चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको
१०० औंसंस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
------चित्रे हरेक बिहान रविका प्रज्जवलित किरणसँगै हरेक दिन हावाका शीतल झोंक्कासँगै हरेक साँझ सागरका उर्लँदा लहरसँगै अनि हरेक साँझ जूनको मीठो प्रकाशसँगै म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु कल्पनाको बागमा डुलेको पाउँछु अनुरागको फूलमा फुलेको पाउँछु त्यसैले तिमी सँधैं मेरो सपनाको संसारमा आउनू मेरो भावनाको माहोलमा छाउनू र मलाई सधैं तिम्रै नजीक पाउनू।
चौतारी - शतकांक विशेष
चौतारी १०० औं अंकमा प्रवेश गरेकोमा सबै ज्ञात, अज्ञात, नयाँ, पुराना, क्रियाशील गाम्ले, मूक पाठक सबैलाइ
बधाइ! यस अंकलाइ सफल पार्नको निम्ति आ-आफ्ना लेख रचना प्रकाशित गरौं। अन्य आकर्षणहरूमा-
१) चौतारी बनाउनेहरूको नामावली र बनाएको संख्या -- नमे --- २४, चिप्ले --- १, मिस दिदी --- २, सानो कान्छा --- ३ सान्नानी --- ३, नेपेसाहिंला --- १, चित्रे --- २९ गालब --- ८, कुम्ले --- ५, तितौरी --- १ दादा --- १, हरी --- ९, रामचन्द्रे ---६ रिट्ठे --- २, लहरे --- ३
२) चौतारीमा आफ्नो पहिलो दिनको अनुभव सुनाउनुहोला।
३) यो बिशेष अंकमा चौतारीका सबै पुराना मित्रहरु ले जसरी भएपनि आफ्नो अनुहार देखाउनुहोला। जति नै बिजी भएपनि एकछिनको लागि भए पनि तातो चिया खान आउनुहोला।
४) १०० औं अंकमा पहिलो ईन्ट्री गर्ने बोर्ड फर्स्टलाइ आकर्षक पुरस्कार-- अर्को चौतारी भेलामा प्रमुख अतिथि बनाइने, र आयोजकको घरमा बस्ने पहिलो प्राथमिकता दिइने।
चौतारीका दौंतरीहरू
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
राम्रै सँग पुगियो ठुल्दाइ, गाडी मा सरररररररररर चिसो हावा खाँदै हिड्या हुम्, तेइ भएर त्यो तीन पानेले पनि छोडेर १ पाने मात्र बाँकी थियो घर झर्दा त हर्के दाई, त्यो बेल्नाले पिठो बेलेर बना' हो म:म --हामी त मान्छे पनि सक्कल्ली काम पनि सक्कली गर्छौ नि, लहरे र भउते जस्तो हो र चाइनिजको फ्रोजन म:म ल्याएर अझ म: म को भाडो समेतको फोटो राखेर जनतलाई दिन दाहाडै ढोका डिएर ल्याउनी? हँ
पर्बते पाट क्यार्दै हो? हाम्रो पर्बते पनि एकदम स्पष्ट बक्ता मान्छे चाँही अरु सबैलाई नमस्ते
तेसतै हो भउत भाई भन्दारी जी, खान पाये पो मीठो नपाए के मीठो, त्यो त देखी हाले नी भाउजु, कती खाएछ भनेर, आईतवार लाई शनिबार सम्झने, ठुली लाई म: म: मन्पर्दैन रे, ल जा उस्लाई मन्पर्छ भनी अलीकती बाँकी राखेको थिए fedex गर्छु भनेर, ल राम्रै भो भरेलाई समेट पुग्यो मलाई त।
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Toilet paper or water?
TPS EAD auto extended to June 2025 or just TPS?
Do nepalese really need TPS?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
Tourist Visa - Seeking Suggestions and Guidance
From Trump “I will revoke TPS, and deport them back to their country.”
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Top 10 Anti-vaxxers Who Got Owned by COVID
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.