नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम -चौतारी - भाग ७० --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
हिजो राति साली-नानी आफै किच्कन्या बनेर आएकी रै'छन जस्तो छ नि।
जदौ गाम्लेहरु !
के छ हौ पर्बते मित्र ! आज यसो मोदीतिर असला खोज्न जाने हो कि ! तादी नै तितौरीले एउटा ढडिया बुनिदिएकी थिई। त्यै बोकेर जाउँ क्या रे, असला छोप्न। बेलुका तिनपानेलाई चटनी हुन्छ।
के छ भउते जी? मोदी को असला त सप्पै करेन्ट लएर खाइ सिध्याए असत्ती हरुले अब त गंगटा र पाहा मात्रै होलान तेही पनि भरे लाइ त हुन्थ्यो । हिजो 'ग्राजुएट्' भएका हरुले गर्दा १५ घण्टा 'नन स्टप्' खानु पर्यो आज पनि एसो नखाए त फेरी ह्याङ कसरी हटाउने हैन ?
जदौ है सप्पैलै! आफ्नो जिन्दगी त अस्त व्यास्त छ आर्को १-२ हउता।
कुरो त मिलो के रे, अन्तरे, तर तेई हो, नयाँ मटरको यन्जिन खोलेसि घरि घरि तेन्सन देला भुन्ने पिरले शिर ठाम्माँ छैन।
अन्खेरुन, टाँग्राँ आम्न नमिल्नेले जाम न त - www.terai.org मा, अनि आ-आफ्नो गछ्छे अन्सारको चन्दा दिम्।
भउते काजीलै चईं फिरि टिकस हाल्दिम्ला हुलाकाँ। उनैले डिजाईन अरेका हुन् के रे हाँरो टिकस! कला र अनेकन सिप त उन्निसै डोकोको थुप्रो बोकेर जन्मेका हुन् के रे!
पिरेसको मुन्छेले अलि अलि चेन्ज त गर्द्यो के रे, तर राँरो आ'छ।
त्यो माथि हेsssरी यो भिँडियो हाल्छु भनेर खोजेको। त्यो सानदाइको "इडिट" भन्ने जिनिस चलाएर मिल्छ कि भनेर कोशिष अरियो, तर सकिएन।
ईखीखीखीखीखी पर्बते-मीत्र, त्यो ग्राजुयट हुदाका दिनहरु नसम्झाम् भो। आफू नि झन्डै साइकिला'ट पोखरीयाँ खसियाथ्यो।
पुन्टेदाइ, त्यो बन्दै नबनेको कामको नि जस दिनी ? तै नि धन्यबात छ है। हैन त्यै पेशा चैँनी अरेर बस्ने मुर्दारहुरले कस्तो बनाम्दा रेछन् र हो? हाम्ले नि हेर्न पाए फिरी फिरी तिनेरुलाई बकश टक्र्याम्न पर्दैनथ्यो होला। अलिक ट्याम दे'को भे मैले नि काम चलाउ त बनाम्न सक्छु जस्तो ला'थ्यो के रे। अब त्यो तातैखाम जल्दै मरम भै हाल्यो नि, फुना'टै अहिल्यै पठाम भने'सि।
बोरु जहाजको टिकेस पठाइदिम न। अनि त एउटो चिया खानी टिकेस म त्यैँ आएर किनुम्ला। यस्तो समाज सेवा अर्न खोजेको मुन्छेले के फिरीमा टिकेश पठाम्नुहुन्छ र ? त्यस्तो टिकेशले त भारा लाग्छ बाबै। फिरी स्वर्गको बाटो ठ्याम्मै बन्द हुन्छ।
यो समय भुन्ने जिनिस नि सधैँ पर्शस्त भै'दे नि हुन्थो के रे नि। साली-नानी देखेपछि त त्यसै त्यसै कम्फुटरको स्क्रिनाँ हेरेर मुसुमुसु हाँस्न मुन लाउनी के।
केटी मुन्छे किच्कन्या बन्छन्, केटा मुन्छे चैँ के बन्छन हँ ? म पनि त्यै बन्न सिकिराख्न परो।
ही ही ही ही ह्यारिश, तिमी नि ठाडै रे'छौ त। घैँटो घटेको बेला परो कि आज भर्याछैन?
पर्बते, हउरहुरको साथ पाम्ला भनेर पो जिस्याको त सालीनानीलाई। कहाँ एक्लै देखेर हो र? नत्र फिरी ढुङ्गै ढुङ्गाको बर्षा भो भने एक्लै खानु पर्छ। म फिरी समाजसेवी मुन्छे, बाँडेर खानुपर्छ भन्ने मेरो अक्कल।
चौतारी त सुन्सान हुन्छ नै । म त कुरो सुन्ने मात्रै हो क्या? साली ले ढुङ्गा ले हाने देखि आठौ आस्च्रर्य हुन्छ ल आफु त यो हुरी बतास आउँदै छ रे भनेर हेर्दै छु । हैन यो आउला कि न आउला? के छ गाम्ले को बिचार । नत्र त भागेर आफ्नै गाम्ले को घर तिर जानु पर्छ, क्यार्नी हो खै?
नमस्ते ग्वाँचे! हन के पिर परो भन्छुर आधा रात नाघसक्दा पनि निन्द्रा परेन ग्वाँचु महाराजलाइ!! मुन्नि के छ हौ तिम्रो हालखबर आजकल तेति झुल्किन्नौ । सारै बिजि भर ब्यास्त छौ कि के हो????
ग्वाचे:नमस्कार जिजु :केटाहरु भुत हुन्छन रे मेरो हजुरमुवाले भनेको पर्वत: डराउनु पर्दैन ढुंगा खिलाए पनि जिजुलाई मात्रै दुर्गेशोरी: अब अगस्ट लाग्यो बिजी भर ब्य्स्त भयो.चौतारीमा आउन डरडर लागेको पनि
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Toilet paper or water?
TPS EAD auto extended to June 2025 or just TPS?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Nas and The Bokas: Coming to a Night Club near you
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
Tourist Visa - Seeking Suggestions and Guidance
From Trump “I will revoke TPS, and deport them back to their country.”
I hope all the fake Nepali refugee get deported
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.