श्री सम्पादकज्यू
कान्तिपुर दैनिक
सुविधानगर, काठमाण्डौ, नेपाल ।
विषयः समाचारको खण्डन र लेखकको नियतमाथि गम्भीर टिप्पणी
महोदय,
२०६३ फाल्गुन २७ गते आइतवार त्यस दैनिकमा 'अमेरिकामा नेपाली सञ्चार' विषयक समाचार प्रकाशित भएको र त्यस समाचारको अध्ययन गर्दा लेखकले यहाँ रहेका केही मिडियालाई अनावश्यक आक्षेप लगाई आफु र आफु संलग्न मिडिया मात्र प्रजातन्त्रवादी भएको डंका पिर्टाई अमेरिकामा रहेको नेपाली समुदायको गम्भीर विखण्डन गर्ने दुष्प्रयास हुन गएकोमा त्यसको खण्डन गर्दै त्यस प्रकारको कार्य आगामी दिनमा नहुने वातावरण सृजना गर्न र अन्जानमा अमेरिकाबाट प्रेशित गरेको भन्दैमा त्यस दैनिकमा प्रकाशन हुनु अघि सवै लेख रचना तथा समाचारमा आवश्यक सुझबुझ कायम राख्न हुन हार्दिक अनुरोध गर्दछु ।
साथै अमेरिकाबाट प्रेशित त्यस प्रकारको बद्नियतपर्ूण्ा कार्य प्रेशक गिरिस पोखरेलबाट हुन गएकोमा वहाँको त्यस प्रकारको नियतको भर्त्सना गर्दै यहाँ रहेका नेपाली समुदायमा कार्यरत मिडियाहरुबाट पनि ब्यापक विरोध हुनुपर्ने तर्फम सवैको ध्यानाकर्षा गराउन चाहान्छु । साथै नियतबस यहाँको टेलिभिजन र पत्रपत्रिकाहरुमाथि नेपालको शाही शासनको प्रत्यक्ष वकालत गरेको भन्ने पोखरेलको लाञ्छनाको घोर विरोध गर्दै विगतदेखि वर्तमान सम्म पोखरेलबाट भएका केही घिनलाग्दा गतिविधिमाथि प्रकास पार्ने जमर्को गरेको छु । आशा छ, सवैबाट पोखरेलको नियत र विगतको वहाँको नीच कार्यलाई जान्दै भविष्यमा पोखरेलप्रति सवै सजग रहन समेत हार्दिक आहृवान गर्दछु ।
बारम्बार पोखरेल लगायत नेपाली पोष्ट डट कम का केही पदाधिकारीहरुबाट नेपालबाहिर पहिलोपटक स्थापित सगरमाथा टेलिभिजन र अन्य केहि पत्रपत्रिकाहरुलाई नेपालको दरवारको र्समर्थक रहेको गम्भिर आक्षेप लगाउने काम हुदै आएको छ । वहाँले अमेरिकामा नेपाली संचारको विषयमा प्रकाश पार्दा किन १२ वर्षदेखि संचालित टेलिभिजन र विगत दर्ुइ वर्षेखि संचालित पाक्षिक पत्रिका विश्व सन्देशलाई दरवार र राजाको र्समर्थक रहेको आक्षेप लगाउनु भयो भन्ने विषयमा यहाँ रहेका नेपाली समुदायका सदस्यहरु जानिफकार नै हुनुहुन्छ । पोखरेलले पटक पटक सगरमाथा टेलिभिजन, विश्वसन्देश पाक्षिक र न्यूयोर्कबाट प्रकाशित नेपाल खवरलाई राजाको माघ १९ को सन्देशको र्समर्थन गरेको आक्षेप लगाई आफु र आफु संलग्न नेपाली पोष्ट डट कम तथा रेडियो दोभान मात्र प्रजातन्त्रबादी भएको स्वयंघोषित अलंकार लगाउँदै धेरै नेपालीहरुलाई वहाँहरुको ब्यबहार अपच बनाउँदै आउनु भयो । नेपाली पोष्ट डट कम पहिलो अनलाईन पत्रिका होला तर त्यहि मात्र प्रजातन्त्रवादी हो र नेपालको प्रजातन्त्रको लागि त्यो मात्र अमेरिकामा रहेको एकमात्र ठेकेदार हो भन्ने कुरा लाजमर्दो र घिनलाग्दो पोखरेलको विगतले स्पष्ट पार्दै आएको अहिलेसम्म यहाँ बसोवास गर्ने नेपालीहरु, नेपाली पोष्ट डट कमका पदाधिकारीहरु, रेडियो दोभानका नगेन्द्र पौडेल, निरञ्जनमानसिंह रेग्मी, मनोज रिसाल, डिक बहादुर तामाङ्ग, सरोज प्रजापति, गोविन्द गिरि, सुवु के. सी. तथा सुदिप तिवारी, र नेपालमा रहेका संचारकर्मीहरु मध्ये कमैलाई थाह होला । पोखरेल पहिला के थिए र कसरी अमेरिका आए भन्ने कुरा दुनियाँले नजान्दा उनी अहिले वासिंगटन डि. सी., भर्जिनिया र मेरिल्याण्डका नेपाली समुदायका वीचमा आदरणीय देखिएका होलान् । उनले गरेका कर्ुकर्महरुको पर्दाफास नभएको वर्तमान अवस्थामा आफु मात्र हिरो हुँ भन्ने हुँकार र दम्भले उनलाई यहाँ रहेको नेपाली समाजमा धाक र रवाफ जमाउन निकै प्रेरित गरेको होला । अमेरिका आउँदा भात खाने ठाउँको अभावमा उनको हरिविजोग देखेर मद्दत गर्नेर् मित्रहरुलाई लात मारेर हिँडेको पोखरेलको विगत कसैलाई थाह छैन भन्ने उनले सोचेका होलान् र अहिले उनले तिनै आफ्ना मित्रहरुको घरमा खाएको थालमा हगेर हिड्ने काम गरेका छन् र मनपरी बोल्दै नेपालका छापाहरुमा अनर्गल प्रचारबाजी गर्दै हिँडिरहेका छन् ।
अर्कालाई दरवार, नेपाली सेना र राजाको शासनको प्रत्येक्ष वकालत गर्ने भन्ने जवर्जस्ती विल्ला भिडाउन पाउँदा उनलाई सञ्चो भएको होला र उनी त्यहि विल्ला भिर्डाई हालेको छु भन्ने गलत विश्वासमा हौसिएर यहाँ रहेका टेलिभिजन र पत्रपत्रिकाहरुको लोकप्रियतामाथि धावा बोल्न सकेको महशुस गर्दै हिँडेका होलान् । थाह नपाउनेले त नेपाली पोष्ट र पोखरेलको अन्धभक्त बनी र्समर्थन जनाउँलान, थाह पाएकाहरुले पोखरेलको मुखमा पिच्च थुके भने त्यसवेला को जिम्मेवार हुने - उनी आफु, नेपालीपोष्ट डट. कम. र रेडियो दोभान मात्र अमेरिकामा प्रजातन्त्रवादी भएको डंका पिटाउनमा मस्त छन् र ब्यस्त छन् । त्यसको पनि कारण छ । अमेरिकाभरीको कुरा छाडौं वासिंगटन डि. सी., मेरिल्याण्ड र भर्जिनियामै रहेका बहुमत नेपालीहरुलाई नेपालीपोष्ट र रेडियो दोभानको अत्तो पत्तो छैन । अत्तोपत्तो होस पनि कसरी - नेपालीहरुलाई काम गरेर फर्ुसद नै छैन भने ती मिडियाहरुको जानकारी लिनु पनि जरुरी छैन् । अधिकांस नेपालीहरुसंग कम्प्युटर र इन्टरनेट सेवा नभएका कारण कसैलाई उनीहरुको श्रोता बन्ने रहर पनि छैन् । यहाँ विगत १०/१२ वर्षेखि बसोवास गर्दै आएका र घरबार भएका बाहेक अन्यलाई पोखरेल संलग्न मिडियाको कुरा सुन्ने र पढ्ने इच्छा पनि छैन । कति छन् यस क्षेत्रमा कम्प्युटर र इन्टरनेट सेवा भएका - कति नेपाली छन् रेडियो दोभान सुन्ने - नाम मात्रको संस्था दर्ता गरेर नेपालमा भएका मानिसहरुको आँखामा अमेरिकामा के के न गरेको देखाउने दाँत मात्र हो नेपाली पोष्ट र रेडियो दोभान । यिनीहरुबाट अमेरिकामा झिगोँ पनि मरेको छैन् । नेपालका भ्रष्ट्राचारी, देशद्रोही, बापती, पर्खालमन्त्री, सुत्केरी खर्च खाने पुरुष सांसद, शाही नेपाल बायु सेवा निगम स्वाहा पार्ने आइमाई, कुख्यात मण्डले तर प्रजातन्त्रवादी भनिने कांग्रेस, एमाले लगायतका बेइमान नेताहरु, दरवारका जर्नेल र राजाका दुतहरु अमेरिका आउँदा तिनलाई बोकी बोकी हिड्ने काम गरेको भरमा नेपाली पोष्ट र रेडियो दोभानको संचालक मैँ हुँ भनी के के न गरेको देखाउने काम मात्र गिरिस पोखरेलले गर्दै आएका छन् । उनले यि सव काम विगतमा नेपालमा गरेको घिनलाग्दा कामहरुलाई ढाकछोप गर्नका लागि मात्र गरेका हुन ।
उनको पुख्र्यौली घरको कुरा नगरौं । कुनै वेला उनी हिलेबाट आइरहेको बसको छतमा धुलै धुलो भएर धरान बसपार्कमा कुरिरहेका थिए । त्यस्तो हालतमा देखिएका मान्छे अहिले अमेरिकामा मै हुँ भन्ने दम्भका साथ देख्दा त्यतिवेला देख्ने सुन्ने मान्छेहरुका लागि गिरिस पोखरेल अमेरिकाको राष्ट्रपति नै लाग्दो हो । धरानबाट उनी काठमाण्डौ पुगेर के के चर्तिकला देखाए भन्ने कुरा थोरै मान्छेहरुलाई थाह होला । पछि उनी लुटेरा पत्रकारको रुपमा स्थापित हुँदा थाह भयो कि उनको काम के हो भनेर । धेरै लुटेरा पत्रकारहरुको कुरा नगरौं, जनआस्थाका सम्पादक किशोर श्रेष्ठ, दृष्टिका सम्पादक कुन्दन अर्याल, सुर्योदयका सम्पादक बालकुमार नेपाल, खोजतलासका सम्पादक मधु लम्साल तथा पत्रकारहरु ऋषि धमला, पवन थापा कुन्तल, गोरखा एक्सप्रेसका सम्पादक इन्द्र चित्रकार आदिसंगको साठगाँठमा सुन तस्कर तथा प्रहरी अधिकृतहरुबाट पैसा खाने काममा गिरिस पोखरेल संलग्न थिए । सुन ब्यापारी हेम स्वाँर, प्रकाश स्वाँर र र्सर्ुय बहादुर श्रेष्ठसंग पैसा खाने र त्रिभूवन अन्तर्रर्ााट्रय विमानस्थलस्थित भन्सार कार्यालयबाट सुन छुटाउने काममा पोखरेलको सक्रियता त्यतिखेर निकै चर्को थियो । पछि उनी तिनै सुन ब्यापारीको मतियार बन्दै गए र महाराजगंजस्थित निर्मल निवासको सर्म्पर्कमा पुगे । निर्मल निवासको सर्म्पर्क पछि उनी लुम्बिनी विकास कोष, श्री ५ महेन्द्र प्रकृति संरक्षण कोष चाहार्दै श्री ५ ज्ञानेन्द्रको ढोके बैठके बन्न पुगे । ज्ञानेन्द्रको ढोके भएर मात्र उनलाई पुगेन उनी राजा वीरेन्द्रको सूचना जनआस्थामा निकाल्ने सूत्रका रुपमा ज्ञानेन्द्रको सुराकी भएर काम गर्न थाले । त्यो सूचना राजाका तत्कालिन ए. डि. सी. टिका धमलाले किशोर श्रेष्ठ र गिरिस पोखरेललाई उपलब्ध गराउँथे । त्यहि सूचना बाहिर निकाले बापत श्रेष्ठ र पोखरेल निर्मल निवासमा हरेक शुक्रबार नजराना बुझ्न जान्थे । त्यहिँ जाँड खान्थे र नजराना लिएर र्फकन्थे । यस्ता कामबाट पनि उनलाई सन्तुष्टि मिलेन । त्यसै समयमा डा. दर्ुगा पोखरेल न्यूयोर्कमा अध्ययनरत छँदा एक पुस्तक लेख्दै थिइन र उनको त्यहि पुस्तक बिमोचनको तयारीमा थियो । त्यो कुरा श्री ५ ज्ञानेन्द्रको जानकारीमा पुग्यो । ज्ञानेन्द्रलाई गिरिस पोखरेलले बक्सिस चढाए र ज्ञानेन्द्रको खुट्टामा ढोगेर अमेरिका जान ज्यू हजूर गरे । पोखरेलको ज्यू हजुर ज्ञानेन्द्रले स्वीकार गरे र दर्ुगा पोखरेलले अमेरिकाबाट काठमाण्डौस्थित अमेरिकी राजदुतावासमा पोखरेलको नाममा आमन्त्रण पत्र पठाइन् तर कन्सुलर शाखाले पोखरेललाई भिसा दिएन् । पोखरेल रुँदै कराउँदै निर्मल निवास पुगे । निर्मल निवासबाट ग्यारेण्टी पत्र थमाएर पठाएपछि पोखरेलले भिसा पाए र दर्ुगा पोखरेलको पुस्तकको बिमोचन समारोहको कभरेज गर्न पत्रकारको रुपमा अमेरिका आए र नेपालका सारा पत्रकारको खुट्टामा नेल ठोकेर उनी यतै हराए । निर्मल निवासले उनलाई लगाएको त्यो गुनको मुल्य अहिले पनि उनी भित्र भित्रैबाट चुकाउँछन् र बाहिर बाहिर उनी एक नम्बरका प्रजातन्त्रबादी भएर नेपालकै इतिहासमा सबभन्दा बेइमान प्रधानमन्त्री गिरिजा र उनकी छोरी सुजाता जोष्टको प्रियपात्र बन्दै आइरहेका छन् । त्यतिमात्र होइन् उनी अहिले नेपालको प्रजातन्त्रको लागि अमेरिकाको नम्बरी ठेकेदार आफु भएको देखाउँछन् । उनी सगरमाथा टेलिभिजन, विश्व सन्देश र नेपाल खवरलाई दरवारको वकालत गरेको निसाना लगाउँछन् त्यसको एउटै मात्र कारण छ, त्यो हो आफु दरवारको इशारामा चल्दै आएको कुरा दुनियाँले थाहा नपाउन भनेर उनले त्यसो गरेका हुन् । उनी अमेरिकाका लागि नेपाली राजदुत जय प्रताप राणा र पछिल्लो पटक गिरिजाको हनुमान बन्न नसकेर नेपाल फिर्ता भएका केदार भक्त श्रेष्ठको हातबाट भित्र भित्रै राजदुत कोषको रकम झ्वाम पार्ने एक नम्बरका बेइमान पनि हुन् । वेलायतका लागि राजदुत सिहबहादुर बस्न्यातसंग पोखरेलको पहिले देखि नै साठगाँठ थियो । बस्न्यात राजा ज्ञानेन्द्रका आफन्त हुन । उनको दवावमा अमेरिकाका लागि पछिल्ला राजदुत केदारभक्त श्रेष्ठले कैयन पटक राजदुत कोषको रकम पोखरेललाई दिएका थिए । के का लागि दिए भन्ने कुरा कायम मुकायम राजदुत रुद्र नेपाललाई पनि थाह हुन सक्छ । पोखरेल राजा ज्ञानेन्द्रकै पाउँमा पुग्नुमा राजाका वर्तमान एडिसी विनोद सिंहको कारणले हो भन्यो भने कसैले पत्यार नगर्लान् । तर भविष्यले त्यो कुरा प्रष्ट पारिहाल्नेछ ।
ठगी, जाली, फटाहा र वेइमान लगायत सवै प्रकारका कलंकित अलंकारका धनी गिरिस पोखरेल आफुलाई अहिले सवैभन्दा बढी प्रजातन्त्रबादी भन्न रुचाउनुको कारण कि उनलाई नै थाह छ कि सुजाता जोष्टलाई । यो ध्रुव सत्य कुुरा हो । मै हु भन्ने अमेरिका का वेइमान ठग कांग्रेसहरु खगेन्द्र जि. सि., आनन्द विष्ट, मृदुला कोइराला, शिव प्रकाश शर्मा, रामहरि सुवेदी, गौतम दाहाल, कृष्ण लामिछानेहरुलाई पनि उछिनेर नम्बरी कांग्रेस बन्न उनलाई सगरमाथा टेलिभिजन, विश्व सन्देश र नेपाल खवरका विरुद्ध विष बमन गरे मात्रै पाइन्छ भन्ने हेक्का छ र उनी ती संस्थाहरुको विरोधबाट आत्मसन्तुष्टि लिइरहेका छन् । अमेरिकामै नेपाली समुदायका सदस्यहरुले कुनै दिन कालोमोसो दलेर, जुत्ताको माला लगाएर राष्ट्रपति बुसको दरवार अगाडि फनफनी घुमाउँदा थाह पाउँछन् गिरिस पोखरेलले नेपाली समुदायको अमेरिकामा विखण्डन गरेको दुष्परिणामको फल र असली नेपाली पत्रकारलाई अमेरिका आउनबाट बञ्चित गरी निर्मल निवासको लेटर प्याड भजाएर भिसा लिई अमेरिका आएको कर्ुकर्मको परिणाम ।
गिरिस पोखरेलको विगत यतिमात्र छैन् उनको विगत केलाउँदा एउटा कितावको ठेली नै बन्छ । अमेरिकाकै कुरा गरौं । एउटा नेपाली कार्यक्रम वासिंगटन डिसिमा आयोजना हुँदा उपस्थित नेपालीहरुले खाएको १०/१० डलर स्वेच्छाले तिरेर कार्यक्रमबाट र्फकदै थिए । तर गिरिसले तिरेनन् । उनले पत्रकारलाई के को पैसा भनेर मेरै आखाँ अगाडि उनी खाएको नतिरी हिड्ने मान्छे हुन । त्यतिमात्र होइन् बाल्टिमोरमा पनि उनले त्यस्तै गरेको घटना धेरै छ । उनले आफ्नो नेपालको विगत चरित्र यहाँ आएर पनि छोडेका छैनन् । जहाँ राँड त्यहाँ भाँड भन्ने नेपाली उखान नै छ । नेपालमा पत्रकारिता क्षेत्रमा राँड भएर भाँड मच्चाएका पोखरेललाई अहिले अमेरिकामा पनि त्यो मनोरोगले पेलेकै छ । नेपाली समुदायको राँड हो पोखरेल, जहाँ गएपनि जहिले पनि उसले समुदायमा अमनचयन रहन नै दिँदैन्, उसको त्यो चरित्र नै हो र उ आफु राँड भएको दोष अरुमाथि थोपरेर आफु चोखिन खोज्छन् उनी । उनी कहिले आफु राँड बन्छन्, कहिले वासिंगटन डि. सि. वरपर रहेका उनका भरौटे नेपाली संघ संस्थाका पदाधिकारीहरुलाई राँड बनाउँछन् र त्यसको दोष स्वतन्त्र छवि भएका मिडियाहरुलाई थोपरेर मुतको आनन्द लिन्छन् ।
नेपाली समाज अमेरिकामा कमजोर हुँदै गएको छ । त्यसको पछाडि पोखरेल र उनी जस्ता वेइमानहरुद्वारा नेपाली आप्रवासीहरुलाई सघाउ पुर्याउने, नेपालको प्रजातन्त्र, मानव अधिकार, शान्ति र विकासको लागि भनेर अनावश्यक संघ संस्थाहरु खोल्ने र ती संघ संस्थाहरु नेपालका भ्रष्ट मन्त्री, साँसद र वेइमानहरु अमेरिका आउँदा भात खुवाउने र घुमाउने काममा मात्र सरिक हुनाले नेपाली समुदाय माझ विखण्डनकारी बन्दै गएका छन् । अमेरिकामा नेपाली संघ संस्थाहरु र ब्यक्ति विशेष समेत नेपालीहरुलाई नै ठग्ने काममा संलग्न हुँदै आएको कुरा त तीन चार महिना अघि एक पत्रकारले उल्लेख गरि नै सके । यहाँ भएका संघ संस्थाको सांगठनीक संरचनामाथि विश्लेषण गर्नु पर्ने आवश्यकता पनि बढ्दै गएको छ । गिरिस पोखरेलले नेपाली पोष्ट डट कमको लेटर प्याड आफ्ना मान्छेहरुलाई अमेरिका ल्याउने नाममा काठमाण्डौस्थित अमेरिकी दुतावासमा फर्जी स्पोन्सर लेटरको रुपमा पठाएको कुरा समेत केही समय अगाडि यहाँ चर्चित बनेको छ । उनको गतिविधि माथि उनकै संस्थाका पदाधिकारी संशकित बनेको घटना प्रकाशमा आएको धेरै भएको छैन् ।
अमेरिकामा बस्ने नेपालीहरु नेपालका आपराधिक चरित्र भएका नेता र उनीहरुको दल बिशेषको पछि लाग्ने जमर्को गर्दैनन् । यहाँ नेताले यसो गर्देला उसो गर्देला भन्ने आसा, चिन्ता र भरोसा नभएकाले नेपालको राजनीतिको यहाँ कुनै महत्व छैन् । यहाँ रहेका नेपालीहरुलाई आपसी सद्भावनावीच मिलिजुली बाच्ने र समाजमा हुने सामाजिक कार्य सम्बन्धि आवश्यक सूचनाद्वारा सुसुचित हुनका लागि मिडियाको आवश्यकता छ र त्यसका लागि टेलिभिजन र पत्रपत्रिकाबाट मनोरञ्जन तथा सुचनाको अधिकतम उपभोग गर्ने रहर छ । त्यो रहर मेटाउने काममा टेलिभिजन र पत्रपत्रिकाले अहं भूमिका निर्वाह गर्नु पर्छ । सायद ती मिडियाले समुदायका यि चिन्ता र चासोलाई पुरा गर्ने सोच राखेकै होलान् । नेपाली पोष्ट डट कम र रेडियो दोभानले आफुलाई जतिसुकै लोकप्रिय भने पनि बास्तविक अर्थमा टेलिभिजन र पत्रपत्रिकाको अगाडि तिनीहरुको कुनै स्थान नै छैन् । नेपाली समुदायमा खोलिएका संघ संस्थाका पछाडि नेपाली समुदाय होइन् नेपालका वेइमान नेताहरु मात्रै छन्, यहाँ कोही उनीहरुका पछाडि छन् भने पोखरेल र उनी जस्ता एकादर्ुइ वेइमानहरु मात्र छन् । अमेरिकामा नेपाली संचारकै कुरा गर्ने हो भने टेलिभिजन र पत्रपत्रिकाहरु मात्रै लोकप्रिय संचार बन्दै गइरहेका छन् । हुनसक्छ यि मिडियाहरुलाई नेपाली समुदायको लागि पेशागत बनाउने कुरामा कँही कमी कमजोरी होला, तर गिरिस पोखरेल जस्ता वेइमानले भने जस्तै चाहिँ पक्कै होइन् । कुनै समयमा त्यस्तो देखिए पनि उनीहरुले वर्तमान समयमा सुधार गरिसकेको संकेत अहिले देखिन्छ । यहाँ नेपाली मिडियाको स्थापना हुनु नराम्रो होइन्, राजा, गिरिजा, माधव, पशुपति, र्सर्ूय बहादुर, प्रचण्ड आदिको नोकर मिडिया बन्नु हुँदैन, यो चाहिँ सहि कुरा हो । आफु राजाको भान्से बन्ने, गिरिजाको हनुमान बन्ने र अरुलाई त्यसको दोष थोपर्ने पोखरेलहरुको टाउँको ठडिनु हुँदैन, त्यो यहाँ रहेका नेपाली समुदायको आवश्यकता पनि होइन् ।
गिरिस पोखरेल जस्ता यहाँ धेरै हनुमानहरु छन् । हनुमानहरुबाट कुनै किसिमका गलत दवाव, लाञ्छना र आरोपहरु यहाँका टेलिभिजन तथा पत्रपत्रिकाहरुमाथि थोपरेर समुदायलाई विखण्डन गर्ने काम आगामी दिनमा कोही कसैवाट भएमा त्यसको तीन पुस्ते सहितको विवरण उपलब्ध गर्राई अमेरिकामा भएको नेपाली समाज विखण्डनको प्रकृया रोक्न यो कलम बाध्य हुने यसै मार्फ जानकारी गराउँन चाहान्छु ।
भवदीय,
बिद्यादेवी बजगाई
छिन्ताङ, धनकुटा
हाल, नेवार्क, न्यूजर्सर्ीी