[Show all top banners]

Nepe
Replies to this thread:

More by Nepe
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Nepe's book on the web

[Please view other pages to see the rest of the postings. Total posts: 291]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 96615 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 03-02-06 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Friends,

I am using this space for making a personal announcement that is very much a part of my Sajha life and which my well-wisher Sajha mates have been inquiring for several months already.

Well, my mini-novel Chaytna Nasakeko Chithiis finally published and a website dedicated to promote it is up and running.

- http://www.dkhadka.com/chithi

I have a long list of Sajhaites to thank. First and foremost, Echoes for an excellent web design and Shree for valuable guidance to web-illiterate person like me. Gokul-jee for a wonderful preface for the book which, let me give a preview, starts with the story of how it all started right here in Sajha some years ago.

I am donating the proceeds from the book to Help Nepal Network. And I have to thank Shirish for making that possible and helping me out in too many things.

I am also grateful to anonymous Sajha artists and models for their precious cooperation during my initial search for a design for the book.

Then all initial readers of the story for their encouragement and following up inquiries regarding its publication.

So, basically, in Sajha had my book it's birth pang and it would not have seen this day without Sajha.

I have been telling to all that Sajha has been a rewarding experience for me. This book is a living proof among many others I can produce.

Thank you Sajha mates ! Thank you Sajha !

Nepe

- http://www.dkhadka.com/chithi

 
Posted on 03-08-06 6:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज पनि घर फर्केर मेलबक्स हे-यो, बिल आउँछ "च्यात्न नसकेको चिठी" आउँदैन.
भोलि पनि घर फर्केर मेलबक्स हे-यो, पिज्जाको विज्ञापनको लिस्टो आउँछ "च्यात्न नसकेको चिठी" आउँदैन. मेलबक्स हेर्दाखेरि मुटु ढुकढक ढुकढढुक हुन्छ मानौँ कुनै जवानीमा केटीकै प्रेम-पत्र पर्खेजस्तो.
म त त्यसैमा पो रमाइराऽछु त.

Also would like to repeat Viv Jee's words!

"I am eagerly waiting for Nepe ji's Gajhal collection as well."

 
Posted on 03-09-06 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nails,

I have just signed myself as a volunteer to teach Nepali Language classes to children in summer holidays at my place. The main purpose of the Class is to assist Nepali children learn and sustain Nepali language capabilities.
You are more than welcome to join my class. I can enroll you for free. ;)
:)
 
Posted on 03-09-06 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahah! okay but hmm... are you also gonna buy me the plane tickets to get to your place and i also need a place to live while i am there and i also need a visa! You get me all those things and i'll be in front of you in no time reading on of those nepali stories in nepali ke! :) ;)

wait a minute, Nepali Language classes to children :O :O :O
children re??? i am not a children hmm... well fine i'll try to ignore those little annoying children and focus on you instead while i am there hai?? ;) ;)
 
Posted on 03-09-06 5:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

To be honest, a woman's mind is very complicated- and capable of doing anything (that a lot of men would deem insane/impossible). Reading bits and peaces from the chapters provided, it brought a sense of delight- I could see bits and pieces of 'her' in me- not to give the wrong impression, but Nepe ji, you have, with great care and craftmanship, depicted what goes on inside a woman's head. The way she thinks- the way she reacts- the bold steps she takes, or the way she sees herself in love at times. I'll read the book and put on more feedback, but all this while I'd been ignoring the discussion- today when I really did go to the website, I'm amazed, surprised and am delightfully looking forward to read the book! Kudos to you!
 
Posted on 03-09-06 7:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

DC_Girl,

As I said, I am holding my breath to hear from the readers, particularly from female readers, for obvious reason.

Thanks for your kind note.

Nepe
 
Posted on 03-09-06 11:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपेजीको "च्यात्न नसकेको चिठी" हात पर्नासाथ च्यात्ने कोशिश गरेँ, एक बसाईमै पढिभ्याएर। च्यात्न नसकिने र च्यात्नै नहुने पो निक्ल्यो। साझामा मौलाएको सामीप्यलाई टाढै राखेर पढेको थिएँ, आफूभित्रको पाठकलाई कुनै अपरिचित नया लेखकको पहिलो कृतिको आभाष दिँदै। फेरि एकपटक बधाई दिन्छु हजूरलाई। अत्यन्त कुशल ढंगले भाव र शब्दको संयोजन गर्नु भएको छ।
म समालोचक हैन, स्वान्त सुखायका लागि साहित्य पढ्ने मान्छे। मजस्ता पाठकलाई कुनैपनि साहित्यिक कृति कि मन पर्छन् कि मन पर्दैनन्, बीचको स्थिति हुँदैन। त्यसैले "च्यात्न नसकेको चिठी"लाई नच्याती जतन गरेर फेरि फेरि पनि पढ्ने गरी राखेको छु।
प्रेमग्रस्त नारी हृदयको उथलपुथल, अन्यमनस्कता र ब्याबहारिक यथार्थसंगको सम्झौतालाई चिठीले राम्रोसंग प्रष्ट पारेको छ(नारी मानसिकताको प्रतिबिम्ब कत्तिको राम्रोसंग आयो भन्ने कुरा साझाकै पाठिकाहरु बाट पनि आउनेनै छ भन्ने आशा छ)। कथाले मध्यमवर्गीय नेपाली परिवेशको अत्यन्त सही प्रतिनिधित्व गरको छ। हामीमध्ये धेरै कुशा, सञ्जी अथवा रविको स्थितिसंग तादात्म्य राख्छौँ, मेरो विचारमा। कुशा बढी भावुक लागी मलाई। बिद्रोह
गर्ने सोच बढी राख्ने तर बिद्रोह गर्न नसक्ने। तर सम्झौताप्रधान हाम्रो समाजमा यस्तै कुशाहरुनै बढी उपयुक्त हुन् कि!
मलाई सबभन्दा मायाचाहिँ रविको लाग्यो। विचरो अत्यन्त समझदार र चोखो मनको प्रेमी भएर पनि अन्यायमा परेको छ। हुँदा हुँदा लेखकले समेत उसप्रति खासै माया देखाएका छैनन्। (कुशाको आँखाले लेखेको भएर हो कि शायद!) पढिसकेपछि भने लाग्यो अबचैं रविले न्याय पाऊँछ कि। धन्न चिठी हुलाक पुग्न एक रात ढिलो भएछ!

प्रशंशा मात्रै गरेर चाकडी ग-यो यल्ले नभन्नुहोला। माथिनै भनिसकें, मलाई मन परेपछि कुरा सिध्दियो। उपन्यास आफ्नो उद्देश्यमा पूरा भएको छ।

अब एउटा सानो ब्यक्तिगत छुद्र्याईँ। नेपेजी, यो साहित्यिक यात्रामा डा. झुण्ड्याउनुभन्दा नझुण्ड्याउनुनै राम्रो हैन? मेरो नीजी विचार मात्रै है! (डा. ले भावनालाई अलिक खल्लो बनाए जस्तो लाग्छ मलाई, अरु डा. का पनि किताबहरु पढ्दा।)
 
Posted on 03-09-06 11:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Putting Dr., he thinks he is superior than others. HERO banne pakhe ko man na ho.
 
Posted on 03-10-06 12:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I was expecting some comments about Nepe's book, but you turned out to be a stupid, karmarana. Have you read the book? Or do you even know about it? Please write about book, don't show your stupidity here.

About my mentioning his "Dr.", I was just making a personal suggestion. He has "Dr." and he is proud of it. Did you even read my whole posting?
 
Posted on 03-10-06 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रमश: दुबसुजीको प्रकाशकीय, गोकुलजीको भूमिका र लेखकको भन्नु सुनेर कथावस्तुमा प्रबेश गरेँ।
लेखकको प्रचुर शब्द भण्डारको कारणले स्वभाविक रुपमा लेखको स्तरीयता र अप्ठ्यारा शब्दहरुको प्रयोग भएको छ र यसलै गर्दा म मा एकै बसाईमा पढेर सक्ने आँट हराउनै आँटेको थियो। सायद अपरिचित लेखकको उपन्यास भएको भए सक्ने थिइन होला। भनेपछि मैले यहिँनेर लेखक अपरिचित भन्ने जुन मानसिकता लिने प्रयास गरेको थिएँ, असमर्थ भएँ।

तैपनि पर्यभेक्षकीय टिप्पणी गर्ने प्रयास गर्छु।

लेखकले सामाजिक-आर्थिक असमानतालाई तीखो बज्रपात गरेका छन्, त्यो पनि केबल एक ठाउँमा तर काफि हुने पाराले। कथावस्तुको २ मुल मर्म मध्य एउटा यो होला- मेरो हेराइमा।


"वास्तवमा म तिमीळाई भित्रभित्रै चाहान्थैँ।"
... ... ...
"तर हाम्रो बिच जुन आर्थिक-सामाजिक दुरी"


यस कुराको समाधानका उपायहरु पत्ता लगाउन नसक्नु या प्रयास नगर्नु सञ्जीको कमजोरी पनि ठान्छु, प्रेमको गहिराइको कमजोरी पो हो कि। सायद त्यसैले होला अन्तिममा कुशा रविकान्तसित फर्किन सक्छिन्।

दोस्रो बज्रपात भनेको मैले यहाँनेर देखेँ -
"... ... ...मेरो पति मलाई प्रेम गर्छ। मेरो शरिरलाई प्रेम गर्छ ऊ। ऊ मेरो आँखाको बान्कीलाई प्रेम गर्छ। ... ... तर मेरो आत्मालाई? मेरो हृदयलाई? ... ... "


पत्रको पुनश्चले ठुलो मोड लिन्छ। मानौँ १८० डिग्रीकै र रहस्यको पोकोलाई भताभुगं खोलिदिन्छ
र उपन्यासको शिर्षकको चयनका सार्थकता पनि झल्किन्छ।
--- ---

अब मसिना कुराहरु पनि भनी हालौँ। -

१- लेखक भावनात्मक रुपमा सञ्जीमा चुर्लुम्म डुब्न सकेका त छन् नै तर कतिपय ठाउँहरुमा स्त्रीलिगीं कृयापद नमिलेको पनि भेटिन्छ।

२- सहसा: यो शब्द लेखकले साह्रै मन पराए जस्तो छ, धेरै ठाउँमा प्रयोग गरेका छन्। एउटै शब्दमा यति साह्रो घोटिनु पनि त्यति सकारात्मक नहोला कि।

३- मलाई यहाँनिर घत परेर खुतुतुत्त हाँसो ऊठ्यो। सञ्जीभित्र पनि लेखक स्यम् नै भेट्छु।
" ... तर तिमी त छुच्चो पो निक्लियौ। आफुले काटेको सेक्सनहरु नदिएर भन्यौ, "ल आफै काट।"
बाफ रे यो मान्छेले जन्मदै लिएर आएको छ कि क्या हो गुरु बन्ने अधिकार। ... "


आदि आदि

समस्टीमा यो एउटा नारी-पुरुषबिचको, धनी-गरिब बिचको खाडललाई उदागों पार्ने सामाजिक उपन्यास पनि हो जस्तो ठान्छु।


Congratulations, once again!
 
Posted on 03-10-06 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sorry, corrected -
१- लेखक भावनात्मक रुपमा कुशामा चुर्लुम्म
 
Posted on 03-10-06 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I received this book yesterday and read it completely in a single setting. I found it really interesting and absolutely pertinent to typical middle class Hindu families from Nepal and India. This book has raised some genuine concern about flaws on arranged marriages. Parents and prospective grooms should consider female psychology and associated pains that a female is going through.

Having said that, I can not give a clean cheat to Kusha-a bride can not escape from shouldering some basic responsibilities. As pointed by DadaGiri, it seems to me that Kusha did not do enough homework to make sure that Sanji really loves her or what is preventing him to conceal his love. Her one-sided love not only made herself to suffer immensely but also made Ravikant to suffer unnecessarily due to her past. I think he is just the victim of her lack of right decision at right time. While reading it, I had a feeling that Kusha is kind of self-centered and conceited female who was overwhelmed by her quest to get her “love” than anything else. She seemed to be least sensitive to her husband, her and his families as well as to Sanji. But that is what the writer has beautifully crafted in his noble and made this valuable and interesting reading. Keep coming good stuff in future too.
 
Posted on 03-10-06 3:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरै तीन तीन तिक्ष्ण चक्षुधारी पाठक बन्धुहरुको टिप्पणी पढ्न पाउँदा बडो आनन्द आईरहेको छ ।

गौतमजी, मलाई पनि माया लाग्छ रविको । तर कुशालाई उसको आफ्नै पकृतिसंग प्राकृतिक रहन दिनु कथाको वाध्यता थियो भन्ने त देखिहाल्नु भो । कथा मूलत: रविलाई सतही रुपमा तदर्थ सह-नायकको भूमिका दिएर कथान्तमा त्यस भूमिकाको पुनर्व्याख्या हुने सम्भावना उत्पन्न गर्ने कथायोजनामा बनेको हो, केहि हदमा । र कुशालाई तपाईले "विद्रोह गर्न चाहने तर नसक्ने पात्र" र Nutji ले "आत्मकेन्द्रित, आत्मभ्रमग्रसित र आफ्नो खोजद्वारा नियन्त्रित" भन्नु हुँदा अर्का एक टिप्पणीकारको टिप्पणी याद आयो जसले लेखेका छन् - " -याडिकल फेमिनिस्टहरुले त कुशालाई कथाको अन्त अन्तसम्म पनि एउटा पोस्टर-गर्ल कै रुपमा पाउन सक्छन्" ।

कथामा सामाजिक विषयहरुमा टिप्पणी भने न्यूनतम र भएका पनि लुप्त, सन्दर्भजन्य वा कैफियतका रुपमा भए झैं मानिचु । आफुले कथा भन्नुको साटो एक आत्मकेन्द्रित पात्रलाई चिठी लेख्न लगाएर लेखक त्यो दायित्व र जोखिम दुवैबाट बच्न खोजेको होला भनुम् न अब । तैपनि दादाजीले र नुतजीले पकडिईहाल्नु भो भएको ठाउँमा ।

दादाजी, विविध टिप्पणीहरुको लागि धन्यवाद । भाषाको हकमा नितान्त अप्रचलित शब्दहरु एकाध ठाममा बाहेक नपरेको मानिचु । र बाँकी कठिन शब्दहरु नेपाली भाषाको मध्यम ज्ञान भएकाले कमोबेसी फोर्न सक्ने मानेथें । स्त्रीलिंगी क्रियापदमा भएका त्रुटी चाहिं जानी जानी गरेको हो, अलिक प्राकृतिक होला कि भनेर । हाम्रा स्त्रीहरु बोलीचालीमा स्त्रिलिंगी र पुलिंगी दुबै क्रियापद सरोबर मिसाएर बोल्छन् भन्ने हिसाबले । वाक्यविन्यासमा पनि व्याकरणलाई भन्दा सहजतालाई बढी पछ्छ्याउन खोजेको छु । त्यसैले भाषा-सम्पादकले भरमार सम्पादन गरिदेलान् भन्ने डरले पहिल्यै भनिराखेको थिएँ, ह्रस्वदीर्घ बाहेक अरु सम्पादन नगरिदिनुहोला भनेर ।

'सहसा' शब्दले चाहिं मलाई सहसा सम्झना भएर आयो यसको आधिक्य भएको । त्यो चाहिं एउटा शैलिगत निजात्मकताको लागि हो ।

" बाफ रे यो मान्छेले जन्मदै लिएर आएको छ कि क्या हो गुरु बन्ने अधिकार । ... "

हे हे ! यहाँनेर त होला, तर सम्पूर्णमा त्यो राम्रोसित प्रेम पनि गर्न नजान्ने डुकुलन्ठकभित्र के राख्थ्यो लेखकले आफुलाई ?

" मेरो पति मलाई प्रेम गर्छ। मेरो शरीरलाई प्रेम गर्छ ऊ। ऊ मेरो आँखाको बान्कीलाई प्रेम गर्छ, मेरो नाकको अनुपातलाई, मेरो ओंठको आकारलाई, मेरो गालाको रौनकलाई, मेरो कपालको लम्बाईलाई, मेरो वक्षको उभारलाई, मेरो कम्मरको नापलाई, मेरो हातपाखुराको सुडोलतालाई... ईत्यादिलाई प्रेम गर्छ । तर मेरो आत्मालाई ? मेरो हृदयलाई ?..."

नि:सन्देह यो चाहिं कथाको एउटा defining moment थियो ।

धन्यवाद दादाजी, गौतमजी र नुतजी, तपाईहरुको टिप्पणी यहाँ बाँड्नु भएकोमा ।

अन्त्यमा, यो डा. को सिङ त स्पष्टै छ, नवलेखकले आफुसंग पुग्दो आत्मविश्वास नभएर लगाएको हो । त्यसैले गौतमजीसंग पूर्ण सहमत छु म ।

Nepe
 
Posted on 03-10-06 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै नेपे दाइ, मेरोमा त अझै आइपुग्या छैन त पुस्तक! झन् यो सप्ताहान्तको फुर्सदमा पढौं भनेको, आन्ध्र महासागर तर्न नि कति बेर लाग्या हो? जापान पुगिसकेछ तर यो टापूमा चैं अत्तो पत्तो छैन, आफूलाई कति पढ्न मन लागिसक्यो। :(
 
Posted on 03-10-06 3:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Honestly Nepe, abandon your quest to become a political leader, and focus on literary works. You are better at it and it will probably serve you better in life. You may not make a visible change in other lives, but you may be able to make them think to change.
 
Posted on 03-12-06 5:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Great book.
thanks.
 
Posted on 03-13-06 6:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepejee, thankfully received and here is my take:

प्रेम अजीव छ, सजीव छ र कहिलेकाहिं निर्जीव पनि छ। प्रेमका यि तीन रंग पोतिएका छन् – च्यात्न नसकेको चिठीमा।

रेलमा झण्डै एक घण्टाको यात्राको शुरुमा उघारेको चिठी गन्तव्यस्थल पुग्नु अघिनै सकिइसकेको थियो। जव यो लघु उपन्यास पढेर सकियो, नारी-पुरुष प्रेम र अन्तर सम्वन्धको रहस्यमय जालोभित्र आफूपनि एउटा विरोधाभाषपूर्ण कैदि भएको महसुस भयो।

बुझी नसक्नुको प्रेमको परिभाषामा ‘च्यात्न नसकेको चिठी’ ले अर्को रहस्यको ज्वालामूखी ओकलिदिएको छ। उपन्यासको अन्तमा गएपछि मात्र ज्वालामूखी शान्त हुन्छ र बल्ल लाभाले पोलिएर रन्थनिएको पाठकको मन शीतल हन्छ – एउटा स्विकारयोग्य परिस्थितिको जन्मका साथ।

सुखान्त साहित्य पढ्नुको मजा बेग्लै छ, त्यो पनि दूखान्त मोडमा पुगेर नाटकीय परिवर्तन अंगालेको अन्त्य झन मज्जाको। उपन्यासकारले बडो चातुर्यका साथ थुमथुम्याएका छन् - निर्मम कथानकले आहत बनेका पाठकहरुलाई, बिट मार्ने बेलामा।

वास्तवमा लेखक कुशालाई औधि माया गर्छन्। मानौ कुशा उनको विगतको कुनै अंश हो। अनि कुशालाई काखी च्याप्ने धुनमा रविकान्त र संजीप्रति अलि निर्दयी भएका छन् बेलाबेलामा। नारी सम्वेदनाको तश्विर खिच्ने क्रममा पुरुष सम्वेदनामा चोट पु‌-याएका छन् उनले। शायद नारी सम्वेदनालाई बुझ्ने विरलै पुरुषहरुको वर्गमा आफूलाई उभ्याउने आकांक्षा लुकेको छ उनमा।

कुशा आजकी युवतिहरुकी प्रतिनिधी हुन्। नारी मन खहरे जस्तै अप्रत्याशित छ र त्यो अप्रत्याशित मन अप्रत्याशित गति र आयतनमा चलिरह्न्छ, जसका चालहरुले पुरुषलाई सँधै विचलित गराइरहेछ। तर अन्ततोगत्वा त्यहि नारी हो जो पुरुषको विचलनलाई समेलेर स्थिर तुल्याइदिन्छे। गजवको शक्ति छ उनिहरुमा – प्रेमलाई कुण्ठित गरेर पुरुषको जीवनमा हलचल पैदा गरिदिने, अनि प्रेमलाई प्रष्फुटित गरेर शुखशान्ति भरिदिने - सम्भवत: कुशाले जस्तै।

च्यात्न नसकेको चिठीको आकार हेर्दा अचम्म परेको थिएँ। तर आकार भन्दा ठूलो रहेछ यसको गुदी। युवा उपन्यासकारले प्रेमको जटील दर्शनलाई थोरै शब्दमा अभिव्यक्त गरेका छन्। त्यो उनको अभूतपूर्व सफलता हो। तर कमजोरीहरु नभएका होइनन प्रस्तुतीमा। एकाध विशेषणहरु माथी विशेषण थपेर साहित्यिक श्रृंगारमा भद्दा लाली थपेका छन् उनले (दूर्लभ्य प्राप्तिको प्रतीतको जटीलता)। एकाध शव्द रचनाका अपजशहरु छन् [‘जटील’ आफैमा विशेषण हो, ‘सिमितिकरण गरेपछिको’ भन्नु र ‘सिमित गरेपछिको’ भन्नु एउटै हो(?)] अनि कतैकतै विज्ञान र अंग्रेजीका केहि शब्दहरुले वाक्यहरुलाई कुरुप पारिदिएका छन्।

नत्र कृति ओजस्वि छ। लेखकले जस्तै आजका पुरुषहरुले नारी आवरणलाई चिरेर उनको मनभित्र प्रवेश गर्नसके प्रेम शायद बढि नै सहज, सरस र सौन्दर्यपूर्ण हुन्थ्योहोला। अगाडिको भूमिकाले च्यात्न नसकेको चिठी प्रति न्याय गरेपनि पछाडीका मन्तव्यहरु केवल दूब्लो पुस्तकलाई अलि मोटो देखाउने प्रयास थिए जस्तो लाग्यो।

जेहोस साझा मार्फत परिचित एकजना मित्रको प्रतिभाको मसि मानसपटलबाट मेटिन नसक्नेगरि पोखिएको छ च्यात्न नसकेको चिठीमा। फेरी पनि वधाइ छ।
 
Posted on 03-14-06 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

न्यूयुजरजी,

तपाईको अवलोकन र टिप्पणीहरुको लागि, खास गरेर दोषहरु समेत औंल्याईदिनु भएकोमा, विशेष धन्यवाद र कृतज्ञता ।

कथा म आफैलाई पनि बेलाबखत एउटा एक-डेढ घण्टाको रोलर-कोस्टर हुने गर्दथ्यो, यी अनगिन्ती वर्षहरुमा ।

कुशालाई लेखकले अत्यधिक माया गरेको भन्दा पनि बरु उसलाई स्वनिर्णयका लागि सम्पूर्ण र निरपेक्ष स्वतन्त्रता दिएको भन्न चाहुँला म । लेखकले उसको आफ्नो निजी जीवनमा नपाएको कुनै स्वतन्त्रता कुशालाई पुरापुर दिएर त्यो स्वतन्त्रता चाख्न पो चाहेको हो कि ? यो चाहि मैले तपाईजस्तै एक जिज्ञासु पाठक भएर लेखेको है, लेखक भएर कन्फेशन गरेको होईन नि । फेरि त्यसै पो हो कि क्या हो गाँठे भनि ठानिएला । होईन है, भन्दिया छु ।

तपाईले औल्याईदिनुभएको एकाध भाषागत दोष नि:सन्देह शिक्षाप्रद रहनेछन् मेरा लागि । परन्तु अंग्रेजी शब्दको प्रयोग भने कमै खट्कने स्थानमा छन् कि भन्नेमा छु ।

अनि कुनै चाहि नेपाली अनुवादले पूर्ण न्याय गर्न नसक्ने भनेर परेका हुन् । 'कन्फेशन' र यसको निकटार्थी 'स्वीकारोक्ति' र 'अभिस्वीकार' (यो पछिल्लो चाहि म आफैले coin गरेको) को सुक्ष्म भेद र औचित्य बारेमा त एक टिप्पणीकारको मिठो टिप्पणी पढ्नु भयो होला नै (पुस्तकको मोटाईको जागि मात्तै होईनन् क्या पुछारका ती दुई मोटा टिप्पणीहरु ;-) ) ।

त्यस्तै, एउटा शब्द थियो 'ईक्वलिब्रिअम' । यसको अनुवाद 'विरामावस्था' ले पूर्ण न्याय गर्न नसक्ने मानें, खास गरेर dynamic equilibrium को सन्दर्भमा ।

जे होस्, तपाईको हक्की टिप्पणीहरुको लागि पुन: धन्यवाद ।

र अन्त्यमा, जहाँसम्म कुशाको कुरा छ, उसको निर्णय/अनिर्णय क्षमता देखि लिएर कतिपय कुरामा नि:सन्देह म आफुलाई परिचित पाउँछु । अथवा यसो भनौं, म सम्पूर्ण उभित्र त छुईन, तर उसका केहि अंशहरु मभित्र जरुर छन् ।

अनि कथान्तलाई तपाईले 'एउटा स्वीकारयोग्य परिस्थितिको जन्म' वा 'निर्मम कथानकले आहत पाठकलाई थमथम्याउन सफल' को संज्ञा त दिनुभयो, मलाई भने त्यो केहि अनिर्णित (unsettling) पनि लाग्छ । वास्तवमा, त्यहाँनेर म कुशालाई केहि अपरिचित पाउँछु । तर कुशाले आफ्नो भावनालाई जसरी अर्थ्याई वा अर्थ्याउने निर्णय गरी, त्यसमा मलाई पटक्कै गुनासो छैन । उसको निर्णयलाई म पूर्ण सम्मान गर्छु । हत्तेरिका, मैले त म आफै हुँ कथाकार भन्ने पनि बिर्सेछु । लौ त यहि रोकिएँ म ।

Nepe
 
Posted on 03-14-06 9:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I received the book just before the weekend and finished reading in one sitting. How come a man can describe women's feelings so good?? WOW it was really good and keep writting nepe daji. It was worth reading !!!!!!!!
 
Posted on 03-14-06 11:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dalli Resham,

Yours is perhaps the most precious words, as they are the first reaction from a female reader, the real jury to the adventure I hazarded. Thank you. Thank you for encouraging me.

Nepe
 
Posted on 03-15-06 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

What prevented such an elegant writer like Nepe to remain dormant for such a long time?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters