[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 संझना दिदी !

[Please view other pages to see the rest of the postings. Total posts: 134]
PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
[VIEWED 65124 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 7 pages, View Last 20 replies.
Posted on 06-05-08 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

संझना दिदी !


धेरै बर्ष पछि काम बिषेश ले आफ्नो पुरानो स्कूलमा पुगेको थिएं। बिश्व निकेतन को स्वरुप पुरै बद्लिसकेको भए पनि स्म्रिति पटलमा अझै संझनाहरु छरप्रष्ट थिए। आधुनिक भवन, नयाँ नयाँ सर् मिस् हरु। तर पनि हामीले  चिन्ने, हामीलाई पढाउनु भएका सर् मिस् हरु थिए नै
। हेडसर् संगको भेटको क्रम मा उही पुरानो गुनासो भनुं को चिन्ता प्रकट गर्नु भयो।


"बोर्ड ल्याउन सकेन स्कूलले। आजभोलि राम्रा बिद्यार्थीहरु सरकारी स्कूलमा आउन नै छाडे।"

"राहुल्,  आज को लास्ट पिरियड मेरै छ क्लास् टेनमा, संगै हिंड। बिद्यार्थीहरु लाई केही प्रोत्साहन गर्नु पर्यो। यसपालीको ब्याचमा केही राम्रा बिद्यार्थीहरु छन्। बोर्ड ल्याउन सक्ने। मोटिभेशन को कमी छ।"

"हुन्छ सर्!"  मेरो सानो प्रयासले प्रेरणाको संजिवनी  बन्छ भने एक् चोटि त के बारम्बार यो स्कूलमा आउन तयार् छु। आखिर यो स्कूल ले नै त हो नि म जस्तो लड्डु लाई मान्छे हुनुको अनूभुति दिलाएको।" मैले नि दिएं एक भाषण।

हेड् सर् ले मेरो परिचय दिनु भयो,  बढाइ चढाइ । यस्तो थियो राहुल्, उस्तो थियो राहुल्।
आफ्नो पालो मा मैले नि आफुले स्कूल पढ्दा को, गरिबी बिरुद्ध लड्दा को राम कहानी सुनाएं। इङ्लिशमा नेगेटिभ सेन्टेन्स के भन्ने थाहा न पाएको राहुले ले कसरी उच्चत्तम अंक हासिल गरे, नेपाली को एउटा वाक्य शुद्ध लेख्न न जान्ने ले नेपाली मा नेपाल भरि मै सर्बाधिक अंक  कसरी ल्याए, आदि इत्यादि भनें।


अन्तमा हेडसर् ले, दाइ संग केही सोध्नु छ भने सोधी हाल् भनेर बिद्यार्थीलाई भन्नु भयो। एक जना छात्राले मात्र केही सोध्ने हिम्मत गरिन्। उनको जिज्ञासा पुरा गर्न सकें वा सकिन अर्कै कुरा तर उनीमा भएको कन्फिडेन्स ले प्रभाबित पार्यो। फर्किने क्रममा, हेड सर् ले अघि प्रश्न गर्ने छात्राको बारे केही भन्नु भयो।
 सदिच्छा श्रेष्ठ, बाबु ४ बर्षको नहुदै गुमाई, आमा पनि १० बर्ष देखि जापान मै छिन्। बिचरी मामा घरमा  दुखले बसेकी छिन्, तर ट्यालेन्टेड छे।
मलाई आशा छ, यसले केही न केही गर्छे। पारिवारिक चिन्ताले पढाइमा असर गरेन भने छात्राहरु तर्फ बोर्ड ल्याउछे।

 स्कूल छुट्टीको टाइम पनि भयो, हेडसर्  संग बिदावारी गरी स्कूल बाट फर्किने क्रम मा मैले स्कूल को गेट निर सदिच्छालाई देखें। अघि सर् सदिक्षा को बारेमा भन्दा कता कता चिनेचिने जस्तो लागेको थियो। मन ले कहि सम्झना दिदी को छोरी त होइनन् सदिच्छा भने जस्तो लाग्यो। पारिवारिक हुलिया ले त्यस्तै संकेत गर्थ्यो। 


सोधि हालुं जस्तो लाग्यो र बोलाएं-"सदिच्छा!"


एक छिन अलमलीइ उनी। हजुर , तपाईं ले बोलाउनु भएको?

"हो।"


"तिमी संझना दिदी को छोरी हो?" मैले ठाडै सोधी हालें।


"हो सर्,  तपाईले चिन्नु हुन्छ, मेरो मम्मी लाई?" उनको चेहरामा अनौठो चमक् आयो।

 
"हो म चिन्छु दिदी लाइ, कुनै समयमा हामी एउटै अफिसमा काम् गर्थ्यौं"  मात्र  भने। भन्न त मन लागेकोथियो धेरै कुरा तर कलिलो उमेरको कलिलो मष्तिस्क मा गहिरो चोट पर्ला कि भनेर भनिन।  संझना दिदीको जीवन  यात्राका प्रतिकूल् समयमा  केही बाटो मैले नि संगै हिडेको छु, घाउहरु दुखेको छु।

संझना दिदीको बारेमा सुन्ने जान्ने रहर् थियो होला तै पनि साथी सङ्गिहरु सित घर् हिड्न लागेकीले मैले डिस्टर्ब गर्न् उचित मानीन।
मलाइ हतार् छ, कुनै दिन फेरि स्कूल आउला भन्दै थोत्रो के बजाजलाई लात मारें।

संझना दिदी र म एकै ब्याचमा जागिर् भएका थियौं। उमेरले हामी भन्दा सिनियर भएकी ले सबै जना  ना सु संझना श्रेष्ठलाई संझना दिदी भन्ने गर्थे। साह्रै मिजासिला,काम प्रति लगनशील, भलादमि कर्मचारिको रुपमा चिनिन्थ्यो। जागिर् को केही समय मै मेरो शाखा मा सरुवा हुनु भयो। समय मै अफिस आउने अनि भएको काम् सके पछि मात्र जीवनको यावत पक्षमा खुलेर बहस् गर्ने गर्नु हुन्थ्यो। किन यो उमेरमा कसरी हाम्रो अड्डा मा जागिर् खान पुगी देखि लिएर पारिवारिक किचलो, बाल् बच्चाको भबिष्य सम्म को कुरा गर्नु हुन्थ्यो। हाकिम् आफु भए पनि जीवनका धेरै जीवन्त वसन्त भोगेकी, धेरै जर्जर् पटझर् झेलेकी दिदी को कुरा मनन् गर्थें।

सदा झै टाइम अफिस आउने  संझना दिदी त्यो दिन म अफिस पुग्दा पनि देखिएन। हाकिम भएर भन्नु भन्दा पनि नानी देखि लागेको बानी टाइमा अफिस बिरलै पुग्थें। स्कूलमा त ढिला पुग्ने रेकर्ड राख्ने मान्छे।
टाइपिस्ट् लाई सोधें। "संझना दिदी आउनु भएन?"
 
"खै सर्, अहिले सम्म न आएकी ले आउदैन कि?"
"फोन सोन त गरेकी छैन?"
"छैन सिर्।"

नेवारहरु को घर् मा अनेक भोजभतेर् होला त्यसैले न आएकी होली। एुउटा टिप्पण्णि लेख्न दिएको थिएं, फाइल पो कहाँ राखेर गई फेरि, म एक छिन आफै संग कराए।
ड्रयर् खुला थियो, मैले खोजेको फाइल माथी नै रहेछ। अधुरो टिप्पणीको साटो आफै अर्को टिप्पणी लेखेर स्वूक्रितिको लागि कर्यकारी प्रमुख कहाँ पठाइ दिएं।

अर्को दिन पनि संझना दिदी म अफिस पुग्दा सम्ममा देखिएन।  मौसम खराब् छ, बिरामि भयो होला भन्थाने। दिउसो खाजा खाने समय तिर् हस्याङ् फस्याङ् गर्दै आइन्।
मैले केही भन्न न पाउदै भन्न थालिन्।

"सरी सर्, सर लाइ फोन पनि गर्न भ्याइन।"
"के भयो दिदी?"
"मेरो श्रीमान् लाइ हस्पिटल् लगेको। कोइ छैन हेर्नुस् त हेल्प गर्ने।" (बिबशताको उदबोधन!)
 
"के भएको किन लगेको?
अस्ति नै टाइफाइद भएको निको भैसकेको भनेको होइन?"
 
हो सर्, ज्वरो बल्झियो, बेहोस् हुनु भयो घर् मै। अनि हस्पिटल् लगेको।

"डाक्टर् साहेबहरु के भन्छन् त?"

खै टेस्टहरु को रिजल्ट नआउन्जेल केही भन्न सकिन्न रे। के हुने हो के? म त साह्रै टेन्सन् मा छु।

"टेन्सन् न लिनु, टेन्सन् लेने का चिज नहि है, देने का है भन्थ्यो इलाहाबाद मा।"

भोलि सम्ममा टेस्ट् को रिपोर्ट आउछ भनेको छ, सर् ले कोइ डाक्टर् चिन्नु भएको छ भने भन्दिनु पर्‍यो, मेरो बुढा लाइ खास के भएको हो?

उनको स्वरमा नमिठो त्रास् को अक्म्पन थियो। आत्तिएकी, बिबश नारी को अन्तर्आत्माको आवाज सुने जस्तो लाग्यो।

"बीर हस्पिटलमा होइन?"
 
हो सर्, मेल् मेडिकल् वार्ड्, २०१ नम्बर् को बेडमा।


 "त्यता भए त म संगै पढेका ३७ जना डाक्टर् छन्, कोइ न कोइ त भेटिएला। म भोलि अफिस् सकिना साथ त्यतै आउछु। धन्दा नलिनु। बिरामी लाई राम्रो सङ हेरबिचार् गर्नु।

 "हस सर्" भन्दै हतार् हतार् पाइला बढाइन्। क्रमश:


 


 
Posted on 06-20-08 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ma ta boldina k thuldai sanga!!! .. afnu thuldai le ni birsine ho ta ani!!!
 
Posted on 06-20-08 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली सरि है, 
हुलमुल मा छुट्न गएको मा क्षमा प्रार्थी छु। तपाईं हरुकओ प्रेरणामा त यहाँ सम्म पुगेको छु। यती सम्म लेख्न सिकेको छु। नियतबस तपाईंको उत्साहबर्धक टिप्पणी छुटाएको पक्कै होइन। कृपया अन्यथा न लिनु होला।

-ठुलदाइ


 
Posted on 06-20-08 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nai nai ma ta boldina boldina.. momo khuwaune bhaye bolchhu, natra boldina...


 
Posted on 06-20-08 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

momo khuwaune bhaye bolchhu, natra boldina...

thudai ma pani momo khuwaune bhaye matrai commment garchhu


 
Posted on 06-20-08 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

संझना दिदी
भाग ४
 

यसरी दशैंको मुखै मा आएर संझना दिदी, आफ्नो पति को पुनर्जीवनको बरदान माग्न दिल्ली जानु भयो तर उहाँ दिल्ली जानु भनेको घर बिचल्ली हुनु हो।  ४ बर्षकी छोरी, २ बर्षको छोराको बाल शुलभ मष्तिस्क लाई बाबालाई के भाको छ थाहा छैन। र बाबा मम्मि हामी संग रिसाएकोले मामाघरमा पठाइ दिएका भन्ने सोचमा बेखुशी थिए। यता घरमा बुढी आम्मै एक्लै, असक्त, अथाह, बिबस जिन्दगी घिसार्दै आफ्नो कर्म लाई दोष दी राखेकी होलिन्।

फूलपाटी देखि त हामी कर्मचारीको अफिसियल् दशैं। घरमा दशैंको किनमेल आफुले गर्नु पर्ने होइन। पुरै सातै दिन सप्ताह लगाउनु पर्ने ठाउं को खोजीमा लाग्यौं। अर्थात तास खेल्ने चाँजोपाँजो मिलाउने काम। चङ्गा उडाउने जमाना रहेन। केटाकेटी खेलाउने उमेर भाको छैन। तास् भन्दा उत्तम् बास् के हुन्थ्यो?

 दशैं सकियो। छुट्टी भरि संझना दिदीको बारेमा खासै सरोकार् राखिन। न कुनै खबर।

कोजागत पूर्णिमा को भोलिपल्ट अफिस खुल्यो नै। सरकारी अड्डा न ठहरियो, पहिलो दिन कर्मचारीको उपस्थिति निकै पातलो थियो।
३ बज्न पाए छैन अफिस् त सून्य। साथीहरुले आज नि अन्तिम लास्ट खेलकूद गर्नु पर्छ है भन्दै थिए, कता जमेका रहेछन् भनेर फोन गर्न भनी फोनको सेट् के सारेको थिएं, जिउ सिरिङ हुने गरी घण्टी बज्यो।

 संझना दिदीले दिल्लीबाट् फोन गर्नु भएको रहेछ। '
संझना दिदीको फोन थाहा हुना साथ चासो भन्दा बढी चिसो लाग्यो। कुनै ज्ञात अज्ञात अनिष्ठको भयले आक्रान्त भए जस्तो।

"कस्तो छ, मान दाइलाई?"
 मैले स्वाभाबिक प्रश्न तेर्साएं। दिल्ली देखिको आवाज भए पनि संझना दिदीको स्वर तेजिलो थियो। कुनै सकरात्मक चमात्कार नै भए जस्तो।

"एक दम ठिक भएको छ। अहिले पुरै होस् मा हुनु हुन्छ। ज्वरो पनि छैन। झोल खानेकुरा खान थाल्नु भएको छ।"
कुनै रणसंग्राममा बिजय पछिको प्रतिक्रिया जस्तै निकै उत्साहित हुंदै कुरा सुनाइ रहनु भयो।

डाक्टर साहेबले अब यहाँ राख्नु पर्दैन, खर्च मात्र हुन्छ। नेपाल लैजाउ भन्नु भएको छ। टिचिङ हस्पिटल राखेर यहाँका डाक्टरहरुले गरेको उपचार लाई निरन्तरता  दिनु भन्नु भएको छ।"

"बडा खुशीको खबर् सुनाउनु भयो, दिदीले। जिउ नै हलका भयो। कहिले आउदै हुनुहुन्छ?" मैले जिज्ञासा राखें।

"भोलि बिहानको फ्लाइटबाट आउदै छौं।  सर् लाइ फेरि एउटा दुख दिनु छ।"

"भन्नुस् दिदी, मैले सक्ने  र हुने सम्म गर्छु नै।"
 
"टिचिङ हस्पिटललाई यहाँ डाक्टर साहेबले चिट्ठी फाक्स गरि सक्नु भएको छ।  बिरामीलाई एअर्पोर्ट देखि पिक अप गर्न र एउटा स्पेशल क्याबिनको ब्यबस्था गरि दिन।"
 
"अनि मैले के गर्नु पर्‍यो दिदी?"
 
"टिचिङमा गएर त्यो कन्फर्म गरिदिनु पर्‍यो सर ले? एम्बुलेन्स बिहानको ११ बजे पुग्ने गरी। फाक्स् को मात्र के भर् हुन्छ र?" नेपालको प्रशासन बुझ्नु भएकी ले शंका जन्माउनु ठिकै हो।
 
"हुन्छ दिदी, म अहिले हिड्नै लागेको, अफिस सुनसान् छ।दिदीको टाइम मै फोन आयो। म टिचिङ जान्छु र सब बन्दोबस्त गरेर आउछु, भोलि बिहान कुनै चिन्ता न लिई आउनुस्।"

फोन राखे पछि अनिल दाईले भनेको संझना आयो,  मेडिकल साइन्समा धेरै पटक धेरै ठाउंमा मिराकल भएको छ। भगवान संग प्रार्थना गर्नु, सब ठिक हुन्छ।
" भगवान के  घर देर् है अंधेर नहीं" भन्थ्यो, इलाहाबादमा। हो रहेछ जस्तो लाग्यो।


भोलि को ब्यबस्था गर्न टिचिङ तिर हुइंकिन अगाडी साथीभाइको जमघटको थलो कहाँ रहेछ त भनेर साथीसमूहका सूचना केन्द्र नोर्बुको घरमा फोन गरें।

"आज कहाँ हो खेलकूद?"

"आज किरणेको घरमा, छिट्टो आइहाल्, कोरम पुगिसक्या जस्तो छ।"

"हैन टिचिङ सम्म काम छ, तु गएर तु आइहालें। रुमाल राखेर ठाउ रिजर्भ गरी राख।"

"अहिले नै टिचिङ् जानु पर्ने कारण के त? कस्को हात खुट्टा भाच्यो?"
 
"होइन, हाम्रो स्टाफको फेमिलि मेम्बर छ नि अस्ति दिल्ली लगेको, हो त्यसको भर्नाको ब्यबस्था गर्दिनु छ। हाकिम भए पछि गर्दिनु नै पर्‍यो।"

"बरु भन त को छ हं, टिचिङमा चिने जानेका सोर्स् लाउन मिल्ने?"

"हुस्सु!  तेरै बिश्व निकेतन कै छ नि डा अरुण सायमी। अहिले डिन सिन के भएको छ, उसैलाइ गएर भेट न।"

हो त नि, डा अरुण सायमी, बिश्व निकेतनका उज्ज्वल नक्षत्र। स्कूलको इतिहास मै पहिलो र सर्बोच्च बोर्ड हान्ने।

त्यसो त डा सायमी संग चिनजान भएको थिएन, आजै हो मौका चिनजान गर्ने जस्तो लाग्यो।

टिचिङ तिर हुइंकिए। संयोग बस डाक्टर साहेब आफ्नो कार्यकक्षमै भेटियो। मैले आफ्नो परिचय दिएं र काम को कुरा गरें। बडा खुशी हुनु भयो मेरो परिचय पाएर अनि भोलि को सम्पूर्ण काम को जिम्मा मात्र लिनु भएन। "यो केसलाई म पर्सनल्ली ह्यान्डल गर्छु " भन्नु भयो।

जे होस् आफ्नो काम सफल भएकोमा खुशी हुंदै खेलकूद कार्यक्रम तिर लागें।


*****************************************************************************


संझना दिदी आउनु भयो। नयाँ आशा, नयाँ बिश्वास् लिएर। अझ भनुम्, आफ्नो आधा जिन्दगीको नयाँ जिन्दगी लिएर। मान्छेको लगनशिलता र निस्वार्थ कामनामा यमदूतहरु पनि हार्दा रहेछन् जस्तो लाग्यो।

बिरामीलाई भर्ना गर्ने औपचारिक काम सके पछि मलाई फोन गर्नु भयो। अफिसमा दशैं र तिहारको बीचमा खासै कुनै काम नहुने भएको ले खबर पाउने बित्तिकै टिचिङ हस्पिटल गएं। दिदीको मुहारको कान्ति ले नै बिरामीको हाल स्पष्ट भनि रहेको थियो।

"कस्तो छ  मान दाइ लाई।?" खासमा उहाँको नाम मानव दास, सबैले मान दाई भनेर सम्बोधन् गर्ने।
 
"न सोचे जस्तो प्रोग्रेस् भएको छ। यो सब सर् हरुकै सहयोगले  हो।"

"हामीले त आ-आफ्नो भागको कर्तब्य पालन गर्न खोजेको मात्र हो, यो सब उपरवालाको काम हो।"
 बेला कुबेला इलाहाबादी लवज आइहाल्यो।


"बिरामीलाई सलाइम चढाइएको रहेछ, रगत पनि दिनु पर्छ भन्नु भएको छ। भाइले रगत दिएर आए, अब त्यसको टेस्ट सके पछि रगत पनि दिन्छ होला"
 
"रिपोर्ट यही हो उताको ।"  भन्दै दिदीले फाइल मेरो अगाडी राखि दिनु भयो। डराइ डराइ बिस्तारै, 'बत्रा हस्पिटल, नोइडा मार्ग,मानव दास् श्रेष्ठ' लेखिएको फाइल पल्टाएं।

पहिलो पाना मै अड्किएं। "डाइगोनोसिस्" भन्ने महलमा  "pancytopenia" अनि "रिमार्क"  भन्ने महलमा "confirmed" लेखिएको।

यसको मतलव, यसको परिणति म्रित्यु बाहेक हुन सक्दैन, अनिल दाइ को भनाइ अनुसार्। अनिल् दाइ को ज्ञान माथी कुनै शंका थिएन मलाई।

ब्लडका रिपोर्टहरु पनि हेरें। धेरै न बुझे पनि WBC, RBC, Plateles को संख्याको अर्थ बुझ्ने भैसकेको थिएं।

अनि Treatment suggested मा चाहिँ, इन्फेकसन् हुन नदिने, स्पेशल क्याबिनको ब्यबस्था गर्ने। के के मिसाइएको सलाइन पानी  चढाउने र एक दिन बिराएर फ्रेश रगत दिने आदि उल्लेख गरिएको रहेछ।

संझना दिदीले यस्ता मेडिकल टर्मिनोलोजी न बुझ्नु नै यति बेला श्रयस्कर लाग्यो। बुझेको भए अहिले रहेको अलिकति कान्ति पनि मूर्दाशान्तिमा परिणत हुन्थ्यो।

"यो रिपोर्टको १ कपि फोटो कपि मलाई दिनु दिदी, दाई संग पनि सल्लाह माग्छु।"
एक प्रति फोटोकपि रेडिमेड नै रहेछ। सो लिएर हिडें।

 बाटोमै अनिल दाईको घर पर्छ, लाजिम्पाटमा। एक छिन् ५ मिनेटको लागि छिरम् जस्तो लाग्यो र साँग्रिला होटल पुग्ने बित्तिकै अनायसै बाइकले दाईको घरतिर् मोड्यो।

दाइलाई रिपोर्ट देखाएं। दाइ ले हेर्ने बित्तिकै, - "नो होप् एट् अल्"  भन्नु भयो। "अब शान्तमय म्रुत्यु को कामना वा भयन्कर चमत्कार को कामना गर्ने बाहेक उपाय छैन।"
 
'अनि दाई, यो फ्रेश ब्लड नै दिनु नै पर्ने  कारण के हो त?'  मैले अलिकति जान्ने भएर सोधें।

"WBC र Platels  २४ घण्टा भन्दा पुरानो रगतले पूर्ति गर्दैन।" 

ओह। अनि कहिले सम्म दिनु पर्ने त?

जब सम्म bone marrow ले  ती कम्पोनेण्ट् हरु रिजेनेरेट गर्दैन तब सम्म।

" भनेपछि,कहिले सम्म? "
 
"यस्तो केसमा रिजेनेरेट भएको कुनै रेकर्ड छैन।"
 
त्यसो भए जिन्दगी भरि नै दिनु पर्ने त, फ्रेश ब्लड।


"हो, जिन्दगी भरि नै। तर जिन्दगी कति दिन को छ र अब? "

दाई को भनाईमा  अन्तिम आशा पनि देखिन।

"कन्फर्म मर्ने नै भए त मानदाई?"
 
"हेर, माक्सिमम् बाँचे अब को २ हफ्ता मात्र हो।थर्ड वीक देख्दैन मानदाईले।"
 
मानदाईको बिषयलाई लिएर हिजो देखि छएको अलिकति खुशी अलकति आशा चकानाचुर् भयो। 


भोक लागेर एक् प्लेट कमलाछि को म: म खाने इच्छा नि त्यसै मर्‍यो र घर तिर लागें।

क्रमश:


 


 
Posted on 06-20-08 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau thudai ko katha ta aaisayo. la ma ta kaam saam chode padna base,,,
 
Posted on 06-20-08 4:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thuldai katha suru ma padda ta kya ramailo bhayeko theyo. maan dai lai thek bhayo aaba samjana dd ko khusi ko din aayo bhaneko ta  last ma aayera katha le arkai mood leyo..

arko  bhaag ko pratiksha ma chhu...

Last edited: 20-Jun-08 04:13 PM

 
Posted on 06-20-08 4:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुल्दाइ, चिलिम ब्रेक छिटो सकाएर अर्को भाग पस्किहालम्।

 
Posted on 06-20-08 4:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वियोगान्त अन्त्य आउनुभन्दा पहिला अब बाँकि २ हप्तामा के के हुने हो!

 लेख्दै जाउँ ठुल्दाई!


 
Posted on 06-20-08 5:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो कथा यती सिरिअस होला भनेको भए मैले सुरु नै गर्ने थिन होला शायद, लौ दाई छिटो सिध्याउनु पर्‍यो
 
Posted on 06-20-08 5:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बियोगान्त रैछ - अब बच्चा हरु सानै छन्, कसरी पाल्ने हुन् सम्झना दिदिले
मान्छे को जीवन के हुन्छ हुन्छ - भन्नै नसकिने

 
Posted on 06-20-08 5:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो ठुल्दाइ कस्तो दिक्क लाग्यो यो पढेर त, कस्तो नरमाइलो लाग्यो।  सम्झना दिदी भित्र अरु पनि धेरै दिदिहरु देखे मैले
 
Posted on 06-20-08 5:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-20-08 6:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे ठुल्दाइ!

कथामा पनि रोगको कुरा पढ्नु पर्दा दिक्क लाग्यो।

लौ न! दाइहरुका दाइ, भाइ र बहिनिहरुका पनि दाइ,  ठुल्दाइ!

रामदेवका योगा र स्वस्थ आहार बिहारले रोग लाग्दैन भन्ने सन्देश पनि कथा मार्फत दिनु भएमा म जस्तो पाठकहरुको पनि मनमा घाम लाग्छ कि?


 
Posted on 06-20-08 6:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन त बियोगान्त कथा भनेर सुरु मै था पाको हो। अब बाँकी रहेको २ हप्तामा के के हुने हो कुन्नी?  पढ्नै दिक्क लाग्ने भो।
 
Posted on 06-20-08 9:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म नि माथिका सबै प्रतिक्रियाहरु सँग सहमत छु ल!!! क्या बोर लाग्यो!!!


 
Posted on 06-21-08 12:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मानदाईको बिषयलाई लिएर हिजो देखि छएको अलिकति खुशी अलकति आशा चकानाचुर् भयो। 

मेरोनी यस्तै भयो दाई, पढ्दै जादा केही आसा पलाएको थियो, लास्टमा गएर त्यो पनि हरायो।


 
Posted on 06-23-08 5:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

संझना दिदी
भाग ५

टिचिङ् हस्पितलमा डा सायमीको रेखदेखमा डा एन् के सिंह को सल्लाह बमोजिम मान दाइ को उपचार चलि रहेको थियो। एक दिन बिराएर फ्रेशब्लड दिनु पर्ने अर्को झन्झट छंदै थियो। फ्रेशब्लडको लागि रक्तदाताहरुको खोजी गरिदिन संझना दिदीले आग्रह गर्नु भए अनुसार् धेरैलाई सोधियो। प्राय त ब्लड डोनेशन् भन्ने बित्तिकै १२ हात् पर भाग्थे, कोइ तयार भए पनि ब्लड ग्रुप म्याच नहुने। बडो सकस् का साथ् ३ जना को लाइन तयार पारियो। फलानोले फलानो दिन ब्लड दिने भन्ने तालिका पनि बनाइयो।


टिचिङ् मा राखेको २-३ दिन सम्म त बिरामीको हाल यथास्थितिमै थियो। इन्फेक्सन बाट बचाउनु नै मर्नबाट बचाउनु थियो। मान्छेको चक्षु त के माइक्रोस्क्कोप् को आखाँ छल्ने छट्टु बिषाणु-किटाणुको कुद्रिष्टिबाट कतिन्जेल बचाउन सकिने हो भगवान भरोसामा थियो।

चौथौं दिनमा बिरामिलाई सास् फेर्न सकस् भयो। संझना दिदीले तत्काल डा सायमीलाई खबर् गर्नु भएछ र डाक्टर साहेबले तत्काल् क्रितिम अक्सिजनको ब्यबस्था गरि दिनु भयो र छाति को एक्स्-रे लिन लगाउनु भयो रे। संझना दिदीले तत्काल मलाई पनि खबर् गर्नु भयो र म टिचिङ गएं। एक्स्-रे को रिपोर्टमा फोक्सो मा अलकति कालो धब्बा देखिएको ले इन्फेकसनको स्पष्ट संकेत गरेको मैले बुझें। लौ अब भने बित्यास पार्‍यो, मन मनै भनें। डाक्टर् साहेबले त्यो कालो प्याच के भनेर स्वाब कल्चर गर्न लगाउनु भएको रहेछ। प्रारम्भिक रिपोर्ट् अनुसार त्यो कालो दुष्ट Staphalococcus भन्ने ब्याक्टेरिया रहेछ। फोक्सोमा हामीले निलेको सास् मा भएको अक्सिजन बास् हुने अन्तिम थलो alveioli हरु हुन् र त्यहाबाट् शरीरको बिभिन्न अवयवहरुमा रगतले बोकेर लैजाने गर्छ।  तर तिनै अक्सिजनको बासस्थलमा दुष्ट ब्याक्टेरिया जबर्जस्ति बस्नाले अक्सिजनको अभाव भै म्रुत्यु हुने हुन्छ। सास् फेर्न कठिन हुनु त्यसको प्रारम्भिक लक्षण हुन्।


शरीरमा पूर्ण रुपमा रोग संग लड्ने जुझ्ने क्षमता  नाश भएको अबस्थामा ब्याक्टेरियाको लागि दशैं उत्सब आए जस्तो हुनु स्वाभाबिक हो। WBC को मात्रालाई फ्रेश ब्लडको माध्यमबाट थेग्न खोजे पनि अपर्याप्त थियो।  यस्तो अबस्थामा कडा भन्दा कडा आन्टिबायोटिकको मुढेबलले पनि काम गर्दैन।


मलाई मान दाईको अन्तिम दिन यहिं कतै छ जस्तो आभास् भैसकेको थियो। संझना दिदीलाई पनि यस्तो आभास हुंदो हो। हिजो अस्ति दिल्लीबाट फर्किंदाको कान्ति शिशिरको रुख जस्तो भैसकेको स्पष्ट देखिन्थ्यो।  तै पनि "मर ता क्या नहीं कर ता," इलाहाबादी उखान जस्तै, दिदीको लगन र प्रार्थना र कोशिश मा कुनै कमि थिएन।

बिरामी हेर्न आउने आफन्त  र मानदाईका सहकर्मी अनि दिदीका अफिसमा मित्रहरुको कमी थिएन। हर् एक ब्यक्ती डाक्टर भन्दा जान्ने हुने हाम्रो संस्कार। कुण्डकुण्ड पानी मुण्ड् मुण्ड बिचार भने जस्तै, सबले यो गर्नु उ गर्नि, यस्तो गर्नु भयो उस्तो गर्नु भयो भनेर आ-आफ्नो बिद्वता देखाइ हाल्ने। एक जना आफन्तले यो सबै देबी देबताको दोष हो। जान्ने द्यो: माँ ( देब देबी चढ्ने माता) लाई देखाउ, द्यो: माँ ले नै ठिक पार्दिन्छ भनेर सुझाए।


अब कुन द्यो: माँलाई देखाउने? प्रश्न मेरै थाप्लोमा आएर बज्रियो। मैले पनि आमा लाई सोधें। क्षेत्रपाटीमा एक जना साह्रै जान्ने द्यो:माँ हुनु हुन्छ उसैलाई देखाउनु भनेर आमाले घरको हुलिया बताइ दिनु भयो। सोही अनुसार संझना दिदी र म, मानदाईको चिना र मानदाईलाई स्पर्श गराई ल्याइेको एक मुठी चामल लिएर गयौं।


द्यो:माको आसन कक्ष भित्रको भिडले आस्था र बिश्वास् को मात्रा अन्दाज गर्न सकिन्थ्यो। हाम्रो पालो आयो। संझना दिदी द्यो:माँ को समुन्ने बस्दै चिना र चामल अगाडी राख्ने बित्तिकै, आँखा चिम्ली कामिरहनु भएकी द्यो:माँले भन्नु भयो।

"यो मान्छेलाई कडा रोग लागेको छ, खकारमा, दिसा पिसाबमा रगत आइसक्यो। यो मान्छेको भर्खर प्रमोशन भएको छ र अर्को प्रमोशन हुनेवाला छ तर । तर मै अड्कियो द्यो:माँ को धारा प्रबाह प्रबचन।


"कुनै उपाय छ कि छैन?" संझना दिदीले आफ्नो चासो को बिषय राख्नु भयो।

"कडा रोग लागेको छ, रगत सम्बन्धी। स्वयम्भूको अजिमा (हारती माता), बिजेश्वरी माई अनि हल्चोक को भैरबको पूजा बिधिपूर्बक गरिदिनु, केही हुन सक्छ।"
 
द्यो:माँको यी कुरा सुने पछि, संझना दिदी भोलि नै सबै तिर पूजा गरिदिन्छु, भगवान ले कहिले सम्म यो दुखीलाई हेर्दैन भन्दै कस्सिनु भयो। म भने द्यो:माँलाई कसरी यी सबै सत्यको ज्ञान भयो भन्ने कुराले दिमाग संगसंगै घुमिरहेको थिएं। चिन्दै न चिनेको, देख्दै न देखेको मान्छेको जीवन गाथा यसरी भन्न सक्नु दैबी शक्ती नै हो, मलाई पक्का बिश्वास भयो।


संझना दिदीले पूजाको कर्म पनि गरिदिनु भयो। बिरामीको हालत खस्किनु सिवाय केही भएन। झन निरासाको दहमा डुब्नु भयो। मानौं अब संझना दिदी अब आफ्नो प्राणभन्दा प्यारो पति को सुखद म्रित्युको लागि कामना गरिरहनु भएको छ।

तिहार नजिक थियो। यमपंचक सुरु भै सकेको थियो। कुकुर तिहारको दिन हो क्या र, बिरामीको हालत निकै नै नाजुक बन्यो। संझना दिदी आत्तिएर डाक्टर नर्सहरुको हार गुहार गर्नुभएछ। डाक्टर साहेबले फलानो इन्जेक्सन लिएर आउ भने छ र सो  इन्जेक्सन टिचिङ् हस्पिटलको एउटा मात्र औषधी पसलमा पाइंदो रहेछ। पसले ले पनि यो औषधि एक मात्रा ले पुग्दैन, अर्को मात्राको लागि पहिलेइ पैसा बुझाउनु पर्छ। बैंककबाट झिकाउन पर्छ भने छ। एक भाइल को ६ हजार नेपाली रे। १२ हजार न बुझाई त्यो इन्जेक्सन् न पाइने भयो। संयोग बस दिल्लीमा बस्दा अनुमान गरिए जति खर्च नभएकोले १५- २० हजार अझै हातैमा थियो र १२ हजार बुझाई एक भाइल लिएर आउनु भयो।  त्यो इन्जेक्सनको प्रभाव सकारात्मक रह्यो। बिरामीको हालत निकै सुध्रियो। अलिकति कान्ति अनि अलिकति शान्ति दूर क्षितिजमा देखियो। सास रहुन्जेल आस रहन्छ। संझना दिदीको मूल मन्त्र यही थियो।

लक्ष्मि पूजाको दिन थियो। तिहारको पहिलो छुट्टीको दिन। भरे साँझमा लक्ष्मीपूजा गर्नको लागि केही सरसामान किन्न बजार गएं र फर्किएर चिया नास्ता मात्र के सकेको थियो, संझना दिदीको फोन आयो।

"सर्, म बोलेको। सर् लाई फेरि दुख दिनु पर्‍यो। अस्तिको इन्जेक्सनले काम गरे जस्तो छ। अहिले उहाँको स्थिति धेरै राम्रो भएको छ।"

"एहे, खुशी खबर सुनाउनु भयो "( अनिष्ठको समाचार को शंका लागेको थियो। )

"सर्, त्यो इन्जेक्सन् ४-५ भाइल झिकाउनु पर्‍यो, भएको पैसा सकियो। अहिले चाडबाडको बेला को संग माग्न जाउं। २० हजार जति जसरी भए पनि ब्यबस्था गरि दिनु पर्‍यो।"

म असमंजस्यमा परें। मर्नै लागेको मान्छेको बाच्ने अन्तिम् प्रयासमा कसरी नाईं भन्नु। पहिला नै ३० हजार दिइ सकेको थिएं। फेरि २० हजार? एक छिन है दिदी म हेर्छु भन्दै एक छिन सोचें। लक्ष्मीपूजाको दिन धनको पो आगमन हुनु पर्ने, यहाँ त एका बिहानै धन को बहिर्गमन हुने कुरो पो देखियो। सोचें, मान्छेको जीवन भन्दा  माथी अरु केही हुन सक्दैन। "बांचियो भने आफुले पूण्य कमाइन्छ, दे  राहुले दे," लक्ष्मी माता आफैले आदेश दिएको आकाशबाणी सुने जस्तो लाग्यो।

तै पनि मान्छेको कपटी मन न हो, एक छिन पछी जवाफ फर्काएं।
"दिदी, २० हजार त मिलेन, १२ हजार जति चानचुन मिलाएर जम्मा हुन्छ। के गर्ने?"

 "१२ हजार भए पनि मेरो लागि लाख हो, अहिले नै सक्नु हुन्छ भने पैसा लिएर आउनु होस्, १ बजे को थाईको फ्लाइटबाट झिकाउनु पर्छ।"

 समयको अभावलाई बुझेर १२ वटा हात्ती को भारी खल्ति बोकेर टिचिङ  तिर लागें र पैसा दिएर एक छिन मानदाईको जिर्ण शरीर हेरेर घर फर्कें।
क्रमश:


 
Posted on 06-23-08 5:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


राहुल दाई, सम्झना दिदिको धेरै सेवा गर्नु भको रहेछ ।

 
Posted on 06-23-08 6:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

o ho samjhana didi ko lagi kati sahayog garnu bhaeyhca,  katha ko rahulvai dai jasto manche pani huda rahechna yo sansar ma --  sabaile saino haru yasari nai nibhauney bhaey sansar kati ramro hunthiyo hola--

aba samjhanadid ko bhinaju ni alik din bachchan ki jasto cha.

Last edited: 23-Jun-08 06:09 PM

 



PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
I hope all the fake Nepali refugee get deported
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
MAGA and all how do you feel about Trumps cabinet pick?
Those who are in TPS, what’s your backup plan?
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters