चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको
१०० औंसंस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
------चित्रे हरेक बिहान रविका प्रज्जवलित किरणसँगै हरेक दिन हावाका शीतल झोंक्कासँगै हरेक साँझ सागरका उर्लँदा लहरसँगै अनि हरेक साँझ जूनको मीठो प्रकाशसँगै म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु कल्पनाको बागमा डुलेको पाउँछु अनुरागको फूलमा फुलेको पाउँछु त्यसैले तिमी सँधैं मेरो सपनाको संसारमा आउनू मेरो भावनाको माहोलमा छाउनू र मलाई सधैं तिम्रै नजीक पाउनू।
चौतारी - शतकांक विशेष
चौतारी १०० औं अंकमा प्रवेश गरेकोमा सबै ज्ञात, अज्ञात, नयाँ, पुराना, क्रियाशील गाम्ले, मूक पाठक सबैलाइ
बधाइ! यस अंकलाइ सफल पार्नको निम्ति आ-आफ्ना लेख रचना प्रकाशित गरौं। अन्य आकर्षणहरूमा-
१) चौतारी बनाउनेहरूको नामावली र बनाएको संख्या -- नमे --- २४, चिप्ले --- १, मिस दिदी --- २, सानो कान्छा --- ३ सान्नानी --- ३, नेपेसाहिंला --- १, चित्रे --- २९ गालब --- ८, कुम्ले --- ५, तितौरी --- १ दादा --- १, हरी --- ९, रामचन्द्रे ---६ रिट्ठे --- २, लहरे --- ३
२) चौतारीमा आफ्नो पहिलो दिनको अनुभव सुनाउनुहोला।
३) यो बिशेष अंकमा चौतारीका सबै पुराना मित्रहरु ले जसरी भएपनि आफ्नो अनुहार देखाउनुहोला। जति नै बिजी भएपनि एकछिनको लागि भए पनि तातो चिया खान आउनुहोला।
४) १०० औं अंकमा पहिलो ईन्ट्री गर्ने बोर्ड फर्स्टलाइ आकर्षक पुरस्कार-- अर्को चौतारी भेलामा प्रमुख अतिथि बनाइने, र आयोजकको घरमा बस्ने पहिलो प्राथमिकता दिइने।
चौतारीका दौंतरीहरू
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
ती राजकुमारीसँ त मेरो बिहेबारि हुने ५०% पक्का पो भन्दै भउते फलाक्दै हिड्याथ्यो, त्यस पछि चैं मैले मेसो पाइन। उनैलाई सोध्ने कि?
अनि रिट्ठे बुरो कता अन्मरिन लाको? चौपारी मा म एक्लै हुने भो बा। रातो कर्पेट ओछ्याम्नी आज हो कि भोलि? मैले त २४ तारिकाँ भन्ठानेको, हैन र? ज्या म भुसुक्कै?
एउ फेरि बिर्खे जिम्मल इण्डिया घुमेर गाम फिरे। अब गामको अरु कोइ इण्डिया नगा। अनि फेरि बूढाले रेल चडेर आको भनेसि के के नै फुर्ति हुने भो क्यार, भूईंमै खुट्टा थे'न तेति खेर। अनि सबैले सोध्ने भए, ए त्यो रेल भन्या कस्तो हुन्छ भनेर। बूढा पनि के कम; का...लो, ला...मो, मुखाटि धुआँ फाल्च तेस्ले भनेर सुनाचन्। अनि भउते बज्जे लाई त्यो रेल भन्ने एउपाली नचडि छाड्दिन भनेर कसैलाई नभनि इण्डिया पुगेचन्। त्यस पछि त हो नि मैले भउते हराको सूचना निकाल्या। अनि मान्छे चौपारीआँ जम्मा हुन थाल्या। त्यो बेलाँ त भउतेले नाना भाँति बहाना बनार टाल्यो। तर खाँट्टि कुरो त बूढा रेल चढ्न भनेर पो गा रचन् त। अस्ति त्यो लमिनि दिदिको भट्टिआँ बसेर मजाले भट्टितेल खाचन अनि यि सबै भट्याका हुन्। घरा'टि मट्टितेल किन्न हिड्या रे, बजाराँ कईं नपासि मट्टितेलको साटो तेइ भट्टितेल भे नि हुन्च भनेर खान छिरेचन्। फेरि बूढालाई खान पुनि पर्दैन सुँगेसि लाउच क्या र , अनि पुरानो कुरा भट्याई हाले ।
त्यो इण्डिया पुगेसि बूढालाई रेल काँ'टि चढ्ने भन्ने था भे'न । खालि उसले बिर्खे जिम्माल ले भन्या सम्झिदो रच- का...लो हुन्च, ला...मो हुन्च, मुखाटि धुआँ फाल्च । बसाटि ओर्लेसि रेल खोज्न भनेर यता उति नजर लाचन्। एउटा कालो, लम्बू धोति(इण्डियन-कसैलाइ होच्याम्न भन्या चैं होइन,मैले त भउतेले जे भन्यो जस्तालाई टिनको छानो बेलि बिस्तार ला हुम् । कुट्ने भे तेइ भउतेलाई कुटम्) बिंडी पिम्दै, भित्ता तिर फर्केर २ नं गर्दो रच। पछाडिट भउतेले ठ्याक्कै का...लो, ला...मो, मुखाटि धुआँ फालेको देखो अनि दौडेर त्यो काले को ढाडाँ बुइ चढ्यो। त्यो काले पुनि अचानक के के न भो भन्ठानेर कुलेलम् ठ्योको, भउतेलाई बोकेर । एउछिन पछि काले रोकियो । "कौन हे आप?" कालेले सोध्यो।
"नकरा! म टिकिट को पैसा दि हाल्चु नि। बरु मलाई दिल्लिसँ पुर्याइ दे। म त इण्डिया घुम्न आको।"
साँहिला दाअाअाअाअाअाअाअाअाअाअाअा के हो बल्ल हाम्रो याद आयो। हाम्ले हजुरलाई नि कती याद गरेको कती । त्यो चौतारीको दिलमा बसेर बाटो हेर्दाइ थिए बल्ल आउनु भो। बेला बेला यसो हाम्लाई सम्झदै गर्नुस् खित खित खित।
लाले, इश्वर लौन लौन हाम्रो पुरानो साथीहरु अैसकेछ। के हुँदै छ? हाम्ले हजुरलाई कती मिस गरेको थियो। हाउ आर यु गाइज दुइङ?
उफ्री के छ मोरी तिम्रो हाल खबर? हाम्रो छोरीलाई कस्तो छ?
चेली, हर्के के छ?
गोतामे दाअाअाअाअाअाअाअाअा क्या दामी लेख्नु भकोके। हुन त हजुरले सधैं नै राम्रो लेख्नु हुन्छ। दाई आर्यालाई सञ्चै छ। अब ठुलि भाई सकिहोला। लु ठुलि फुफुले धरै माया पाठकओ छ भन्दिनु।
दादाअाअाअाअाअाअाआ के छ हजुरको हाल खबर?
भाउते, काउते, सिगाने दाअाअाअाअाअाअाअाअाअाअाअाअा
पून्ते दाई हजुरको भोली पेत दुक्छ। दिन भरी पाइखान गाको गाई हुन्छ अब।
सानुकान्छाले नि सबै गाम्लेहरुलाई सोधेको छ भनेर भन्दिनु भनेको छ। सानुले फोन गरेको थियो तर मैले उस्को कल मिस गरे अनी भोइस मेसेजहरु छोडेको थियो। लु गाम्ले हो हाम्रो सानु कान्छा पढाईमा साह्रै बिजी छ रे फुर्सद मिल्ने बितिकै सबै गाम्लेहरुलाई भेट्न आउछु रे ।
भौते भन्जा, तिमी पैला जमुनिको पछी पर्यौ, त्यासी हाम्रा गाम्की व्हाइट सर्ट सित पल्केउ तेतिलेनी तिम्रो त्यो हर्हरिएको मन नमानेर फेरी राइपुरे जिम्मालकी छोरीतिर मन लाछौ अरे। गको थिएनी अस्ती तिम्रा घर। कम्से कम फुपुलाई त भन्न पर्थ्योनी तिम्रा माया पिरमका काहानी। अब मसित फुपु गुनासिएर कत्रो भो अस्ती! हैन तिमी बात मार्दात त्यस्तो देखिन्नौ गाठे। जब देखी शहरीयौ तब देखी तिमीमानी यो रहरिने बनी बढ्न थाल्यो। हेर भन्जा, जे भानी तिमी चै यो गम्को बत्ती हौ, बिचार अर है! झ्यप्प हौलार पुरा गामै कालो होलानी। अब यता तिम्री भाउजुले बरा "भौते बाबु लाई येस्पालात बुडा जसरी नि बुटी बान्दिनु पर्छ " भनेर रातो दिन हैरान। हुन्छतनी भनेर म सोझो फेरी तेतै जान परेको तिम्रा के के जाती कुरा सुन्नलाई। ल्याथिएनी ५ बिस दाम चिट्ठीओ खाम मा हालेर। भका भन्जा तिमीनै त हौ, तीन पुस्तामा, । दिन्थेनी चैनी टिका जमर लाअर्। अब तेस्ता कुर सुनेसी क्यार्छौ मेरो त मनै बिग्रियोनी। त्यासी फुपुसित एक बचन नि नबोली हनिए यता तिर। तिमी कुरै नबुझी तेती लामो चिट्ठी लेखेछौ, ठिकै छ अझै नि ट्याम छ, बिचार अर है! मेरो कुरा मन्छौ भने खुरुक्कन भोली लुदी खोलातिर हिनिहाल, हैन भने मेरो भन्नु कै छैन।
Namaskar chha hai sabai lai!! haina aaja pani yo chautari ko dhoka kholna chhin mai aaipuge jasto chha ni!! lu bihan bihan yo bhajan sunayera sabai ko din banaidinchhu.
प्रभातकालिन नमस्ते यो साझामा झुल्किने, चियाउने अनि नबोलि हिंड्ने सप्पै लाइ!
क्यार्चौ चेलि, हिजो दिन्भरि मैले चौपारी कुरेर बसें कुनै मुसो र बिरालो पनि च्याउन अन्मरिएनन्, आफु त झन् यस्पालि को शतांक सफल पार्नु पर्च भनेर दिनभरि ढुकेको ढुकेइ भइ टोपलें खोइ केइ मेसो पा भे मरि जाम्। सप्पै संबिधान सभाओ चुनाउ प्रचार प्रसार अर्न तिर पो लागिचन् कि के हो। अब हाम्रा प्रचन्ड भनाउदा नेपालाँ पैलो राष्ट्रपति हुने रे। सप्पै चुपचाप तमासा हेरेर बसिरा भन्ठानिचु मैले । खोइ कसैले केइ बोल्ने होइन? तैं चुप मै चुप भने जस्तो पो भो बा, ए राता मकै । लौ न गुहार्नु परो अलि गतिलो नेता छानुम् हामि पुनि। बरु यस्को सुरुवात् यइ चौपारी बासिमध्ये अलि गतिलो नेता चुनेर पठाम् । मेरो त कन्सिरिको रौं तातेर आइसको ती भाङ्ग्रे नेताहुर को बकफुसे गफ सुनेर। कोइ प्रचण्ड बहुमतको डिङ हाँक्ने, कोइ राष्ट्रपति हुने, कोइ चैं सत्ता उसैको पेवा भन्ठानेर कुर्सि छोड्नै नमान्ने। के को रामरमिता हो कुन्नि। अबु यसै भेन उसै भे न, मै पो चुनाउ मा उठम् कि भन्ने झोंक चलेर आइसको। संबैधानिक राजतन्तर, बहुदलिय पर्जातन्तर, लोकतन्तर सप्पै हेरि सकियो, केइ हुनेवाला छैन । अब पालो मेरो आइच झोंकतन्तर चलाउने, तेइले पुनि काम गरेन भने भट्टिको झोलतन्तर चलाम्ने , के छ ओ गाम्ले हुरको विचार । म पुनि सुनि हालुम् न।
हेल्लो चौतारी। गुड् मर्निङ्। के छ हो गाम्लेहरु? इश्वर जि मात्तै? खै सबै सुतिराछन् क्या र। हे हे इश्वरको आइडिया त राम्रै छ। हैन तपाइको चौतारी न्वारान् नाम् के हो?
नेप्चि, मैले त न्वारन अर्ने बाउन नै भेट्टाइन । सप्पैले इसोरे भन्चन तेसैमा रमाइचु । तिमिले नै गर्देउ न त। अफुले गुरु बनाको भउते ले समेत न्वारन अर्न मानेन खोइ किन हो? बूडालाइ दखिना थोरै भे र हो भनुम् भने उनले मागेको र सकेको देकै थियाँ कुरो बुजिनसक्कु पो ६ त चौपारिबासि को। हरिशरनम्
उइले भउते इन्जिनिरिङ्ग पढ्दा ताकाको कुरो सुनाम्न परो। भर्खर गामाटि सहराँ पढ्न त पठाए भउतेका बा ले तर भउते सहरको रम्झम मा परेसि अर्काओ देखासिकि अर्न परि हालो । सहरका धनि बाउका सन्तान मोटरसाइकल गाम्ले भासाँ भन्नु पर्दा चैं भटभटे चड्ने नै भए। उस्लाइ पौनि नचडि भएन। गर्मिको छुट्टिआँ गाममा ग'र बाउ चैंलाई फकाम्न अनेक गरे। गाई-बाख्रा चराम्ने,घाँस दाउरा अर्ने देखि लेर बाउको सप्पै काम अरो। बाउलाई मख्ख पारेसि बुडाले सिकिन ह्यान्ड भे नि भटभटे किन्दिन्चन् कि भनेर। भउते को बाउ झन् के कम, अब भउतेको पनि बाउ क्यारेर फकाम्न सक्नु नि। साम दाम दण्ड सप्पै लार नि केइ सीप नलासि त्यो छुट्टि नि तेस्सै खेर गो भनेर सुनाथे तेतिबेला । बरु पड्न तिर ला भे लम्बर त धेरै आउँथो, बिनसित्ति अरुले जिते भनेर गुनासो पोख्तै थिए। हुन पुनि भउते पड्न मा चैं तगडा थिए है, ऐले पुनि छन्। तर तेति बेलाको कुरो बेग्लै नि।
नपत्याए, यि हाम्ले त भिडियो खिचेर पुनि राख्या चम्। के सोच्या...
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.