[Show all top banners]

crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 हेरेको तिमीलाइ आँखाले हैन।

[Please view other pages to see the rest of the postings. Total posts: 73]
PAGE: <<  1 2 3 4 NEXT PAGE
Keywords associated with this thread

@crazy_love
[VIEWED 38881 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 4 pages, View Last 20 replies.
Posted on 04-30-21 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     7       ?     Liked by
 

हेरेको तिमीलाइ आँखाले हैन।
भाग-१

धेरै कुरा गर्नु छ भन्ने रहर हुँदा हुँदै पनि, गर्न नसकिएको जस्तो । ठुलो सपनाहरुको लहर , तर हतार नभएको जस्तो मन। जिन्दगीमा के के नै गरुला भन्ने चाहना, तर यो सब के को लागि? के बाँच्नु मात्रै सबैथोक हो त? के होला त जिन्दगीको सार्थकता? घर, काम, स्कुल!
मनभित्र यस्तै उदास बादलहरु मडारिरहेको बेलामा एकदिन जुनाले मलाई देखाइ परैबाट उसलाई ।

"त्यो केटा मलाई एकदम मन पर्छ। तर भौतिक रुपमा हैन नि, मानसिक अनी भित्री सुन्दरताको कारण मात्रै। त्यो एकदम हम्बल छ" जुना दुई बच्चाकी आमा भैसकी। तर उ एकदम इमान्दरीपुर्बक आफ्नो भावनाहरु ब्यक्त गर्छे, कुनै हिच्किचाहट बिना। म त्यस्तो गर्न सक्दिन।

जुनाले देखाएको "इन्टर्न" लाई मैले पनि हेरे। भर्खरकै रहेछ, होला त्यस्तै २७-२८, तर पनि धेरै कलिलो देखिने भएर होला, उसले दार्ही र जुङा पालेको थ्यो। दुब्लो शरीर, सानो सानो कद, सानो आँखा, लाम्चो अनुहार, सिल्की कपाल। मेरो पहिलो हेराइमा उ केबल एउटा साधारण पुरुष थ्यो। यदी उ पेशाले भबिश्यको डक्टर नभएको भए शायद बिल्कुलै सामान्य खालको चरित्र हुन सक्थ्यो वास्तविक जिबनमा। तर उ सेतो कोटमा डक्टर भन्दा बढी कुनै रसियन लेखक जस्तो लाग्थ्यो मलाई। न त मेरो सम्झनामा कुनै रुसी लेखकको अनुहार प्रस्ट छैन। चेखबको केही कथाहरु मन पर्थे, त्यसैले मैले उसलाई चेखबको रुपमा कल्पना गरे। तर पछी मैले चेखबको फोटो हेर्दा धेरै आकर्शक लागेको थ्यो। यदी मैले उसलाई कुनै प्रसिद्द रुसी लेखकको रुपमा कल्पना नगरेको भए, शायद यो कथाको शुरु हुन्थेन।

जुना म भन्दा पनि उमेरले सानी हुनु पर्छ, तर धेरै कुरामा उ म भन्दा धेरै व्याबहारिक छे। म शायद मिड्लाइफ क्राइसमा छु, मलाई धेरै कुराको अर्थ लाग्दैन। जस्तैकी माया प्रेम, घर, परिवार। सबैको आफ्नै आफ्नै परिभाषा हुन सक्छ जिबनको, बुझेर वा नबुझेर हो मलाई त खाली नाटक जस्तो लाग्छ । एउटा रुटिन जस्तो जिबन! राम्रो संस्कार, आफुभन्दा सक्षम जिबनसाथी, सामाजिक मान्यताको लागि विवाह र सन्तान, राम्रो जागिर, घर, बैँक ब्यालेन्स र एकोहोरो जिन्दगी। मलाई अत्यास लाग्छ यो रुटिन देखी।

जुना र मेरो जिबनमा पनि फरक छ। उसको घर छ, परिवार छ र शायद माया पनि। मेरो घर मात्रै छ।

जुनालाई “हम्बल” लागेको मान्छेलाई मेरो मनले त्यती सम्झीरहेन।

तर एकदिन म लन्चको लागि के मगाउने भनेर साथीहरुसँग अफिसमा कुरा गर्दैथे, कसैले ढोका पुरा नखोली मेरो नाम बोलायो। मैले ढोकामा हेरे। हम्बल मान्छे मलाई हेरिरहेको थ्यो। उसको निलो र खरानी जस्तो आँखाहरु मैले देखे।

"के तपाईं रुम नं २०१ को बिरामीको लागि कफी लागि दिनु हुन्छ, प्लिज?"

म स्तब्ध। मेरो आँखाहरु स्तब्ध। मानौ उसका निला आँखाहरुले मेरो मनको गहिराइ सम्म स्पर्श गरेको छ। मेरो धरातल डगमगाएको छ। मेरो मन स्तब्ध। मेरा आँखाहरु अब उसको सुन्दर आँखाहरुबाट अलगिन्न चाहदैनन। अचानक मेरो वरिपरिको सबै आवाज बन्द हुन्छन र उसको "प्लिज" मात्रै गुन्जिरहन्छ। साँच्चै अती साधारण जस्तो देखिने यो मान्छेको आँखामा के छ, म पत्याउनै सकिरहेकी थिएन।

"क्रेजी? सुन्नु भयो?"
म झसँग भए। जुनाले एक चोटि परिचय गराएकी थि, उ सँग धेरै पहिले। उसलाई अझै मेरो नाम याद रहेछ।

"हजुर, के भन्नु भयो? सरी!"

"रुम नँ २०१ मा कफी लागि दिनु हुन्छ, प्लिज?" उही अनुरोध, उही मिठास अनि जुनाले भने झै “हम्बलनेस”।

"स्योर!" मैले आफ्नो मनलाई फकाए। मलाई उ सँग अझ धेरै कुरा गर्न मन थ्यो, तर उ हतारमा जस्तो देखिन्थ्यो।

उ "धन्यबाद!" भन्दै गयो तर मेरो मनमा उसको निला आँखाहरु गढी रहे।

मलाई दिनभरी छट्पटी जस्तो भैरह्यो। मेरो मनको तारमा मिठो संगीत भरेर उ कहाँ गयो? मलाई उ कहिले फर्केला भन्ने आशा लाग्न थाल्यो।

अचानक बर्षौपछि मेरो मनमा रहरको टुसा फेरी पलाउन थाल्यो। सुकिसकेको पातमा हरियो रङ फैलिएको जस्तो लाग्न थाल्यो। मनको कुरा कसलाई थाहा हुन्छ? कहिले कुन रङ फेरिरहन्छ?

एक नजर, एक हेराइ, एक पल! त्यही एक दिनले मेरो जिबनमा ठुलो तरङ ल्याइदियो।

मेरो मन बेलाबेलामा पखेटा फिजाएर उड्न चाहन्थ्यो। मलाई “हम्बल” मान्छेको बारेमा बुझ्न मन लाग्थ्यो। मैले उसको फेसबुक हेरे। प्रोफाइल फोटोमा उ एउटी सुन्दर केटीसँग औपचारिक पहिरनमा थ्यो। शायद कुनै बिशेष समयको हुनु पर्छ, उसले कालो टक्सीडो लगाएको थ्यो र उ सँगकी केटीले वाइन कलरको कक्टेल ड्रेस लगाएकी थी। त्यो केटीको कपाल सर्लक्क सिल्की लामो थ्यो, फोटोमा उ हम्बल भन्दा अग्ली देखिएकी थी। हम्बल शायद मेरो हाइटको हुनु पर्छ र केटीले हाइ हिल लगाएकी हुन सक्छे। तर त्यो केटी “हम्बल”को जोडीको रुपमा सुहाउदिनथी। उ कुनै प्रख्यात फेसन पत्रीकाको मोडेल जस्ती थी। तर "हम्बल" भोलिको साइकोलोजिस्ट हुँदैथ्यो, उ सँग प्रसस्त पैसा र प्रतिस्ठा पक्का थ्यो। । त्यो राम्री केटी उसको मंगेतर हुन सक्थी वा जिबन साथी। तर प्रोफाइल हेर्दा तिनिहरु बिबाहित जस्ता देखिदैनथे।

मलाई फेरी आफ्नो उमेरको खयाल आयो। जिन्दगीको यस मोड्मा म आफुलाई प्रौढ भन्न रुचाउन तर मेरो अनुहारको छेउ छेउमा टल्किने चाँदी जस्तो कपालले मलाई नब यौबना भन्न पनि दिदैन। शरीरमा देखिएको परिवर्तनले मलाई कुनै लुगा लगाउन छेक्दैन, तर मनमा भने अरुले के भन्ला भन्ने डर जस्तो लगिरहन्छ।

त्यो दिनभरी मैले उसको जिन्दगीको बारे बुझ्ने कोशिस गरे। फेसबुक उसले प्राइवेट गरेको रहेछ तर केही फोटोहरु देखे। उसको परिवारसङ को वा साथीहरुसङको। धेरै पहिलेको जब उसको अनुहारमा दार्ही जुङाहरु पलाएका थिएनन। फोटो र उसलाई हेरेर मैले उसको र मेरो बिचको उमेरको फरक थाहा पाउन सकिन। यती चाँही अड्कल गर्न सकिन्थ्यो उ र मेरो उमेरमा एक दशक भन्दा कम फरक हुन सक्थेन।

घर पुगेपछी केही बेर मैले उसको बारेमा सोच्न रोक्नु पर्‍यो। घरमा मेरो धेरै भुमिकाहरु थ्यो। अब म कसैको आमा, श्वासनी, भाउजु, दिदी र काकी मात्रै थिए। ती मध्ये निभाएको प्रेमिकाको भुमिका धेरै पहिले सकिसकेको थ्यो। म भित्रको प्रेमको रङीन सपनाहरु खन्डहरजस्तो निराश भएका थिए।

म फेरी नाटकको पात्र झै आफ्नो चरित्र निभाउदैथे। घरमा सबै आ-आफ्नो फोनमा ब्यस्त थे। औपचारिक कुराकानी पछी म आफ्नो कोठामा गए। ड्रेसिङ टेबुलको अगाडि पुगेपछी म झस्के। मेरो प्रतिबिम्बमा जवान युबती थिएन, त्यहा निरस र थाकिएकी एक नारी थी। मेरो ओठको रङ गुलाबी थिएन, सुकेर पत्र पत्र भएको थ्यो। बिहानै लगाएको लिप्स्टिक र फाउन्डेसन गैसकेको थ्यो। फुङ उडेको अनुहारमा रहरको कुनै नाम निशान थिएन। दिउसो भरिएको रङीन मन अहिले फेरी खुइलिएको थियो।

मलाई आफ्नो रुप आँफैलाई मन परेन।
नुहाइ सकेर फेरी एकचोटि आफुलाई हेरे ऐनामा ! प्रतिबिम्बमा भिनस उभिएकी थिए, जो रोमनहरु बिच प्रेम, सुन्दरता, यौन र सम्रिद्धिको लागि प्रख्यात थी।

शरीरमा बगिरहेका शीत जस्ता पानीका थोपाहरुलाई हेर्दै मैले आँफैले आँफैलाई सोधेको थिए।

के म मा प्रेम अझै बाकी छ?

क्रमश:



 
Posted on 05-24-21 2:06 PM     [Snapshot: 4080]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

भाग-७
म काममा पुग्नु अघि नै "हम्बल" ले कफी ल्याइसकेको थ्यो। ऊ हतारमा थियो, कहाँ हो क्लास छ बिहानै भनेर ऊ मेरो हातमा कफी दियो। कफी सङै उसले मेरो हातमा हलुका स्पर्श गरेको थ्यो। उसको आँखामा रहर थियो, मेरो मनमा तिर्खा। हामी दुबैलाइ समयले साथ दिएको थिएन। यदी अरु कोही नभएको भए ऊ मलाई अङाल्थ्यो र मायाले चुम्थ्यो मेरो अधरभरि।
मन नलागी नलागी हामी छुट्यौ पार्किङ्बाट।
काम उस्तै थ्यो, बातावरण उस्तै थ्यो, बिरामीहरु उही प्रकृतिका थे। यदी केही परिवर्तन भइरहेको थ्यो भने मेरो मन। मलाई "हम्बल" लाई कहिले देखु जस्तो भैसकेको थ्यो। कहिले भेटु जस्तो भैरहेको थ्यो। मेरो काममा भन्दा धेरै "हम्बल" मा धेरै ध्यान गैरहेको थियो। तर मैले आफ्नो ड्युटी पुरा गर्नै पर्थ्यो।

"तपाइको नाम?" म बिरामीलाई सोध्दैथे।
"ज्याक !" ४५ बर्षको पुरुष, अलिकती फुलेको दारी, फुलेको कपाल मुस्काइरहेको थ्यो। उसको चार्टले उसको कथा भनी सकेको थ्यो। मैले पढिसकेको थे। तैपनी मैले सोध्नु पर्थ्यो।
"यहा आउनुको कारण?"
"धेरै कारण छन! कुन चाँही सुनाउ?" ऊ मेरी हासिरहेको थ्यो। ऊ रक्सी खाएर मर्न चाहन्थ्यो, ऊ सँग बन्दुक पनि थ्यो। उसले उसको आमालाई "अलबिदा" भनेर टेक्स्ट गरेको थ्यो। आमाले ९११ फोन गरी। पुलिस घर पुग्दा ऊ आफ्नो कन्चटमा बन्दुक राखेर आत्महत्या गर्न लागेको थ्यो। तर पुलिसले उसलाई त्यो भन्दा पहिले रोक्यो र ऊ अहिले मानसिक अस्पातलमा छ। ऊ हासिरहेको देख्दा हिजो ऊ आत्महत्या गर्न तयार भएको मानिस जस्तो देख्दैनथ्यो। उसले आफ्नो दु:खलाई हासोले छोप्ने कोशीश गरीरहेको थ्यो। मलाई उसको हासो ठीक लागिरहेको थिएन। तर ऊ शब्दै पिच्छे हासेर आफ्नो पीडा लुकाइ रहेको थ्यो।
"तर म मर्न चाहन्न थे। अलि बढी पिएको थे। १५ बर्ष पुरानो बिहेको अन्त्य हुँदैथ्यो। मेरो नयाँ कामको बोझ भिन्दै थ्यो। भर्खर नयाँ ठाउमा आएको थे। अब भन्नुस कुन चाँही कारण जायज थ्यो आत्महत्याको लागि?" ऊ हासिरहेको थ्यो।
"सरी! तपाईंको जिबनमा धेरै घटनाहरु घटिरहेका रहेछन। यस्तो बेलामा आत्तिनु वा कुनै निष्कर्षमा पुग्न नसक्नु धेरै गार्हो हुन्छ। तपाईं अहिलो सुरक्षित ठाउमा आउनु भएको छ।" मैले भने।
"तर म अब आत्महत्या गर्दिन।"
"के काम गर्नु हुन्छ?" सोधे।
"सफ्टवयर इन्जिनियर हुँ।"
"नयाँ काम गार्हो छ?"
"भर्खर १ महिना भयो, धेरै प्रोजेक्ट सकाउनु पर्छ। मैले केही बुझेको छैन।"
"कहिले देखि पिउने गर्नु हुन्थ्यो?"
"जबदेखी जवान भए।" ऊ हास्यो। “पिउथे, केही दिन छोड्थे, अनी फेरी पिउथे। काम गर्दा पिउदिनथे। तर कहिले सोबर पनि भएको थिइन।"
"रक्सी छोड्न मन लागेन?"
"अहँ-- मैले त्यस्तो धेरै पिएकै थिइन। विकेन्ड्मा पिउथे, तर अरु दिन म सामान्य हुन्थे।"
"तपाइकी श्रीमती कहाँ छे?"
" "उनी पूर्वतिर छे। उ डिवोर्स गर्न चाहन्छे। तर मलाई डिवोर्सको चिन्ता छैन।"
"किन नि?
“१० बर्ष देखी उनमा यौन चाहना थिएन। ऊ आफ्नै दुनियाँमा थी! मैले आफ्नो चाहना बाहिर गएर पुरा गर्न पर्थ्यो। उनको अनेक समस्या छ भन्थी। एक प्रकारले उनलाई पनि मेरो पिउने बानीले तनाब भएको हुन सक्छ। डिवोर्स हुनै पर्थ्यो छिटो वा ढिलो।"
"शायद तपाईंकी श्रीमती पनि चिन्ता वा डिप्रेसनले निराश थि की?"
"हुन सक्छ। मेरो पिउने बानीले उनलाई पनि धेरै तनाब हुन सक्छ। तर उनले मलाई कहिले केही भनिन। हुन त मैले पनि सोधिन।" ज्याक त्यतिखेर हासेन। उसको आँखामा आँसु टिलपिलाइरहेको थ्यो।
"त्यो हिजोको कुरा थ्यो। तर आज फरक छ। हिजोको तिम्रो सोच र आज मा के फरक छ?"
"म बाँच्न चाहन्छु। नयाँ अध्याय शुरु गर्न चाहन्छु।" ज्याक अहिले गम्भिर भएको थ्यो।
"तर रक्सी धेरै खायो भने त फेरी त्यही कुरा दोहोरिन्छ, जुन पहिले भएको थ्यो।"
"म अब त्यस्तो गर्दिन होला। मैले धेरै चिज गुमाए जिन्दगीमा। शायद मैले पिउन छोड्नु पर्छ।"
ज्याकसँग कुरा गरिसकेपछी म फेरी सोच्न थाले। ऊ बिबाहित पुरुष ! उसलाई यौन चाहना हुन्छ, तर स्वास्नी मान्दिन, ऊ बाहिर गएर आफ्नो तिर्खा मेटाउन सक्छ। म बिबाहित महिला, मेरो लोग्ने चाहदैन तर म बाहिर गएर ज्याक जस्तै रहर पुराउन सक्दिन। कति फरक एउटा लोग्नेमान्छे र आईमाईको परिस्थितीमा। रहर उस्तै, आबश्यक्ता उस्तै तर सामाजिक बनावट कति कठिन एउटा आइमाइलाई। ज्याक स्पस्ट भन्न सक्छ उसलाई जरुरत हुँदा ऊ बाहिर गएर अरु स्वास्नीमान्छे सँग आफ्नो शरीरको भोक मेट्छ। म यो पनि भन्न सक्दिन की मेरो लोग्नेलाई रोग लागेको छ जसले गर्दा ऊ म सँग सहबास गर्न सक्दैन। मैले उसको पुरुषत्वको सम्मान गर्न पर्छ। उसलाई हुनसक्ने मानसिक चोटको ख्याल पनि गर्नु पर्छ। यो समाजमा मैले उसको समस्याको कुरा गर्नु हुँदैन र मेरो रहरहरुको बलिदान गर्नु पर्छ।

"मिस क्रेजी! के छ हालखबर?" मैले पहिला कहीँ सुनेको जस्तो आवाजले मेरो तन्द्रा भङ गर्‍यो।
"रोजी!" ऊ बङलादेशबाट आएकी केटी हो, यस्तै २५-२६ बर्ष होला। हाउसकीपिङमा काम गर्छे निकै फरासिली। मैले उसलाई नदेखेको २-३ हप्ता भएको थ्यो।
"म ठीक छु। भन तिम्रो के छ खबर?" मैले सोधे।
"के हुनु ठिकै छ। म स्कुल जाने प्लान गर्दै छु। म पनि नर्सिङ पढ्छु अब।"
"धेरै राम्रो कुरा! तिमी जवान छौ, पढ्नु पर्छ। पढ्यो भने राम्रो काम पाईन्छ।"
"अनी राम्रो बुढा पनि!" ऊ जहिले जिस्किन्छे म सँग।
"तिम्रो त बिहे भैसक्यो हैन?" मैले सोधे।
"बिहे त भयो तर टिक्छ जस्तो लाग्दैन।"
"लौ किन?"
"उसको यो दोस्रो बिहे रहेछ। उसले मलाई पहिले भनेन। अहिले थाहा पाए। अलि धेरै लोभी छ।"
"पैसा बच्चाउने कुरा त राम्रो बानी हो नि। कहिलेकही लोभी पनि हुनु पर्छ।"
"म नर्सिङ पढ्न चाहन्छु, तर ऊ मलाई सहयोग गर्न चाहदैन। म पछी तिर्छु भन्दा पनि पैसा दिन चाहदैन।"
हामी कुरा गर्दा गर्दै लिसा आइ।
"तिम्रो खरायोको हालखबर के छ?" लिजाले रोजीलाई सोधी।
"तिमीले खरायो पालेको छौ। मलाई नि मन छ खरायो पाल्न। गार्हो छ खरायो पाल्नलाई?" मलाई खरायो मन पर्थ्यो।
मेरो कुरा सुनेर लिसा र रोजी मरी मरी हासे।
"साच्चै भनेको मलाई सेतो खरायो पाल्ने रहर छ क्या! भन न, के के गर्नु पर्छ?" मैले रोजीलाई फेरी सोधे।
"मेरो खरायो त गुलाफी छ।" रोजी फेरी खित्का छोडेर हासी।
"तिम्रो खरायोले के खान्छ?" मैले सोधे।
"हरे ! उसको खरायोले के खान्छ होला? तिमी आँफै सोच त।"?" लिसा पनि हास्न थाली।
"मिस लिसा। खरायो को सिंघ भाच्यो। अब नयाँ खरायो किन्नु पर्‍यो।" मेरो प्रश्नको उत्तर दिनुको साटो रोजी उल्टो लिसालाई सोधीरहेकी थी। म अझै उनिहरुको कुरा बुझिरहेको थिइन।
"खरायो को पनि कही सिंघ हुन्छ? के कुरा गरेको तिमीहरुले ?" मलाई अचम्म लाग्यो।
"खेलौना क्या! थाहा छैन ? खरायो हुन्छ नि, सिंघ भएको। कोही नभएको बेला एक्लै खेलाउने खरायो क्या!" लिसाले कानैमा आएर सुटुक्क भनी।  
"मिस क्रेजी पनि कस्तो केही थाहा नपाएको जस्तो गर्नु हुन्छ। तपाईंको खरायो छैन?" रोजीले जिस्काइ मलाई।
बल्ल मैले बुझे, उनिहरुले सेक्सको लागि बनेको खेलौनाको कुरा गरेका रैछन्। म अर्कै खरायो सम्झिरहेको रहेछु।
"अस्ती भर्खर नयाँ किनेको हैन तिमीले ? कति छिटो सिंघ भाँचेको? लिसाले रोजीलाई सोधी।
"मेरो पैसा सबै खरायोमा गयो। सिंघ भाचेपछी काम नलाग्ने। ५-६ वटा किनिसके मैले।" रोजी फेरी हासी।
"पहिलोचोटी त लाज लाग्छ भन्थ्यौ। म सङै गएकी थ्यौ। अहिले त एक्लै जाने भैसक्यौ?" लिसाले जिस्काइ रोजीलाई।
"अब आफुलाई चाहिए पछी एक्लै भये पनि जानु पर्‍यो नि।" रोजी नि जिस्की लिसासङ।
मलाई के भनु के भनु भयो। मलाई त्यो बारे केही कुरा थाहा थिएन। सुनेको थे, तर मैले कहिले थाहा पाउन चाहिन। लिसा र रोजी कुरा गर्दै थे, म आफ्नै दुनियाँमा हराउन थालेकी थिए।
"के भयो?" हम्बल सामुन्ने उभिएको थियो।
"केही पनि हैन।" मैले भने।
"भरै तिम्रो छुट्टी भएपछी मलाई भेट्न सक्छौ?"
"कहा?"
"दोस्रो तल्लामा।"
मैले हुन्छ भने। ऊ गयो, मलाई कहिले मेरो छुट्टी होला जस्तो भैसकेको थ्यो।

क्रमश:  

 
Posted on 05-24-21 8:58 PM     [Snapshot: 4171]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

Kharayoko sing le yo bhag “hijack” bhayo :-) arko bhag ko pratikchhya ma
 
Posted on 05-26-21 6:18 PM     [Snapshot: 4540]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

सी एल जी,
मैले तपाईको लेख्ने शैली र यहाँ अर्को साझाको नामुद यौन लेखक अण्डरवेयरजीको लेखाइ कम्प्यार गर्दा तपाइको लेखन कती शालिन र शितल पाए, वहाँ अण्डरवेयरजीले तेही कुरो कती अभद्र, र मु.. मा.. लाउदै धाक दिएर लेख्नुहुन्छ, टपिक त एउटै होला, यौनकै बिषय तर प्रेजेन्ट गर्ने तरिका कती फरक छ । आइ अग्री हरेक मान्छे फरक हुन्छन, उनिहरु आएको बातावरण्, परिस्थिती भिन्न, तर तेही कुरा कसरी भनिन्छ, तेसले धेरै फरक पार्छ ।
"उसको आँखामा रहर थियो, मेरो मनमा तिर्खा"
तपाइको त लेखाइको फ्यान नै भए । यस्तो लेख्ने मान्छेले अरु राइटरहरुको पनि लेखाइ धेरै पढेको हुनुपर्छ, मेरो बुझाई । कीप राइटिङ ।
 
Posted on 05-26-21 6:49 PM     [Snapshot: 4544]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Sometimes, I feel I am too direct in some expression and try to edit later. I think I have watched that movie and more others in the same theme. I do not like their end though. Why do they show the guilty feeling at the end? Will that be the same with the male protagonist if they had affair? Those are my personal thought. Thank you for your thoughtful comment. I do not know how this story will end or never end. Who knows?? But I do not want to be influenced by any of those movies or some other stories. This is my creation. I should have a unique ending. But not sure! lol! Let's not worry about that too.

सी एल जी,
तपाइले उथान गर्नु भएको केहि बिषयमा मेरो केहि बिचार राख्तैछु ।
हो, पुरानो समाजमा पुरुष पात्र सधै गिल्टी भाको देखिन्न, पुरानो मुभिले पनि तेस्तै देखाउछ, नारी पात्र नै जिम्मेवार्, अनि अन्तमा गिल्टी भाको नि, पुरुषप्रधान सोचको कारणले होला (तपाईले अमेरिकन हिस्ट्री पढ्नुभाको होला, अमेरिकामा समेत महिलाहरुले आफ्नो हक अधिकारको स्थान बनाउन कतिको त्याग र परिष्रम गरे, ल त अहिले यस्तो छ तैपनी कती कुरा अझै बिबादमा छन जस्तो pay parity) ।
हो सबै एक्स्ट्रा म्यारिटल अफ्फैर्सको दोषी महिला नै हुनु जरूरी छैन । अहिले बन्ने धेरै मुभिहरु पनि तेस्तै छन्, महिला पात्र पनि गल्ती गर्छन्, पुरुष पनि, मान्छेहरुको परिवार्, रिलेशनशिप कम्प्लेक्स हुन्छन्, डिस्फंक्सनल स्ट्याटस आदी ब्ला ब्ला भनेर रामायाण वाचिन्छ । हामिहरु इम्पर्फेक्ट छम भनेर सन्देश दिइन्छ, र मान्छेहरुले यस्ता कुराहरु सामान्य लिन थालिसकेको छन जस्तो लाग्छ हैन र ?


 
Posted on 05-27-21 5:45 PM     [Snapshot: 4757]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Crazy_love तपाइको लेखन सैली मन पर्यो.. आज भोलि म "निर्वाण" भन्ने नेपाली उपन्यास पड्दै छु, राम कसम तपाइको यो "हेरेको तिमीलाइ आँखाले हैन।" चाइ बेटर लग्यो यार,, किप इत अप ... तपाइको कथा राम्रो छ..

 
Posted on 05-28-21 6:34 AM     [Snapshot: 4923]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Chicagoan,

I am sure that people are searching for "pink kharayo with singh" on google. lol!

Bennedict,
Is there some other section for special stories?
The topic we have been discussing is very complex. Will keep on learning each day.

Bhairus,
Thank you for liking this story! But I am interested to read "Nirvana" more. Is there an audio version of it?


 
Posted on 05-28-21 12:24 PM     [Snapshot: 4986]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

crazy_love

Yes, you can find the audio version of Nirwan on youtube.

 
Posted on 05-29-21 3:47 PM     [Snapshot: 5208]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

भाग-८

मेरो शिफ्ट सकिएपछी म दोस्रो तल्लामा गए। हम्बल लिफ्टको नजिकै कुरिरहेको रहेछ।

"यहाँ धेरै मान्छे छ। आठ तल्लामा जाउ। तिमी लिफ्टबाट आउ, म भरेङबाट आउछु।"

आठ तल्लामा प्रशासन थ्यो, र ५ बजेपछी प्राय कोठाहरु बन्द हुन्थे। त्यहा ट्रेनिङ को लागि ठुला ठुला कोठाहरु थिए। तर म शुरुमा १-२ दिनबाहेक अरु बेला गएको थिइन। हम्बलले आठ तल्लाको अर्को एउटा ढोकाबाट मलाई अझै अर्को माथि लाग्यो। माथी ठुलो छत रहेछ, वरिपरिको ठुलो ठुलो घरहरु र साँझको डाउनटाउन झिलिमिली देखिने रहेछ। अलि अलि चिसो बतास पनि चलिरहेको थ्यो। आकाशमा 5-6 वटा ताराहरु देखिन थालेका थिए। त्यो साँझ असाध्यै सुन्दर थ्यो। म सँग सुन्दर साँझसङै मैले चाहेको मेरो मान्छे थ्यो। हामी दुबै एउटा कुनामा बसेका थ्यौ। छतमा आउने बितिक्कै उसले मेरो दाँया हात मायालु पाराले समाएको थियो। उसको स्पर्शमा मैले धेरै आत्मियता महसुस गरेको थिए।

"तिमीसँग बसेर कुरा गर्न पनि कस्तो गार्हो?" हम्बलले भन्यो।
"सजिलो भए त रमाइलो पनि हुन्थेन होला।" मैले भने।
"तिमीलाई के लाग्छ ? हामी बिच यो आकर्षण किन भैरहेछ? हामी एक आपससँग किन नजिकिरहेका छौ?"
"मलाई थाहा छैन। मेरो मनलाई यो सबै कुराहरु राम्रै लागि रहेछ। तिमीलाइ कस्तो लाग्छ?"
"तिम्रो हेराइ, तिम्रो हाउभाउ, म प्रतिको चाहना मलाई एकदम प्यारो लाग्छ। मलाई अहिलेसम्म कसैले पनि तिमीले जस्तो आशक्ति देखाएको छैन। मैले बरु अरुलाई त्यसरी हेरेको छु।"
"अनी तिमी के चाहन्छौ ? तिम्रो मनमा के छ? "
" म तिमीलाइ यसरी माया गर्न चाहन्छु कि सधैं मलाई सम्झिनेछौ। तिम्रो र मेरो सम्बन्ध अरु सम्बन्धहरु भन्दा बिशेष छ । तिमी मेरो मुटुको एउटा कुनामा जहिले रहिरहनेछौ। त्यहा कोही बस्न पाउदैन।"
"तर समयक्रममा हामी परिवर्तन हुनेछौ। शायद एक अर्कालाई भुल्न पनि सक्छौ।" मैले भने।
"यदी सजिलै भुल्ने सम्बन्ध हो भने भुल्न सकिन्छ। तर कुनै कुनै सम्बन्ध जिन्दगीभरी याद बनेर कही न कही न्यानो बनाइरहन्छन। तिमीसङ म त्यस्तै सम्बन्ध राख्न चाहन्छु। तिमी कुनै पनि बेला मलाई बोलाउन सक्छौ, म तुरुन्तै आउछु।"
"तिमीलाई कहिले कही मेरो चरित्रमा शँका लाग्दैन ? तिमी मलाई कामुकताले भरिएकी एउटी स्वास्नीमान्छे जो तिमी सँग आफ्नो यौन इक्षा पुरा गर्न चाहन्छे जस्तो लाग्दैन?"
"यौन इक्षा सबैलाई हुन्छ। पुरुष र महिला सबैले आफ्नो शरीरको आबश्यक्ता पुरा गर्छन्। तिमी आफ्नो कुराहरु प्रश्ट राख्छौ। त्यसैले पनि मलाई तिमी "बोल्ड" लाग्छौ । मायामा सबै कुरा जायज हुन्छ। तिमी बिबाहित भएर पनि एक्लो छौ। तिमीलाइ माया गर्ने मान्छे छैन। तिम्रो जिबनमा कोही हुनु पर्छ जसले तिम्रो मन र शरीरको चाहना पुरा गर्न सक्नु पर्छ। एउटा मान्छेलाई यौन इक्ष्या हुनु साधारण कुरा हो। तिमी स्वास्नी मान्छे भएर तिमीलाइ मैले शंका गर्नु पर्ने अनी म लोग्ने मान्छे भएर मेरो चरित्रमा प्रश्न नगर्ने समाज हामीले बनाएका हौ। म त्यस्तो कुरामा विश्वाश गर्दिन।"
"पुरुष प्रधान समाजमा यस्तै हुन्छ। नारीले खुलेर यौनको बारेमा बोल्नासाथ उनको चरित्रमा प्रश्न गरिन्छ।"
"चरित्र स्थायी हुँदैन, समय, काल र परिस्थिती अनुसार बदलिन्छ। तर अब समय बद्लिएको छ। समाज बिस्तारै बद्लिने छ।“ ऊ सकारात्मक सोच राख्ने मान्छे रहेछ।
"म तिमीसङ सहमत छु। चरित्र राम्रो वा नराम्रो हुँदैन, केबल समय काल र परिस्थिती अनुसार बदलि रहन्छ। शायद मानिसहरुको सोचमा परिवर्तन आउँदैछ। " मैले भने।
"सुन! म तिमीलाइ एउटा कुरा भन्छु। तिमी नरिसाउ ल!" उसले भन्यो।
"भन न! के कुरा?" मलाई सुन्न मन लाग्यो।
"कहिलेकही मलाई तिम्रो लोग्नेसँग इर्ष्या लाग्छ। म तिमीलाइ मन पराउछु, तर तिमी ऊ सँग छौ।"
"म त कसैसँग पनि छैन। म एक्लै छु।"
"अहिले यो पल तिमी म सँग मात्रै छौ। तिमी मेरी हौ।" उसले मेरो धेरै दिनदेखि म्यानिकयर नगरेको औलाहरु चुम्न थाल्यो, मेरो ढुकढुक बढ्न थाल्यो।
"तिमीलाई डर लाग्दैन ?" मैले उसको अनुहार हेरे। उसका नीला आँखाहरु समुद्र जस्तो गहिरा थिए।
"के को?" उसले सोध्यो।
"समाजको! अनि तिम्रो गर्लफ्रेन्डको!"
"तिमीलाई नि?" उसले उल्टो प्रश्न गर्‍यो।
"मैले समाज र अरुको बारेमा सोच्दा सोच्दा जिबनको धेरै बर्ष खेर फाले। मलाई आफ्नो मात्रै डर लाग्छ।"
"हामी आफुलाई दुखी बनाएर अरुलाई खुशी बनाउन सक्दैनौ। अहिले जे छ, त्यही हाम्रो हो। धेरै कुराहरु सोच्नु हुँदैन।"
"तिमीले सोधेनौ मलाई किन आफ्नै डर लाग्छ।"
"तिमीलाई आफुसङै किन डर लाग्छ?" उसको एक हातले मलाई अङालोमा बाधिसकेको थ्यो। उसको र मेरो अनुहार बिच धेरै दुरी थिएन।
"म बहकिएर कतै गल्ती गर्छु कि जस्तो लाग्छ।"
" दिमागमा त्यस्तो बिचारलाइ हावी हुन दिन हुन्न। गल्ती नै सही रे। कुनै गल्तीहरु मिठो सम्झना बनाएर जान्छन।"
"गल्ती गर्ने साहस चाहिन्छ। कायर भएर बाच्नु अर्थ नै के रह्यो र?" मैले भने।
"मायामा जे हुन्छ ठीक हुन्छ। हाम्रो कुनै बिगत छैन, न त भबिश्य छ। जे छ बर्तमान छ। यसैमा खुशी हुन पर्छ । म तिमी सँग धेरै कुराको आशा गर्दिन। तिम्रो आफ्नो घर छ, परिवार छ। म एउटा संघर्ष गरिरहेको बिधार्थी, तिमीलाइ मैले के दिन सक्छु र?"
"तिमी सँग मैले त्यस्तो अपेक्षा पनि गरेको छैन। मलाई थाहा छ। तिमी अहिले धेरै मिहिनेत गरिरहेछौ। एक्दिन तिमी सफल हुन्छौ।"
"त्यही त! हामी धेरै कुराहरु नसोचौ। बरु तिमी मलाई बिहान के भन्छु भन्दैथ्यौ नि।"
"त्यो मेरो अर्कै संसारको कुरा हो। अहिले हामी यहाँ छौ। हाम्रो मात्रै कुरा गरौ ।" उसलाई मेरो समस्याहरु सुनाएर दु:ख दिन मन लागेन।
"तिमीलाई थाहा छ, म रातभरी के सोचिरहेको थे?" उसको आँखामा अलिकती माया र अलिकती चन्चलता देखियो।
"के?" मैले थाहा नपाए जस्तो गरे।
"म तिमीलाइ आफुसङै कतै लान चाहन्थे। कुनै समुद्रको तटमा, सुर्यास्तको सुन्तले आकाशको मुनि म तिमीलाइ माया गर्न चाहन्छु।"
उसको हातहरु तातिरहेको थ्यो। उसको र मेरो ओठहरु नजिकिन चाहन्थे। हामी माथीको आकाश कालो थ्यो र ताराहरु टिमटिम चम्किन थालेका थे। शहर बेखबर थ्यो।
"अहिले पनि सुर्य अस्ताइसकेको छ। आकाश निलो छ, ताराहरु हामीलाई नै कुरी रहेका छन। तिमी के पर्खिरहेको छौ?"
उसले मलाई तानेर उसको छातीमा टाँस्यो र मेरो निधार, आँखा र गालाहरुमा बिस्तारइ हातले स्पर्श गर्‍यो। म लट्ठीए, मदहोशी जस्तो हुन थाल्यो। उसले मेरो गलामा चुम्न थाल्यो। उसको तातो स्वाशले मेरो शरीरको नशाहरुमा रगतहरु तिब्र गतिमा बहन थाले।उसको ओठले मेरो ओठमा प्रेमरस घोल्न थाल्यो , बिस्तारै बिस्तारै उस्को जिब्रो मेरो जिब्रोसँग प्रेमको स्वादमा डुब्न थाल्यो। उसले मलाई कसिलो अङालोमा बाधेको थ्यो। म बग्न चाहन्थे उसको मायामा। ऊ रित्तिन चाहन्थ्यो मेरो चाहनामा। ऊ म भित्र हराउन चाहन्थ्यो। म उसँग एकाकार हुन चाहन्थे।
मैले आफ्नै हो कि उसको ढुक ढुक सुने। मेरो मुटु हो कि उसको मुटु हो जोडले धड्किरहेको थ्यो। शायद हामी दुबैको मुटु एक भएर धड्किरहेको थ्यो। उसको चुम्बनले मेरो अङ प्रत्यङ झुमिरहेको थ्यो। उसले मेरो गलामा फेरी चुम्न थाल्यो, म आनन्दित हुँदैथे। ऊ गलाबाट बिस्तारै तल तल हुँदै छाती चुम्न थालेको थ्यो। मेरो लुगामा बटन थिएन, तर उसको दाँया हात लुगाभित्र सलबलाउन लाग्यो। अचानक भरेङमा पदचाप सुनियो। मैले उसको हात रोके। ऊ मलाई एकोहोरो माया गर्दैथ्यो। मैले भरेङ बाट एउटा छाया आइरहेको देखे।

"कोही आएको जस्तो छ!" मैले उसको कानमा खुसुक्क भने।

ऊ तुरुन्तै अलग्गियो म सँग। मैले मेरो लुगा मिलाउन थाले। उसले आफ्नो लुगा हेर्‍यो। एउटा अग्लो कदको मान्छे देखियो। स्टाफ रहेछ।

"म छतको ढोका लगाउन आएको!"
"हामी तल जानै लागेका थ्यौ।" हम्बलले मेरो हात समात्यो, र हामी दुबै हिड्यौ त्यहाबाट। त्यो स्टाफले चिन्यो चिनेन। मैले त्यसलाई कहिले देखेकी थिएन। उसले हम्बललाई "गूड्नाइट, डक।" भन्यो।

क्रमश:



 
Posted on 05-30-21 10:39 PM     [Snapshot: 5491]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Mitho lagyo. “Kharayko sing” bata katha “back to track” aayechha
 
Posted on 06-04-21 3:33 PM     [Snapshot: 6338]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

भाग-९

उसले मलाई तानेर उसको छातीमा टाँस्यो र मेरो निधार, आँखा र गालाहरुमा बिस्तारइ हातले स्पर्श गर्‍यो। म लट्ठीए, मदहोशी जस्तो हुन थाल्यो। उसले मेरो गलामा चुम्न थाल्यो। उसको तातो स्वाशले मेरो शरीरको नशाहरुमा रगतहरु तिब्र गतिमा बहन थाले।उसको ओठले मेरो ओठमा प्रेमरस घोल्न थाल्यो , बिस्तारै बिस्तारै उस्को जिब्रो मेरो जिब्रोसँग प्रेमको स्वादमा डुब्न थाल्यो। उसले मलाई कसिलो अङालोमा बाधेको थ्यो। म बग्न चाहन्थे उसको मायामा। ऊ रित्तिन चाहन्थ्यो मेरो चाहनामा। ऊ म भित्र हराउन चाहन्थ्यो। म उसँग एकाकार हुन चाहन्थे।

मैले आफ्नै हो कि उसको ढुक ढुक सुने। मेरो मुटु हो कि उसको मुटु हो जोडले धड्किरहेको थ्यो। शायद हामी दुबैको मुटु एक भएर धड्किरहेको थ्यो। उसको चुम्बनले मेरो अङ प्रत्यङ झुमिरहेको थ्यो। उसले मेरो गलामा फेरी चुम्न थाल्यो, म आनन्दित हुँदैथे। ऊ गलाबाट बिस्तारै तल तल हुँदै छाती चुम्न थालेको थ्यो। मेरो लुगामा बटन थिएन, तर उसको दाँया हात लुगाभित्र सलबलाउन लाग्यो। अचानक भरेङमा पदचाप सुनियो। मैले उसको हात रोके। ऊ मलाई एकोहोरो माया गर्दैथ्यो। मैले भरेङ बाट एउटा छाया आइरहेको देखे।

"कोही आएको जस्तो छ!" मैले उसको कानमा खुसुक्क भने।

ऊ तुरुन्तै अलग्गियो म सँग। मैले मेरो लुगा मिलाउन थाले। उसले आफ्नो लुगा हेर्‍यो। एउटा अग्लो कदको मान्छे देखियो। सेक्युरिटी स्टाफ रहेछ।
"म छतको ढोका लगाउन आएको!"

"हामी तल जानै लागेका थ्यौ।" हम्बलले मेरो हात समात्यो, र हामी दुबै हिड्यौ त्यहाबाट। त्यो स्टाफले चिन्यो चिनेन। मैले त्यसलाई कहिले देखेकी थिएन। उसले हम्बललाई "गूड्नाइट, डक।" भन्यो।

हामी पार्कइङमा पुग्दा हम्बलको फोन बज्यो, उसले मलाई हेर्‍यो र फोनको नम्बर हेरेर भन्यो "डक्टर पटेलको फोन! म एक्छिन कुरा गरेर आउछु। तिमी म नआए सम्म कतै नजाउ है?"

मैले "हुन्छ" भने।

ऊ गयो। म यताउती हेर्दै बसे। राती भएकोले पार्कइङ् मा ३-४ वटा कार हरु थिए। शायद नाइट शिफ्ट गर्ने स्टाफहरु हुनु पर्छ। त्यहा चकमन्न सुनसान थ्यो। कुनै मान्छेको चहलपहल थिएन। म यसरी कहिले पनि पार्कइङ लटमा बसेको थिइन। मलाई थाहा थिएन, दिउसो कारहरुले भरिभराउ र मान्छेहरुको आउने जाने हुने ठाउँ पनि राती यती शुन्य हुन सक्छ भनेर। म अलि परको पार्कमा मान्छेहरु हिंडेका छन कि छैनन भनेर हेर्न थाले। त्यो पार्क पनि सुनसान हुने रहेछ राती! मैले फोन चेक गरे। ३ वटा भोइस मेसज रहेछ। म प्राय थाहा नपाएको नम्बरहरु हेर्दिन। तर ३ वटा मेसेज डक्टर रबर्टको अफिसबाट आएको थ्यो। तर म कोरोना शुरु भएदेखि अपोइन्ट्मेन्टमा गएको छैन। मेसेजमा "अपोइन्टमेन्टमा किन मिस गरेको भन्ने प्रश्न थ्यो।" म ठिकै छु, किन जानु पर्‍यो बेकारमा डक्टरका? यस्तै सोच्दै मैले हम्बल गएको तिर हेर। ऊ अझै फर्केको थिएन। केही इमर्जेन्सी आइ पर्‍यो कि? उसले दिएको नम्बर मैले घरमा डायरीमा लेखेको थिए, मेरो फोनमा सेव गर्नु पर्ने। कस्तो बुद्धी? अब के गर्ने ? कसरी उसलाई सोध्ने?

इ-मेल हेरे, हम्बलले केही लेखेको थिएन। कति बेर लाग्ने हो? म जाउ भने उसले म नआए सम्म कुर भनेको छ। मैले इ-मेल गरे "के भयो? कति समय लाग्छ? आउन लाको हो?"

घरि घरि इ-मेल चेक गरे। उसले जवाफ पठाएन। मन आतियो। उसलाई केही भयो की? अनेक शंका उपशंका उब्जियो। न कसैले हामी दुबैलाइ देखेर उसको सुपरवाइजरलाई कुरा लाइदियो कि? उसको रेजिडेन्सी सकिन अझै धेरै बाँकी छ, मैले उसलाई अप्ठ्यारो परिस्थितीमा पारे। यदी म्यानेजमेन्टले थाहा पायो भने, मेरो जागिर त गयो गयो, उसको पनि रेजिडेन्सी धरापमा पर्छ। ऊ कहाँ जान्छ? के गर्छ? मैले उसलाई उक्साउन नहुने। हामी धेरै नजिक हुन नपर्ने त्यो पनि एकै ठाउमा काम गर्ने भएपछी। मैले किन यो सबै नसोचेको होला पहिले नै। बिचरा उसले कसरी सामना गर्छ अब आउने चुनौतीहरु?

"के तपाईंलाई मद्दत गर्न सक्छु?" अघि छतमा ढोका लाउन आएको सेक्युरिटी गार्ड फेरी देखा पर्‍यो। मैले उसलाई अध्यारोमा ठम्याउन सकिन।

"म कसैलाई कुरिरहेको छु।" मैले बिस्तारै भने।

"यती राती ? अहिले ११बजी सक्यो त!" सेक्युरिटी स्टाफ छक्क पर्‍यो।

"छिट्टै आउछु भनेको छ।" मैले उसलाई नहेरी भने।

"को?" उसले सोध्यो।

"अघी म सँग छतमा थ्यो नि? तपाईंले "गूड्नाइट डक्" भन्नु भएको थ्यो नि!"

"छतमा त तपाईं मात्रै हुनुहुन्थ्यो हैन र?" ऊ झन अचम्म भयो।

"म सँग एकजना पुरुष पनि थियो। तपाईंले देख्नु भएन र?" म पनि अचम्म्भित भए उसको कुरा सुनेर।

"म्याडम ! मैले त तपाईंलाई मात्र देखे। तपाईं एक्लै कुरा गरिरहनु भएको थ्यो। भरेङबाट ओर्लिदा पनि एक्लै नै बोली रहनु भएको थ्यो।" ऊ नरम भएर बोल्दैथ्यो।

"तपाइको आँखा त ठीक छ?" कस्तो मान्छे पनि राम्ररी नदेख्ने होला भन्ठाने मैले।

"हजुर! मैले कहिले पनि चस्मा लाउनु परेको छैन आजसम्म। भगवानको कस्सम! मैले तपाईंलाई देखेको थिए। तर त्यहा अरु कोही थिएन।"

मलाई कस्तो कस्तो महसुस भयो। कसरी यो मान्छेलाई हम्बललाई कुरेको भनेर विश्वाश दिलाउ।
म चुपचाप बसे।

"तपाइको लागि ट्याक्सी बोलाउ?" फेरी सेक्युरिटी गार्डले भन्यो।

"किन? तपाईंलाई म यहाँ बसेको मन परेन?" मलाई रिस उठ्यो।

"म्याडम! यो मध्यरातमा तपाईं एक्लै कसरी बस्नु हुन्छ यहाँ? म ड्युटी गर्दैछु। मेरो कर्तब्य हो की तपाईंलाई सुरक्षित ठाउमा पुर्‍याउनु।"

"म जादिन अहिले! उसले “कुर” भनेको छ।" मैले ढिप्पि गरे।

"त्यसोभए मैले पुलिस बोलाउनु पर्ने हुन्छ। प्लिज मलाई पुलिस बोलाउन मन छैन।"

"तिमीलाई थाहा छैन। म यहीको कर्मचारी हुँ। कसरी तिमी पुलिस बोलाउछौ? म पनि हेरु?"

"सरी, म्याडम ! मलाई थाहा छ, तपाईं यही काम गर्नुहुन्छ। तर तपाईंको शिफ्ट सकिसक्यो। तपाईं घर जानुहोस्। म पुलिसलाई बोलाउदिन।"

मैले इ-मेल फेरी चेक गरे हम्बलको जवाफ थिएन। म हारे त्यो सेक्युरिटी गार्डसँग र फर्के घर निराश मन लिएर।
घरमा पुगेपछी फेरी हम्बललाई इ-मेल लेखे, उसले जवाफ दिएन। मैले उसको फोन नम्बर टिपेको डायरी खोजे। डायरी भेटिन। मेरो गलामा उसको प्रेमको चिन्हरु सुन्दर देखिन्थ्यो। तर सेक्युरिटी गार्डको कुरा मलाई विश्वाश लागिरहेको थिएन। उसले कसरी हामी दुबैलाइ देखेन। मैले हम्बलको हात समाएको थिए, उसले मेरो। हामी दुबै नै सङै बसेको थ्यौ र सँसङैगइ त्यहाबाट तल गएको थ्यौ। कसरी त्यो सेक्युरिटी गार्डले मलाई मात्रै देख्यो? हम्बल अद्रिश्य त पक्कै थिएन। एक जना देख्ने अर्को मान्छे नदेख्ने, कस्तो अचम्मको आँखा त्यो गार्डको? कि त्यसले ड्रग्स खाएको थ्यो? म हम्बलसँग कुरा गर्दै थे। तर त्यसले भन्यो, म एक्लै कुरा गरिरहेकी थे। यो के हुँदैछ?

क्रमश:

 
Posted on 06-04-21 4:37 PM     [Snapshot: 6364]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Kasto surprising episode parechha. Yo ta Talash bhanne hindi film jasto bhayo. Katha le akasmat anepechhit mod liyeko ek dam bishesh lagyo.
 
Posted on 06-05-21 7:34 AM     [Snapshot: 6520]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Loving the new twist in the story 😌
 
Posted on 06-05-21 9:15 AM     [Snapshot: 6542]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

कथा धेरै नै रोमान्चक हुदैछ ...
 
Posted on 06-05-21 12:21 PM     [Snapshot: 6579]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

छतमा गएको, परपुरुषसँग सामिप्य बढेको, अनी झसँग भएर तल भागेको प्लटले एउटा हिन्दी मुभी, "ईंग्लिश विङ्लिश"को याद दिलायो। यसलाई अन्यथा नलिनुहोला है। परपुरुष या परनारी सँग पनि प्रेम हुन सक्छ। तपाईंको चित्रण त सही छ। यौनलाई समान्यीकरन गरेर लेखेर पढ्ने मान्छेलाई नि लुकी लुकी पढ्न पर्न नगराउनुभएकोमा धन्यवाद छ।












 
Posted on 06-05-21 8:13 PM     [Snapshot: 6667]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

केही बर्ष अघि साझामा एक अनुच्छेद लेखाईको कुलेसो हुँदै सुरु भएको साँहीलीको यो साहित्यिक प्रबाह अहिले फराकिलो अनि उस्तै गहीरो नदी हुँदै समुद्रको नजिक नजिक पुगीसकेछ। यो प्रबाहको बयान म सँग भएका शब्दहरुको पहुँच देखी बाहिर छ। नहुँदो हो त म बयान गर्ने जमर्को गर्ने थिएँ।

सुरु देखी नै साहिँलीको लेखाई मलाई प्रीथक लागेको थ्यो साथै निर्भिक र स्पस्ट पनि। सुरुको त्यो एक अनुच्छेदको कथामा पनि एउटा केटा र उ तिर परोक्ष सोझिएको प्रेम आँगनको मुढामा सँग संगै बसेका थिए र साहीलीको कलमको ईशारामा ती ब्यक्त हुन्थे जस्तो लाग्छ। हुन त धेरै बर्ष भयो, स्म्रीती धुमील भएको पनि हुन सक्छ। तेसपछीका उन्का लेखाईहरुले उनीलाई साझाको एउटा मूर्धन्य लेखकको दर्जामा स्थापित गराईसकेका थिए। म उनको लेखाईको कायल थिएँ र छु।

यो कथा पढ्दै जाँदा उनको अर्थात "म"पात्रको निर्भिक र स्पस्ट भाव प्रबाह त छदै छ तर म बेला बेला कथामा उस्को अर्थात म पात्र को लोग्नेलाई पनि देख्छु। उस्लाई देखेर मलाई उदेक लाग्छ। उ अहिले उनको बयानको पराधीन छ। उनले बोलाए बोल्छ, जे बोल भन्यो त्यही बोल्छ, नबोलाए चुप चाप बस्छ तै पनि उ पनि भाव बिहीन भने छैन। उस्का पनि थुप्रै कुराहरु हुँदा हुन भन्नु पर्ने तर यो उस्को कथा होइन। उ छ यहाँँ र पनि छैन, अनि छैन र पनि छ। म सोच्छु उस्ले पनि यही कथा भन्नु पर्दा कसरी भन्दो हो, के भन्दो हो। तर, जे होस, यो कथा अहिले उनको हो, उस्को होइन। कम्तीमा अहिले सम्म चै।

अहिले कथा बडो रोचक मोडमा आइपुगेको छ। कथा तुरीए पछी कस्तो लाग्यो भन्ने त छदै छ तर अहिले लाई यस्तो राम्रो कथाले हामी पाठकहरुलाई धन्य गरीदीएकोमा हार्दिक नमन, अनि आभार.

आउँदा भागहरुको प्रतिक्षामा ब्यग्र - दीप।
 
Posted on 06-07-21 2:50 PM     [Snapshot: 7153]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Arko bhag ko begra pratichhya ma. Juna le humble chinaidiyeko, lisa le pani humble sanga dohoro kurakani gareko le, humble kathako suruko kehi bhag samma “exist” garthyo, aba guard le chahin kina dekhena ta, yo mod ma aaunda samma humble bilaya bhayeko ho ki ta? Yo prasna ko uttar aaunda bhag harule bataulan
 
Posted on 06-10-21 10:27 AM     [Snapshot: 7764]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

भाग-१०

मैले इ-मेल फेरी चेक गरे हम्बलको जवाफ थिएन। म हारे त्यो सेक्युरिटी गार्डसँग र फर्के घर निराश मन लिएर।

घरमा पुगेपछी फेरी हम्बललाई इ-मेल लेखे, उसले जवाफ दिएन। मैले उसको फोन नम्बर टिपेको डायरी खोजे। डायरी भेटिन। मेरो गलामा उसको प्रेमको चिन्हरु सुन्दर देखिन्थ्यो। तर सेक्युरिटी गार्डको कुरा मलाई विश्वाश लागिरहेको थिएन। उसले कसरी हामी दुबैलाइ देखेन। मैले हम्बलको हात समाएको थिए, उसले मेरो। हामी दुबै नै सङै बसेको थ्यौ र सँसङैगइ त्यहाबाट तल गएको थ्यौ। कसरी त्यो सेक्युरिटी गार्डले मलाई मात्रै देख्यो? हम्बल अद्रिश्य त पक्कै थिएन। एक जना देख्ने अर्को मान्छे नदेख्ने, कस्तो अचम्मको आँखा त्यो गार्डको? कि त्यसले ड्रग्स खाएको थ्यो? म हम्बलसँग कुरा गर्दै थे। तर त्यसले भन्यो, म एक्लै कुरा गरिरहेकी थे। यो के हुँदैछ?
मैले शायद हम्बललाई २० वटा ईमेल लेखे रातभरी। मैले उसको फेसबुक पनि हेरे। उसको प्रोफाइल फोटो उही थ्यो, एक्लै। तर कुनै अपडेट देख्न सक्दिनथे। कतै उसलाई केही भयो की? कसैले अपहरण गर्‍यो की? कि कसैले पहिलाको रिसले उसलाई लगेर कतै दु:ख दिरहेको छ की? कि उसको गर्लफ्रेन्ड फेरी फर्केर आइ कि? कि उसले मलाई बिर्स्यो? अनेक कुरा खेल्न थाले मनमा। अलिकति डर, अली कति पीर र धेरै माया मात्रै लाग्यो उसको मलाई।

मेरो भोक, तिर्खा, निद्रा, प्यास सबै हराइसकेको थ्यो। म कहिले बिहान हुन्छ र काममा गएर उसको अनुहार हेरु जस्तो भैरहेको थियो। म छटपट गरिरहेको थे। फोन त मैले आँखामा टाँसेको थे। यस्तैमा राती कतिबजे हो मैले याद गरिन। रिजाको मेसेज देखे। समय मिलाएर फोन गर्नु भनेको रहेछ, तर मेसेज एक हप्ता पुरानो थ्यो। के कारणले हो मैले ध्यान दिएको रहेनछु। त्यती राती फोन गर्ने कुरा भएन, बिहान फोन गरुला भनेर यसो ढल्के।

सपना हो की बिपना म कतै समुन्द्रको किनारमा हिडिरहेको थे। समुन्द्रका छालहरु उर्लिदै आउथे र मेरो खुट्टाहरुलाई जिस्काउदै हराउथे। ती छालहरु कहिलेकाही मेरो शरीरलाई पनि स्पर्श गर्थे। म आफ्नै तालमा छालहरुसँग खेल्दै थे। किनभने छालहरु जिस्किन्थे, हराउथे र म रमाउथे। आकाश रातो हैन, सुन्तले हुँदै गैरहेको थ्यो। मलाई सुर्य उदाउन लागेको की अस्ताउन लागेको थाहा भएन। जे होस् सुर्य अझ आकाशमा थ्यो तर बिस्तारै बिस्तारै मधुरो हुँदै थ्यो। यताउता मानिसहरु पनि समुन्द्रमा फोटो खिचिरहेका थे।

समुद्रको बिचबाट कोही म तिर आइरहेको थ्यो। टाढाबाट मैले त्यो मान्छेलाई चिनिन। उसले दुबै हात हल्लाइरहेको थ्यो। नजिक आएपछी म झस्कीए। हम्बल मेरो अगाडी उभिएको थ्यो। मलाई झनक्क रिस उठ्यो, तर आफुलाई संयम गर्दै मैले सोधे।

"तिमी मलाई छोडेर कहा गएको?"
"म त तिमी सङै छु, कसरी छोड्न सक्छु?"
"प्लिज! जोक नगर। म हिजो राती ११ बजे सम्म तिमीलाइ कुरेर बसेको थे। तिमीले इ-मेल पनि पठाएनौ। मलाई सेक्युरिटी गार्डले पुलिस बोलाउछु भनेर धम्कायौ। त्यसपछी म घर फर्के।"
"सरी! मैले तिमीलाइ कुर्न भने। तर मेरो आफ्नै काममा ब्यस्त भए। मलाई माफ गर।" उसले मेरो हात समाएर चुम्न थाल्यो।
मैले माफ गरे।
"तिमीलाई थाहा छ? त्यो त्यही गार्ड थ्यो जो हामी छतमा बसेको बेला ढोका लाउन आएको थ्यो।"
"अनी? हो, त्यो मान्छे अग्लो थ्यो। के भन्यो त्यसले?" उसले सोध्यो।
"त्यसले तिमीलाइ देखेन रे। छतमा म मात्र थिए रे, एक्लै कुरा गर्दै।
"के रे?" हम्बल सोच्न थाल्यो अनी फेरी हास्यो।
"त्यसले तिमीलाइ देखेन रे। के तिमीलाई मैले बाहेक अरुले देख्दैन?" मलाई झन सोध्न मन लाग्यो।
"त्यो त हेर्ने मान्छेको नजरमा भर पर्छ।" उसले दाहिने आँखा झिम्कायो।
"कसरी?" मैले बुझिन।
"तिमी मलाई मनको आँखाले हेर्छौ र मलाई देख्छौ। अरु हरु खाली बाहिरी आँखाले हेर्छन र उनिहरु मलाई देख्दैनन।" ऊ मुस्काइरहेको थ्यो।
"तिमी जिस्किरहेछौ। तर मलाई अचम्म लागिरहेछ। म तिम्रो स्पर्श, ढुकढुकी र शरीर सङै हुन्छु र तिमी म सङै हुन्छौ। तर अरु कसैले तिमीलाई किन देख्दैनन?" म सोचमग्न हुँदैथे।
"कसैले के भन्यो भनेर आँफैले आँफैलाई प्रश्न गर्नु भन्दा हामी के गरिरहेछौ त्यो महत्वपूर्ण छ। यतिखेर समुद्र छ, सुर्यास्त हुँदैछ र तिमी र म प्रेममा छौ। म तिमीलाइ माया गर्न चाहन्छु।" उसले मेरो हात समायो र हामी दुबै समुद्रतिर लाग्यौ।

मलाई लाग्यो यो सुन्दर क्षण छ त्यो नै ठुलो कुरा हो। अरु कुराहरु सोच्ने यो समय हैन। म कम्मर भन्दा माथि पानी पुगेसकेपछी झस्किए, हामी समुद्रको बिचतिर जादैछौ।
हम्बल कुनै गीत गुनगुनाउदैथ्यो र मेरो हात समाएर अघै बढ्दैथ्यो। मैले उसलाई रोके र भने "मलाई पौडिन आउँदैन, अब धेरै अगाडि नजाउ।"
"तिमी प्रेमको गहिराइमा डुब्न चाहन्छौ तर डर पनि मान्छौ?" उसले मलाई ब्यंग गर्‍यो।
"यो समुद्र हो र यसको गहिराइ र प्रेमको गहिराइ फरक छ। म प्रेममा डुबेर मिठो अनुभुति गर्न चाहन्छु।" मैले भने।
"अब त हामी यती धेरै सङै हिडिसक्यौ। फर्किने उपाय छैन। तिमी म सङै जानु पर्छ समुद्रमा।" उ जिद्दी गर्न थाल्यो। म पछी हट्न थाले। उसको हात छुटाउने कोशीश गरे, सकिन। उसले मलाई पानीभित्र लग्यो, म निस्सिएर पानी पिउन थाले। मलाई लाग्यो मेरो जिन्दगीको अन्तिम घडी यही हो। उसले अझै पनि मेरो हात छोडेको थिएन र ऊ पनि डुब्दैथ्यो। म छटपटीए, रुन खोजे, रुन सकिन। कराउन खोजे, कराउन सकिन।

मैले गहिरो स्वाश ताने र एउटा अन्धकारमा ब्युझे। शायद म मरिसकेर नर्कमा आइपुगेको थिए। वरिपरि कोही मान्छे थिएनन। न हामीले सुनेको कथामा जस्तो ढोकामा बस्ने पालेदाइ जसले मरेर आउने मान्छेहरुको नाम चेक गर्छ। मेरो शरीरभरी पसिना बगिरहेको थ्यो। म मरे पनि मेरो शरीर तातो थ्यो। मैले के महसुस गरे भने मलाई स्वाश फेर्न गार्हो भैरहेको थ्यो। यसको मतलब म मरेको थिइन। यो अन्धकार मेरो कोठाको थ्यो। मलाई डर लागिरहेको थ्यो। मैले बेडसाइड टेबलको बत्ती बाले, रातको २ बजेको थ्यो।


मलाई झन धेरै कन्फ्युजन हुन लाग्यो। मैले राम्रो सपना देखे तर अन्त्यमा डरलाग्दो थ्यो। म हम्बल को हो? मेरो ऊ सँगको साथ सपना हो की बिपना हो छुट्याउन गार्हो भयो। लिफ्टको घटना, उसङको कुराकानी, छतको अनुभब। त्यो सबै के थियो?

म फेरी निदाउन सकिन, उसको इ-मेल आएन। म बिहानको शिफ्टको लागि तयार हुन थाले। शायद जुना पनि काम गर्छे आज। ऊ बाट पनि केही कुराहरु प्रश्ट हुन सक्छ। हम्बललाई भेटेर म सबै कुरा भन्छु।

चिसो पानीले नुहाएपछी मैले अइना हेरे, हिजो राति देखिएको गलाको "लव बाइट" हरु धमिलो हुँदै थिए। यसो सोचे, हम्बलले दिएको प्रेमको उपहारहरु रियल हुन, ऊ रियल मान्छे हो। शायद त्यो गार्ड कुनै आत्मा हो, राती भात्किरहेको। मलाई लव बाइटहरुमा ब्यान्डेड राखु की जस्तो लागेको थ्यो तर झन मान्छेहरुले के भयो भनेर सोध्छन भनेर राखिन। कसैले सोधे लामखुट्टेले टोकेको भनुला.

काममा पुगे। जुना मलाई देखेर खुशी भइ। उसँग शिफ्ट नपरेको १-२ महिना भएको थ्यो। ऊ अफ्रिका पनि गएकी थी। उसको धेरै कुराहरु हुन्थे। मैले सुन्न पाएको थिइन।

मलाई देख्नासाथ जुनाले गम्लङ अङालो मारी।

"तिमीसँग नभेटेको कती भयो?" मैले भने।
"आज भएभरको कुरा सुनाउछ तिमीलाइ।"
"मेरो पनि कुराहरु छन।" मैले भने।

आफ्नो काम सके पछी जुनाले उसको अफ्रिकाको भ्रमन बारे कुरा सुनाइ। जुनाको परिवार, छिमेकी र भुतपुर्ब प्रेमीहरुको सबै कथाहरु सुने। मलाई रातो जुत्ता पनि गिफ्ट ल्याइ दिएकी रहेछ। मलाई राम्रो लाग्यो। किन हो बारम्बार जुनाले मेरो गलामा हेरे जस्तो लाग्यो।

"लामखुट्टेले टोकेको!" उसले सोध्नुअघि मैले आँफै भने।
"के? कहाँँ?" जुना छक्क परी।
"तिमीले मेरो गलामा रातो दागहरु देखेनौ?"
"अहँ!" जुनाले भनी।
"तिमी मेरो गला हेरिरहेको जस्तो लाग्यो।"
"मैले तिम्रो अनुहार हेरेको। तिमी दुब्लाएको हौ?"
"खोइ? मैले तौल हेरेको छैन। एकछिन है?" भनेर मैले बाथरुम गएर मेरो गला हेरे। गला सफा त सुडौल थ्यो। तर लव बाइटहरु थिएनन। म झन छक्क परे।

"जुना!"
"हजुर!"
"तिमीलाई त्यो हम्बल थाहा छ। एकचोटी तिमीले चिनाएको थियौ नि।"
"थाहा छ ! मलाई खुब मन पर्थ्यो।"
"आज देखिन नि मैले। तिमीले देख्यौ?"
"उ त धेरै पहिले देखी आउँदैन, होइन र? उसको रेजिडेन्सी सकेको १ बर्ष भएन र?"
"तर तिमीले चिनाएको त अस्ति भर्खर होइन र?"
"हैन, हैन! त्यो २ बर्ष अघिको कुरा हो। होइन क्यारे, अझै धेरै बर्ष अघिको कुरा हो। किनभने उसको रेजिडेन्सी शुरु भएको थ्यो त्यो बेला।"

प्रिय पाठक, मलाई अझै थाहा छैन। मेरो समय र जुनाको समयमा हम्बल कहाँ उपस्थित थियो र कहाँ थिएन। म अझै धेरै कुराहरुको खोजीमा छु। तर मलाई यो थाहा छ हम्बल म सँग हिजो राती थियो। जुना उसलाई १ बर्ष देखी देखेको छैन भन्छे। मेरो मनले मान्दैन। तर म जुनालाई हम्बल र मेरो ब्यक्तिगत कुरा भन्न सक्दिन।

क्रमश:

 
Posted on 06-10-21 10:29 AM     [Snapshot: 7767]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

bhut aauna laagyo hai?

 
Posted on 06-10-21 10:30 AM     [Snapshot: 7771]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

I like wonton soup too!

Thanks!

 
Posted on 06-10-21 10:31 AM     [Snapshot: 7773]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Thanks, Eklopan!

 



PAGE: <<  1 2 3 4 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
We live in precarious times
H1B fraud
nrn citizenship
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
Why always Miss Nepal winner is Newari??
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters