Birkhe_Maila
Replies to this thread:

More by Birkhe_Maila
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 --कथा चौतारीको--

[Please view other pages to see the rest of the postings. Total posts: 443]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
[VIEWED 226382 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 23 pages, View Last 20 replies.
Posted on 06-18-08 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी धागोमा धेरै जनाको धेरै कुरा हुँदा सबैको केहि न केहि गाउँले नाम रहन गयो। यस्तै पात्रहरु राखेर एउटा गाउँ बुनेको, त्यहि उता टाँसेको गाउँ अब यता सारेर बाँकि यतै बुन्ने बिचार गरेर राख्दैछु, जे पर्ला पर्ला!

 

(यस कथा श्रृङ्खलामा प्रस्तुत गरिएका नामहरु जे जसरी चौतारी धागोमा प्रस्तुत गरिन्थे/गरिन्छन त्यसैगरि प्रस्तुत गरिएका छन् र पूर्णतया: मनोरंजनात्मक उद्देश्यले प्रस्तुत गरिएको हो। नाम, स्थान र कृयाकलाप तथा संवाद पूर्णतया: काल्पनिक नै हुन र कसैको व्यक्तिगत नाम संग मिल्न गएमा संयोग मात्र हुनेछ। साथै कुनै पनि पाठकलाई आफूले साझामा प्रयोग गर्ने 'निकनेम' वा चौतारीमा बोलाइने 'गाउँले नाम' यहाँ कथा बनाएर प्रस्तुत गरेकोमा  कुनै पनि किसिमको आपत्ति भएमा भन्नुहुन अनुरोध गरिन्छ र आपत्ति भएमा नाम हटाउन सकिन्छ।)

 

बिस्टे बुढाले घुम बिस्तारै टाउकोबाट झिके र पानी तर्काए, पिँढिमा भित्ता पट्टि घुम ठड्याएर राख्दै थ्याच्च फलैँचामा बसे र सुरुवाल फुकाले! सुरुवाल पानीले निथ्रुक्क भिजेको  थियो त्यसलाई निचोरेर पानी फाले पिँढिमै। एक पटक हाई गरेर आङ तन्काए र फलैँचामाथि नै भित्तामा अडेस लागेर बसे।

 

सान्नानीssss, ए सान्नानी!

नातिनी भित्र भान्सामा केहि गर्दै थिन क्या रे बुढाले बोलाएको सुनिनन्।

पानी अझै दर्किराखेको थियो, जस्ताको छाना भएकोले होला माथि परेको पानीको आवाज र बलेसीबाट चुहिएको मोटो पानीको धारोले गर्दा बोलेको सुन्न पनि मुश्किल पर्थ्यो।

ए सान्नानि!!

बुढा यसपाली अलि चर्को स्वरमा कराए।

ए हजुरवा आउनुभो?

भित्रबाट सान्नानीको मसिनो आवाज आयो।

त्याँ चोटामा मेरो सुरुवाल होला लेर आइज त झट्टै! सपै निथ्रुक्कै भिजायो फेर्नु परो!

बुढाले पर डाँडातिर हेर्न थाले! बादलले डाँडाको माथिल्लो भाग पुरै छोपेको थियो, र ठाउँ ठाउँमा खोल्सो परेको ठाउँमा सेताम्मे कुहिरो लागेको थियो। बर्खा बेला भएकोले होला अगिपछिको सुख्खा डाँडा पनि हरियो देखिन्थ्यो। घर तलको पाटोमा मकै केहि पाकेर झाङ्गिसकेका थिए र केहि पोटिलै थिए। त्यसमा पानी पर्दा झन आकाशै खसेको जस्तो आवाज आइराखेको थियो। बाहिर कतै भ्यागुताहरु कराइरहेका थिए। सबै वातावरण नै बर्खाले भिजेको जस्तो थियो।

बुढाले पुलुक्क ढोकातिर हेरे।

अझै एक बर्खा त कसो नधान्ला

ढोकाको मक्किएको खापा र चुहिँदै गरेको बलेसी हेर्दै बुढाले मनमनै भने।

यि लिनुस हजुरबा सुरुवाल

बुढाले ढोकातिर हेर्दा हेर्दै सान्नानी सुरुवाल लिएर बाहिर आइन्।

बुढाले सुरुवाल लिए, एक पटक सान्नानीलाई मायाले हेरे, र भने-

एक घान मकै भुट् त बा, साह्रै भोक लायो!

आगो सल्का छैन, मइतेल नि सकिया छ! सान्नानीले टुलुटुलु हजुरबाको अनुहार हेर्दै भनिन्।

बुढाले केहि नबोलि एकपटक लामो सुस्केरा हाले र बाहिर हेरे।

पानी रोकिने नामोनिशान थिएन!

हेरि यो घुम ओडेर जा त माथ्ला घरमा, मइतेल छ कि भए मागेर लेरा न एक चौथाई जति?

सान्नानी केहि बोलिनन् केवल खुट्टाको बुढि औँलाले पिँढि कोपर्दै भुइँतिर हेर्न थालिन्।

के भो तँलाई? माथ्ला गरमा गर मइतेल पैँचो मागेर लेरा न भन्या, माष्टरनीले त जर्किन नै भरेर राख्छिन् अइपछि।

आज नि बिर्सनुभो हजुरबाले!

सान्नानीले भुइँतिरै हेरेर बिस्तारै भनिन्।

बुढाले केहि सम्झे जस्तो गरेर सान्नानि तिर हेरे र हात बढाउँदै इशाराले बोलाए।

सान्नानी हजुरबा तिर आइन्। बुढाले काम्दै गरेको हात सान्नानीको टाउकामा राखे र भने-

हेर् बा आज ब्यान सम्झिरा थेँ, बारिको काम सिद्धयार पारि जाम्ला भन्या तेत्बेला भुसुक्कै भइछु, पछि खोलो बडेर तर्नै नसक्नि भयो, क्यार्नु! पख् पानी पर्न कसो नरोक्केला आजा रात, भोलि खोलो नि सानो हुन्छ अनि किलिप मात्रै हइन एउटा धागो नि ल्याइदिम्ला तँलाई!

जइले नि तेस्तै भन्नुहुन्छ अनि तेस्सै आउनुहुन्छ! सान्नानिले रुन्चे स्वरमा भनिन्।

खोलो थामिएसि ल्याइदिन्छु पक्का पक्कि कुरो!

सान्नानीको अनुहारमा पत्यारका रेखाहरु आए। भित्र छिरिन्, एउटा जर्किन लिएर बाहिर आइन्। जर्किन शायद सेतो रंगको थियो तर त्यसमा देखिने कालो रंगले जर्किनको लामो इतिहास बयान गर्दथ्यो। घुम टाउकामा ओढ्दै सान्नानीले जर्किन हातले च्यापिन र बाहिर गइन्।

पानी दर्कि रहेको थियो र बुढा नातिनी हिँडेकी हेर्दै थिए।

कैले साउले देला जस्तो छैन!

मनमनै बोल्दै फेरि एक पटक लामो सुस्केरा हाले बुढाले, र गोठ तिर हेरे।

भैँसि बसेको थियो र उग्राइराखेको थियो। शायद झरिको यो वातावरणमा भैँसि आनन्दित थियो।

यो थारोलाई पन्छाउन पाए नि दुइ चार पैसो आउँथ्यो कि?

बुढाले मनमनै आफैँलाई प्रश्न गरे र सुरुवाल लगाउन थाले।

बरु बिर्खे सम्धी संग पो माग्ने कि? फेरि आफैँलाई प्रश्न गरे र आफैँमा केहि आश्वस्त्व भए।

ह्याsss जे पर्ला पर्ला, भोलि जान्छु सम्धीकाँ, जे भ नि छोरिको घर हो ए!, पर्या बेलाँ कसो केइ नगर्लान र!

बुढा मनमनै बोल्दै थिए र आश्वस्त्व पनि हुँदै थिए।

पानी रोकिने लक्षण थिएन।

पर बाट सान्नानी लगभग दौडँदै आउँदै गरेकि देखे बुढाले। सान्नानीको हातमा हल्लिएको जर्किन देख्नासाथ बुढाले बुझे र मनमनै बोले माष्टर्निले मइतेल दिइनन्!

प्वss! प्वss! प्वss!”

गोरु बारिमा पस्न लागेको देखेर निथ्रुक्क भिज्दै हर्केले गोरुलाई बाटो लगाउन खोज्दै थियो।

लौरोले गोरुलाइ पिट्दै हर्के फेरि करायो-

होss तिल्के! बाटोतिर जा भन्या डाम्नु!

गोरु अटेरी थियो, बाङ्गो बाङ्गो पर्दै बारिमै छिर्यो। हर्के दौडेर गोरु भन्दा अगाडि पुग्यो र गोरुलाई फर्काउने कोशिस गर्न थाल्यो। गोरु कहिले बाटोतिर जाउँला जस्तो गर्थ्यो कहिले फेरि बारिमै फर्कन्थ्यो। केहि बेर यो क्रम जारी रहँदा निकै मकैका बोटहरु मासिए। पानी परेको परेइ थियो, हर्केको सम्पूर्ण शरीर भिजेको थियो।

हर्केको आँखाले बल्ल बारि नियाल्न थाल्यो।

बिस्टे बुढाको बारिमा पो पसेछ डाम्नु!

हर्केले मनमनै भन्यो र यताउता हेर्यो। माष्टरनी नानीको घरबाट सान्नानी जर्किन बोकेर तल झर्दै थिइन्। हर्केले खल्तिबाट सुर्तिको गुजुमुजु भएको पाउच निकाल्यो र चिसो हातमा भिजेको सुर्ति हालेर एक पटक सुँघ्यो र मुख मा हाल्यो। एक टकले सान्नानी माष्टरनी नानीको घरबाट आफ्नो घर तिर जाँदै गरेको हेरिराखेको थियो। सान्नानी अलि नजिक आएपछि हर्के करायो-

प्वss! प्वss! प्वss! होss तिल्के!

हर्के कराएको सुनेर गोरुले कान ठाडो पार्यो र फेरि यता उता दौडिन थाल्यो। सान्नानीले पुलुक्क हर्केलाई हेरिन् र अलि दौडेको जसरि घर तिर लागिन्।

गोरु बारिमा स्वच्छन्द बिचरण गर्दै थियो। हर्केले गोरु तिर हेर्यो र गोरुलाई बाटोतिर धपाउन खोज्यो! गोरु फेरि उल्टो घुम्यो। हर्के अगाडिपट्टि आयो र गोरुलाई चुट्न थाल्यो। एक फन्का मारेर गोरु बाटोतिर लाग्यो। हर्के पछिपछि गयो र बाटोमा पुग्यो। जाने बेलामा हर्केले फेरि यताउता हेर्यो, माथि घरको आँगनबाट बिस्टे बुढा पानीमा भिज्दै बारितिर हेर्दै थिए!

---

 

 

Last edited: 24-Jun-08 08:30 PM

 
Posted on 07-12-08 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.........

Last edited: 12-Jul-08 03:10 PM

 
Posted on 07-12-08 9:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेत्तेरिका चेलीले कस्तो र्याग गरेको यार !
अब कहानी मा Twist ल्याउनी हो कि चिट्ठी आएपछी Feast मा जानी हो त्यो त जिम्मालले बताउछन ! लौ जिम्माल प्रभु ! 


 
Posted on 07-13-08 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यत्तिकै के खाँदाहुम म, हाम्रामा नि झक्किको भाले छ तो काट्या दिन तँलाई रउसि संग ख्वाउँला ल मेरो बचन भो!”---हा हा हा बिचरा पुन्टेदाइ।  बचन चै देकै हो  ल कुम्लेदाइ अझ तपाइँकै भाले भन्ठान्नोस रे

 

"रिट्ठे दाँत फुक्लेको बुढाले जसरि नरम मासु हल्का ओठ चलाएर चपाउँदै थियो मानौँ अलि स्वाद लिएर चपायो भने ऊ फेरि बेहोश हुन्छ"   ----बिचरा रिट्ठेलाई घरी घरी बेहोश बनाइदिनु भएछ माइला दाईले। रिट्ठे पिर नगर चिट्ठी आउँदैछ।  "प्यारो रिट्ठु" सम्म त हामीले नि देखेका छौ। केही राम्रै होला पक्कै पनि

 

" सराद्दे गर्न हिन्या सुर्वाल नि कुन असत्तिलाई कालले लान नसकेर चोरेर लओ, मर्छु कि जस्तो भो, केइ ओखती छ होला? परानै जाला जस्तो भो गाँठे!---सुरुवाल चिन्नु भयो कुम्ले दाइको के गती पार्ने हो नेपे दाईले

 

 हा हा हा। माइला दाईले मार्ने नै हुनु भयो हँसाएर


 
Posted on 07-13-08 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 atti hansayeu Birkhe.. haina ta Dippu
 
Posted on 07-13-08 4:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 atti hasaune ba ba

ani feri,  pandit baje le suruwal chine nai bhane pani " suruwal choreko haina, suruwal le chhodera hinde chha, dherai ber paikhaan basnu bho hola pannit baa"  bhanlan-- lau nasakiney .


 
Posted on 07-13-08 5:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"हेत्तेरिका चेलीले कस्तो र्याग गरेको यार ! "  मैले के र्याग गरें ? मेरो छैटौं इन्द्रियले ( sixth sense)  जे भन्यो त्यही लेखेको त हो !!  
 
Posted on 07-13-08 5:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 सराद्दे गर्न हिन्या सुर्वाल नि कुन असत्तिलाई कालले लान नसकेर चोरेर लओ, मर्छु कि जस्तो भो, केइ ओखती छ होला? परानै जाला जस्तो भो गाँठे!---सुरुवाल चिन्नु भयो कुम्ले दाइको के गती पार्ने हो नेपे दाईले

धन्दा नमान दिपु,

सुरुवालको रङ पहिला कस्तो थ्यो कुन्नि, अहिले पहेंलो बेसार जस्तो भइसकेको छ। बरु उल्टो "नयाँ सुरुवाल लाउनुस बाजे" भनेर दिन बेर छैन कुम्ले ब्रो ले।


 
Posted on 07-14-08 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी- त्यो पानीको भाँडो लिएर हिँड्दा त्यस्तै हुन्छ नि हैन र? हुन्छ हुन्छ मजाले भुटभाट पारेर खुवाउँला, भाले पुन्टे बुढाको,ल्याएको कुम्लेले, पकाएको मदनवाले भईहाल्छ नि हेँख हेँख हेँख।

नार्टान दाजु, नेत्रे- कथि करने नार्टान दाजु, सला मुर्गा देइखके हम्रो लार टपनेको अस्टार्ट कियो त हमि सरपट काटकुटले भुनिहाल्यो खेँ खेँ खेँ

चिप्ले- त्यहि त कुम्ले धेरै बाठो रहेछ।

ठूल्दाई- पोल खुल्छ अब छिटै हेर्दै जाउँ!

लहरे- भकुर्ने बेलामा तिमीलाई ल्याउने कि हेल्थपोस्टमा? के भन्छौ?

चेली नानी- हाहाहाहा त्यस्तो भन्न बेर छैन कुम्लेले त।

झिल्के- हाहाहा झिल्के पढ्न बसेँ भनेर कता हराको???

पुनटे बुह्रो- कथि करने गुस्सा कइरके? सला मुर्गा छ छ ऊ तपाइँ नै धेरै चबाएछ!

नेप्चे- धन्यवाद्, अनि फर्सी सबै बिक्यो?

माष्टरनी नानी- खै नेपे दाईलाई बरा कति दुख दिएको कुम्लेले, अब फेला पर्ला जस्तो छ।

कुम्ले- लोल! कति हाँसेको हाहाहाहा!हाहाहा भाउजुलाई नि खुवाउनुहोला भनेर पठाउने रे, अत्ति!

बसन्ती- हो र? त्यस्तै लेख्या हो चिठीमा? सत्ते? धरोधर्म?? हेहेहेह

रिट्ठे- खै अहिले सम्मको अवस्थामा त तिमी चिठि मि पढ्न सक्तैनौ बिरामी नै छौ, पहिला टन्न भाले खाऊ अनि सोच नत्र फेरि बेहोश होलाऊ र बर्बारद होला।

दीपीका नानू- लौ हँसाएर नि मारौँला कहिँ बहिनीलाई? राम राम राम। हाहाहा सबैले कुम्लेको कस्तो गती पर्ने हो कुरिरहेका रेछन्।

कान्चा-मन परेकोमा धन्यवाद्।

पज्न शून्य शून्य सात आच्या प्रेरणा- लोल सुरुवालले छोडेर बाटोबाटै हिँड्दै हिँड्दै यहा आइपुगेछ भन्ने? हेहेहेहेह

क्रेजी- हाहाहाहा झन नया बुट्टेदार सुरुवाल हगि? खै तिम्रो पढ्न पा छैन,धेरै भाग थपेछौ अस्ति बात आज पढ्छु, अस्ति त आफूले लेखेर टाप देको!टाइम मिले लेख्ने भनेर। बेलुका युबकको लाश सहितको टुक्रा नि राखम कि? :पि

 

सबैलाई धन्यवाद, अर्को भाग सकेसम्म छिटै आउने छ।


 
Posted on 07-14-08 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


जदौ गरे कथाकार (सम्धी ज्यु ) अनी फिलिमका कलाकार(गाम्ले) हरुलाई।
एस्पाली को भाग त सप्पै ले हेरिसकेचन,आफु मात्र लास्टाँ परियो। सब्बै भाग झै अत्यन्त रोचक छ् यो भाग पनि, पुन्टे बुढा भाले पुन्टे बुढा लाई ख्वाइदियो हरामी कुम्ले ले,तेसै गरी नेपे बुढा सुराल पनि उनै लाई दिने होला। अब पु बुढाले कहिले था पाउने हुन कुन्नी? अनी उता बगर तिर के भई राछ, सब्बु ले नुहाइ सकिन? नेप्ची भाउजु ले ठुल्दाइ को कठालो समात्नु भो ?मलाई कस्ले बचायो?

अब अर्को भाग कैले ??

 


 
Posted on 07-14-08 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा अगाडि बढाउन एउटा सानो पाटो-


आज बिहानै देखि चेलिमायाको मन हलुका थिएन। मंसिरमा बिहे गरेर यो गाउँमा आएदेखि नै उसको मन कहिले रमाउने र कहिले दुख्ने भैरहेको थियो। छ महिना भन्दा बढि भैसकेको थियो बिहेको, तर पनि उनलाई कहिले आफ्नो लोग्ने अत्यन्त मायालु र उनको हेरचाह गर्ने मरिमेट्ने लाग्दथ्यो त कहिले नितान्त अपरिचीत तथा कडा। उनि सकेसम्म पति र घरका अरु सदस्यलाई खुसि बनाउने भरमग्दूर कोशीस गर्दथिन तर निकै पटक उसलाई कसैले नबुझिदिँदा उनको मन रुने गर्दथ्यो र सात डाँडापारिको आफ्नो माइती सम्झेर एक्लै धुरुधुरु रुन्थिन्।

उनको आँखा खुल्यो। बाहिर झलमल्ल घाम लागिसकेको रहेछ। उनि झस्केर जर्याकजुरुक्क उठिन्। खाटको छेऊमा हेरिन्, श्रीमान अघि नै उठेर बाहिर गइसकेका रहेछन्। उनि धेरै नै डराइन्। हिजो राति अबेर सम्म पनि घरधन्धा सकिएको थिएन। पाहुनाहरु आएका  थिए र सबैलाई पकाएर खुवाउँदा भात सकिएको थियो। फेरि दोश्रो पटक पकाएर खाँदा र लोटउँदा र भाँडा माझ्दा धेरै नै राति भैसकेको थियो र थकाईले उनको शरीरको जोर्नी जोर्नी दुखेको थियो। कोठामा सुत्न आइपुग्दा उनका श्रीमान अघि नै निदाइसकेका थिए र उनि यसो पल्टेकी मात्र के थिइन, बस् अहिले मात्र निद्रा खुलेछ।

 

बाहिर घाम नै लागिसकेको थियो र श्रीमान उनि भन्दा पहिला उठेर बाहिर गएका थिए। सासुको कटाक्ष, श्रीमानको रिसपूर्ण हेराई र नातेदार पाहुनाहरुले कुनै अर्कै ग्रहबाट आएको प्राणीलाई हेर्ने जस्तो हेराइ अवश्यंभावी थियो!

हतार हतार लुगा मिलाउँदै ऊनि लिस्नोबाट तल ओर्लिइन्।

अँगेनामा केहि तात्दै थियो, धुँवाँले सम्पूर्ण घर ढाकेको थियो। सबै पाहुना वरिपरी झुम्मिएका  थिए र उनकि सासु अँगेनामा तेल तताउँदै आफ्नो पुरानो बाथमा मालिश गर्दै थिइन्।

ऊ महारानी उठिबउसिओ!

सासुको तिखो बोलिले उनको मुटु घोच्यो। उनका पाइला लिस्नोको आखिरी खुट्किलो सकिँदा हल्का लड्खडायो। उनले कसैको अनुहार हेर्न सकिनन्। उनलाई लाग्यो सबै उनिलाई हेर्दै मनमनै हाँसिरहेका छन्।

उनि बाहिर निसक्न ढोकातिर बढिन्।

ब्यान देखुन भैँसि करार कुँडो म बुडिले बल्ल बल्ल तताम्न परो! ब्वारी नभा घर जस्तो आँगन नि मै रोगि बुडिले बडार्नु परो। कलिजुग लाग्या भन्या एइ रेछ, एस्तो भो भने छिमेकीले नि सराप्छन्! यो बुडेसकालमा एत्रो दुख त बाँझि आइमाइलाई नि पर्दैन, घरमा ब्वारी भा नभा कुनै फरक नाई!

सासु फत्फताउन थालिन्। सासुको फत्फताईमा उनको उमेर, उनको जीवन भोगाई र उनको सामाजीक मान्यता अनुसार बुहारी प्रतीको रिस केहि र सासु र बुहारीको कर्तव्य प्रतीको कटाक्ष बढि थियो। तर चेलिमायाको निर्दोष र नयाँ अनुभवमा यसले कुनै तिखो विषालु शूलको काम गरेको थियो। उनि केहि बोलिनन्। बाहिर निसक्ने बेलामा अनायाशै उनि पुलुक्क आफ्नो पतीलाई हेर्न पुगिन्। पतीको आँखामा उनले प्रेम भेटिनन्। उनलाई सधैँ झैँ नरमाईलो लाग्यो।

बाहिर तीनवटा खालि गाग्रिहरु थिए। नजिकैको डोकोमा एउटा गाग्री हालिन्। डोको बोकिन्। अर्को गाग्री दाहिने हातले उचालेर डोकोमा गाग्री माथि राखिन् र गाग्रिको मुख दाहिने हातले समातेर अड्याइन्। देब्रा हातले तेश्रो गाग्री उचालेर देब्रे कम्मरमा अड्याएर तीनवटै गाग्री बोक्दै पँधेरातिर लागिन्।

सासु, ससुरा र घरका अरु सदस्यहरुलाई जति खुसि बनाए पनि त्यो खुसि सदैव कायम राख्न गाह्रो थियो; उनले बुझेकि थिइन्। उनलाई सबै भन्दा पिडा उनको पतीको उनी प्रतिको व्यवहारमा पर्दथ्यो। प्राय: राति सुत्ने बेलामा पतीको व्यवहार र बोली सधैँ उस्तै भए हुन्थ्यो भनेर उनको मनले भन्दथ्यो र त्यो समयमा उनलाई उनि पतीको प्यारि लाग्दथ्यो र उनको आत्तिएको मनले केहि शन्ती पाउँथ्यो। तर लगत्तै बिहान उनको पतीको व्यवहार उनिलाई फरक लाग्दथ्यो र उनि आहत बन्न पुग्थिन्।

यो जीवन न त उनले कल्पना नै गरेकी थिइन् न त उनि यसको लागि तयार नै थिइन्। उनलाई बस् यति याद छ मिठा मसिना सपना बुन्दै गरेको उनको जिवनमा उनको बुबाले एकदिन हँसिलो मुहार लिएर वैवाहीक जीवनको परिचय दिनु भन्दा पनि पहिला, बिहामा होमिदिएका थिए र फगत स्विकार्नु बाहेक उनिसंग अरु कुनै विकल्प थिएन।

कुनै दिन सबैकुरा ठिक हुने आशामा उनि दिन गुजार्दै थिइन। आजकल उनको मनमा कुराहरु धेरै खेल्न थालेका थिए। यस्तै मनमा कुरा खेलाउँदा खेलाउँदै उनि कतिबेला पँधेरा आइपुगिन उनलाई पत्तै भएन। पँधेरामा सबु नुहाइराखेकि थिइन्; आफ्नै किसिमले स्वच्छन्द किसिमले। उनि पँधेरातिर बढ्दै थिइन र कुनै समयमा आफू पनि शबु जस्तै चंचल र स्वतन्त्र थिएँ भन्ने कुरा सोच्दै त्यो गुमेको समय अब फर्केर आउँदैन भन्ने तितो सोचाईका साथ पँधेरा पुगेकि मात्र के थिइन् कुनै चट्टान जस्तो बलियो जिऊमा उनि एक्कासि ठोक्किन पुगिन्। उनले बोकेका दुवै गाग्रि उछिट्टिएर यताउता बजारिन पुगे र उनि बोकेको डोको र गाग्रि सहित कसैसंग अल्झेर नराम्रोसंग लड्न पुगिन पँधेराकै छेऊमा।

उनको मुखबाट एक चीत्कार निस्कियो। दीप उनि माथि लडेको रहेछ। उनलाई पिडा, सास्ती र लाज र डर एकैपटक आयो। उनले बल गरेर दीपलाई आफूबाट हटाइन् र हतारिएर उठ्न खोजिन् तर सकिनन्। उठ्न खोज्दा उनको दाहीने खुट्टामा पिडाको तीव्र लहर दौडियो र उनि थुचुक्क बसिन्।

 

 

 

शबु केहि लाजले खुम्चिँदै त केहि दीपले हेरिरहेको छ भन्ने कल्पनाले आत्तिँदै एकोहोरो किसिमले कपालमा फगत पानी थाप्दै थिइन र उनका हातले बस कपाल मिचेको जस्तो गर्दै थियो। उनि पँधेरामा थिइनन्, शायद कतै कुनै संसारमा लाज, रोमांच र मिठासले भरिएको विमानमा उड्दै थिइन्। उनलाई थाहा पाउन मन लाग्यो दीप के गरिरहेको छ भनेर। उनले निकै बलपूर्वक टाउको धारोबाट अलिकता छेऊमा ल्याइन र दुवै हातले कपाल मिचेको जस्तो गरेर आँखाबाट हल्का हटाइन र पँधेराको डिलतिर हेरिन्। दीप त्यहाँ थिएन! उन्ले टाउको अलिकता घुमाउन लागिन् यत्तिकैमा ठूलो आवाज आयो। केहि कुरा ठोक्किएको र गाग्रि भुईँमा बजारिएको। उनी सिधा भइन र आवाजको दिशामा हेरिन्। दीप चेलिमाया संग नराम्ररी ठोक्किएको थियो। गाग्रि भुईँमा यता उता गड्दै थियो र दीप र चेलिमाया भुईँमा अल्झेर लडेका थिए। दुँवैजनाको मुखबाट पिडामिश्रीत चिच्याहट निस्केको थियो। पानीले भिजेको भुईँ चिप्लो थियो र ठाउँ ठाउँमा ढुङ्गाहरु थिए। थाहा छैन कुन बलले हो, कुन आकर्षणले हो वा कुन मानवताको भावनाले हो शवु दौडिएर चेलिमाया र दीप लडेको ठाउँमा पुगिन्।

उनले देखिन् चेलिमाया दीपबाट अलग्गिएर उठ्ने कोशिसमा थिइन तर सफल भइनन्। उनि चेलिमायालाई उठाऊने बिचारले अगाडि बढिन् तत्कालै उनको नजर दीपतिर गयो। दीप भुईँमा लडेकै थियो र उसको निधारबाट रगत बग्दै थियो, उ पिडाले आँखा आधि मात्र खोलेर शबुलाई हेर्दै थियो।दीपको मुहार, असक्तता र रगत देखेर शबुको मन उमडियो। उनि दौडेर दीप नजीक गइन र उनको हातले अनायाशै दीपको घाउको गहिराई बुझ्न थाले। घाऊ त्यति गहिरो थिएन र रगत हल्का बगेको थियो। अनायाशै कुन शक्तीले हो शबुले आफ्नो भिजेका हातले दीपको निधार सुम्सुम्याइन् उनलाई दीपको घाऊ ठूलो लाग्यो। राता रगत बगेकोमा उनलाई भित्र कता कता पिडाको अनुभव भयो। उनले दीपको मुहार हेरिन्। दीप उसलाई टुलुटुलु हेरिरहेको थियो। अहिलेको दीपको हेराई शबुलाई मिठो लाग्यो, माया लाग्दो लाग्यो। उनलाई दीपको घाऊ दुख्न थाल्यो। उनले बिर्सिन् उनि एकसरो लुगा मात्र लाएर भर्खरै नुहाउँदै थिइन्। उनले बिर्सिन् दीपले उनलाई सधैँ हेर्दा उनलाई धेरै रिस उठ्छ। उनले बिर्सिन् यसरी अरुलाई क्वार्क्वार्ती हेर्ने मान्छेको नजिक पर्नु हुन्न। कुनै शक्ती थियो त्यो जसले उनका हात दीपका निधारमा सल्बलाऊन बाध्य बनाइरहेका थिए। उनि थुचुक्क भुईँमै बसिन् र दीपको निधार छुँदै उनि हुर्केदेखि उनको हृदयमा लुकेको मायाको भाव आँखामा ल्याउँदै सोधिन्-

धेरै दुख्या छ हो?

शबु आएर दीपतिर झुके देखि नै दिपको सम्पूर्ण दुखाई थाहा छैन; कतै हराएको थियो। सबैकुरा निकै छिटो छिटो भएको थियो। उसलाई बिश्वास गर्न गाह्रो भैराखेको थियो कि ऊ केवल लडेको थियो र निधारमा सानो चोट थियो र त्यसको पिडा उसले शबुको आँखामा देखिरहेको थियो।

छ्छ्छैन अलि अलि हो!

दीपलाई शबुको स्पर्ष कुनै मिठो संगित जस्तो लाग्दै थियो! उसले अनुभव गर्यो उसको बायाँ छातिमा शबुको भिजेको लुगा परेको थियो र त्यसले उसलाई शीतलता दिँदै थियो। सबैकुरा सपना जस्तो लाग्दै थियो।

क्यारि लडेउ तिमारु???

कसैले बोलेको सुनेर दीप र शबु दुवै यथार्थमा आइपुगे।

माष्टरनी चेलिमायालाई उठाउने कोशीस गर्दै थिइन् र सान्नानी टुलुटुलु कहिले दिपलाई, कहिले शबुलाई र कहिले चेलिमायालाई हेर्दै थिइन।

-------
 
Posted on 07-14-08 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"यो जीवन न त उनले कल्पना नै गरेकी थिइन् न त उनि यसको लागि तयार नै थिइन्। उनलाई बस् यति याद छ मिठा मसिना सपना बुन्दै गरेको उनको जिवनमा उनको बुबाले एकदिन हँसिलो मुहार लिएर वैवाहीक जीवनको परिचय दिनु भन्दा पनि पहिला, बिहामा होमिदिएका थिए र फगत स्विकार्नु बाहेक उनिसंग अरु कुनै विकल्प थिएन।"

Jimmal ba....yo line padhda kasto kasto bhayo....... katha sadhai jastai utkrista cha...

 


 
Posted on 07-14-08 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो दु:खलाग्दो कहानी छ जस्तो छ मेरो त! बिचरा म! सार्है माया लाग्यो!

 
Posted on 07-14-08 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

punte da kasto badmash sannani lai khojna bhanera hideko kukhura chabauna po thaleko :O

huda huda hajurba shudhdha natini harai bhanera khojna hidya manchhe, malai kalle bachayo matra bhanyachha achamma :O

chwa chwa chelimaya kati sahanshil. hehe ma ni pugechhu padherama ta. :)


 
Posted on 07-15-08 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बअन्ती हेहेहे बसन्ती- कस्तो कस्तो भयो बा? धन्यवाद्!

चेली नानी- बरा! दुख पाउँदैनौ बा पाउँदैनौ तिम्रा नि दिन आउँछन्! :)

सान्नानी- तिम्रा हजूरबाको कथा आउँछ अब।

सबैलाई धन्यवाद्।


अर्को भाग भ्याइयो भने आज।


 
Posted on 07-15-08 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिचरी चेलीमाया,एस्तै हो भने को सँग हिन्न बेर लाउदिन है चेली 
दिपे लाई पो खुवा पल्टेछ, लडेर,कस्तो मायाले सुम्सुम्याएको नि दिपे को निधार सब्बु ले।
मास्टर्नी ले गाउ हल्लाउने होला अब,दिप र सब्बु को कुरा।
नातिनी तिमी त मास्टर्नी सअँ छौ भन्ने था पार नि आफुलाई खोलो ले काँ काँ पुर्याइसको होला।

अर्को भाग को पर्तिछ्यामा


 
Posted on 07-15-08 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बल्ल पढ्न भ्याएँ। दीप र सब्बुको मायाप्रीती नै बस्न थाल्ने हो कि कसो? लौ अघी बढम् अझै।    

 
Posted on 07-15-08 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिन्न त परिगो नि विष्ट हजुर्बा, पानी पँधेरो, घाँस-दाउरा मेलापात गर्नै पनि!!


 
Posted on 07-15-08 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घरआँ तेह्तो हेपाइ खार बह्ननु भन्दा त एउटा राउँरो केटो रोजेर हिन्ने नि भन्या चेली।
सअर जाने अनी पानी पँधेरो, घाँस-दाउरा मेलापात गर्नै परेननी।
 
Posted on 07-15-08 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रा भ'नि नराम्रा भ'नि, अब त सात जन्मको, के भन्छ,  कन्ट्राक्ट छ यिनैसँग, विष्ट हजुरबा। अर्का सँग हिन्ने त सवालै छैन ।
फेरि यि मान्छे नि नराम्रा होइनन् नि बानी नै अलि कडा छ त के गर्नु ।

 
Posted on 07-15-08 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा लेख्दै जाँदा लम्बिँदै जाने सुर गर्यो। त्यसैले अब केहि भागमा यो पहिलो पाटो सक्काउने बिचार गरेको। भन्नाले 'पहिलो सिजन' के!

 

त्यसै सिलसिलामा एउटा निकै सानो तर मिठो पाटो-

 

बिहान झिसमिसेमै उसको आँखा खुलेको थियो र फेरि निद्रा परेको थिएन। हिजो अबेला सम्म नातेदारहरु संग कुरा गर्दा ढिलो भएको थियो त्यसैले सुत्नासाथ ऊ निदाएछ।

उठेर कुनामा हेरेको थियो, चेलिमाया गहिरो निद्रामा थिइन्। उसले निकै बेर आफ्नी अर्धाङ्गिनीलाई हेरिरहेको थियो। निर्दोश अनुहार निद्रामा अझ निर्दोश देखिन्थे। ऊसलाई अनायाशै पत्नी प्रति गहिरो माया उमडिएर आएको थियो। हिजो दिनभरि देखि राति सम्म उनले काम गरेको गरेइ थिइन्। दिनभरिको काममा थाकेकि छिन् भन्ने पनि उसलाई थाहा थियो, उसलाई थाहा थिएन त बस् घर धन्धाको काममा कति थकाई लाग्छ भन्ने कुरा! दिनभरिमा कुनै पनि समय उसलाई उसकि आमाले चेलिमायालाई प्रयोग गरेका बचनहरु मन परेका थिएनन् तर ऊ केहि बोल्न सकेको थिएन।

पाहुना हरु घरमै थिए र बिहान भैसकेको थियो। बाहिर कुनै पाहुनाले खोकेको आवाज आइसकेको थियो र यो घरको, यो गाउँको मान्यता अनुसार यो घरकि एक मात्र बुहारी उसकि अर्धाङ्गिनी चेलिमाया अब उठ्नु जरुरि थियो।

उसले निस्कने बेलामा फेरि एक पटक चेलिमायालाई हेरेको थियो। चेलिमायाका खुट्टा सिरकबाट बाहिर थिए। उसको नजर फुटेका कुर्कुच्चामा परेका थिए। उसलाई याद थियो उसले चेलिमायालाई भित्र्याएको रात उनका कुर्कुच्चा मुलायम र केहि खस्रो चिजले छोए मात्र पनि रगत बग्ला जस्ता थिए। उसको मनबाट पत्नी प्रतिको असिम माया र भक्कानो एकैपटक छुटेको थियो।

सुतोस बिचरी निद्रा नपुगुन्जेल!

उसले मनमनै मायाले भन्दै बाहिर निस्किएको थियो।

 

ऊ महारानी उठिबउसिओ!

आमाको वाक्य उसको मुटुमा पनि चेलिमायालाई जस्तै गरेर बिझ्यो र उसले पुलुक्क लिस्नो तिर हेर्यो।

उसलाई आफ्नै मुटुको टुक्रा विवश र लाचार लिस्नोबाट लड्खडाउँदै ओर्लिएर झुक्दै बाहिर निस्केको जस्तो लाग्यो। उसको मन अमिलो भयो।

उसलाई पत्नी संगसंगै बाहिर जाउँ र एक पटक अंगालोमा बेरेर अब दुख हुँदैन भनेर सम्झाउने तीव्र चाहना भयो। पाहुनाहरु कुरा गर्दै थिए र उसकि आमाले भर्खरै चेलिमाया ढोकाबाट बाहिर निस्कँदा नराम्रो मुख बनाएकि थिइन्। ऊ बाहिर जान सकेन र एकजना पाहुनाको कुरा बुझेजस्तो गरेर मुखमा नक्कलि हाँसो ल्याउँदै अँगेनामा रातो हुँदै गएको अँगार हेर्न थाल्यो।

धेरै बेर उ चेलिमायालाई सम्झेर मन लागि नलागि पनि पाहुनाहरु संग कुरा गर्नमा व्यस्त भयो। उसलाई असह्य भयो। एउटा गाग्रि मात्र पनि उसले बोकिदिन सके उसकि पत्नीलाई आधि सास्ति कम हुन्थ्यो र मिठा मायाका दुई कुरा मात्र गरिदिन पाए पनि उनको थकाई हराउँथ्यो भन्ने लाग्यो उसलाई।

आमा म एकछिन कैले साउकाँ पुएर आम्छु!

यति भन्दै ऊ जुरुक्क उठ्यो।

उनकि आमा वाल्ल परेर छोरालाई हेर्न थालिन् र सहमतीमा टाउको हल्लाउँदै घुँडामा तेल लगाउन थालिन्।

ऊ बहिरियो।

पत्नीको मायाले छोपिएको ऊ लगभग दौडँदै ओरालो बाटो पँधेरातिर जाँदै थियो। बेला बेलामा हिजोको झरिले भिजेको बाटोमा हल्का चिप्लिएर उसलाई ठेस लाग्दै थियो तर पनि ऊ दौडँदै थियो।

ऊ पँधेरा नजिक पुग्यो। उसले पँधेरामा भिड जस्तो देख्यो। उसको आँखा अगाडि चेलिमायाको अनुहार आयो, मन आत्तियो, ऊ झन दौडियो।

उसले देख्यो माष्टरनी नानिलाई, सान्नानीलाई। नजिकै भुइँमा लडेको दीपलाई र दीपतिर झुक्दै बसेकि शबुलाई, र उसले देख्यो पिडाले मुख बिगार्दै भुइँमा बसेकि आफ्नी अर्धाङ्गिनीलाई!

ऊ दौडिएर त्याँ पुग्यो र चेलिमायालाई अंगाल्दै सोध्यो-

के भयो बाबा?

चेलिमायाले पुलुक्क आफ्नो पतिलाई हेरिन्, पतिको आँखामा माया देखेर उनको भक्कानो छुट्यो, उनले हातले दाहिने खुट्टा देखाउँदै यहाँ दुखेको भन्ने बोध इशाराले गराइन् र पतिको कुममा टाउको झुकाउँदै धुरुधुरु रुन थालिन्।

-----

Last edited: 15-Jul-08 02:33 PM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
From Trump “I will revoke TPS, and deport them back to their country.”
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters