"माओवादीबाट अत्यन्त ह्युमिलेसन भइरहेछ" विराटनगरमा भर्खरैभखरै बस चलेको थियो । बजार पनि सानो थियो । यस्तैमा एकदिन बस चढेर एक जना बङ्गाली बजारमा ओर्लिए । उनले सोधे, "होटल कहाँ पर है ?" एक जनाले भनिदिएछन्, "अस्पताल के आगे कोइराला निवास होटल है ।"
त्यसबेला विराटनगरमा होटल थिएन । उनी खोज्दै हाम्रो घर आइपुगे । पिताजी -कृष्णप्रसाद कोइराला) खाटमा बसिरहनुभएको थियो । हामी आँगनमा यताउता गर्दै थियौँ । उनले भने, "ये होटल है न ? हमको एक कमरा चाहिए ।" पिताजीले 'ए गिरजिा र तारण्िाी' भनेर हामीलाई बोलाउनुभयो । पिताजीले खोल्नुभएको आदर्श स्कुलमा पढ्ने विद्याथीहरू बस्नका लागि एउटा गोलघर बनाइएको थियो । हामी पनि त्यहीँ बस्थ्यौँ । पिताजीले भन्नुभयो, "एउटा राम्रो कोठा छानेर उनलाई देऊ ।"
राम्रो सफा तन्ना र तकिया राखिदिनू भन्नुभयो पिताजीले । हामी त्यो बङ्गालीलाई लिएर कोठामा गयौँ । कोठामा पुगेपछि उसले भन्यो, "ऐसा गन्दा है ।" हामी सधँै त्यही कोठामा बस्दै आएका थियौँ, ऊचाहिँ फोहोर छ भन्छ भन्ने लाग्यो । बङ्गालीले भन्यो, "चाय लाओ । " तारण्िाी दाइ र म दौडिँदै पिताजीकहाँ गयौँ र उसले चिया माग्दैछ भन्यौँ । "चिया छँदैछ, बनाएर लगिदेऊ न त" भन्नुभयो पिताजीले । त्यसबेलामा सिसाको गिलासको चलन थिएन । धातुको गिलासमा चिया लगिदियौँ । त्यो देखेपछि ऊ भन्छ, "ऐसा गिलास, दुसरा गिलास नही है, कप नही है ?"
तारण्िाी दाइलाई रसि उठ्यो । हाम्रो घरमा बसेको छ, हाम्रै खाएको छ, हामीलाई नै दुःख दिन्छ । मचाहिँ पिताजीले भन्नुभएको छ भनेर चुप लागेर बसँे । कलकत्ताका मानिसहरू पटकपटक चिया पिउँदा रहेछन् । उसले फेरपिmेर िचिया माग्यो । चिया बनाएर कोठामा लगिदियो, एक-दुईपटक सुरुप्प पार्छ अनि भन्छ, "ठन्डा हो गया, फिर लाओ ।" फेर िदौडिएर चिया ल्यायो । अलिकति खान्छ, सुतिदिन्छ अनि गिलास लिनका लागि कुररिहनुपर्यो । उठ्दा चिया चिसो भइसक्छ । अनि, 'ठन्डा हो गया' भनिदिन्छ । साँझ भयो । उसले सोध्यो, "डिनर मे क्या होगा ?" अब ऊ अङ्गे्रजीमा बोल्न थाल्यो । हामी सानै थियौँ । मलाई डिनर भनेको के हो थाहा पनि थिएन । मैले तारण्िाी दाजुलाई सोधेँ, "यो डिनर भनेको के हो ?" उहाँले भन्नुभयो, "रातीको खाना भनेको ।"
अनि उसले भन्यो, "क्या मुर्गा मिलेगा ?" त्यो जमानामा कुखुरा खान गाह्रो ! "मुर्गा बनाना । दालभात, सब्जी बनाना," अर्डर दिँदै उसले भन्यो, "लिखो, याद रहेगा न ?" मैले भनेँ, "याद रहेगा ।"
फेर िदौडिएर पिताजीकहाँ गएर भनेँ, "पिताजी ऊ त कुखुरा ल्याउनू भन्छ ।" पिताजीले भन्नुभयो, "बजारबाट किनेर ल्याइदेऊ न त ! तर, हाम्रो भान्सामा नपकाउनू, नोकरहरूको भान्सामा बनाएर लगिदिनू ।" बल्लबल्ल कुखुरा खोजेर ल्यायाँै । पकाएर लग्यो अनि ऊ हरेक चीजको 'कमेन्ट' गर्छ । भन्यो, "भोलि बिहान मलाई छिट्टै चिया चाहिन्छ ।" बिहान सबेरै चिया लिएर उसको कोठामा गएँ । दुई सुर्को पिउँछ अनि सुत्छ । कतिबेला चिया सक्छ र गिलास लगाँैला भनेर पर्खिरहनुपर्यो । उठेपछि 'ठन्डा हो गया, दुसरा चाय लाओ, तिसरा लाओ' भन्छ । बल्लबल्ल ल्यायो, फेर ि'ठन्डा हो गया' भन्छ । हैरान बनायो ।
अनि उसले भन्यो, "अच्छा अब नहाना है । गरम पानी लाओ ।" तारण्िाी दाजु र म दौडिएर पिताजीकहाँ गएर भन्यौँ, "तातो पानी ल्याऊ भन्छ ।" 'लगिदेऊ न त' भन्नुभयो पिताजीले । बाल्टीमा हालेर दुई जनाले सकीनसकी पानी पुर्याइदियौँ । "अब तिमी काम गर, म त गर्दैगर्दिनँ गिरजिा । यस्तो काम पनि गर्ने हो ?" भनेर तारण्िाी दाजु रसिाउनुभयो । "नरसिाउनु न तारण्िाी दाजु, पिताजीले भन्नुभएको काम हो," भनेँ मैले । तारण्िाी दाइलाई फकाएर पानी लैजान मनाएँ । बल्लतल्ल लगेको पानी, उसले छामेर भन्यो, "इतना गरम है, ठन्डा पानी लाओ ।" ट्युबेलको पानी बाल्टिनमा हालेर फेर िलगिदिएँ ।
नुहाएर ऊ दिनभर िकता गयो थाहा छैन । बेलुका फर्किएपछि फेर िअघिल्लो दिनकै जस्तो व्यवहार गर्यो । तारण्िाी दाजुले रसिाएर भन्नुभयो, "अब हरदिन तिमी लग तातो-चिसो पानी, म त लग्दिनँ ।" मैले भनेँ, "म त उठाउनै सक्दिनँ यो बाल्टी ।" बडो मुस्िकलले सम्झाएपछि मात्र तारण्िाी दाजुले दुई बाल्टी पानी लगिदिनुभयो ।
हरेक दिन ऊ खाना 'ऐसा लाओ' भन्थ्यो । खानामा कुखुराको मासु र बिहान नास्तामा अन्डा ल्याउनू भन्न थाल्यो ऊ । अब अन्डा कहाँबाट ल्याउने ? अन्डा पाइन पनि मुस्िकल हुन्थ्यो त्यसबेला । कुखुरापालन थिएन । बजार सानो थियो । बल्लबल्ल अन्डा खोजेर ल्याइदियौँ हामीले । हामीलाई दुःख दिएर हैरान पार्यो । तेस्रो दिन उसले 'बिल लाओ' भन्यो । तारण्िाी दाजुले छट्टु कुरा गर्नुभयो, "लिइहालौँ न पैसा, बिल यति हो भनेर दिउ“m ।" पिताजीलाई नसोधेर लिनु हँुदैन भनेँ मैले । अनि, दौडिएर पिताजीकहाँ पुगेर भनेँ, "पिताजी ऊ त बिल माग्छ ।"
पिताजीले भन्नुभयो, "उसलाई बोलाऊ ।" मैले बङ् गालीलाई बोलाएँ । पिताजीले भन्नुभयो, "यो होटल होइन, घर हो हाम्रो । यी दुई मेरा छोरा हुन् । यहाँ परविार बस्छ । परदेशी आउँदा यहाँ बस्छन्, जान्छन् । म तिमीसँग पैसा लिन्नँ ।"
उसले पिताजीको खुट्टा समायो । जङ्गलको ठेक्का लिन आएको रहेछ ऊ । बङ्गाली एकदम रोयो अनि मलाई लाग्यो- राम्रो काम गर्दा यस्तो हँुदोरहेछ, सबैले सम्मान गर्दा रहेछन् । यो घटनापछि बङ्गाली बेलाबेलामा आउन थाल्यो । हामीलाई कपडा ल्याइदिन्थ्यो । त्यो घटनाले हामीलाई एउटा सबक दियो, जथाभावी गर्नुहुँदो रहेनछ भन्ने ।
पिताजीले खोलेको आदर्श स्कुलमा पढ्दै थिएँ म । हाजी साहेब त्यहाँका नामी मानिस थिए । जोगवनीमा बस्थे । लकडी -काठ) को ठेकेदार थिए उनी । सान-सौकातसँग आउँथे । सुनको सिक्री लगाउँथे । सानदार घोडामा चढेर आउँथे । उनी बाटोमा हिँडेको देख्दा मलाई पनि म त्यस्तै हुनुपर्छ । त्यस्तै सानका साथ त्यस्तै घोडामा चढेर हिँड्नुपर्छ भन्ने लाग्थ्यो ।
त्यसबेला हामीलाई मालपोत तिर्न गाह्रो भएको थियो । एकदिन आमाले नगेन्द्रप्रसाद रजिाल -पूर्वप्रधानमन्त्री) का काकाको घरमा पाँच हजार कर्जा लिन पठाउनुभयो । म त्यहाँ पुगँे । एउटा स्टुल थियो । त्यसैमा बसेँ । उहाँका नातेदारहरू सबै जना भुइँमा बसेका थिए । उहाँचाहिँ ठूलो खाटमा तकिया लगाएर बस्नुभएको थियो । किन आएको बाबु भनेर सोध्नुभयो । मैले भनेँ, "आमाले पठाउनुभएको पैसा लिन । " यति भन्न मात्र के पाएको थिएँ, हाजी साहेब आइपुगे । रजिालजी दौडिएर बाहिर गए । र, हाजी साहेबलाई लिएर आए अनि आफ्नो खाटमा बसाए । आफ्ना नातेदार सबै भुइँमा छन् । त्यसबेला मुसलमानको पानी चल्दैनथ्यो । मुसलमानलाई खाटमा बसाएको देख्दा मलाई लाग्यो- यो सबै पैसाको तुजुक होला ।
त्यो घटनाले मलाई यो के भएको भनेर ठूलो झड्का पर्यो । अर्को दिन घरमा थिएँ । पिताजी र आमा हुनुहुन्थ्यो । हाजी साहेब त्यही सानका साथ आइपुगे । पिताजीले पनि तल झरेर उनलाई माथि ल्याएर राख्नुभयो । यस घटनाबाट मलाई अर्को झड्का लाग्यो । हाजी साहेबको जस्तो सान चाहिँदोरहेछ अनि मात्र सबैले सम्मान गर्दा रहेछन् भन्ने लाग्यो । म हाजी साहेबजस्तै हुन्छु भन्ने सपना साँचेर हिँडेको थिएँ । त्यस्तै घोडा चढेर हिँड्छु भन्ने लागेको थियो ।
यस्तैमा एकदिन -महात्मा) गान्धी फारबेसगन्जमा आउने कार्यक्रम थियो । पिताजीले आफँै खोलेको आदर्श स्कुलमा गएर सबै विद्यार्थीहरूलाई छुट्टी दिनुभयो र गान्धीको भाषण सुनेर आउन भन्नुभयो । शिक्षकहरूलाई पनि बिदा दिनुभयो । शिक्षक, विद्यार्थी सबै हामी गान्धीजीको भाषण सुन्न गयाँै । मेरो कल्पना हाजी साहेब थिए । यत्रो प्रचार भएको छ, पिताजीले पनि स्कुल बिदा गरेर सबैलाई भाषण सुन्न पठाउनुभएको छ । त्यसैले पक्कै पनि गान्धीजी हाजी साहेबभन्दा पनि सानका साथ आउने होलान् । मलाई लाग्यो, हाजी साहेब घोडा चढेर हिँड्छन् भने गान्धीजी त झन् हात्ती चढेर आउलान् । हाजी साहेबभन्दा पनि ठूला मान्छे यिनको सानमान झन् कस्तो होला भन्ने कल्पना थियो मसँग ।
हामी चौरमा बसेका थियौँ । गान्धीजी आए । एकदमै प्रभावहीन मानिस मेरा निम्ति । अरूका लागि सम्मानित थिए होलान् । कालो न कालो धोती लगाएको र एउटा गम्छा काँधमा राखेको । मञ्चमा चर्खा राखेको थियो । त्यहीँ गएर बसे । मलाई अचम्म लागेर आयो । त्यसको एकछिनपछि हाजी साहेब घोडामा आए । ए हाजी साहेब आए, यिनलाई त गान्धीले आफूसँगै बसाउँछन् भन्ने कल्पना थियो मलाई । हाजी साहेब नजिकैको रूखमा घोडा बाँधेर आए । अब हाजी साहेबलाई बोलाउँछन् भन्ने ठानेको थिएँ । गान्धीजीले उनीतर्फ हेर्दा पनि हेरेनन् । हाजी साहेब आएर मेरैछेउ चौरमा बसे । त्यत्रो सानसौकत भएको मानिस हामीसँगै भुइँमा बसेको देख्दा मलाई अचम्म लाग्यो ।
त्यस घटनाले मेरो जीवन नै परविर्तन गरििदयो । मानिसको जीवनमा यस्तो एउटा क्षण आउँछ, जसले उसको धारणा नै परविर्तन गरििदन्छ । मेरा लागि पनि त्यो त्यस्तै क्षण थियो । गान्धीजीले भाषणमा के भने भन्ने मलाई थाहा छैन । मैले सुन्न पनि चाहिनँ । म त उनको हिँडाइडुलाइ, बसाइ, उनको सम्पूर्ण कुरा 'वाच' गररिहेको थिएँ । काला न काला गान्धी अनइम्प्रेसिभ थिए मेरा लागि । मैले उनको भाषणबाट होइन, शरीरको स्वरूपबाट शिक्षा पाएँ ।
त्यो बेला नौटङ्की भन्ने ड्रामा -नाटक) हुन्थ्यो । त्यसलाई हेयको दृष्टिले हेरन्िथ्यो । विराटनगर नजिक मधुमारामा नौटङ्की भइरहेको थियो । पिताजीले नौटङ्की हेर्न कोही नजानू भन्नुभएको थियो । केटाकेटीको स्वभाव नै के भने नजानू भनेको ठाउँमा जान मन लाग्छ । नगर्नु भनेको कुरा गर्न मन लाग्छ ।
पिताजीले किन नजानू भन्नुभयो, जाउ“m भनेर हामी चार विद्यार्थी लुकेर नौटङ्की हेर्न गयौँ । रातभर िहेरेर बिहान हुनेबेला घर फर्किहालिन्छ भन्ने लाग्यो । नौटङ्की रमाइलो लाग्यो । कविताबाट नाटक गर्थे उनीहरू । हेर्दाहेर्दै घरको सबै कुरा बिर्सियो । बिहान हुनुभन्दा अघि नै हामी घर फर्कियौँ । टिनको काठेघर थियो हाम्रो । म खम्बा चढेर कोठामा पुगेर सुतेँ ।
बिहान नुहाइधुवाइ गरसिकेपछि पिताजीले बोलाउनुभयो । सोध्नुभयो, "तँ नौटङ्की हेर्न गएको थिइस् ?" म धर्मसङ्कटमा परेँ । पिताजीले थाहा पाइसक्नुभएको छ । झूटो बोले पनि, सत्य बोले पनि कुटाइ खाइने पक्का छ । म चुपचाप बसेँ । पिताजीले फेर िसोध्नुभयो, "तँ गएको थिइस् होइन त ?" म बोलिनँ । पिताजीले भनिदिनुभयो, "ल आजदेखि बगँैचामा कोही माली, नोकर जाँदैन । १५ दिनसम्म तैँले पानी पटाउनुपर्छ ।" अनि, नियमित बगैँचामा पानी चार्ने काम सुरु भयो ।
मेरा साथीहरू धनी थिए । उनीहरू भन्थे, "ए गिरजिा तिम्रा नोकर छैनन् ? किन तिमीले पानी चारेको हँ ?" उनीहरू मलाई ह्युमिलेसन -हीनताबोध) हुने गरी भन्थे । साथीहरूको बीचमा ह्युमिलेसन भइरहेको थियो । एकदिन मैले आमालाई भनेँ, "आमा मलाई पिताजीले किन ह्युमिलेसन गरेको ? बरु कोठाभित्र दुई थप्पड लगाइदिएको भए हुन्थ्यो ।" आमाले भन्नुभयो, "जा पिताजीसँगै कुरा गर् न ?" मैले पिताजीलाई सोधेँ, "मलाई साथीहरूको अगाडि किन ह्युमिलेसन गरेको ? बरु दुई थप्पड लगाइदिएको भए हुन्थ्यो । साथीहरूको भनाइ खेप्नु त पर्दैनथ्यो ।"
पिताजीले भन्नुभयो, "हेर् मैले रसिमा आएर तिमीलाई दुई थप्पड लगाइदिएको भए केही हुने थिएन । मेरो रसि तिम्रो गालामा पोखिन्थ्यो तर पानी हाल्दा गार्डेन -बगैँचा) राम्रो भयो । फूलहरू फुले ।" त्यही घटनाबाट मलाई थाहा भयो, "क्रोधलाई पनि कन्सट्रक्टिभ -रचनात्मक) काममा लगाए ठूलो फाइदा हुने रहेछ ।"
त्यसबेला र अहिले मेरो परििस्थति त्यही छ । क्रोधलाई पनि सकारात्मक दृष्टिबाट लाग्नुपर्छ भन्ने मान्यताका साथ म अघि बढिरहेको छु । माओवादीसँगको वार्तामा पनि मलाई ह्युमिलेसन भएको छैन भनेको होइन । मलाई अत्यन्त ह्युमिलेसन भइरहेको छ । तर, पिताजीले त्यसबेला भनेको कुरालाई आज पनि मैले अनुसरण गर्दै आएको छु । क्रोध र ह्युमिलेसनलाई पनि सहेर समस्या समाधान होस् भन्नेतर्फ म लागेको छु ।
Source:http://kantipuronline.com/Nepal/aatmakatha.php