[VIEWED 132116
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 04-15-05 7:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मञ्जु, मलाई माफ गर है ! आत्मकथा - ओके मेरो भन्नु: नेपाल छोडेको पनि आँउदो अगष्ट १२ तारिका दिन ठ्याक्कै ४ बर्ष पुग्छ । नेपालवाट पाईलो निकालेको दिन देखि फेरि टेक्न पाईएको छैन । काठमाण्डौमा हुदा सम्म त थोरबहुत मञ्जुको खबर पाउँदै थिएँ, गुपचुप रुपमै भए पनि । तर आजकाल त वेखबर छु । के गर्दै होलिन् मेरी मञ्जु ? कस्तो होला उनको दैनिकी ? मलाई अझै सम्झँदै होलिन् कि बिर्सिसकिन् होला ? यदि फेरी कहिँ कतै भेट भैहाल्यो भने मसँग बोल्छिन् होला कि तर्केर हिड् छिन् होला ? देख्दा पनि नदेखे जस्तो पो गर्छिन् कि ? निको भैसकेको उनको घाउ भेटघाटले बल्झाई दिने पो हो कि ? मेरो घाउ त कहिल्यै पनि निको नहुने रहेछ । मञ्जुलाई बिर्सन त अर्कै जन्ममा भए मात्र, यो जुनिमा त असम्भव भो । मसँग के छैन आज, सबथोक छ । मलाई धेरै माया गर्ने श्रीमति छिन् । काखमा ३ बर्षे कल्कलाउदो छोरो छ । छात्रवृतिमा राम्रो विश्वविद्यालयमा पढ्न पाएको छु । ३ जनाको सानो परिवार जेनतेन धान्नलाई आर्थिक समस्या पनि खासै छैन । अब त अध्यायन पनि सकिन लाग्यो । छिट्टै एउटा सानो जागिर पाएँ भने भावी जीवन पनि सजिलै बित्ला । तर किन मलाई के के नपुगे जस्तो, के के बिगारे जस्तो भैरहन्छ ? किन अघि पछि उनकै छाँया मात्र घुमिरहन्छ ? किन श्रीमति र छोरोको विचमा ओछ्यानमा पल्टदा पनि उनको सम्झना मै छर्लङग उज्यालो हुन्छ ? किन बितेको बिगत फिल्मको रिल झैं घुमेको घुमै गर्छ? न त हामी विगतमा नै जान सक्छौं, न त विगतको गल्तिलाई सच्याउन नै । यो सर्वसत्य कुरा थाहा हुँदा हुँदै पनि यो मन किन मानिरहेको छैन? यो सब किन भईरहेछ ? यी प्रश्नहरुको उत्तर मसँग छैन । सायद मञ्जु सँग पनि त छैन होला । जानाजान भएको गल्तिको कुरा अर्कै हो । अञ्जान मै यति ठूलो गल्ति होला भन्ने मैले कसरी सोच्नु ? जब मैले तथ्य कुरा बुँझे, समय धेरै अगाडि गैसकेको रहेछ मञ्जु । म फेरी फर्कन सकिन, मलाई माफ गर । मैले अरु कसैलाई बचन दिईसकेको थिएँ, तिमीले मनको वह मसँग पोख्ता । त्यो रात मैले धेरै सोचें । एकमन त तिमीसंगै जीउन अरु सब कुरा त्यागिदिऊँ जस्तो पनि कहाँ नलागेको थियो र ? तर फेरि सोचें, त्यसो गर्दा पनि त अर्को एक जनाको जीन्दगी त बर्बाद हुन्थ्यो नि । बरु तिमी त धेरै परिपक्क छौ, तिम्रो मन त ठूलो छ, अनि तिम्रो मायाले त फलामको मुटु भएकोलाई पनि पगाल्न सक्छ । जोसँग जीवन बिताउनु परे पनि तिमीले सब कुरा मिलाउन सकिहाल्छेउ नि । भनिन्छ, असल आईमाई भएको घरलाई बनाईरहनु नै पर्दैन आफैं बन्छ । त्यही सोचेर नै म तिम्रो अँगालोबाट टाढिने कष्ट गरें । यस्तो निर्णय गर्न मलाई कति छट्पटी भएको थियो ? आँखाबाट झरेका आँसुका बलिन्द्र धाराले पुरै सिरानी भिजेको थियो । रुँदारुँदा घाटीँबाट थुक पनि निल्न नसक्ने भएको थिएँ । मञ्जु ! म यो जुनिमा तिम्रो हुन सकिन, तिमी मेरी हुन सकिनौ । यस्मा तिम्रो कुनै गल्ति छैन । नजानिकनै गल्ति त सब मबाट भएछ । मैले तिम्रो मनलाई पढ्न सकिनछु । मलाई माफ गर है । आसा छ, तिमी जस्तो विशाल ह्रदय भएको मानिसले अबश्यै माफी दिनेछौ । अहिले तिमी जहाँ भएपनि राम्रो होस्, शुभ होस् । सम्पूर्ण खुशिले सुसज्जित भएको सुन्न पाउँ, यहि नै मेरो कामना छ सदा-सदाका लागि, अन्त सम्म, मेरो शरिरमा सास रहुन्जेल सम्म । क्रमश:
|
|
|
|
Nirman
Please log in to subscribe to Nirman's postings.
Posted on 04-21-05 10:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कथा ज्यादै नै भावुक छ..I am touched...well तर मन्जु कता गइ भनेको।।। just adding some spice hai...यती राम्रो कथामा यसो लेखेकोमा अन्याथा नलिनुहोला। निर्माण
|
|
|
ruina
Please log in to subscribe to ruina's postings.
Posted on 04-22-05 2:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
OK dai, ramro lagyo.... man ta ekdam bhari bhayo padha kherii
|
|
|
IndisGuise
Please log in to subscribe to IndisGuise's postings.
Posted on 04-22-05 9:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Ohooooooooooo... maan nai chune raicha. Maan nai bhari bhari hune. I have nothing but a deep respect and admiration for the people who inspite of everything, strive for greater heights. Ekdamm ke bhanne.. ummmmm humbled bhaye bhanam na. Ani kahile kai yesto sunda afule mauka pauda ajai garna parne, granted nai liyeeyo katti kuroo bhanera laaj ra pachuto pani lagcha. Ajai baki cha tyam.Je hoss, pareko bhaye garinthio hola bhanera sirr uthauchu. Malai ta manju ko katha bhanera jhandai birseko. I sincerly hope you would elaborate more on your formative years than rushing manju to the fore. Pahila 'jaag' rakham ramraree ani bujna sakincha hola kasto istithi ra kasto khalko manis bhayera you did what you did. La aba dherai nai 'dinu' thale maile. hehe. EAGERLY waiting for more of your beautiful memoirs. Ajkal sajha ma ekse ek post cha :). Jhan naauu bhaneko :( IndisGuise:)
|
|
|
harkedai
Please log in to subscribe to harkedai's postings.
Posted on 04-22-05 10:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
HarkeDai, I am 100% sure that he was 'Janardhan Nepal'. He was just Ma Bi Ni in 2042 but as a child, I was told that he was DEO. Later, he became DEO of Okhaldhunga in 2047 when I passed SLC. I had some chats with him at that time too. I have heard that he is now CDO of some developed districts.. but I do not know where. >>>>>>>>>>> Katha ma chineko maanche ko naam aai haleko bhayera matra sodheko ho bro. I understood u now. I was not demanding explanation. Thanx for explaingin though. >"तँलाई १० कक्षा सम्म पढाएर ठूलो माष्टर बनाउने मलाई कत्ति मन छ?" >>>>>>>>>>> Awesome, man, its a nice word picture of rural Nepal. Nepal ko gaau ma dherai padhe pachi master hunuparcha bhanne concept still exist jasto laagcha. Well I heard this concept even not tooo far from kathmandu city. Ok bro, how did u manage to write it man? I nearly burst into tears when reading. It is just awesome.
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 04-22-05 4:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Ok, This is quite a sad and struggleful life story of yours. I am sure this is a real story, because I still remember one of your posts in a thread around one or two months ago, which told a story similar to this. However, that was shorter and was written in English. You told how you competed with the sons of the "Pradhan Pancha" and how he manipulated the results for his son to be selected for Budhanilkantha School instead of you. Somehow, you manage to live and study with a teacher of yours and finish SLC. You did not elaborate on your life after SLC, but were saying how your old school friends jumped into the insurgency once it started. Oh ya, you also mentioned about your sister, who was married to someone powerful from the village, but I forgot what exactly happened. It must be something sinister, because I guess you were saying that was the cause of your father's suicide. Ok, this is really a heart-touching story and if its true, which I am sure it is, you are surely a hero of your life story, starting from the suppressed and destitute circumstances of Okhaldhunga, all the way to PhD and opulence of Orlando.(I don't know where you are in US, but said Orlando just to rhyme with Okhaldhunga). Anyway, do write about Manju soon, who this thread is all about. Anticipating Manju!!
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 04-22-05 11:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"मञ्जु, मलाई माफ गर है"-ओके खण्ड ३ माघ २ गते बुधबार। बिहानै ऊठें। आज म रामपुर जाने, हाईस्कुल पढ्न। पढ्न पाउने नपाउने त भविश्यले नै बताउला तर पनि नयाँ ठाउँ, नयाँ स्कुल जाने भने पछि मनमा त रमाइलो त लागिहाल्छ नि। सिँचाइको कुलो बनाउदा सिमेन्टि राख्ने प्लास्टिकलाई सियोले सिएर आमाले सानो झोला बनाईदिनु भएको थियो, हो त्यै झोलामा पुरस्कार पाएको १ रुपियाँ जाने १ वटा कपि हालेँ । हिजो माघेसक्रान्तिमा उसिनेर राखेका घर-तरुल यसो अलि अलि फोहोर पुछपाछ पारेर खाँए । भाइ-बाहिनीलाई पनि दिएँ । आमा बिहानै घाँस (घाँस काट्न) गईसक्नु भएको थियो । भाइबैनीलाई "राम्ररी बस है, आमा आउने बेला हुन लाग्यो" भने । माथ्लो गराको गोठमा गएर गाईभैंसिलाई सुकेको पुरानो खर हालेँ । बिहानको ७ बजे नै आमाले गत मंसिरमा नुन र मट्टितेल लिन जाँदा गाईघाटमा सानिमाको छोरा (मेरो दाइ) ले भाईलाई भनेर दिएको सेकेन्ड ह्यान्ड भेष्ट र कट्टु (पहिलो पटक) लगाएर रामपुरतिर हानिएँ । मनभरि मैले पढ्न पाएको, रामपुरमा मलाई सबैले माया गरेको, कोहि १ जना सज्ज्जनले मलाई उनकै घरमा लगेर पढाएको र म १० कक्षा सम्म पढी माष्टर भएर आमाका आँखाबाट आँसु सदा सदाका लागि बिदा गरेको कल्पनामा डुब्दै बाटो लागें । केहि उमंग, केहि नौलोपन, केहि घरको अवस्थाको पीडा र केहि आसा लिएर । खुट्टा पनि पो छिटै चालेँछु कि क्या हो, १० बज्न ३० मिनेट बाँकि रहेछ रामपुर डिलमा निस्कँदा त । रामपुर डिलमा अर्को गाउँबाट आउने केटाकेटीहरुसंग भेट भो । ऊनिहरु भन्दा अलिक पछि-पछि गर्दै स्कुल तिर लागें। रामपुर ओखल्ढुङगा जिल्लाको राम्रैसँग चिनिएको ठाँउ । तीन टारहरु रुम्जाटार, गाम्नाङटार र रामपुरटार मध्ये रामपुर करीब करीब जिल्लाकै केन्द्रमा रहेको समथर भूभाग । संसद, मन्त्रिहरु देखि अलिक जान्ने सुन्ने भनेर चिनिएको ठाउँ। पत्रकारहरुले त निकै नि ख्याति कमाएका । पञ्चायतमा धेरै सपुतहरुले ज्यान दिएको रक्तिम माटो । उत्तरमा अग्लो पहाडलाई सिरानिमा राखि देब्रेतिर ओखल्ढुङ्गा सदरमुकामलाई छेकेर लमतन्न परेका साना पहाडहरु तथा दाईने तिर सदाबहार बगिरहने मोलुङ खोलाले काटेको ठूलो गल्छि, डाँडैडाँडाको चेपैचेप बहेर सुनकोशीमा मिसिने । जिल्लाका स-साना सरकारी कार्यालय देखि हाईस्कुल सम्म छन् यहाँ। अहिले त उच्च मा बि पनि छ रे । ओखल्ढुङगाको प्राकृतिक सौन्दर्यलाई त युगकवि सिद्दीचरण श्रेष्ठले सबैलाई लोभ्याउने गरि लेखिसकेका छन् नि "मेरो पियारो ओखल्ढुङ्गामा" मा। क्रमशः
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 04-22-05 11:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"धेरै पढेलेखेका र धनिमानि बस्ने ठाँऊमा हामीजस्ता गरीब र टाढा-टाढाबाट जाने मानिसको कुनै ठाँउ हुन्न । सबैले हेप्छन् । छिःछिः र दर्दुर गर्छन् । सानो सानो कुरामा पनि निउ खोजेर झगडा गर्न खोज्छन् । त्यस्तो हुलमुलबाट टाढै रहनु है छोरा । बरु अलिअलि सहनु तर कहिलै पनि झगडा नगर्नु । हामी तिनिहरूसंग काँहा बदला लिन सक्नु? मैले तेरोबारेमा कुनै किसिमको नराम्रो सुन्नु नपरोस्" हिजो बेलुका मात्र आमाले दिनु भएका यी अर्तिहरुलाई मनमा खेलाउदै जाँदा त स्कुलको नजिक पुगिसकेको रहेछु । हुलका हुल केटाकेटीहरु स्कुलमा पस्तै रहेछन्। म चैं अलिक छुट्टै छेउछेउबाट अघि बढ्दै गएँ । गेटको छेबैको चौतारीमा ४/५ जना केटाहरु स्कुल भित्र पस्ने केटाकेटीलाई हेर्दै के के भनिरहेका थिए, मैले त राम्रोसंग सुनिन । सुन्ने कोशिष पनि गरिन। भित्र भित्रै डर पनि लागिरहेको थियो । "ए हेर त ऊ तेहि पुन्टे हो शिवदुतिबाट फस्ट भर आउने, जिल्ला फस्ट भको रे !" ति केटाहरु मध्ये एउटाले भन्यो । "हेर्दा चैं खान नपाको मरन्च्याँसे छ, किताबको किरो" अर्कोले थप्यो। सबै गलल हाँसे। म चाँहि सुनेको नसुनै गरेर सटासट स्कुलभित्र पसेँ । १० बजेको घन्टी लाग्यो । सबै जना लाईन लाग्न थाले। कक्षा ६ को लाईन सोध्दै म पनि लाईनमा पुगेँ । "श्रीमान् गम्भिर नेपाली" पछि "हट्ने हैन डटि लड्ने" पनि सकियो । मलाई त यी दुबै कन्ठै थिए । सबैजना गुरुरु कुद्दै कोठाकोठामा लागे। म पनि के कुद्?न लागेको थिएँ, कस्ले मेरो खुट्टामा छिर्कनी लगाई दिएछ । म त नराम्रो संग लडेँ । रातो माटोले बनेको भुँई ढुङ्गा जस्तै सारो रहेछ, कस्तो नराम्रोसँग दुख्यो । झोला पनि काहाँ पुग्यो थाहा पाइन । "यो डम्मरे पनि कति छुचो, बिचारा कस्तरी लड्यो" नजीकैबाट १ जना बहिनीको स्वर सुने । "के हो मञ्जे ! खुब मन परो जस्तो छ नी । चाल निको छैन है, घनश्याम सरलाई भन्दिउ" केटाको स्बर बोल्यो । तेतिखेर सम्म सकिनसकि म पनि उठिसकेको थिएँ । जीउको धुलो टक्टकाएँ । यसो यताउति हेरें। मलाई छिर्कनि मार्ने केटाहरु त ति अघि चौतारामा बस्ने जस्तो लाग्यो । तर अघि पनि राम्रोसंग तिनिहरुको अनुहार नहेरेको ले राम्ररी ठम्याउन सकिन । रीस त मलाई कम्ता उठेको थिएन, तरपनि आमाले भनेको सम्झँदै तिनिहरुको मुख पनि नहेरी झोला खोज्न थालेँ । "यी दाई, तपाईँको झोला" एउटी बैनिले झोला दिंदै भनिन् "धेरै दुखो?" । उनिसंग अरु २ जना बहिनिहरु पनि रहेछन् । झोला पनि टाढैबाट सरक्क दिईन्, छुँदा पनि जात जान्छ जस्तो गरी । मैले पनि परैबाट हात लम्काएर झोला समाएँ । "हैन, अलिअलि मात्र, धन्यबाद है !" भन्दै खुट्टो खोल्च्याउँदै म ६ कक्षाको कक्षाकोठा तिर लागेँ । साझाल्यान्ड, १० बैशाख, २०६२
|
|
|
ruina
Please log in to subscribe to ruina's postings.
Posted on 04-23-05 12:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ramro cha:( ma aba sakdina hola hajur le lekheko padhnu:(
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 04-23-05 12:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दादा, मञ्जुले खण्ड ३ मा चुस्स प्रथम पाईलो राखिन् । अब त ऊनैको त हो नि सबै । सरुभक्तजी, कथा कथा हो । मेरो बिचारमा "कुनै पनि कथा पूर्णरुपमा वास्तविक र पूर्णरुमा काल्पनिक हुन सक्तैनन् । दुबैको मिश्रण नै कथा हो।" मेरो कथा पनि यसबाट अछुतो छैन । हजुरले किन माफ मागेको नि? अनि हजुरले माफ माग्न सुहाउछ त ? तपाईँले माग्नु भा माफी मलाई चाहिन्न, तपाईँलाई नै फिर्ता । लु जा । सबै अरु साथीहरुलाई पनि धन्यबाद । अब म चाहिँ सुत्न गएँ .... मञ्जुलाइ सम्झिँदै सुत्नु पर्ला ...हाहाहाहाह
|
|
|
nepaliphilosopher
Please log in to subscribe to nepaliphilosopher's postings.
Posted on 04-23-05 4:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ok jee, tapaai ko yo katha chahi malaai saaraai nai raamro laagyo hai. jhandai aasu chuhiyeko bhanya haamro nepali gaau haru tira ko chitra tapaai le korda ta. keep it up yaar.
|
|
|
ooum
Please log in to subscribe to ooum's postings.
Posted on 04-23-05 5:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Incredibly touching............
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 04-23-05 5:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओ. के. बुरो, मैले माथि जोक पो गर्या त। जबर्जस्ती मञ्जु लेऊ भन्या त कहाँ हो र। (तैपनि मञ्जु आएपछि मरमजा भो।) ए!वखलढुगां पो। त्यसैले पो अस्ति मैले बल बहादुरको कुरा गर्दा ओ. के. ले "पि. ए. हरुले कति खाए कति" भन्याऽ रे छन्। कथा मर्मिक छ। सुन्दै ... ... ...
|
|
|
SaruBhakta-II
Please log in to subscribe to SaruBhakta-II's postings.
Posted on 04-23-05 9:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आँखा भरि आँशु भो यार, लाइब्रेरि मा छु, मन खोलेर रुन पनि नमिल्ने.......... भो, बाँकि भाग चैँ घर मै गएर पढ्छु। आँशु रोक्न हुदैन भन्छन्।.....................
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 04-23-05 5:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मन्जुले चईं माफ् गर्लिन/नगर्लिन त्यो त हेर्दै जाम्ला, OK, तर मेरो मन खिन्न बनाएर भक्कानो छोडी रोऊँ रोऊँ बनाईदिएकोमा चईं म कदाप्पि तिम्लाई माफ् गर्ने छैन! तिम्रो कथा मार्मिक मात्र नभएर, गरीब तथा अवसर-विहिन अधिकांश नेपालीहरुको वास्तविकतालाई तिम्ले सच्चा रुप मा पेश गरेको छौ। आशा छ कि पाठकहरुले यो कथालाई एक साधारण कथाको रुपमा मात्र नहेरेर, यसको सही प्रभाव पनि महसुस गर्ने छन् र अधिकांश नेपालीहरुले दैनिक रुपमा भोग्नु परि रहेको दरिद्रता पनि बुझ्ने चेष्टा राख्ने छन्। तिम्रो एक मामुली कथाले पाठकबर्गमा बृहत जागरण ल्याउने भूमिका खेलोस् भन्ने मेरो निष्कपट चाहना छ। बाँकी भागको प्रतिक्षामा?
|
|
|
u_day
Please log in to subscribe to u_day's postings.
Posted on 04-23-05 5:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Poonte dai! Maile bhakharai nepal phoon gareko thiye. Sabai kusalai cha. Naya khabar: palla ghare manju poila gayi che. Mathla ghare jetha le bhagayecha mori lai. Jetha le ghar ma chithi pathako thiyo, manju ta dui jeu ki bhayi cha re. Bihe garidine bhaye farkanchu, natra lahur mai baschu bhandai thiyo re. Hasta! ahile lai yetinai. Aru kuro pachi garula. Taremam
|
|
|
kalo_bhale
Please log in to subscribe to kalo_bhale's postings.
Posted on 04-23-05 10:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
OK bro Sarai ghat parne katha lekhnu bho yaar..........mutu dhakka phulne khalko....j hos ramro lagyo............. Tapai pulchowk ma padhda hostel basnu hunthyo? By the way, C block ma euta rajbanshi dai basne kotha ma jhyal ko sisa puwal parya ra bahira bata goli haneko bhanera kanda bhayeko yaad chha? Just asking hai, i don't know you though......
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 04-25-05 12:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रुईना बुईनी, सारै गारो भा हो र? अब चाहिँ तेति गारो नहोला। हजुरलाई गारो पार्ने मेरो आसय चाहिँ हैन है, साँच्चै भनेको नि मैले । नेपालीफिलोसोफर जी, तपाईंको त नामै फिलोसोफर, यो साझामा जावस् न त हजुरको फिलिसोफी । ऊमजि, थ्याङ्किउ । ए मेरो सधैंको दादा, ल भन्नुस् तपाईं जेठो कि म जेठो? सरुजी, माफि त मेले पो माग्ने बेला हुन लागो, तपाईंको मुन दुखाको मा । पुन्टु, हैन किन सबै माफीका मात्र कुरा गर्छन हँ यहाँ ? सबैले माफीमात्र माग्ने हो भने त, मैले मञ्जुसंग मागेको माफीको भ्यालु नै घट्ने भो नि । कथालाई उपदेशको रुपमा हेर्न त भन नि यार। यु-डे, मञ्जुको खबर अपडेट गरेकोमा धन्यबाद ॥॥॥ कालो भालेजी, गोली त हैन त त्यो त, गुच्चा पो त। त्यो सिसा त मैले नि प्बाल पारेको नि "रे क्या"
|
|
|
Dada Giri
Please log in to subscribe to Dada Giri's postings.
Posted on 04-25-05 12:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म जेठो नि, अब हजुरले ५ किलासमा बोर्ड हान्दा म ८ किलासमा। ५ मा हुँदा त, सबैलाई पछारेर आत्मेले तृतीय पुरस्कार हात पार्यो। मळै शान्त्वना पुरस्कार पनि हात पारिन नि। आत्मेलाई पछार्न सकिन भनेर ३ दिनसम्म खाना नखाइकन उपबास बसेको म, अर्को वर्ष आत्मेलाई जित्ने हेतुले। रे क्या!
|
|
|
Dada Giri
Please log in to subscribe to Dada Giri's postings.
Posted on 04-25-05 12:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
८ -> ७ है मैले फरि हिसाब गरेँ। अनि हामी पनि नि. मा. वी. बाट मा. वी. मा गइयो। अनि चयाँकेसित भेट भो।
|
|
|
pundit
Please log in to subscribe to pundit's postings.
Posted on 04-25-05 2:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल मेरो त तिमि गुरु नै हो क्यार अब म के भनू । मार्मिक छ हो कथा :-( सलललल लललल बगेका छन् । " मामुली कथाले पाठकबर्गमा बृहत जागरण ल्याउने भूमिका खेलोस् भन्ने मेरो निष्कपट " पुन्टेको कुरा त खान्कि हो तर मलाई चै कता कता नेताको याद आयो । अनि मामुलि रे हान्नि भो लात ओके ले अब मन दुखाको मा
|
|