नयाँ नेपालको यात्रा भाग ९
त्यो दिन पनि काम बनेन। दिन दिनै छोड्या अड्डा धाउनु, दिन भरी कुर्नु दिनचर्या हुन थाल्यो । मानौ फर्केर फेरी जागिर खाए जस्तो । भोली पल्ट १० बजे नै अड्डा आइपुगियो । १३ बर्ष जागिर खाएको अड्डा हो , थाहा थियो १० बजे त केही पियन र केही हाकिमहरु (जो श्रीमती वा बालबच्चालाई निश्चित समयमा निश्चित स्थानमा पुर्याइ आउनेहरु ) बाहेक कोइ आउँदैनन। बल्ल साढे १० बजे तिर हाजिर गर्न आउनेहरुको भीड लाग्दो रहेछ, ढ्याउुउुउु गर्दै हाकिमहरु गाडीबाट निस्कदै नमस्कार गर्ने कोइ छन कि बाटामा कुर्दै सुस्त सुस्त गती मा ।
तै पनि प्रशासनको ठेलुवा अधिक्रित आइपुगेन । नेता जो ठहरियो । १० बजेको नियम लाग्दैन । आज काम भएन भने भोली सम्म चेक् बन्दैन । भोली चेक् बनेन भने नेपाल बसाइ भित्र मैले आफ्नो पसिनाको बाली काट्न सक्दिन । समय सीमा भन्दा नि असत्तिहरुले अनिस्चितकालिन आम हडतालको चपेटामा परिन्छ । स्वतन्त्रतालाई कैद गरेर, मानसिक र शारीरिक यातना दिएर सत्ता प्राप्तिको यज्ञमा आहुती दिन गाउं गाउं बाट ल्याइएका निरदोष जनताहरुको प्रातकालिन परेडले शहर आक्रान्त थियो , अशान्त् बन्न सक्ने भनक र छनक दुबै देखिन्थ्यो ।
लेखामा गएं , "प्रशासन को चिट्ठी आउँदै गर्छ, तपाईं कोषको लागि चिट्ठी तयार गर्दै गर्नुस् । आज १२ बजे भित्र गएन भने कोषले भोली आउ भन्छ रे । आजै कोषबाट निकासा ल्याउनु पर्छ ।"
"हैन बिदा दिन यकिन गर्नु पर्यो नि सर ।" लेखाको भनाइ ठीक भए नि बेठिक भए नि , समय न भाकोले अन्तरिम ब्यबस्था गर्नै पर्यो।
"ल लेख्नुस् घर बिदा १८० दिन", ( त्यो भन्दा बढी संचित हुनै सक्दैन ), "बिरामी बिदा ११० दिन।" " प्रशासन ले १४६ दिन हुन्छ कि भनेर अलमल गर्दै छ, मलाई ३६ दिनको चाहिदैन ।"
"त्यसै गरी दिउं र सर ?"
"गरी दिनु सर" बिन्ती भाउ गर्नै पर्यो ।
साढे ११ बजे तिर ठेलुवा सर आउनु भे छ ।
"हेर्नुस् न सर ट्राफिक जाममा १ घण्टा फसियो, काठमाडौको ट्राफीक के भन्ने ??"
बहानाबाजी जायज भए नि, ट्याममा अफिस आउने रेकर्ड भाको भए पो पत्याउने ?
"लौ सर छिटो लेख्दिनुस् लेखा लाई, उता चिट्ठी तयार भैसक्यो ।"
फाइल पल्टाइ पुन: बिरामी बिदाको हिसाब गर्न थालनु भयो ।
"हिसाब सिसाब गर्नु पर्दैन सर अब, सीधा हिसाबले ११० दिन हुन्छ, त्यही लेखी दिनुस् , लेखा ले सोही अनुसार निकासाको लागि चिट्ठी लेखी सक्यो ।"
ठेलुवा सरले आफ्नो रंग देखाइ हाल्नु भयो -
"सरको फाईदाको लागि त ३६ दिन जोड्न सकिन्छ कि भनेर यात्रो मेहनत गरेको। ११० दिन गर्ने भए तहिजो नै चिट्ठी बनाइ सक्थें । मर्कामा परेको सर भाको ले ३६ दिन जोड्ने निर्णय गरी आएको म।"
"सर को सदभाव लाई धन्यवाद। तर मलाई चाहिएन त्यो ३६ दिनको हिसाब । समयले ३६ दिनको हिसाब कुर्दैन । "
"अब सर ले त्यसो भन्नु हुन्छ भनें।"
मन लागि न लागि रेडिमेड फर्म भर्न थाल्नु भयो र सहि धस्काइ , "छाप हालेर एक प्रती यता र बुझाई लेखा मा लैजानु होला।"
" हस पर्भू, जो आज्ञा" भन्दै छाप हाली, एक प्रती बुझाई लेखा मा लागें ।
तयार चिट्ठी बुझी लिइ , कोष तथा लेखा नियन्त्रक को क्षेत्रिय कार्यालय, त्रिपुरेश्वर तर्फ लागें । १२ तहीं बजी सकेको थियो , त्यसमाथि ट्राफिक जाम । १ बजे पुगियो । १२ बजे पछीको निबेदनलाई भोली भन्ने सामान्य चलन रहेछ कोषमा ।
मीठो बोलीले ढुंगा त पग्लिन्छ भने मान्छे किन पग्लिंदैन भनी हिम्मत हारिन । चिट्ठी बोकेर सम्बन्धित फाँट मा गएं । दर्ता गराएर ल्याउनुस्, तोक लगाएर । तोक लगाउने माडसाब कोक पिउदै थिए, तोक सर भन्दै टेबिलमा लेबिल मैलाएर हालिदिएं। दर्ता भन्ने बहुमुल्य साढे २ अक्षर लेखेर अस्पष्ट सहि ठोकी दिनु भयो ।
दर्ता गरी सबन्धित फाँट मा पुग्दा "आज त हुंदैन भाई , १ बजी सक्यो , भोली आउनुस्" भन्ने रेडिमेड जवाफ पाइयो ।
अचम्म ले त्यो फाँट महिला कर्मचारीहरुले भरी भराउ थियो ।
"आजै निकासा लिएर जान पाए हुन्थ्यो", अली निराश हताश भाको जस्तो गरी भनें। "धेरै दिन भो यो काम मा धाएको , बल्ल आज यहाँ आइपुग्यो। फर्किने दिन धेरै बाँकी छैन त्यसैले रिक्वेस्ट गरेको ।"
बाहिर को नेम प्लेट र अनुहारको बान्की पढेर त्यो महिला शाखा भित्रका सप्पै कर्मचारीहरु नेवा प्रदेशका भएको यकिन भए पछी नेवारी मै भनें ।
"अमेरिका हो ? "सिधै अड्कल गरिन ।
"हो, पढ्न गाको थिएं , पढाई सकेको छैन, जागिर खोस्ने सूचना जारी भयो, त्यसैले राजिनामा दिएं । "
"डिसी हो ?"
"हैन डिसीको छेउछाउ मै हो ।"
"म नि डिसी गाको छु, कस्तो सफा सिटी है ।"
किन नि डिसी जानु भाको ?
"वर्ल्ड बैंक को अफिस मा ट्रेनिङमा गाको।"
"अहिले बत्ती छैन, ३ बजे पछी आउछ , साढे तीनमा आउनुस्, तयार गरेर राख्छु ।"
हुन्न भन्ने कुरा आएन , बिद्युत प्राधिकरणमा ससुराली खलक छैन। जे भए पनि भोली आउ भनी सकेको को काम आजै हुने भयो भन्दै २ घण्टा कहाँ जाने त्यो घाम मा भनी सोचें ।
यही चान्स हो महेन्द्र बौचाकोमा आराम सँग म: म: खाने भनेर आफ्नो टोल तिर लागें ।
टोल जती पुरानो थियो , त्यती नै बिरानो लाग्यो । ४ बर्षमा यत्तिका परिवर्तन ? समयले अग्रगामी छलाङ लगाए छ । घरहरु उस्तै। मन्दिर पाटी पौवा पुरानै तर मान्छेहरु सब नयाँ । आफ्नै टोलमा आँफै परदेशि भए जस्तो । पसलहरु उही तर मालिक फेरिएका। २५ बर्ष देखी चिया-गफ गर्ने पसलमा चिया गफाडीहरु सब नयाँ । नयाँ मात्र होइन, आफ्नै देशका हैनन कि झै लाग्ने मदनवाहरु । "भारत मा फोन ..... रु २ मा" लेखिएका पसलहरु टन्न देखिनुले ती मदनवाहरु हाम्रइ देशका तराइ प्रदेशकाका भन्दा बढी सीमा पारीका लाग्यो मलाई । मन खिन्न भयो ।
धन्न बौचा को पसलमा रु २ मा फोन बसि सकेको थिएन । म: म: डेढ पिलेट अर्डर गरें । त्यही एक जना पुरानो साथी भेट भयो, स्कूलमा अंग्रेजी पढाउने मार्साब तथा ठुलै पत्रीकामा उप-सम्पादक महोदय । अमेरिकाले भिसा नदिएकोमा गुर्र गुर्र थिए। त्यही ओबामाको बारेमा कती लेख लेखें, मलाई भिसा दिन्न भन्छ बा , कस्तो देश अम्रिका भन्ने । उनको गुनासो जायज थियो । भिसा पाउनु भनेको मिसा पाउनु जत्तिकै गाह्रो कुरा हो मैले नि भन्दिए । एक छिन हाँसो ठट्टा गरियो ।
महेन्द्र बौचाको असली म: म: खाइवरि चिया चुरोट ब्रेक लिन पुरानै चिया पसलमा गयौं दुबै जना। चिया पसल भित्र एक जना मदनवा चिया पिउंदै थिए।
"हजुरहरु नयाँ हो ? यहाँ फस ट्याम देखीलिएको छु ।"
"हो नयाँ, आज मात्र बिहारबाट आएको नेपालमा।" झोंक पोखी हालें ।
"मजाक गरिलिनु हुन्छ, दार्जलिङ बाट होला ।"
"डेरा, मकान चाहिन्छ भने एक से एक अच्छा, कम दाम को छ , भनी हाल्नुस् ।"
"डेरा त होइन केरा खोजी हिंडेको, केरा को दुकान त छ होला नि ?"
"हजुर रिसाइ हाल्नु भे छ , मैले मजाक पो गरेको ।"
त्यती घोचाइ पछी त्यहाँ बसी रहनु उचित लागेन । ३ पनि बजी सकेकोले कोषमा निकासा लिन साथी सँग बिदामागी त्रिपुरेश्वर तिर पाइला बढाएं ।
क्रमश: