[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 |||| |||| चौतारी ७८ |||| ||||

[Please view other pages to see the rest of the postings. Total posts: 946]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
[VIEWED 334401 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 48 pages, View Last 20 replies.
Posted on 09-30-07 5:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत


--चौतारी - भाग ७८ --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 78 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँदाइकोब्लग






चौतारी समाचार:

* जिम्माल बा तीर्थ यात्रामा: दक्षिणी गामहरूको तीर्थ यात्रा सफलतापूर्वक सम्पन्न गरेर जिम्माल बा चौतारी गाम् फिर्ती सवारी हुनभएको छ। प्रशान्तका भाइ निशान्त तथा कुमलवाका भाइ मदनवा पनि जिम्माल बा सँगै तीर्थ गएका थिए।

* राहुलदाइ डेरा सर्ने क्रममा: फिला दे फियाको हो हल्लापूर्ण शहरबाट छुटकारा पाई स्वच्छ हावा खाने हेतुले राहुलदाइ गुन्टा सुन्टा कसेर ठेला गाडा गुडाउँदै शहरबाहिर डेरा सर्नुभएको छ।

* ठूलीको तरकारी बेच्ने काम पूरा: दुम्सी गामको बजारमा गत १ महिनादेखि तरकारी बेच्ने काम सकेपछि अब ठूली चौतारीमा पहिलेजस्तै सक्रिय हुनको लागि कसरत गरिरहेकि छिन्।

*तितौरी चौतारी गामबाट बेपत्ता: सान्फ्रे गाममा बसोबास गर्ने चित्र बादुर मुखियाकी पनातिनी एवं जिम्माल बाकी नातिनी तितौरी हराएकी छिन्। देख्नुहुने महानुभावले खबर गर्नुहोला: 1800-CHAUTARI

* नयाँ खर्कमा म:म: पार्टी: चौतारीका बरिष्ठ पून्टेदाइको सभापतित्वमा, अन्तरे र रीठ्ठेको सहभागितामा हालै म:म: पार्टी एवं गाना बजाना गफगाफ सम्मलेन सम्पन्न भएको छ।

Last edited: 30-Sep-07 05:32 PM

 
Posted on 10-02-07 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मनकी रानी

आकाश खसे नि
पाताल भासे नि
सधैं जपिरहने
सधै तपिरहने
मनकी रानी
मायाकी खानी।

होसमा गुनगुनाउने
बेहोसमा बरबराउने
पबित्र चन्दन हो कि
मुटुको स्पन्दन हो
जता ततै बास बस्ने
जिएको जस्तो आभास हुने
मनकी रानी
मायाकी खानी।

सधै बुझिरहुं लाग्ने
सधैं पुजिरहुं लाग्ने
गायत्री मन्त्र
म्रित्युन्जय मन्त्र,
यत्र तत्र सर्बत्र
मनकी रानी,
मायाकी खानी।
 
Posted on 10-02-07 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

THuli busy huda ni top mai? :O
 
Posted on 10-02-07 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरू त ठिकै छ ठुल्दाइ, यो अक्टोबर एक दिन मै तेत्रो पुग्नु चाँही हिजो त्यो टिकेले रिस उठाएर हो
 
Posted on 10-02-07 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! बोर्ड मा परिया रेछ!!

 
Posted on 10-02-07 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो जान र फेब २००७ मा बोर्ड मा आउने रिट्ठे जासुस अहिलेको हाउँरो रिट्ठे हो????

पुरस्कार नि पाए हुन्तो!
 
Posted on 10-02-07 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बधाई छ बिर्खे जिम्माल बा, बोर्ड हान्नु भएकोमा।
आफु त सधै बोर्ड मा ( नाक फुलाको) भने। उहिले स्कूल पढ्दा बोर्ड निकाल्नु पर्छ भन्थे मार्साबहरु, एक दिन ल जा त भनेर एउटो ब्लाक बोर्ड् निकाल् दिएं। क्याम्पसको कुरै नगरम्, कति बोर्ड निकालें कति? हुंदा हुंदा त अस्कलका मार्साबहरुले ब्लाकबोर्ड को सट्टा सिमेण्टको स्थायी बोर्ड बनाई दिए। लु जा त भनेर नोटिस बोर्ड निकाल्दिएं। आखिर बोर्ड निकाल्ने जो सोख छ।
भारत पढ्दा त कति निकालें कुरै नगर्नुस्। अब चौतारीमा समेत बोर्ड निकालें।
रगत मै छ कि क्या हो बोर्ड निकाल्ने? रि-सोच गर्नु परो जस्तो छ।
 
Posted on 10-02-07 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो जान र फेब २००७ मा बोर्ड मा आउने रिट्ठे जासुस अहिलेको हाउँरो रिट्ठे हो????
लोल ! जिम्माल बा
के सुन्नु पर्छ नि कान ले कैले काही त
 
Posted on 10-02-07 3:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चक्का जाम को मौसम छ, फेरि चौतारी आउने गौंडामा चक्का जाम् भए जस्तो छ।
पक्का जाम भए जस्तो छ। तारेमाम्।
चिलिम् ब्रेकमा जाम्।
 
Posted on 10-02-07 3:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


साची नै चक्का जाम भये जस्तो छ ठुल्दाइ, बरु नेपाल मा हुन लागेको चक्का जाम कती खेर हुन्छ थाहा हुन्छ तर हाम्रो चौतारी को चक्कi जाम हुन लागेको थाहा नै हुँदैन
 
Posted on 10-02-07 3:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-02-07 3:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-02-07 3:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ Ritthe ब्रो, अनी हामी सँचै?
 
Posted on 10-02-07 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामी त सञ्चै ग्वाँचे अनी हामी नि?
अनी क्यार्दै हो नि अहिले?

 
Posted on 10-02-07 3:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामी नि सँचै भन्दा हुन्छ, ऐले खाना-साना हसुरेर ढ्याSSSSSSउ गर्दै, हामी त।
आज अस्ट्रेलिया जित्या भे'र हैन इन्ड्या हार्‍या भे'र बेसी खाइएछ, सुपारी होला कोइसँग?
 
Posted on 10-02-07 3:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अघि मलाइ २४ घन्टामा ६० वटा पोस्ट भनेर चौतारीमा छिर्न दिएको थिएन, अहिले चाहिँ आउन दियो। ल म जामबाट पार भएँ।

ओहो, प्रसान्त पनि आको रहेछ नि। बधाइ है प्रशान्त नेपालिको शान भएकोमा। कसै कसैलाइ प्रशान्त हुन नसकेकोले गित गाउन छोड्नु पर्ने अबस्था भाको छ रे येहाअ।

नमस्ते ग्वाँचु
 
Posted on 10-02-07 3:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्लाई हौ त्यस्तो प्रशान्त हुन न पाको ले गीत गाउँ छोड्नु पर्ने भाको?
ग्वाँचु कङारूहरु ले जितेको त राम्रै भो नि
 
Posted on 10-02-07 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! बोर्ड मा परिया रेछ!!
 
Posted on 10-02-07 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते उफ्रि, २४ घन्टामा जम्मा ६० रे, कति थोरै?

मेरो त यस्तो आउँदैछ स्क्रिनमा
Total posted by you in last 24 hours: 92
 
Posted on 10-02-07 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुपारी त होइन, हाजमोला छ ल खाउ त फेरि "ढ्याउ ढ्याउ" नगर नि।
आज दिन भरि चौतारीमा सबैले "ढ्याउ" गरेर हावा नै दुशित भै सक्यो। हामिले पनि त स्वास फेर्न पाउनु पर्यो नि स्वस्छ बाताबरनमा।

हैन हो, चौतारीको नाम नै बिगारेर "ढ्याउतारी" राख्ने भए गाम्लेहरुले।
 
Posted on 10-02-07 4:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झिल्के ब्रो, नमस्ते है।

रिट्ठे, तिमिले कहिले देखि गाउन छोड्या रे?

ahile chahi total post _51 bhancha screen ma. k ho k?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
TPS Re-registration case still pending ..
What are your first memories of when Nepal Television Began?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS Re-registration
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
TPS EAD auto extended to June 2025 or just TPS?
nrn citizenship
Toilet paper or water?
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
ChatSansar.com Naya Nepal Chat
whats wrong living with your parents ?
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters