[Show all top banners]

_____
Replies to this thread:

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 लिंग र योनी झुन्ड्याएर होली मनाउँदै
[VIEWED 7368 TIMES]
SAVE! for ease of future access.
Posted on 03-14-11 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मकर श्रेष्ठ    
 

भक्तपुर, फाल्गुन ३० - सबैजसो ठाउमा होली विभिन्न रंग र अबिर दलेर सुरुवात हुन्छ । अझ आजोभाली होली आउनु १० दिन अघि देखि नै लोला हान्न गर्छन । लोलामा पानी राखेर हिर्काउन थालेपछि होली आएको महसुस गर्छन् ।

तर भक्तपुरमा भने फरक तरिकाले होलीको सुरुवात हुन्छ । दत्तात्रय मन्दिर संगै रहेको भैरब मन्दिरमा रहेको लिंगको आकृति भएको काठ र रातो कपडाको कपडाको योनी जुधाएर होलीको सुरुवात भएको छ । फागुन शुक्ल अष्टमीको दिन शनिबार भिमसेन मन्दिरमा राखिएको लिंग अथार्त लगलाई टोल-टोलमा घुमाएर पुन मन्दिरको पाटीमा राखिएको छ । टोल टोलमा रहेको पसलै पिच्छे घुमाएर पुजा गरी पाटीमा झुण्ड्याएको हो । काठबाट बनेको दुई हात लामो लिंग करिब ३० इन्च मोटाई रहेको छ ।  यसलाई भिमसेनको लिंग र कपडाबाट बनाएको प्वाललाई द्रौपतीको योनीको रुपमा लिने गरिन्छ ।

नेवारी परम्परा अनुसार यसलाई चिर स्वायगू भनिन्छ । चिरस्वायगू अथार्त लिंग घुमाएपछि फागु पर्व सुरुवात भएको मानिन्छ । भिमसेनको लिंगलाई दुई जनाले काधमा बोकेर भक्तपुरको इनाचो, बाचुटोल, जेला, जगाती, बम्हायणी, च्यामासिंह हुदै, दत्तात्रय मन्दिर वरीपरी रहेको घर, पसल पिच्छे लिंग दर्शनका लागि लगिएको थियो । घर र पसल घुमाएको लिंगलाई भक्तजनले स्पर्षगरी ढोग्ने र दान दक्षिणा चढाएका थिए । लिंगको दर्शन गरे व्यापार फस्टाउने विश्वास रहेको स्थानीयबासी कृष्णबहादुर गायजुले बताए ।

'भगवानको लिंगलाई छोएपछि व्यापार बढ्छ, त्यसैले आजको दिन पसल-पसलमा लिंग लगिएपछि दक्षिणा राखेर ढोग्छन,' उनले भने ।

बजार घुमाएर ल्याएको लिंग र योनी आकारको प्वाल भएको रातो कपडा भिमसेनको पाटीमा झुण्ड्याएको छ । झुन्ड्याएको लिंग हल्लाउदा योनी आकारको कपडाको प्वाल भित्र छिर्ने गर्दछ । यसलाई भिमसेन र द्रौपतीको यौन सम्बन्धको रुपमा लिइने गरेको संस्कृतिकर्मी ओम धौभडेलले बताए । 'सांकेतिक रुपमा यौन संग सम्बन्धित फागु पर्व अथार्त होली पर्व  दक्षिण यसियामै कतै कृष्णसंग र कतै प्रल्हादसंग सम्बन्धित रहने भएपनि बिशेषत भक्तपुरमा भिमसेनसंग सम्बन्धित रहेने गरेको छ,' उनले भने । पाटीमा राखेको काठको लिंग हेर्न आन्तरिक र बाह्य पर्यटकको भिड लागेको छ ।

चिर स्वायगू अथार्त लिंग झुन्ड्याएपछि यहाका नेवार समुदाय भिमसेन मन्दिरमा गई गुठी भोज खाने गर्दछन् । बिशेषगरी होली भरी शनिबार र मंगलबार भिमसेन मन्दिरमा भव्य मेला लाग्ने गर्दछ । यहाका गायजु गुठीले भिमसेन मन्दिरको पाटीमा बसेर होलीको गित गाउने गरेका छन् 'भिमसेन देया लज खङ्गलो वानला ल्यासे बिस्यूवाने म्वायक सो झायला' अथार्त यसलाई नेपालीका भिमसेनको लिंगले मन लोभियोकी भाग्नु नपर्ने गरी हेर्न आउनु भयो की' जस्ता गित गाउने गर्छन् ।

फागुन शुक्ल पूणिर्माका दिन रंग होली खेलेपछि उक्त दिन साझ भक्तपुर तलेजुभित्र कृष्णलाई खटमा राखी १६ प्रकारको रोटी, कपास, गलाबको फूल, अत्तर र अमुख सहित पुजा गरेपछि नगर परिक्रमा गरिन्छ ।

त्यसबेला बाटोमा रहेको देवी देवतालाई तेलमा मुछेको अविरको डल्लाले छरी साझपछि दत्तात्रय मन्दिर पुर्‍याउने प्रचलन रही आएको छ । साझपख दत्तात्रय मन्दिर अगाडिको भिमसेनको मन्दिरबाट  लिंग निकाली एक व्यक्तिले बोकेर ब्रम्हायणी मन्दिर स्थित खोलामा लगेर पखाली पुनः मन्दिरमा राख्ने गरेको धौभडेलले बताए ।

यसरी मन्दिरबाट खोला सम्म लिंग बोकेर लैजाने व्यक्तिको हानाथाप हुन्छ । लिंग बोक्नेको छोरा जन्मन्छ भन्ने विश्वास अहिलेसम्म पनि रहेकाले लिंग बोक्न छोरा नहुनेको प्रतिष्पर्धा चल्ने गरेको उनले बताए ।

लिंग पखालेर भिमसेन मन्दिरमा ल्याएपछि यस बर्षको होली समाप्त हुन्छ ।  भिमसेनको मन्दिर जगतप्रकाश मल्लको समयमा बनेकोल यो परम्परा  पनि यही बेला देखि सुरुवात भएको हुन सक्ने धौभडेलले बताए । एक सातासम्म मन्दिरमा झुण्ड्याएको लिंग र योनी हेर्न र दर्शन गर्न स्थानीय महिला र पुरुषको भिड लाग्ने गरेको छ । दर्शन गर्न आउने भक्तजनले काठको लिंगलाई हल्लाउने गरेका छन् ।

Source: http://www.ekantipur.com/np/2067/11/30/full-story/326385.html

 


 
Posted on 03-14-11 12:31 PM     [Snapshot: 28]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

अहो बडो  महत्त्वपूर्ण पर्ब रहेछ |त्यो लिङ भित्र पाइप जडान् गरेर जल पनि निस्कने बनाउन पाये
पूर्णता पाउथ्यो कि | तैपनी अती सुन्दर चलन |
 
Posted on 03-14-11 12:37 PM     [Snapshot: 56]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 हैन त्यो उल्टो भएन र भन्या ? 
 
लिङले बहिरबाट योउनी मा छिराउनु पर्नेमा योउनी को भित्र बाट लिङ बहिर पो निस्क्या छ त ? 
 
कती सानो लिङ हो ? योउनु चाँही ठुलो छ । बडा गजब रइछ । 

 
Posted on 03-14-11 3:52 PM     [Snapshot: 389]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Nepal ko kunai kunai paramparaagat kriti haru herna laajai huncha, bhanya.  Some of the wall sculptures are so explicit, you really have to watch who is with you.
 
Posted on 03-15-11 3:56 PM     [Snapshot: 909]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

good one , hahaha !

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
TPS Re-registration case still pending ..
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
Basnet or Basnyat ??
TPS EAD auto extended to June 2025 or just TPS?
nrn citizenship
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
whats wrong living with your parents ?
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters