nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २१ ~

[Please view other pages to see the rest of the postings. Total posts: 451]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
[VIEWED 125371 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 23 pages, View Last 20 replies.
Posted on 08-02-06 10:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





नमस्ते चौतारीबासीलाइ । २० औ चौतारीले ३०० वटा धागा काटी सकेको ले २१ औ चौतारी जग हाल्ने काम फेरी पनि मैले नै सम्हालेको छु । २० औ चौतारीमा पुराना मित्रहरुका रमाइला
रचना र गफका साथै नया मित्रहरुका उत्क्रष्ट रचना पनि पढ्ने मौका पायौ । यो नया चौतारीमा अझ गहकिला रचना र रमाइला गफ थप्दै जानुपर्छ । बर्षलाइ १२ महिनामा बांडे जस्तै
अब देखि यो चौतारीको जग पनि हरेक १५ दिनमा ( पाच्छिक ) रुपमा आइतबार जग हाल्ने कुरा कस्तो लाग्छ ? तेसो गर्दा अलि मेसो पर्थयो कि ?


२०औ चौतारी रमाइलो बनाउने साथिहरुलाइ २१ ओ चौतारीमा पनि तेस्तै गर्ने आशा राख्दै स्वागत गर्दैछु नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, काका,निरे,सन्जु, सिरे, भौते, गोतामे,
मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, चमेली,लन्लि,
रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती,हिते ,नारने, कैले,ग्वाचे, झाक्री, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर,
सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे लाइ ।


पुन्टे दाइ र भउतेको जुरेलीसित को कुरो मिलेको हुदा अब भउतेले घरजम गर्ला जस्तो छ । हामीहरुले पनि जन्ति बाख्रो खान पाइने मेसो पर्ला जस्तो छ ।मिसले पनि सबैलाइ पढाउदै अनुशासनको बाटोमा डोराउदै हुनुहुन्छ ।





काँचो सम्झि बेलौति-आर माझमा
पाक्यो र अम्बा भै बाँचुन्जेल सम्म माया हानपैतालि झम्म

बिरफाँट्याको जुवा माउरिर-माझमा
काँ बाट जम्माभै बाँचुन्जेल सम्म मायाँ हाँनपैतालि झम्म

रामिडाँडा सिपाचौर रमझम
रामिडाँडा सिपाचौर रमझम
रमाईलो बन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम
रमाईलो बन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम
कइले भेट होला भनि रमझम
कइले भेट होला भनि रमझम
आत्या थ्यो मन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम
आत्या थ्यो मन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम

 
Posted on 08-07-06 11:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन धेरै मुनासिब कुरा अर्नुँभो मा्टर्नी नानी तपाईले!
चौतारीमा अब चाहेर पनि सस्तो कुरा अर्न पाइन्न। अब चौतारी तेसइ कुरा टाइप अर्ने ठाम मात्र हैन...यो त गाउँ हो हामि सबैको, बुढा पाका, तन्नेरी, केटाकेटि सबैको :)
 
Posted on 08-08-06 12:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो जुन '+++' लेखाइले अमर्यादित रुपमा पेश भएको भन्ने आरोप छ, त्यस्लै म स्विकार्छु र यो पनि मान्छु कि भावनात्मक रुपमा सबै पाठकहरुलै छुन म असफल भएछु। जे भएपनि हाम्रो बाल्यकाल, गाउँका बोलीचाली बाट कोहि पनि अपरिचित न होला।
ब्यक्तिगत रुपमा कसैको मन छुने गरी लेखिएको छ भने सिधा रुपमै (+++को प्रयोग नगरीकन) गलत शब्दको प्रयोग भएको भए पनि त्यस्को प्रभावमात्र अनुभव गरिन्छ, त्यसको अश्लिलता तिर ध्यान दिइदैन (?)।
कथा कारुणिक वा बियोगान्त रसमा लेखिएको भए त्यो शब्द वा त्यस्तो इन्डिकेसनमा ध्यान जाँदैनथ्यो होला।
 
Posted on 08-08-06 8:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले को कथा बल्ल पढ्न भायो । धरै राम्रो लाग्यो । र साँहिला दाई को कथा नि राम्रो छ ।
लौ म त हाजिर भए रोल्#६ थुलि
हजुरर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍ गुरुआमा
 
Posted on 08-08-06 8:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साइलासंग मैले पनी कुम जोडे है । खास गरी तेस्ता "मु‌‌‌‌++" अथावा "जा++" आदि इत्यादी शब्द झर्रो शब्दले परिचित छन। अर्थात ति सेन्सर गर्नै पर्ने शब्द होइनन र बोली चालीमा प्रशस्त पर्योग गरिन्छन । तेसैले यि शब्दहरु कथा अनुसार कथाको क्षेत्र भित्रै छन कि भन्ने मेरो बिचार छ । साहित्य कलामा कैले काही त्यस्ता अप्ठ्यारा ठाउ आउछन ।
 
Posted on 08-08-06 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्ते दाई कति हसाउन सकेका हुन कुन्नी ।
 
Posted on 08-08-06 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साहिलालाई मेरो पनि समर्थन छ।

हुन त, मास्टर्नि नानीले उठाउनु भएको कुरो पनि जायजै हो। साझामा चौतारीले एक उच्च स्तरको साधरणतया अश्लिलता विहिन मनोरण्जनात्मक धागोको स्थान लिएको, र यस स्थानलाई कायम राख्नु पर्छ भन्ने तर्कमा मेरो पनि दुई मत नहोला। यस बिषयमा म मास्टर्नि नानिको जत्तिको कदर गर्छु, उत्ति कै वहाँको बिचारलाई पनि।

तर, साहिला ले प्रयोग गर्नु भएको “‌‌‌+++” को बारेमा…

माथि नेपेले भने जस्तो कति पय नमिठा शब्दहरुको प्रयोग हाम्रो बोलीचालीमा प्रशस्त प्रयोग हुने गर्छन्, बिशेष गरि तरुणो उमेरका केटाहरु बीच। अहिले यो उमेरमा त्यस्तो बोली त्यागि सकेको भए पनि म पनि त्यसरी ने हुर्कें, र मलाई लाग्छ अक्सर गरेर हाम्रा अन्य दाजु भाई पनि त्यसको भागि हुनु हुन्छ।

त्यसरी पर्याप्तिमा प्रयोग हुने गरेका अश्लिल शब्दहरुको अभिप्राय अनुचित भएमा मात्र त्यसको अर्थ र सान्दर्भिक्‌ता पनि अनुचित हुन जान्छ भन्ने मेरो राय छ। हैन भने, अभिप्राय अनुचित नभएको खण्डमा, कुनै पनि लेखमा यथार्थलाई स्वीकारेर जस्ताको तस्तै प्रसतुत गर्दा उक्त लेखको मिठासले अर्कै बिशेष स्थान लिन्छ जस्तो मलाई लाग्छ।

यति भन्नुको अर्थ यो होईन कि समाजमा रहेका हरेक अश्लिलता नाङ्गो र खरो रुपमा प्रस्तुत होस्। यसको निम्ति कहिले “metaphore” को प्रयोग गर्न सकिएला, त कहिले “censor” को। साहिलाले “sensitive” पाठकहरुलाई ध्यानमा राखेरै, अनि ऊनीहरुको उचित कदर गरेरै “+++” को प्रयोग गरि केहि तेस्तै शब्दहरुलाई “censor” गरेका छन्। जसमा मेरो कुनै व्यक्तिगत संकोचको साटो प्रशंसा मात्र छ।

अन्तिममा, समाजमा रहेका “अनुपयुक्त” ठहरिने बोली, व्यवहार र चलनहरुको यथार्थलाई सीधै सामना गेरेर मात्रै चाहनेलाई त्यस्ता अप्रिय चलनहरुको उन्मूलन गर्ने दिशा तर्फ लाग्न सकिन्छ भन्ने मेरो बिश्वास छ। “Avoid” गेरर हुँदैन।

बिचार, सोंचाई र रायमा भिन्नता हुनु स्वभाविकै हो। कसैलाई मेरो सोंचाईसंग मञ्जुर नहोला। तर नामंजूरीको कारण एक अर्काप्रति संकोचित भावना राख्नु मेरो अभिप्राय न कहिल्यै थियो, न कहिल्यै रहने छ। चौतारीका सम्पूर्ण गाम्लेहरु प्रति मेरो प्रेम, आदर, तथा मित्रता यथावत रहेको छ।

मेरो दुई कौडी। भुलचुक माफ!

:)
 
Posted on 08-08-06 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोल नम्बर ५ हाजीर मिस
 
Posted on 08-08-06 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

...............यति भन्नुको अर्थ यो होईन कि समाजमा रहेका हरेक अश्लिलता नाङ्गो र खरो रुपमा प्रस्तुत होस्। यसको निम्ति कहिले “metaphore” को प्रयोग गर्न सकिएला, त कहिले “censor” को। साहिलाले “sensitive” पाठकहरुलाई..........................

तेस पछि पुन्टेदाईले के के हो मिठो मिठो कुरो अरे गाम्लेओ, म त सुनेओ सुनेइ भ'को। जे कुरो नि हो अस्तो लाउने गाँठे! एसपाली हाम्रो गामको पर्धानमा ( माफ पाम आफु ठिटो छँदा गामको चुनाउ जित्नेलाई पर्धान भन्ते के रे आजकल के भन्छन था छैन ) पुन्टे दाईलाई उठाए कसो होला? :):)
 
Posted on 08-08-06 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"पुरोढ सिछ्छे रोल लम्बर एक (रोल लम्बर एक त फस भाइ को हुन्छ के रे :)), बिर्खे माईला"
"हाजीर माष्टरनी नानी"
 
Posted on 08-08-06 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोल्न् २२
हाजिर् मिस

लौ त्यो + - जस्ता कुरा त अङ्क हरु जोड्न घटाउने मात्र होला जस्तो लाग्थ्यो इस्कुलाँ मिस् ले पढाउदा तेइ भे'र हामि केट्केटि (मिस् पनि )हुर् अचम्म म पर्या हुम् के रे।
लौ यहा त कुरो ठुलै पो होला अस्तो छ ,मिस् कता जानु भे'छ्, मिस् मिस् बन्द अर्नु परो यो हजुर् ले उठाएको कुरो
हाम्लाइ आइले अङ्क को मात्र + -पढाउनु भे' हुन्छ ।
 
Posted on 08-08-06 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ho ho tirule bhanejastai haami +/- hisabko matra sikhne aru nasikhne.
 
Posted on 08-08-06 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसो चौतारीमा गफ अरम भनेर छिरेको त दुइ ग्याङ भ'र हातमा ढुङ्गा ले'र, पाखुरा सुर्किँदै बसेका रे'छन गाम्लेहरु। :-)

तितौरी र भान्जी पनि कम्मरमा सल बाँधेर नाक र आँखा फुलाउँदै झगडा अर्न तम्सेका गाँठे। :p

लु म त भागेँ है, अनिकालमा सख्खर जोगाउनु, भिड भाडमा खप्पर जोगाउनु। :p

पुन्टेदाई, हउरले चैँ हेलमेट लाउनुस है। हुन त पर्होइन, ढुङ्गा सुङ्गा चिप्लिन्छ हजुरको खप्परमा त। :-) :p

लु झगडा अर्दै अरम, म चैँ मु++ बोक्न डोको तयार पार्दै अर्चु। चैँनि क्यै भै हाल्यो भने हास्पताल दुकुराउन परो नि। (मु++ भनेको मुन्छे हो है फेरि) :p

भागोsssssssssssssssssssssssssssssssssss !

:-)
-भउते
 
Posted on 08-08-06 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-08-06 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिहि हसाउनु भो भौते दाइ ले ।
सान्नानि धेरै दिन् पछि देखियौ नि? क्यार्दै थियौ?
 
Posted on 08-08-06 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

...हाSSSSS...घाँसै काटि दुई खोलि दोभान
हाँसि हाँसि बिताम्ला जोबान
तानसेन खस्यौली
जोबन साँचेर कति बस्यौली...

 
Posted on 08-08-06 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-08-06 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि हो मा हो है त्यो +- क्या हो क्या आफु ले बुझें भा मार्दिम्!
क्यार्नु र आफ्नो गाममा त रमाइलो हुँदै छ भोली, त्यो क जाती एन डि पि(न्याश्नल डे परेड) रे! टिकेस् त पाइयेन तेइ पनि बाटो हुँदा हेर्नु पर्ला।
खै के खै के!
आफ्नु त पहिलो बर्ख हो यो गाममा!
हेरुम है गाम्लेहरु कस्ता कस्ता अर्दा रैचन यि गामका हरुले!
रोल न १५
मिस्टे
हाजिर मिस्!

 
Posted on 08-08-06 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-08-06 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

..हाSSSS... पानी परो सालघारी सुसायो
ठट्टा गरो तिम्रो पोइ रिसायो
तानसेन खस्यौली
जोबन साँचेर कति बस्यौली...

 
Posted on 08-08-06 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरु फोटाँरु आँफै खिचेर हाल्छु भनेको त कहाँ थिचिईच् (Aru) मात्रै पो भएछ:P

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
TPS EAD auto extended to June 2025 or just TPS?
whats wrong living with your parents ?
Why Americans reverse park?
मैले नबुझेका केहि गीत का lyrics हरु
कल्लाई मुर्ख भन्या ?
मन भित्र को पत्रै पत्र!
Now Trump is a convicted criminal .
TPS Renewal Reregistration
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
TPS advance parole Travel document i-131, Class of Admission ?
lost $3500 on penny stocks !!!
Does the 180 day auto extension apply for TPS?
Shot Dead
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Nepalese Students Face Deportation over Pro-Palestine Protest
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters