[VIEWED 132115
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 04-15-05 7:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मञ्जु, मलाई माफ गर है ! आत्मकथा - ओके मेरो भन्नु: नेपाल छोडेको पनि आँउदो अगष्ट १२ तारिका दिन ठ्याक्कै ४ बर्ष पुग्छ । नेपालवाट पाईलो निकालेको दिन देखि फेरि टेक्न पाईएको छैन । काठमाण्डौमा हुदा सम्म त थोरबहुत मञ्जुको खबर पाउँदै थिएँ, गुपचुप रुपमै भए पनि । तर आजकाल त वेखबर छु । के गर्दै होलिन् मेरी मञ्जु ? कस्तो होला उनको दैनिकी ? मलाई अझै सम्झँदै होलिन् कि बिर्सिसकिन् होला ? यदि फेरी कहिँ कतै भेट भैहाल्यो भने मसँग बोल्छिन् होला कि तर्केर हिड् छिन् होला ? देख्दा पनि नदेखे जस्तो पो गर्छिन् कि ? निको भैसकेको उनको घाउ भेटघाटले बल्झाई दिने पो हो कि ? मेरो घाउ त कहिल्यै पनि निको नहुने रहेछ । मञ्जुलाई बिर्सन त अर्कै जन्ममा भए मात्र, यो जुनिमा त असम्भव भो । मसँग के छैन आज, सबथोक छ । मलाई धेरै माया गर्ने श्रीमति छिन् । काखमा ३ बर्षे कल्कलाउदो छोरो छ । छात्रवृतिमा राम्रो विश्वविद्यालयमा पढ्न पाएको छु । ३ जनाको सानो परिवार जेनतेन धान्नलाई आर्थिक समस्या पनि खासै छैन । अब त अध्यायन पनि सकिन लाग्यो । छिट्टै एउटा सानो जागिर पाएँ भने भावी जीवन पनि सजिलै बित्ला । तर किन मलाई के के नपुगे जस्तो, के के बिगारे जस्तो भैरहन्छ ? किन अघि पछि उनकै छाँया मात्र घुमिरहन्छ ? किन श्रीमति र छोरोको विचमा ओछ्यानमा पल्टदा पनि उनको सम्झना मै छर्लङग उज्यालो हुन्छ ? किन बितेको बिगत फिल्मको रिल झैं घुमेको घुमै गर्छ? न त हामी विगतमा नै जान सक्छौं, न त विगतको गल्तिलाई सच्याउन नै । यो सर्वसत्य कुरा थाहा हुँदा हुँदै पनि यो मन किन मानिरहेको छैन? यो सब किन भईरहेछ ? यी प्रश्नहरुको उत्तर मसँग छैन । सायद मञ्जु सँग पनि त छैन होला । जानाजान भएको गल्तिको कुरा अर्कै हो । अञ्जान मै यति ठूलो गल्ति होला भन्ने मैले कसरी सोच्नु ? जब मैले तथ्य कुरा बुँझे, समय धेरै अगाडि गैसकेको रहेछ मञ्जु । म फेरी फर्कन सकिन, मलाई माफ गर । मैले अरु कसैलाई बचन दिईसकेको थिएँ, तिमीले मनको वह मसँग पोख्ता । त्यो रात मैले धेरै सोचें । एकमन त तिमीसंगै जीउन अरु सब कुरा त्यागिदिऊँ जस्तो पनि कहाँ नलागेको थियो र ? तर फेरि सोचें, त्यसो गर्दा पनि त अर्को एक जनाको जीन्दगी त बर्बाद हुन्थ्यो नि । बरु तिमी त धेरै परिपक्क छौ, तिम्रो मन त ठूलो छ, अनि तिम्रो मायाले त फलामको मुटु भएकोलाई पनि पगाल्न सक्छ । जोसँग जीवन बिताउनु परे पनि तिमीले सब कुरा मिलाउन सकिहाल्छेउ नि । भनिन्छ, असल आईमाई भएको घरलाई बनाईरहनु नै पर्दैन आफैं बन्छ । त्यही सोचेर नै म तिम्रो अँगालोबाट टाढिने कष्ट गरें । यस्तो निर्णय गर्न मलाई कति छट्पटी भएको थियो ? आँखाबाट झरेका आँसुका बलिन्द्र धाराले पुरै सिरानी भिजेको थियो । रुँदारुँदा घाटीँबाट थुक पनि निल्न नसक्ने भएको थिएँ । मञ्जु ! म यो जुनिमा तिम्रो हुन सकिन, तिमी मेरी हुन सकिनौ । यस्मा तिम्रो कुनै गल्ति छैन । नजानिकनै गल्ति त सब मबाट भएछ । मैले तिम्रो मनलाई पढ्न सकिनछु । मलाई माफ गर है । आसा छ, तिमी जस्तो विशाल ह्रदय भएको मानिसले अबश्यै माफी दिनेछौ । अहिले तिमी जहाँ भएपनि राम्रो होस्, शुभ होस् । सम्पूर्ण खुशिले सुसज्जित भएको सुन्न पाउँ, यहि नै मेरो कामना छ सदा-सदाका लागि, अन्त सम्म, मेरो शरिरमा सास रहुन्जेल सम्म । क्रमश:
|
|
|
|
SaruBhakta-II
Please log in to subscribe to SaruBhakta-II's postings.
Posted on 04-18-05 1:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो कथा त सुरु भैसकेछ त। म अलि ढिला पो भे'छु। बाटोमा त्यै मोरो च्याँके भेट भो क्या। बिचरा सञ्जु भनेर भक्कानो छाडेर रोयो क्या, के भन्ने अब। :) "खोइ छाड् अब सञ्जु सञ्जु, मलाई अबेर भा'छ उहाँ ओकेजी को मञ्जुको कथा सुन्न" भन्दै धापिदै आ'को नि। खोई रुइना, उ त्यो पिर्का पुग्न देउ त। सुमिमासेन् !! दादा, आनो... यसो बाटो छाडम् न, कस्तो गजधम्मै बाटै छेकेर बस्या भन्या :p । म चै त्यो मुड्को मा आड लाएर बस्नु पर्यो। कोनो केताई वा दादा-सान् नो देस ने। :) लु, यहाँ भुईमा खस्यारै'छ क्या। लु पुन्टेजी तमाखु भरम् त, अलि चिसो चिसो नि भो, ज्यान तताउन पर्यो। लु ओकेजी अध्याय-२ सुरु गरम् अब।
|
|
|
SaruBhakta-II
Please log in to subscribe to SaruBhakta-II's postings.
Posted on 04-18-05 1:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अनि ओके जी, त्यो दौराको फेरो त मैले जानि जानि उचाल्द्या नि, आफु फस्ट हुन नपाको झोँक मा। :) अब त वास्तविकता भन्दे पनि के भो र भनेर नि। -भउते
|
|
|
kalo_bhale
Please log in to subscribe to kalo_bhale's postings.
Posted on 04-18-05 5:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
La Ok bro............manju kabya aru pani sunna pau hai.............. Hoina saru bhakta, ajkal saru sangai byasta ho ki k ho?
|
|
|
Sristi
Please log in to subscribe to Sristi's postings.
Posted on 04-18-05 8:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Nirman
Please log in to subscribe to Nirman's postings.
Posted on 04-19-05 1:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो ओ के ब्रो साह्रै मार्मिक छ हो कथा त, शुरु नै यस्तो दादाले जस्तै रुमालै लिनुपर्ला जस्तो छ। जे भएनि सार्है राम्रो लाग्यो कथा, अरु नि जावस्। उहि, निर्माण।
|
|
|
newuser
Please log in to subscribe to newuser's postings.
Posted on 04-19-05 2:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
OK ji, I am enjoying with the honest recollection of your past. Looking forward for the next part, newuser.
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 04-19-05 6:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
OK, your life story is both heart-touching and spellbinding, besides your style being unique. Waiting eagerly for the next part. "त्यो दौराको फेरो त मैले जानि जानि उचाल्द्या नि, आफु फस्ट हुन नपाको झोँक मा।" Saru, tapai ta school dekhi nai sadhai second hunu hudo raichha. Tyasaile tapaiko namai SaruBhakta-II rakhya ho ki? (Just joking.)
|
|
|
Dada Giri
Please log in to subscribe to Dada Giri's postings.
Posted on 04-19-05 6:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सरु, आ! कोनो केताइ ओरेनो ज्यानाई। रुइनानो ज्यानाइकाना। यो सरु को होला। हिजो राती मध्यरातमा मलाई कसैले १ कल हान्यो यार। कतै सरु त हैन? "हलो!" भन्छु यताबाट। "हलो!" भन्छ, अरु केही नि भन्दैन। जह्रायाले हो कि जापान कै। कि सरुले हो? नम्बर हो, ०९०-५*३०-०३२९ भरे हान्देऊ न यसलाई। अनि बल्ल खान्छ।
|
|
|
SaruBhakta-II
Please log in to subscribe to SaruBhakta-II's postings.
Posted on 04-19-05 6:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आनो......... सा sssss........किनो देन्वा शिता हितो वा..... बोकु ज्यानाकुत्ते न्युयुजर-सान कामोशिरेनाइ.......... अम् ssss......... ताबुन सुन्दरी-सान काना..... सुन्दरी-सान वा याबाइ यो :) -सरु
|
|
|
Dada Giri
Please log in to subscribe to Dada Giri's postings.
Posted on 04-19-05 7:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
SaruBhakta-II
Please log in to subscribe to SaruBhakta-II's postings.
Posted on 04-19-05 7:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Dada Giri
Please log in to subscribe to Dada Giri's postings.
Posted on 04-19-05 7:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दाकारा, सरु तो गालब कुन वा ओनाजी हितो देस्योउ?
|
|
|
SaruBhakta-II
Please log in to subscribe to SaruBhakta-II's postings.
Posted on 04-19-05 8:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हे हे हे हे दादा जी, म र गालाब ओनाजी होइन क्या। साच्चि भुन्या ल। भैहाल्यो छाडिदिम् यो कुरा। अरुलाई बोर होला जस्तो लाग्यो, यसरी क्षेत्रीय गफ गरिदिदा। फेरि एउटाले प्वाक्क आफ्नै खोर मा गएर बास्ने, भनिदेला र दुबैको मनै खिस्रिक्क होला :) । कुनै दिन भेट भएछ भने पेट मिची मिची हासम्ला नि। -सरु
|
|
|
ruina
Please log in to subscribe to ruina's postings.
Posted on 04-19-05 9:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
k boleko yasto?! nepali bhasa ho ki japanese kata kata mero name leko jastai lagyo.ruina bhaneko ki royeena bhaneko? ma pani sunne:( saru jee; pirka ma basyo bhane chiso lagcha laa sukul/chakatee ma basnu:) ok dai; khoi hajur ko ta story katti time lageko aru kahile auncha?
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 04-21-05 8:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>>>>all loved ones will depart first Exactly ह्यान्सिगाइजी ! दादा, रुमाल लिनै त पर्दैन होला । लिनै परे पनि जापानी तलबले त गजपको किन्न पुगिहाल्छ नि ! बरु यसो अरु साथिहरूलाई पनि "ओमिआगे" (Did I write correctly?)दिनु होला । ईन्डिजी +रुईना बुईनि, हौसलाको लागि धन्यबाद । छिटै अर्को भाग पस्कन प्रयास गर्नेछु । मेरो पुण्टु, रञ्जुको कथा लेख्न शुरु गरे हुन्छ । कसैले पनि हस्तछेप गर्दैन । बरु छिटो । लेख्दै र पस्कँदै चाहिँ साच्चै गारो हुने रछ । HarkeDai, I am 100% sure that he was 'Janardhan Nepal'. He was just Ma Bi Ni in 2042 but as a child, I was told that he was DEO. Later, he became DEO of Okhaldhunga in 2047 when I passed SLC. I had some chats with him at that time too. I have heard that he is now CDO of some developed districts.. but I do not know where. सरुभक्तजीलाई सु-स्वागतम .... यो धागो मा । तर मेरो दौराको फेर चाहिँ हजुरले हैन । मेरो सानाको साथि भक्ते त अहिले जंगल पसेको छ रे... सामन्तिका जरा उखेल्छु भन्दै । गत बर्ष सम्म चाहिँ जीउदै थियो रे !!! कालो भाले, सृष्टी, निर्माण, न्युयुजर, वल्ड-म्याप, हौसलाका लागि मुरि मुरि धन्यबाद । रुईना बुईनी, सरी है, के गर्नु .....लेख्न समय नै पुग्दैन । अब चाँहि छिटै लेख्न कोशिष गर्छु, नरिसाउनुस् है ।
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 04-21-05 9:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
घर पुगें । आमालाई "आमा, आमा ! मैले आज १०० रुपियाँ पुरस्कार पाएँ नि, म प्रथम पनि भएँ" भन्दै हरियो गैंडा आमालाई दिएँ । मैले आसा गरेको थिएँ कि आमाले मेरो कुरा सुनेर धेरै खुशि हुनुहुनेछ । बुवाको मृत्यु पश्चात् ऊहाँको अनुहारबाट हराएको मुस्कान मेरो सफलता संगै फेरी फर्कनेछ । तर आमाका आँखा त आँसुले भरिए । एकैछिनमा आँखामा अट्न नसकी हिजो भर्खर मात्र हिउँदे पानी परेर भिजेको भुँईमा तरर खसे । १० बर्षे अञ्जान मलाई आमाका आँसु खुशिका आँसु हुन भन्ने कुरा पनि थाहा थिएन। "आमा किन रुनु भएको होला?" मेरो त्यो कलिलो मानसपटलमा तर्कनाका लहरहरु मडारिन थाले। फेरी एक पटक ३ बर्ष अगाडि ४० बर्षे अल्पायुमै बुबाले हामीलाई छोडेर जानु भएको दृष्य आँखामा नाँच्न थाल्यो । मलाई त तेति धेरै ज्ञान पनि थिएन। घरको आगनबाट सबैजनाले बुबालाई लिएर हिड्दा "बुबालाई काँहा लगेको?" भनेर मैले सोधेको र माइला बडाउले "तेरो बुबा नआउने बाटोमा गयो" भनेको मात्र याद छ। बुबाले छोड्नु भा को पीरले भन्दा पनि सेतो कपडामा आमाको क्रन्दन र छटपटीले चाँहि मलाई धेरै नै दुःखी बनाइको थियो। घन्टौं सम्म म पनि आमासंगै रोएको थिएँ । भाईबहिनी पनि रोएका थिए हामी आमा-छोरा संगै । हजुर आमा पनि "आफ्नो कान्छो छोरो पनि अघि लाग्यो, म बुढीमात्र के मर्न नसकी बाँचेकी होला, मलाई आउनु नी उस्लाई आउने काल" भन्दै आफ्नै टाउको मा हातले कति पटक हिर्काउनु भएको थियो । आज पनि आमा फेरी रुनु भयो । १ बर्ष अघिदेखी आमा रुएको मैले देखेको थिईन। झर्न नसकि आँखामै रहेका आँसुलाई पटुकाको टुप्पोले पुछि रुन्चे हाँसोमा भन्नु भयो "छोरा, तँ बाट मैले धेरै आसा गरेकी छु। तँलाई १० कक्षा सम्म पढाएर ठूलो माष्टर बनाउने मलाइ कत्ति मन छ?"। उहाँले फेरी थप्नु भो "तर छोरा, यत्रो परिबारलाई म एक्लैले कसरी धान्न सक्छु? फेरी तँलाई मात्र स्कुल पठाएर पनि हुन्न । भाईबुइनाले पनि जान खोज्छन । अनि बाख्रा कस्ले हेर्छ, गोठ खेतमा कस्ले काम गर्छ? हाम्रो आफ्नै कमाइले बर्षभरी खान पनि पुग्दैन। बनी गर्न जानु पर्छ । तिमीहरु सब स्कुल जाने हो भने सब काम चौपट हुन्छ, अनि हामी भोक भोकै मर्ने बेला आउँछ । ५ कक्षा सम्म त फिस (शुल्क) तिर्नु पर्दैन, जसो तसो गरौंला । स्कुल पनि टाढा छैन, बिहान बेलुका तिमीहरुले काम पनि गर्छौ । तर ६ कक्षा भन्दा माथि त मेरो केहि गरी चल्दैन । भाई बहिनालाई पनि ५ कक्षा सम्म पढाएर साक्षर बनाउन पाए पछि कसैले पनि झुक्याउन सक्ने थिएनन्।"
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 04-21-05 9:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
माथिबाट क्रमशः अहिले सम्म याद छ, आमाले यसो भनेपछि म कत्तिबेर टोलाएर बसेको थिएँ । अलिअलि त म पनि आमाका समस्याहरु बुझ्थें तर पनि मनमा लाग्यो "आफूलाई पढ्न कति मन छ? सबैले धेरै पढ्नु पर्छ भन्छन् । तर म चाँहि पढ्न नपाउने भएँ।" मेरो सोचाईको दायरा अलिक फराकिलो हुँदै गुयो "कुनै हुनेखाने प्रधानपञ्च र मुखिया-जिम्मलका छोराछोरीले मैले जस्तो प्रथम गरेका भए, दुनियाँ गाउलेलाई डाकी खसी, राँगा काटेर भोज दिन्थे होलान् । कत्ती नाँचगान हुन्थो होला ? गाऊँका झारेझुरे स्कुलको सट्टा शहरका बोर्डिङ स्कुलमा पढाउने चाँजोपाँजो मिलाइ सक्थे होलान् ।" म भित्र-भित्रै सोच्थे " म किन गरीव घरमा जन्मेको होला? अलिक धनि घरमा जन्मिनु नि ! कमसेकम पढ्न त पाउँथे ।" म धेरै टोलाएर पीर गरेको देखेर होला, आमाले मलाई सान्तोना दिंदै भन्नु भो "हेर छोरा, अब त तँ पनि त कुरा बुझ्छस् नि। मलाई पनि तँलाइ पढाएर ठूलो माष्टर बनाउने मन छ । तर पनि म के गर्न सक्छु र ? तँ नै भन त !" उहाँले थप्तै जानु भो "मैले तँलाइ गर्न सक्ने भनेको कठीनले घरबाट फुर्सद दिने हो । न म तेरो फिस नै तिर्न सक्छु न त रामपुरमा बस्ता डेरा-भाडा र खानाको पैसा नै । तँ आफ्नै हिसाबले पढ्न सक्छस् भने चाँहि म तँलाइ रोक्तिन ।" यसो भनि रहँदा आमाको स्वर अड्किसकेको थियो । भित्रैबाट भक्कानो छुट्यो र आमा बोल्न पनि नसक्ने हुनु भो । पछाडि फर्केर आफ्नो बेदना दबाउनु भो र "भित्र तरकारी डढिसकोकी क्या हो" भन्दै घर भित्र पस्नु भो । आमाका कुरा सुनेपछि मेरो सोचाईका बिषयबस्तु परिवर्तन भए । पढ्न पाउने नपाउने समस्याबाट अब कसरी पढ्ने भन्ने भन्ने कुरा नै बढि मनमा खेल्न थाले "जसोतसो ५ कक्षा सम्म त पढियो, अब अरु धेरै कसरी पढ्ने होला? आमाको इच्छा मलाई १० कक्षा सम्म पढाएर माष्टर बनाउने छ। नजिक पासो हाईस्कुल पनि छैनन् । ३ घण्टा पैदल हिडेर रामपुर पुग्नु पर्छ, हाईस्कुल भेट्नलाई । फेरी मोलुङ खोलो र पोक्तिङ खोलो पनि तर्नु पर्छ । बर्खा (बर्षा) मा उर्लेर चिताई नसक्नुका हुन्छन् यी खोलाहरु पनि। मोलुङ खोलामा त पुल पनि छ, तेई हो २ घण्टा फेरो पर्छ । तर पोक्तिङमा त काँही पनि पुलै छैन । खहरे खोलो त परो । थोरै पानी परोकी ह्वाल्लै बढिहाल्छ । हिउँदमा रातसाँझ घर आएपनि बर्खामा त डेरा लिएर बस्नै पर्छ। तर पनि १,२ दिन त घर बाट नै जान्छु । यसो कतै ओत लागेर ज्यान पाल्ने ठाँउ भेट्न पाए त कति गजब हुन्थो। कुनै दयाबान मानिसले साँझ बिहान काम गर्ने र दिउसो स्कुल पठाउने, फिस तिरिदिने र खान लाउन दिने भए मलाइ त अरु के चाहियो र? मेरो लागि त स-साना पढ्ने बच्चा भको घरमा आफूले जानेको सिकाएर पढ्न पाए सबभन्दा राम्रो हुन्थो नी । तर तेस्तो राम्रो काहाँ पाउनु र !" साझाल्यान्ड, ९ बैशाख, २०६२
|
|
|
Dada Giri
Please log in to subscribe to Dada Giri's postings.
Posted on 04-21-05 9:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>"तँलाई १० कक्षा सम्म पढाएर ठूलो माष्टर बनाउने मलाई कत्ति मन छ?" Very Nice! अनि मञ्जु काव्य रे? ए बा! We want Manju! We want Manju! रे क्या! ल ल अरु नि जाओस् ।
|
|
|
SaruBhakta-II
Please log in to subscribe to SaruBhakta-II's postings.
Posted on 04-21-05 9:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओके जी, माफ गर्नुहोला है, मेरो त ठट्टा गर्ने बानी, तर अहिले तपाईँको कथा पुर्णवास्तविक हो जस्तो लाग्यो।यस्तो मार्मिक र भावुक ठाँउँमा मैले हल्का पाराले लेख्नु हुदैनथ्यो। कृपया, माफ गर्नु ल। तपाईँको कथा पढेर त साँच्ची मेरो आँखा भरि आसु भयो यार। होईन, कसरि लेख्न सक्नु भो यार, तपाईँ ले। ल, नढाटीकन भन्नुस त, यो भाग लेख्दा तपाईँको हात कामेनन् भन्या। मलाई त लगातार पढ्न पनि गारो भो, बीचमा एकछिन रोकेर फेरि सम्हालिएर पढ्न थालेको यार। धेरै राम्रो छ, तपाईँ को प्रस्तुति। यहाँलाई मेरो शुभकामना है, निरन्तरताको लागि। -सरु "भउते"
|
|
|
hancyguy
Please log in to subscribe to hancyguy's postings.
Posted on 04-21-05 9:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
However manju has not appeared in the scence, the story is rally nice. All pictures from the past struggel come in eye so vividly and all of sudden tempt to lost in past. After all, the seetest memories are all about struggles and sadnesses. P.B Shelley's one line poem here: "all sweetest songs are those of sadest thought" (I forget the title of the poem, may be TO SKY LARK. BA ma padheko birsiyo) ---------------- Dada Giri Dai, wait garnu paryo ni manju lai bhetne ta. You will see manju when Ok will go to highschool. Just speculation. Keep it up OK. It is really nice.
|
|