[VIEWED 30806
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 04-26-05 12:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज जसरी नराम्रो सँग तर्सेको खै कैले पो थ्यो?...सायद त्यै पुरानो बेलाँ हुँदो हो. झरीमा ओइरिदो पानी झैं ओइरिइ रन्जना आज जम्मै भिजाउने गरी. ओभानो भनेको कतै रहेन. को रन्जना रे? अब भो कि? रन्जनालाई चिनाउँला एक छिनमा, पैला मनमा उर्लदो भेललाई सम्झाई हालुँ होला पहिरो लडनु अघि नै, कसो? बच्चे ले ध्वस्तै पारी मलाई. डाँडामा बतास सरी म सँग उस्का राग मडारिन थालेसी मेरो के चल्थ्यो? नव जवानीका घामले दिन दिन सुकाको मेरो खरमा बच्चेले झिलिक्क के पार्या थी उस्का फिलुङ्गे निम्ताले डढीहालेँ नी रापमा. तर न्यानो रापमा. प्रबेशिका अर्थात एस एल सिको जाँच सकाइया थियो, नतिजा निस्किन लाग्ने महिनाहरु मनग्गे थिए तर. आफु त श्री किस्न टाईपिङ्गमा सुनिता नी आउँछे, त्यहिँ भइयो भर्ना, तँ नी आउने भे आइज तर सुनिता चैं मेरी हो भन्थ्यो नरे (नरेश)ले तर अब मलाई टाईपिङ्ग मन नपर्ने, मन पर्ने सुनिता उस्की भनेसि के गई भो र श्री किस्न टाईपिङ्ग पनि भनेर पुरानो मावलि गाउँ हानिएँ म चैं पूर्बी पाहाड तिर. एउटा मामाकि साली भिनाजुको घराँ बसेर माथ्ला डाँडा हाईस्कुल (नाम त जनता मा.बि. हो क्यार) भ्याउदी रछे. गोटा पन्ध्रेक बशन्त पार गरेकी त्यो उदाउदी सुन्दरी झुल्किनु अघिको सूर्य किरणले आकाश उजिल्याउँदा झैं गरी मामाघर धपक्क पार्दी रछे. पुर्पुरो बलियो भन्या यहि होला भन्ठानेँ मामाघर पुगेको साँझ. उडन्ते मनलाई थाम्न बडो मुसकिल भो तर. बच्चे भन्ने घरेलु नामले सुन्दरीमा शरण लिएर धन्ने भाको रे छ. गन्तब्य जता सुकै भए पनि बर्षादका काला बादल पहाड सँग ठोकिएसी त्यहिँनै मुकाम झैं जसरी बर्षन्छन, त्यसरी नै मेरा जवानीका मेघ पनि नवसुन्दरी नै मुकाम हो कि झैं मानी बर्षन तयार भएको चाल पाएर म किञ्चित अस्?थिर त भएँ तर त्यसमै रमाएँ पनि. मेरा मामाहरु माहाराजगंजमा नयाँ घर ठोकेर बस्या बर्षों भै सक्या थ्?यो तर पहाड जाने आउने बराबर गर्थे. केहि बर्ष अघि म नी एउटा मामाको पछि लागेर आइ पुग्या थें यो मामा गाउँमा पैलो पटक. हाँडिगाँउमै ब्यापक बिग्रिसक्या थें म भन्नेमा तेति बिबाद थे न ती दिनहरुमा. त्यहि छोरो बिग्र्यो हाँडिगाँउले संगतले भन्ने पिरले हुँदो हो मलाई घर बेबार मिलाउन पहाड हानिन ला मामासँग पठाका हिउदे छुट्टिमा. ती दिनमा यो गाउँले मामाघरको छिमेकि पल्लो घराँ दुईटी थिए कस्सेका दिदिहरु. ती दिदिहरुको रनाहा मलाई अहिले सम्म लागिरा थ्यो तर यै मङ्सिरमा दुईटा भाग्गेमानी नागाहरुले रात भरी जग्गे रुँगेर दिदिहरु उडाई सकेछन. भन्थे देउताले एउटा ढोका लाए आर्को खोल्छन रे. मेरो पालाँ देउताले हल्का गडबडि गरे हिसाबमा. दुईटा ढोका लाएर एउटा खोलेछन. तर गुनासो छैन. जसो तसो घुँडा सम्म आउने रातो फ्रक र ज्यान समेटन सक्ला नसक्ला झैं लाग्ने आकासे शर्टमा अगेना नजिकै त्यै अगेनाको ताप खिचेर रन्केकि बच्चेले म तिर छद्म नजरबाण हान्दा त म रक्ताम्मे.
|
|
|
|
IndisGuise
Please log in to subscribe to IndisGuise's postings.
Posted on 04-28-05 8:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Ohooooooooo pakha pakha Deep. Dhet. Ekchin. Ek aadh din kaam ma dhyan deko jasto thio yaha ta barbaad nai chutna lako raicha. Ahh... lu ma ni base aba. Dada le ghoda ko masu ra tass patti laucha. Majja le tokdai - call break kheldai sunumla daju bhai. Ani ani ... ke bho.....re. (Aba paarakhi lekhak jastai ekchin kautuhulta machaune hola ni feri. Chadai chadai la. Sajha ma sabai hutti hareko asafalta matra sunera aba ta suruma padda feri nai kehi hunna yesma ni bhanya jasto lagcha. I dare you to negate me. Haha.) Jhattai paskam la aba.
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 04-28-05 12:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आमन्त्रित मुस्कानले थप उजिल्याएको उस्को मुहारमा त्यहि पढें जे पढन मन लाग्या थ्यो. मैले त्यो बाँकि भाको एक बित्ता पनि मेटि दिएँ. उ त गोठको आर्को कुना तिर पो गई. त्यो कुनामा पुगेर मैले भने उस्को हात समाएँ. देखिदैन थ्यो त्यो कुनाबाट तर पानी बाहिर पर्दै थ्यो क्यार तर आफ्नो मन भित्र भने डढेलो लाग्दो थियो. "के गरेको?" उस्ले सोधि मानौं थाह छैन तर हात हल्का ताने झैं गरे पनि फुस्काइन. कर्मण्यबाधिकारस्ते मा फलेसु कदाचन...अर्थात पण्डितहरु भन्छन रे कर्म गर.. त्यसैले म पनि त्यै कर्म गर्ने धुनमा लाग्या थें शब्द खर्च नगरीकन. रन्केको तावा छेउ जस्तै जम्या घिउ भएनि के? नपग्ली सुख छैन. डढेलो न हो फैलदो थ्यो उता तिर यता तिर सबै तिर. बाहिर कतै गित गाको आवाज आयो. बच्चे सम्हालिदै झिमिक्क गर्दा बाहिर पुगि. म चैं एक छिन गोठ भित्रै अलमल्ल परेर बसें अनि भाग्गेलाई मनमनै सराप्दै निसकिएँ म नि बाहिर. पानी त रोकिई सकेछ. "कता पुगेर आकि ए बच्चे एतिबेला?" त्यै गित गाउने भिलेन ले होला सोध्यो. बच्चेको भन्दा माथि रे छ त्यो भिलेनको घर. घाँडो लाग्यो साथमा. बच्चेका पुग्दा साँझ टरिसक्या थ्यो. सामान्य परिचय भो, गफ गाफ भए तर आफनो मन ठेगानमा आकै हैन. आकासमा त बादल हटे तर मेरो मनमा भने कालो बादम मडारिई रहे. मेरो सुतने बन्दोबस्तो नी भो. बच्चेको फर्याकफुरुक निक्कै थ्यो. सुत्न त सुतयो तर नीन्द्रा आएन. नौलो ठाम, नौलो ओछ्यान, पुरानै बिचार के निन्द्रा लाग्थ्यो. बाहिर जुन लागेका थिए ..रात गहिरिदै गयो..म छटपटाउदै गए. अब डर पनि लाग्न थाल्यो. अघि भात खाईसकेसि भुतको कुरो निकालेकोमा अहिले पछुताएँ. भुत आईलाग्यो भने? जिउ सिरिङ्ग भो. कती बेला आँखा लागेछन कुन्नि तर ढोकाको आग्लो चलाको झैं लागेर निन्द्रा बिच्कियो. बिहान भाको थे न. जुन लागिनै रा थे. आफनो रेडिएम भाको घडिले २:३५ देखाउँदै थ्यो. फेरि आग्लो चल्यो. भगवानको नाम जप्दै मुख छोपेर सुत्या जस्तो गरें. चोर हो कि भुत था भेन. ढोका खुले जस्तो लाग्यो तर हैन रे छ क्यार केहि चाल चुल सुनिएन. बाहिर हावा लागिराथ्यो, तय्सैले हुँदो हो ढोका चलाको. म नि त्यत्तिकै डराएर. "थुक्क डरपोर" आफैंले आफैंलाई भनें अनि कुन बेला देखि बिस्तारै फेरिराको सास निर्धक्क फेरें. मुख छोपेर सुत्या त निसास्सिएला जस्तो भे र. अब त न भुत न चोर के मुख छोपाई भो भनेर ओढने मुख बाट हटार त्यै नि ढोका लागि रा छ छैन हेर्छु भनेर ढोका तिर हेर्छु त मेरो त सातो पुत्लो गयो. ढोका त लागि राको थ्यो तर....बच्चे! मैले किच्चिएको स्वरले ओच्छ्यान सँगै ठिङ्ग उभ्भेकि उस्लाई ठम्याउँदै भनें.
|
|
|
harkedai
Please log in to subscribe to harkedai's postings.
Posted on 04-28-05 12:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Aajkaal sajha ma kartik laagna laaya jasto cha ni, sabai jodi ko matra kura gachan baa. K ho aajkaal ta. Lau, j sukai hoos. katha chi sarai raamro cha. Deep bro. pheri dada style ending ta hudaina hola ni. Last ma fakka kya. hahahahaha Keep it coming bro.
|
|
|
hangoolama
Please log in to subscribe to hangoolama's postings.
Posted on 04-28-05 5:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
what a story man........... KHATARA KHATARA writer haru rahechan ba..... 2/4 din sajha ma na aayeko ta ....... hey Deep bro tapain ta ke ho yar ............. sarai ramro chha ............. chito chito jawas ..... very nice... keep it up
|
|
|
SaruBhakta-II
Please log in to subscribe to SaruBhakta-II's postings.
Posted on 04-28-05 7:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पुल्चोकमा केटाहरु कहिले काहिँ टि भी मा केवल जोडेको बेला रातभरि टि भी कोठामा च्यानल फेर्दै बस्थे, अनि यसो केटा र केटी देखे भने आखा गाडेर "ल, यहाँ चैँ केहि होला जस्तो छ है।" भन्थे। म पनि अब यहि च्यानलमा अड्डा जमाउनु पर्ला जस्तो छ। यहा पनि "केहि होला" जस्तो रे'छ के। सारै राम्रो दीप जी, सारै राम्रो। -सरु
|
|
|
hancyguy
Please log in to subscribe to hancyguy's postings.
Posted on 04-28-05 10:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Thought that I will not post until exam will be over but can't help myself. looks like my research is diverted to Sajha.com these days. Saru ji lai jastai ma lai pani pro le hijo "when will you finish ...... project" bhanera sodhya. Deep Bro, Very nice. looks like you will will heed all story writers in Sajha. At least you are doing karma. Other story tellers ta ke ho ke. Karma garne pani daraune. Pani ne pare re ho ki? Ke keso dada-bro?
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 04-29-05 8:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जिन्दगिको लगाम आफ्नै हाताँ छ भन्थें, हो रे छ हुन त. लगाम त आफ्नै हाताँ रे छ तर घोडा कुन सड्को फेरी सकेछन. अब लगाम माईं आफ्नो हाताँ भे र के घोडा अर्कैको भे पछि. बार्दलिबाट चुरोटको ध्वाँ सल्लाको रुख तिर फुक्दै पुराना दिनहरु सम्झिरहें. फोनले चिच्याएर बिगतबाट बर्तमानमा ल्यायो. बिपिनगुरुको फोन रे छ. हिंजै मात्रै फर्केछ नेपालबाट. गुरु लक्कि हो. दुई हप्ताको बिदामा गाको नेपाल ब्या ठोकेर आयो. श्रीमती चैं आर्को मैना आउने रे. म नी त गा हो नी चार मैना अघि नेपाल ब्या गरम भनेर. अब आफुलाई मन पर्याले अरूलाई नै मन पराउने, आफुलाई मन पराउने मलाई ठिकै लाग्ने. बाउ आमा त्यो नी हुन्छ भन्छन यो पनि हुन्छ भन्छन. छोटो बिदामा गाको. टेन्सन. बल्ल बल्ल एउटीलाई मनले खा थ्यो फेमेलि पण्डितले अब अहिलेलाई लगन छैन भन्दिए. भो अब. लगन नभए नि हुन्छ मलाई भन्या काँ हुन्छ भनेर जम्मै खानिए. गलफतिमै बिदा सकियो. ब्या गर्न पाईन नि. त्यत्तिकै फर्कें. बिपिनगुरुलाई "आउन त यतै, भात सात खाम अनि ब्याको गफगाफ पनि सुनाउ" भनेर बोलाई हालें. अब भान्छा तिर नि त लाग्नै पर्यो. "अमेरिकामा त सधैं दशैं, छाकै पिच्छे मासु भात" शनिबार शनिबार "हाड बोसो अलि कम है साउजी" भन्दै ल्याको आधा किलो मासु बाउलाई आमाले छानेर उम्दा उम्दा टुक्रा दिईसकेसी आफनो भागाँ टक्रयाक टक्रयाक गर्दै बरालिने मासुको नाममा हड्डी त्यो पनि दिउँसो पौने १२ तिर सम्झिदै होला बिरेले उ आको पैलो हप्तामा ५ बर्ष अघि भनेको हिजै जस्तो लाग्छ. आज पनि बिपिनगुरुलाई अब मासु भात त हो नि, अरु के त? ए साच्चिँ म त उता बच्चे कोठाँ आ कुरो गर्दै थें. त्यसरी राति बन्द कोठामा बच्चेलाई अकस्मात पाउँदा म त आत्तें नि. मेरा आँखा उस्का खुट्टा तिर हानिए, कतै कुर्कुच्चा अगाडि त फर्क्या छैनन भनेर जिउ झण्डै काम्या. खुट्टा त सोझै छन. म मेरा अन्यौलता तह लाउदै थिएं, ओच्छ्यानमा अलि पर सर्न उस्ले संकेत गरे झैं लाग्यो.
|
|
|
hancyguy
Please log in to subscribe to hancyguy's postings.
Posted on 04-29-05 8:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
yo deep bro pani khatara story teller raicha. Aba kehai huncha ki :)
|
|
|
pundit
Please log in to subscribe to pundit's postings.
Posted on 04-29-05 2:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कतै कुर्कुच्चा अगाडि त फर्क्या छैनन भनेर ॥॥॥॥॥॥ किचकण्डि आई भनेर हाहाहाहाह हाहाहाहाह हँसायो गुरुले
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 04-29-05 7:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दीपजी, मैले त सुरुमा कहानि नै बिर्सेछु कि भन्ठानेको !!! पुछारमा आएर त फेरि जोडियो, ल ल जाओस् अरु पनि । ------ ओके
|
|
|
Nirman
Please log in to subscribe to Nirman's postings.
Posted on 04-30-05 12:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल!! दिप दाइको कथाले मोहनि नै लगायो है। अरु नि जावस् न हो!!! निर्माण
|
|
|
SaruBhakta-II
Please log in to subscribe to SaruBhakta-II's postings.
Posted on 04-30-05 9:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दीप जी, ढाड पनि खोक्रो हुन्छ भन्छन, बिचार गर्नुस है, -सरु
|
|
|
John_Galt
Please log in to subscribe to John_Galt's postings.
Posted on 04-30-05 10:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"अमेरिकामा त सधैं दशैं, छाकै पिच्छे मासु भात" "हाड बोसो अलि कम है साउजी" HAHAHAHA, badho ghat lagdo kura garnu bho ni, Nepal ma kasai kaha masu kineko yaad aayo. Superb narration. Hats off!
|
|
|
pundit
Please log in to subscribe to pundit's postings.
Posted on 04-30-05 11:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कस्तो ढाड खोक्रो हुन्छ भन्या सरू ? नाम उच्चारण गर्दा मन च्वास्स गर्यो यार :( ।
|
|
|
forget-me-not
Please log in to subscribe to forget-me-not's postings.
Posted on 04-30-05 12:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
I was thinking Kahani mai twist....tara dhanya haina na chha. waiting for next part.....
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 04-30-05 2:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब बिनोदगुरुले त घरजम गर्यो, मेरो पो कैले हो भन्ने तर्कना आईरह्यो. जुन सुन्दरि देखे नी यै त हो मैले खोज्या भन्ने लाग्न थाल्या नि अब त बर्षौं भो. धेर थोर परीक्षण नि गरियो पर्खाईको दौरानमा बेग्लै कुरा हो तर कन्सट्यान्ट र भेरिएबलको अर्थात घर र डेराको अन्तरमा अचेल थप ध्यान जान थाल्या छ. डेरामा बस्न त सजिलो तर भर नहुने... (ल फेरि को आयो..लेख्नै पाईन्न सुरमा..)
|
|
|
krishna
Please log in to subscribe to krishna's postings.
Posted on 04-30-05 11:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Back in the "khai ke ke" days deep bro...? anyways..keep writing
|
|
|
bideshi
Please log in to subscribe to bideshi's postings.
Posted on 05-01-05 4:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Help me.Unalbe to read deep's fomt.All I see is squares!Even I'm having problem with kantipur fonts.Otherwise ,I have no problem reading other nepali stuff!What's going on in my comp?Mine is old one with Window Me.Help me out ,any computer experts?
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 05-01-05 5:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
किचकण्डी कोठामा आ?को भान् परेको description ले हसाएर मार्?यो! LOLOLOLOLOL धत्! पित्ले भुँडी झण्डै फुट्यो नि, गाँठे! अनि, सरुजी?त्यो धाड खोक्रो छ कि छैन भनेर अन्खेर अँगालो मारेसी थाऽ होला जस्तो छ। ल, ल, अब भने म नि ?अब त केही होला जस्तो छ है? भनेर तपाईं को केबल च्यानल फेर्ने ईस्ट्यालमा टुकरुक्क बसें है!
|
|
|
lizardking
Please log in to subscribe to lizardking's postings.
Posted on 05-01-05 8:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>Saarhai ramro cha Deep jee yeha ko lekhai. Waiting.....
|
|