँगनमै
आउँछन् । सम्पन्न राष्ट्रहरू मलाई अनुदान दिएका दियै
छन्, विपन्नहरू मेरै नाममा दान लिएका लियै छन् । संसारभर
िलाखौँ सङ्घसंस्थाहरू मेरो जीवनस्तर उठाउन अहोरात्र
खटेका छन् । मलाई खुवाउन, पियाउन वा चुठाउन मात्रै होइन,
उस्तै परे आची धोइदिन पनि तयार छन् ।
मेरै अधिकार रक्षाका लागि संविधान
र कानुन छन् । सांसद, मन्त्री र नेताहरू छन् । सेना,
छापामार र गुरल्िलाहरू छन् । गोला, बारुद र अनेक हातहतियारहरू
मेरै सुरक्षाका लागि तैनाथ छन् । बाइबल, कुरान, पुराण,
क्राइस्ट, अहमद, बुद्ध, माओ, साइबाबालगायत सबै देउताहरू
मेरै पक्षमा छन् । लाखौँ कर्मचारीहरू सयौँ वर्षदेखि
मेरै काममा पेन्सन पकाइरहेका छन् । सहिदहरूका सपनामा,
नेताहरूका जपनामा, राजपत्रमा, घोषणापत्रमा, जुलुसमा,
नारामा, संविधानका धारामा, राष्ट्रिय योजनामा जताततै
म छु ।
तैपनि, म आजीवन असुरक्षित, भयभीत,
गलित, भोको, नाङ्गो, हरकिङ् गाल, पिलन्धरे, रोगी, सुकुम्वासी,
शरणार्थी, पीडित र प्रताडित छु ।
म नभएको भए यो संसार कति सुखी हुन्थ्यो
होला ? मानिसहरू कति खुसी हुन्थे होलान् ? हरे म ! महात्मा-परमात्मा
सबै खनिएर खन्याउँदा पनि कहिल्यै नभरनिे कत्रो बालुवाको
रास रहेछु ? संसारैभरकिा सबै ओखती दल्दा पनि पुस्तौँसम्म
घाँटीमा गाँड र कापमा हाइड्रोसिल झुन्ड्याएर हिँड्ने
कस्तो घाँडो मधौरु रहेछु म !?
मेरो दुःख हटाउन बल गर्दागर्दै पुष्पलाल
मरे । मेरो उद्धारमा लाग्दालाग्दै बीपी क्यान्सरको फन्दामा
परे । मेरै नाम जप्दाजप्दै मनमोहन मूच्र्छा परे । मेरो
चिन्ता गर्दागर्दै माधव नेपाल चाउरी परे । मेरा दुःखहरू
झन्झन् मौलाए, त्यो खप्न नसकेर होला कृष्णप्रसाद झन्डै
बौलाए । गिरजिाको सास जान लागिसक्यो । प्रचण्डको होशै
भागिसक्यो ।
यसरी संसारका सबै सम्पन्न मानिसलाई
दुःख दिएर पापको भारी बोकेर बाँच्नुभन्दा मर्नु निको
भन्ने मलाई थाहा छ । यस संसारमा प्रजातन्त्र भन्ने चीज
नहुने भए, बेलाबखत मैले भोट हाल्नु नपर्ने भए, मबेगर
पनि कोही राजा, राष्ट्रपति वा प्रधानमन्त्री हुने भए,
सरकार चल्ने भए, अड्डा-अदालत खुल्ने भए, जुलुस निस्िकने
भए, आमसभा हुने भए, थपडीहरू बज्ने भए, एनजीओ-आईएनजीओहरू
बाँच्ने भए म उहिल्यै आत्महत्या गरसिक्ने थिएँ । वास्तवमा
म तिनीहरूकै लागि मात्र पो बाँचेको छु त ! धरोधर्म !
तिनीहरूलाई बचाउनु नपर्ने भए म उहिल्यै मरसिक्थेँ ।
संसारलाई यस्तो दुःख दिएर बाँच्थेँ र !
copy paste from Nepal magazine . by laxman gamname.
i like the way he decribes about common people. i love this article, so sharing with u all.