[Show all top banners]

MR_TRUTH
Replies to this thread:

More by MR_TRUTH
What people are reading
Subscribers
:: Subscribe
Back to: Politics Refresh page to view new replies
 बर्तमान संकटले पाएको हाँस्ने मौका
[VIEWED 7031 TIMES]
SAVE! for ease of future access.
Posted on 05-05-09 4:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देशको स्थिति हेरेर सधै रोइरहनु त थिदै थियो तर त्यसले (बर्तमान संकट) हाँस्ने  मौका पनि प्रदान गर्दो रहेछ ,ह्या कति मात्र रोइरहनु ।समय र परिस्थिति संगै  राष्ट्रपतिको कदम ज्ञानेको कदम संग ठ्याक्कै मिल्न गएछ । लोकतन्त्रका हिमायती भनेर चिच्याइरहने कंग्रेसले दिल खुलाएर स्वागत गरेछन । चाहे स्वीकारुन या नस्वीकारुन, प्रतक्ष्य अप्रतक्ष्य रुपमा यसको मतलब ज्ञानेको  कदम ठीक थियो भन्नु यउटै हो , सरी बाध्यता र शर्मलाइ, राजनितिमा तर्क गर्दा जता मोडे पनि हुन्छ तर यसले केही खित्का त प्रदान गर्यो नै । माओबादीले नागरीकको  सर्बोच्चता को लागि अन्तरीम संबिधानको दुहाइ दिए तर कटवाललाइ बर्खास्त गर्ने ऐन खोज्न धौ धौ परे ,  हाँसो लाग्दो परिस्थिति । प्रचण्डले बिदेशी हस्तक्षेपमा नझुक्ने भन्दै सहानुभूतिको आशा र क्रोधको पोको बटुल्न राजीनामा दिए , च्व च्व । तर संसारमा कुनै सरकार प्रमुखले नदिने ५, ५ पटक बिना बोलावट भारतीय सूदलाइ छिर्न दिने पनि उनै । त्यही भारतको पहलमा२० लाख भारतीयहरुलाइ नेपाली नागरिता पानीपुरी झैं ठेलामा बाँडनु पर्ने १२ बुँदे सम्झौताको पहिलो शर्त पालना गर्दा यिनलाइ बिदेशी हस्तक्षेपको कहिल्यै गन्ध आएन । खित्का छोडेर हाँसे टेलिभिजनमा उनै छाएका थिए । परिणाम? मजफोको जन्म भयो र अब बन्ने सरकारमा यिनकै हावी देखिन्छ तथापी एमाले सरकार बनाउन उफ्रदै छ, कँग्रेस ढाढस दिदैमा ब्यस्त । तर नम्बर देखाउनोस कसरी बन्छ? जनतालाइ रुवाएर ३२ मा पास हुने सजिलो नेपाली स्टा्याण्डर्ड पनि पार गरे पो त ।  जसरी रापपा राजपाले बिगतमा एमाले र काँग्रसीको असहायपनको बुइ चढे त्यही ऊपेन्द्र यादबले गर्नेछन, मजफो ले त अहिल्यै माँगीसके समाचार अनुसार । तीन सरकार प्रमुख मधेशीहरु ?   फेरी राष्ट्रपतिले अदालतको मुद्दा या अब गरिने भनिएको माओबादी को माफीको आन्दोलनमा हार खाएर राजीनामा दिए भने कसले सम्हाल्ने छन त्यो पदको? परमान्द झालाइ चिन्नुहुन्छ ? हाँस्नोस बेस्सरी, रुने दिन त बाँकी नै छ ।
(समग्रमा  अहिले भद्रगोलका स्थिति मा कदमको ठिक बेठीक बादबिवादमा समय खेर फाल्नु भन्दा पनि मूल जरो अन्तरीम संबिधानले जन्माएका अबैध अवशेषहरु नै जस्तो लाग्छ, दोस्रो बिना सेना समायोजन ,जनताको रोदनको एउटा भेउ नपाएका नेताहरुको हतारिएको लादिएको चुनाव जसका लागि केही अगाडीका धागाहरुमा क्रन्दन गरेका थिए । केटाकेटीहरुलाइ जम्मा पारेर हतारमा लेखिएको यो ग्रन्थ अनि त्यस पछिका नाटकहरुका लागी नेतृत्वको बागडोर सम्हालेका गिरीजा र कथित नागरीक समाज जिम्मेवार त छ नै, आफुलाइ परिपक्व ठान्ने एमाले पनि बुढोको छाँया सिवाय केही बनेनन अब माओबादीका त के कुरा भ्याकुर खोज्नमा ब्यस्त ।)
Last edited: 05-May-09 04:35 AM

 
Posted on 05-05-09 7:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो भिडियो प्रकरणले त झन लोलै लोल गराइदियो आँशुका साथ । मुख्य, प्रचण्डको  मार्कसबादको सोझो जनजातिका बीच चतुर्याइपूर्ण ब्याख्या । भन्छन " हो पनि होइन पनि, यही भन्छ द्वन्दात्मक भौतिकबादले " हा हा हा बिचरो दारीवाल मुर्मुर्याएर बसीराखे होलान । अर्को  शहीदको नाममा पैसाको खेतीको पण्डित्याइ "१ लाख दिदै ९ लाखको लोभ" हा हा हा यिनले त चार्लस पन्जीलाइ पनि मात दिए, किन? चार्लस पनजीको स्किममा रगतको आहुती दिनुपर्ने कुनै जरुरी छैन। सोझो जनजातीलाइ पैसाको च्याँखे राखेर गरेको कथित बलिदानले प्रष्ट पार्छ टाउकेहरुका छोराछोरी किन यु्द्दमा नहोमी बुजुर्वा शिक्षामा ब्यस्त थिए । यो मनोबलको लागि प्रशिक्षणका लागि मात्र भएको भन्ने कुतर्क (माइसंसार?)लाइ यसको फलोअप किन हेर्ने कि ?  ६,७ हजार लडाकुहरुलाइ तत्काल शहीद घोषणा, कटवाल बिरुद्दको हठ, भुसुनो देखी क्यासिनो सम्ममा कार्यकर्ताहरुको घुसपैठ । जजमानी प्रचण्डको कुबुद्दिलाइ मान्नुपर्छ बा ।

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Tourist Visa - Seeking Suggestions and Guidance
To Sajha admin
From Trump “I will revoke TPS, and deport them back to their country.”
wanna be ruled by stupid or an Idiot ?
MAGA denaturalization proposal!!
advanced parole
I hope all the fake Nepali refugee get deported
How to Retrieve a Copy of Domestic Violence Complaint???
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters