gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४२ --

[Please view other pages to see the rest of the postings. Total posts: 552]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT PAGE
[VIEWED 151025 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 28 pages, View Last 20 replies.
Posted on 01-16-07 11:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
           
--चौतारी -- भाग ४२ --


हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै यस ४२ औं संस्करणमा आइपुगेकोठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

अन्तमा,
  • मैले चित्रकुमारलाई सोधेको प्रश्नको सही जवाफ नआएकोले सार्वजनिक रुपमा यहाँ राख्दैछु। "2+2=5" कहिले हुन्छ ?
  • गोताएँको "गजलको भाइ, गीतको दाइ, कविताको भतिज, मुक्तकको काका"
    मैले धेरै लेखें खाममा तिम्रो ठेगाना
    आज बल्ल देखें खाममा तिम्रो ठेगाना

    थाहा छ बजारमै खोसाखोस भएको
    दाग थोरै भेटें खाममा तिम्रो ठेगाना

    थाहा छैन के छ भित्र, तर ढुक्क छु
    मैले आगत टेकें खाममा तिम्रो ठेगाना
  • त्यसमा राहुल दाइ र म स्वयंले खोक्स् दिएका केही हरफहरु
    प्रेम को नयाँ घर हो सालौं देखि सजाएको सपनाको
    आज हिम्मत नहारी लेखे मेरो नाम मा तिम्रो ठेगाना

    अभरैमा दोधारैमा खोली हेर्न मन लाग्छ
    च्यातिन्छ कि डर लाग्छ, खाममा तिम्रो ठेगाना
  • अनि कुम्लेको इ-प्रेमिकाको ठेगाना खोज्ने अभियान सम्बन्धी
    धेरै लेखेँ इमेलमा मैले मेरो ठेगाना
    आएन कहिले इमेलमा मेरो तिम्रो ठेगाना

    आत्तिदै हेर्छु स्क्रोल गरि इमेलको पुछारमा
    आउँछ कि भन्ने आशा छ अझै तिम्रो ठेगाना


यस चोटि चाहिं पार्कमा बसेर घाम तापौं।

 
Posted on 01-19-07 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरि राउनितिआँ पुल्टिस घुसाए गाम्लेले!
हैन रमैलो कुरो अरुम न गाँठे! यो एउडो धागोलाई त छाड ठिटा ठिटिओ!
अलि ब्यार गन्थन अरुम चाइन्जो दिनभरिओ, जिन्तखिको दुख बिराम बिर्सुम भुनेर कुरो अर्ने ठाम पो हो त गाँठे यो त!
 
Posted on 01-19-07 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी नानु नि आइछिन्! मुनासिब कुरो अरेउ बा तिमीले!
लु परसादे तिउँरो नाउँ परसादे भओ आज देखुन्! :)
बरु यसो हँसि मजाखा कुरो अर, दुख सुख चाइन्जो बाँडचुँढ अर!
भरे बेलुकि हाम्रामा नमेले बन बाट ल्याको दोटा बन कुखुरो काटेर भतेर अर्ने भनेओ छौँ, तिम्लाई नि निम्तो छ है! बरु यसो एउ दुई जर्किन तिनपाने बोकेर आम्नु। आफूलाई त अचेल तिनपाने लगाओ कि पेट देखुन छाति ढाड सपै पोलेर ल्याम्च, तै नि यि भाउते, कुम्ले जस्ता लाठेहुरलाई मजा हुन्तो!
हरिशरणम्!!
 
Posted on 01-19-07 12:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वीरखे दाई दोटा, भतेर अर्ने, तिनपाने भनेको के हो ?
 
Posted on 01-19-07 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:-))))))))))

कतति हाँस्नु ! पल्लो रुमको मान्छेले मलाई खुस्कियो भन्ने ठान्यो होला ल ! :D :D :D :D
यो चित्रेले जिम्मालको हर्कत लिएछ । :-) भन्न मात्र जिम्माल हो के, मुन्छे त पातकी नै हुन नि बुढा। :p

............दुबैजना शान्त भएपछि दोश्रो तरीकाले जुरेलीलाई आकर्षित गर्ने उद्देश्यले अलि रोमान्टिक हुँदै भन्न लागे "हेर जुरेली! मेरो आँखा नजीकबाट नियालेर हेर! तैंले जति नै नियाले पनि तेरो लागि जन्मेदेखि साँचेर राखेको माया सँगालेको छु। मैले कसरी तँलाई छली ढाँटी गर्ने सकुँला र? भन् तँ मेरा आँखामा के देख्छेस्? देखिस् माया र पियार?............

ही ही ही गालब :p कस्तो साँच्चिकै जस्तो लागेर काउकुति लागयो मलाई त। :-) सुरुमा के भनेर गफ सुरु गर्ने होला भनेर डर लागिराथ्यो। :p साँच्ची त्यसो भन्ने दिन कहिले आउला खै ! हरिशरणम ! :-)


......"भउते!---- भउते, तिम्रो आँखामा त म चिप्रा बाहेक केही पनि देख्दिन।" .........

LOL !!! हाहाहाहाहाहाहाहाहा , एक पल्ट ऐना तिर नहेरि सुखै पाइन ल ! :-) :-) :-)

जावस जावस प्रभुहरु !हजुरहरुले आजको मेरो दिन बनाइदिनुभो। :-)

प्रचन्डलाई स्वागत, हतियार कन्टेनरमा राखेर आउनुस् :-)

:‍-)
-भउते
 
Posted on 01-19-07 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानि तआआआआअअअ....

दोटा=दुई वटा
भतेर = भोज
अर्ने = गर्ने
तिनपाने= रक्सि

अब बुझ्यौ? तआआआआआअअअ :):)
 
Posted on 01-19-07 12:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुझेनी ताआआआआआआआआआआआआअ
 
Posted on 01-19-07 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा हाम्रो प्रचण्डजी नि आउनु भा'रेछ नि चौतारीमा!! स्वागत छ है!! हुन त तपाइँको नाम परसादे भइसकेछ है नत्र प्रचण्ड नि राम्रै थियो। जे होस परसादे जी, आउनुस रमाउनुस हाँस खेल गर्नुस्, कथा कविता लेख्नुस्, त्यहि हो हाम्रो चौतारी!!
केटाकेटीहरु डराइसकेछन् प्रचण्डजीको नाम सुन्ने बित्तिकै, नडराउ है कोहिपनि!!!

तितौरी ROTFL भनेको के हो? :पि
ठुली ताआआआआ भनेको के हो? ;-)
भउते :‍-) भनेको के हो? :एस
जिम्माल बा मजाखा भनेओ के हो? :-?

:D
 
Posted on 01-19-07 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूली, तिम्रोलागि यो कविता, ;)


सुन्दर, सौम्य तिम्रो आकृतिलाई
मेरो आँखामा गर्न चाहन्छु कैद
सुरिलो, मीठो तिम्रो बोलीलाई
मेरो कर्णमा गर्न चाहन्छु कैद

 
Posted on 01-19-07 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL कुम्ले बाबु

हँसि = हाँसो
मजाखा= मजाक को



साँच्चै यो ROTFL भनेको के हो?
 
Posted on 01-19-07 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Roll on the floor laughing hola ni.

BMLB bhaneko jastai ke jimmaal baa.
 
Posted on 01-19-07 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि साँच्चि प्रचन्डले हाम्रो कुम्ल्या चिठी पढेछन् कि पढेनछन् हँ? :)
 
Posted on 01-19-07 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो धन्देबात सान्नानि!
तिउँरो मुखाँ धेरै पुस्टकारि र चउलेठ! :)
अनि के छ बा गाउँ घरतिरको हालखबर? हजुरबालाई कस्तो छ?
तल्लोबारिको गोठ छाउने कुरो के भओ? यसपालि मकै बोडि कत्तिको परो?
साँच्चि गुइँठे जेठो मुउलान पसो भन्ते कइले गएछ हँ? सुन्तलि पनि पोइला गई रे!
लु सपै बेलि बिस्तार लाऊ त म बुडोलाई! लु यो चकटिमा बसेर कुरो सुरु अर म तमाखु तान्दै सुनुम्ला! :)
 
Posted on 01-19-07 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो ROTFL भनेको के हो?
 
Posted on 01-19-07 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन के बिधि पुस्टकारी र चौलेठ् हाल्द्या हो मुखा जिम्माल् बाले घाँटिमै अड्केर क्याक्ल्याक्क हुन लागे म।

लोल् जिम्माल् बा, हउर् मलाइ देख्नै हुन्न प्रश्नै प्रश्न थोपर्नु हुन्छ किन् हो कुन्नि? म त्यस्तो खबरी जस्तो लाउछ र हउरलाई, फेरी कस्तो गारो गारो कुरो सोध्नुहुन्छ के? यो "मकै बोडि कत्तिको परो" भनेओ के हो?

हारोँ हजुरबा ठिक् हुनुहुन्छ, जिम्माले नि आउँदैन अचेल् पहिले त खुट्टो खुम्चाउँदै भ नि टुप्प्लुक्क आइपुग्थो बात् मार्न भन्नु भाछ हजुरबाले।

गुइँठे जेठो भन्या को हो र बा म त जान्दिन त तिनलाई। काँ सुन्तली पोइल जानु बरी, पोइल जान पाम् भनेर बर्त मात्र बस्या रे, गाउँमा नचाहिने हल्ला फैलाइदेछन् बरी लाई। :)
 
Posted on 01-19-07 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम है सबै लाई, नयाँ गाम्ले आए छन्, स्वागत है, चिलिम तान्नु हुन्छ कि प्रचण्ड आका परसादे जी । रमाइलो गरम्, नानी हरु, बुढो कुना बसेर सुनु रहन्छ ।
 
Posted on 01-19-07 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ROTFL= ROLLING ON THE FLOOR LAUGHING ! :D
 
Posted on 01-19-07 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D:D:D saannu hasayau !
 
Posted on 01-19-07 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी के छ सप्ताहन्तको प्लान्?
 
Posted on 01-19-07 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे सान्नानि!

मकै बोडि = मकै उम्रेको ठाममा लगाउने बोडि
कत्तिको परो= कत्तिको पर्र्यो = कत्तिको फल्यो

हल्ला मात्तै हो रे?? क्यार्नु बा, यो सोजो बुडोलाई नानाभाँति सुनाम्छन गाम्लेले, जे फलाक्छन चाइन्जो तेइ पत्याम्छु! हुन नि हो क्यार्न पोइला जान्थिन त नि, अनपारकी छिन् तिनी सुन्तलि ! :)

तितौरीssss... तितौरा खाने???
रोटफल! :):)
 
Posted on 01-19-07 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्पालि चाइ गज्जप् को प्लान छ सान्नानि सप्ताहान्त को!
तिम्रो नि ?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
TPS Re-registration case still pending ..
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
Basnet or Basnyat ??
TPS EAD auto extended to June 2025 or just TPS?
nrn citizenship
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
whats wrong living with your parents ?
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters