[VIEWED 132119
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 04-15-05 7:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मञ्जु, मलाई माफ गर है ! आत्मकथा - ओके मेरो भन्नु: नेपाल छोडेको पनि आँउदो अगष्ट १२ तारिका दिन ठ्याक्कै ४ बर्ष पुग्छ । नेपालवाट पाईलो निकालेको दिन देखि फेरि टेक्न पाईएको छैन । काठमाण्डौमा हुदा सम्म त थोरबहुत मञ्जुको खबर पाउँदै थिएँ, गुपचुप रुपमै भए पनि । तर आजकाल त वेखबर छु । के गर्दै होलिन् मेरी मञ्जु ? कस्तो होला उनको दैनिकी ? मलाई अझै सम्झँदै होलिन् कि बिर्सिसकिन् होला ? यदि फेरी कहिँ कतै भेट भैहाल्यो भने मसँग बोल्छिन् होला कि तर्केर हिड् छिन् होला ? देख्दा पनि नदेखे जस्तो पो गर्छिन् कि ? निको भैसकेको उनको घाउ भेटघाटले बल्झाई दिने पो हो कि ? मेरो घाउ त कहिल्यै पनि निको नहुने रहेछ । मञ्जुलाई बिर्सन त अर्कै जन्ममा भए मात्र, यो जुनिमा त असम्भव भो । मसँग के छैन आज, सबथोक छ । मलाई धेरै माया गर्ने श्रीमति छिन् । काखमा ३ बर्षे कल्कलाउदो छोरो छ । छात्रवृतिमा राम्रो विश्वविद्यालयमा पढ्न पाएको छु । ३ जनाको सानो परिवार जेनतेन धान्नलाई आर्थिक समस्या पनि खासै छैन । अब त अध्यायन पनि सकिन लाग्यो । छिट्टै एउटा सानो जागिर पाएँ भने भावी जीवन पनि सजिलै बित्ला । तर किन मलाई के के नपुगे जस्तो, के के बिगारे जस्तो भैरहन्छ ? किन अघि पछि उनकै छाँया मात्र घुमिरहन्छ ? किन श्रीमति र छोरोको विचमा ओछ्यानमा पल्टदा पनि उनको सम्झना मै छर्लङग उज्यालो हुन्छ ? किन बितेको बिगत फिल्मको रिल झैं घुमेको घुमै गर्छ? न त हामी विगतमा नै जान सक्छौं, न त विगतको गल्तिलाई सच्याउन नै । यो सर्वसत्य कुरा थाहा हुँदा हुँदै पनि यो मन किन मानिरहेको छैन? यो सब किन भईरहेछ ? यी प्रश्नहरुको उत्तर मसँग छैन । सायद मञ्जु सँग पनि त छैन होला । जानाजान भएको गल्तिको कुरा अर्कै हो । अञ्जान मै यति ठूलो गल्ति होला भन्ने मैले कसरी सोच्नु ? जब मैले तथ्य कुरा बुँझे, समय धेरै अगाडि गैसकेको रहेछ मञ्जु । म फेरी फर्कन सकिन, मलाई माफ गर । मैले अरु कसैलाई बचन दिईसकेको थिएँ, तिमीले मनको वह मसँग पोख्ता । त्यो रात मैले धेरै सोचें । एकमन त तिमीसंगै जीउन अरु सब कुरा त्यागिदिऊँ जस्तो पनि कहाँ नलागेको थियो र ? तर फेरि सोचें, त्यसो गर्दा पनि त अर्को एक जनाको जीन्दगी त बर्बाद हुन्थ्यो नि । बरु तिमी त धेरै परिपक्क छौ, तिम्रो मन त ठूलो छ, अनि तिम्रो मायाले त फलामको मुटु भएकोलाई पनि पगाल्न सक्छ । जोसँग जीवन बिताउनु परे पनि तिमीले सब कुरा मिलाउन सकिहाल्छेउ नि । भनिन्छ, असल आईमाई भएको घरलाई बनाईरहनु नै पर्दैन आफैं बन्छ । त्यही सोचेर नै म तिम्रो अँगालोबाट टाढिने कष्ट गरें । यस्तो निर्णय गर्न मलाई कति छट्पटी भएको थियो ? आँखाबाट झरेका आँसुका बलिन्द्र धाराले पुरै सिरानी भिजेको थियो । रुँदारुँदा घाटीँबाट थुक पनि निल्न नसक्ने भएको थिएँ । मञ्जु ! म यो जुनिमा तिम्रो हुन सकिन, तिमी मेरी हुन सकिनौ । यस्मा तिम्रो कुनै गल्ति छैन । नजानिकनै गल्ति त सब मबाट भएछ । मैले तिम्रो मनलाई पढ्न सकिनछु । मलाई माफ गर है । आसा छ, तिमी जस्तो विशाल ह्रदय भएको मानिसले अबश्यै माफी दिनेछौ । अहिले तिमी जहाँ भएपनि राम्रो होस्, शुभ होस् । सम्पूर्ण खुशिले सुसज्जित भएको सुन्न पाउँ, यहि नै मेरो कामना छ सदा-सदाका लागि, अन्त सम्म, मेरो शरिरमा सास रहुन्जेल सम्म । क्रमश:
|
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 04-15-05 7:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पाठकवृन्द, नेपालीमा लेख्न, पढ्न छोडेको पनि १० बर्ष भैसक्यो । युनिकोडको बिकासले मलाई पनि नेपालीमा आफ्ना मनका भावना भनौं या बेदना भनौं, सम्पूर्ण साझाबासीहरुमा राख्न मन लाग्यो । तर कता कता डर पनि छ । शुद्वसँग लेख्न जान्दिन । ब्याकरण, ह्रश्व, दीर्घ पनि सबै बिर्सिसकें । ईञ्जिनियरिङ पढ्ने मानिसको साहित्य त झन् कस्तो होला, खै के जातीलाई के भनेजस्तो । आफू त पूर्बेली परें, पश्चिमेलीको जस्तो भाषिक मिठास पनि छैन । टाईप गर्न पनि भर्खर सिकेको, अति ढिलो छु । टाईपिङ पनि शुद्द नहुन सक्छ । मेरो यो पहिले नै तयार गरेको आत्मकथा पनि हैन । क्रमैसंग लेख्दै र यहाँहरु माझ पस्कँदै जाने छु । सबै समय यसैमा मात्र लगाउन पनि सक्तिन । अरु धेरै कामहरु पनि बग्रेल्ति छन् । त्यसैले कहिले काहीं ढिलो पनि हुन सक्छ । पाठकहरुमा पहिले नै क्षमा माग्न चाहन्छु । मेरी मञ्जु ! तिमी पनि यो साझा हेरीरहेकी छौ भने पक्कै पनि मलाई बुझ्ने छौ भन्ने आसामा छु । साझाबासी तपाईंहरु कोही मञ्जुलाई चिन्नु हुन्छ भने मेरो उनी समक्ष मेरा कुरा पुर् याई दिनु होला । हवस् त धन्यवाद ॥ साझाल्याण्ड, ३ बैशाख, २०६२
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 04-15-05 9:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल भूमिका सुनियो। अब कथा सुरु होस्। आशा गरौँ अन्त्यमा मञ्जुबाट प्रत्युत्तर आउनेछ साझामा।
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 04-15-05 9:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दादा ब्रो, धन्यबाद है, यत्रो लामो पनि पढिदिनु भको मा । मलाई एउटा सहयोग गर्नु परो गिरी ब्रो ले । म यसो खेस्रा गरेर खुसुक्क ब्रो लाई पठाउँछु अलिक मीठो पारेर मिलाई दिनु परो । मलाई आउँदैन, के गर्नु ।
|
|
|
ruina
Please log in to subscribe to ruina's postings.
Posted on 04-16-05 12:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
yatii ramro cha ajja aundaina bhannu huncha! herdai chu maa....maile chinipo halchu ki manju lai:)
|
|
|
John_Galt
Please log in to subscribe to John_Galt's postings.
Posted on 04-16-05 12:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
great start Ok...I am really really impressed... tara manju sita kasari bichod bhayo ta?
|
|
|
Nirman
Please log in to subscribe to Nirman's postings.
Posted on 04-16-05 1:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कथा सुन्न पाम है चाँडो...शुरु नै यस्तो मार्मिक छ...जे भएनि कथा पढ्न पाम चाँडै है, निर्माण
|
|
|
Sristi
Please log in to subscribe to Sristi's postings.
Posted on 04-16-05 1:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Amaii kasto katha ho yo...starting nai ending!!!
|
|
|
harkedai
Please log in to subscribe to harkedai's postings.
Posted on 04-16-05 9:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Yo chai movie to trunk kya. hatti ko sund jastai, aba purai hatti nai aauna baaki cha, Sristi samjha karo, yaar. Timi ta testo thiyenau, k bho aajkal timi lai, ard ko samjhana le barbaad banayo jasto cha. dhyeeet. herdai chu maa....maile chinipo halchu ki manju lai>>>>>>>>>>>>> ruina, timi herdai gara, timi le sabai lai kasari chinchau yaar. Kasto achamma bhanya. Timi le chineko manju arkai ho. Tyo hoina. Tyo manju lai ta ma chinchu ni ramro sanga. heheheehehehe Funny?????????????????????????? noooooooooooooooooooooooooooooo. Aaja moodai chaina bhanya, k bhako k bhako.
|
|
|
pundit
Please log in to subscribe to pundit's postings.
Posted on 04-16-05 2:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु यहाँ पो नयाँ कथा शुरू भएछ । जसरी भएपनि लेखुम् है म त भ?????????????????????????????????????????????न्द्?या छु । अ?ङ्ग्रेजी कथा लामो भएचाहि पढ्न मन लाग्दैन तर नेपाली कथा चाहि पढ्छु ।
|
|
|
hancyguy
Please log in to subscribe to hancyguy's postings.
Posted on 04-16-05 3:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
This is brilliant take off from you OK. Keep it up even if you feel there are some grammar error. We can read it with correction. Peace!!!!!
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 04-18-05 3:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दादा ब्रो, रुईना दिदी (बाहिनी?), गर्ल ईन्टरप्ट (not sure whether I pronounced correctly), जोन, निर्माण, स्रिष्टी, हर्केदाई, पण्डित, ह्यान्सिगाइ !! कमेन्ट र हौसलाको लागि धन्यबाद । सरी है, कथा त अलिक लामै होला जस्तो छ । भको कुरो सप्पै लेखौं भनेर क्या ! यो Multi-dimensional Integral, Differential Equations and Mathematical Modeling of Civil Engineering Projects को टेन्शन न भा भे चाँहि कथा अलिक छिट्टै अघि बढ्थ्यो होला । तर के गर्नु यिनिहरुले नै खान दिन्छन्, यो कथाले त मनलाई हलुको मात्र त पार्ने हो नि । Advisor ले कहिले कथा लेखेको देख्ने हो र मेरो हुनै लागेको Defence पनि रोकिदिने हो । क्या डर छ भन्या हेर्नुस् न । ए साँचि अर्को कुरा है, खण्ड १ त कथा बाहिर गयो, मञ्जुसंग त छेऊ टुप्पो मिल्दैन भन्नु होला नि । तर पख्नुस् है, यो भागको कुरा पनि मञ्जु संगै जोडिन्छ पछि ।
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 04-18-05 3:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खण्ड १ आज २०४२ साल पौष १४ गते । बिहानै देखि शिबदुति प्राथामिक बिद्यालयमा निकै चहलपहल थियो । कहिल्यै सफा नगरिने कुना काप्चाका झारपातहरु पनि उखेलिंदै थिए । कक्षा १ र २ मा बिद्यार्थी बसेर पढ्ने गुन्द्रिहरु (सुकुलहरु) पनि टक्टक्याईँदै थियो । कक्षाकोठामा पानीको भल पस्ने मुसाले खनेका दुलाहरु पनि गोबर र माटोले पुरिंदै थियो । चौरमा भएका ठूल्ठूला ढुंगा हटाएर सफा पारी सकियो । करेसाबारीको घाँस सफा गर्न एक हुल केटाकेटीहरु स्कुलको पछाडि पट्टी लागे, तुलिगाँडा जस्तै कराउँदै । म पनि त्यही हुलमुलमा थिएँ । ठूलो कक्षाको केटो भर के गर्नु, आफू त सानु ज्याडा (जेहडा) को मान्छे, भिडभाडमा त सजिलै बिलाउने । "हैन यो तितेपाती त कति दरो रैछ, मैले त तान्नै सकिन" ताराले मतिर फर्केर भनि। "खै त म तै सक्छु कि" मैले पुरुषार्थ देखाउन खोजेँ । तर मेरो पनि हुति पुगेन । म बेस्सरी कन्दै तान्न थालेँ, तारालाई 'मैले सकें त' भनेर फूर्ति लाउन। तर सक्तै सकिन । मेरो गरी नचलेको देखेर ताराले भनि "दाइ दाइ, धेरै बल नगर न, गानु जान्छ । बरु ऊ त्यो भक्तेले चाँहि सक्छ होला । त्यो भुसतिघ्रे त क्या बलियो छ"। त्यतिकैमा लाईन लाग्ने घन्टी बज्यो । बिहानको ११ बजिसकेछ । हामी दौडदै लाईन लाग्न कुदिऊँ । बेग्ला-बेग्लै कक्षाको बेग्ला-बेग्लै लाईन लाग्नु पर्थो । अर्काको लाईन काट्नु पनि हुन्नथ्यो। लाईन काट्यो कि हेडसरको चुटाई खानु पर्ने । तारा मेरी आफ्नै बहिनी भनेपनि हुन्छ, बरडाँडे बडाउकी कान्छी छोरी । ३ पुस्ता अघि मात्र हाम्रो हाँगो फाटेको । म भन्दा १ कक्षा मुनि पढ्ने भा पनि निकै ठूली नै छे । लरक्क परेकि । पढाईमा पनि तगडा छे । पहिला हुन नसके पनि दोस्रा-तेस्रा भैरहन्छे । अलिक चट्पटे स्वभाबकी छे । थुतुनु अलिक छिटो छ, प्याट्टै बोली दिन्छे वरिपरि नहेरिकनै । तर नभाका कुरा चाँहि बिल्कुल गर्दिन । हिस्सी परेकि पनि छे मोरी ! लाईन मै हरिप्रसाद हेडसरले त्यस दिनको बाँकी काम सुनाऊनु भो "अब १ देखि ५ कक्षा सम्मका केटीहरु जति क्रमैसँग पहिले जुलुसको अघि लाग्ने । त्यसपछि गोपाल सर र डण्डी प्रसाद सर हिड्ने । त्यसपछि केटाहरुको पालो । ओके र कमलेले पहिला भट्याउने, पछि अरु सबैले उहि भन्ने?Cअलिक ठूलो ठूलो स्वरले । कोहि पनि अघिपछि नगर्ने । भिरमा साना नानीहरुलाई ठूलाले समाउने । साउनेपानी, देउराली, भकुन्डे गाउँ हुदै गैरीखेतको २ मुरे गरोमा पुगेर सभा गर्ने । त्यहिँ तिमीहरुको रिजल्ट सुनाउने । जिल्लाबाट ठूला मान्छे पनि आउँदैछन् । सबै अनुशासित हुने?h आधा घन्टा भित्रै जुलुस २ मुरे गरामा पुगेर सभामा परिणत भो । मेरो त घोक्रो सुकिसकेको थियो कराउँदा कराउँदा । केहि समयको औपचारिक कार्यक्रम पछि अन्तमा रिजल्ट सुनाउने पालो आयो । मञ्चमा जिल्ला शिक्षा अधिकारी जनार्दन नेपाळ पनि आईसकेका रहेछन्, हामीले त चिन्ने कुरै भएन । गुरु प्रसाद सरले १ कक्षा देखि क्रमैसँग रिजल्ट सुनाउँदै जानु भो । कक्षा ४ मा तारा यसपाली पनि तेस्रा भई । "कक्षा ५ को रिजल्टको त कहिल्यै पालो आउन्न बा !" म भित्र भित्रै गुनगुनाउन थालेँ । त्यसबेला कक्षा ५ को परीक्षा जिल्ला स्तरिय रुपमा हुन्थ्यो, तर रिजल्ट भने स्कुलबाटै । परीक्षा पनि ठीकै भएको थियो, अरु बर्षहरुको भन्दा राम्रै गरेको जस्तो लाग्छ आफूलाई त। पहिला हुन सक्छु कि भन्ने आस पनि छ। तेश्रा र दोश्राको नाम लिंदा पनि मेरो नाम नपरेपछि म भित्र-भित्रै खुशि हुन थालिसकेको थिएँ । क्रमशः
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 04-18-05 3:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गुरु प्रसाद सरले कक्षा ५ को फस्टको नाम लिनु अघि भूमिका बाँध्न थाल्नु भो "यसपाली कक्षा ५ को १ जनाले हाम्रो स्कुलको ईञ्ञ्जत राखेका छन् जिल्ला प्रथम भएर। ऊनले ७०० पुर्णाङ्कमा ६७० नम्बर ल्याए ।" उनको आवाज झन् ठूलो हुदै गयो "ति जेहेन्दार विद्यार्थी-हुन ओम कुमार खनाळ । उनलाई पुरुस्कार प्रदान गरीदिनु हुन हाम्रा सम्माननिय प्रमुख अतिथि जि. शि. अ. सरलाई अनुरोध गर्दछु ।" म हतारिंदै मञ्चतिर बढेँ । मञ्च खेतको माथ्लो गरामा थियो, गौडो उक्लिनु पर्ने । म उक्लिनै सकिंन । म उक्लिन नसकेको देखेर सबै हाँसे । मेरो मुख त रातो-पीरो भो । पछाडिबाट भक्तेले घँचेटी दियो । त्यसबेला हामी कट्टु पनि लगाउँदैन थिऊँ । पाइन्टको कुरा त परै जावस् । ठूलो दौराले छोप्यो, बस् भै हाल्थ्यो । भक्तेले घँचेट्दा मेरो दौराको फेर माथितिर फर्केछ र भित्रको देखाउनु नहुने 'चिज' पनि देखिएछ । सबजना फेरी गललल्ल हाँसे । म त झन् लाजले भुतुक्कै भँए । मञ्चमा पुगेर पुरस्कार थापें । मेरो दश ठाँउमा टालेको दौरा देखेर होला जि. शि. अ. सरले रु १०० को नोट दिंदै भन्नु भो "यसले एउटा दौरा किनेर लगाउनु। अब पनि राम्रोसंग पढ्नु है । म फेरी पुरस्कार दिन्छु नि ।" त्यसबेला सम्म मैले १०० को नोट कहिल्लै देखेको थिईन । पहिलो पल्ट देखेको नोटलाई दरो गरी समातेर मञ्चबाट बाहिरिँए । मञ्चबाट फर्कंदा नफर्कंदै मेरो अघिको लाज हराईसकेको थियो । "मेरा बाबा आजसम्म बाँचिरहनु भइको भए छोराको सफलता देखेर कति खुशि हुनुहुन्थो होला? मलाई कति स्याबासी दिनु हुन्थो होला ? बाबा बाँच्नु भा भे दिनै पिच्छे स्कुल जान पनि पाईन्थ्यो होला । अनि दिन बिराएर बाख्रा हेर्न (चराऊन) जानु नपरेको भए २,३,४ कक्षामा पनि त म पहिला हुन्थेँ होला नि ।" मेरो कलिलो दिमाग बाबाकै सम्झनामा डुबिसकेको थियो । पाएको स्याबासीलाई बुबाको संझनाले पुरै ढाक्यो । मेरो अनुहारमा खुशिको कुनै लेस पनि थिएन । कार्यक्रम सकिने वित्तिकै आमालाई मेरो खुशिको खबर सुनाउन म छिटो छिटो घर तिर लागेँ । साझाल्याण्ड, ५ बैशाख, २०६२
|
|
|
hancyguy
Please log in to subscribe to hancyguy's postings.
Posted on 04-18-05 4:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"मेरा बाबा आजसम्म बाँचिरहनु भइको भए छोराको सफलता देखेर कति खुशि हुनुहुन्थो होला? मलाई कति स्याबासी दिनु हुन्थो होला ? बाबा बाँच्नु भा भे दिनै पिच्छे स्कुल जान पनि पाईन्थ्यो होला । अनि दिन बिराएर बाख्रा हेर्न (चराऊन) जानु नपरेको भए २,३,४ कक्षामा पनि त म पहिला हुन्थेँ होला नि ।" मेरो कलिलो दिमाग बाबाकै सम्झनामा डुबिसकेको थियो । पाएको स्याबासीलाई बुबाको संझनाले पुरै ढाक्यो । ------------------------------------------ you caught me here. I went through the same when i got first class first in my master's. At that time I was thinking that my fater would be the happyest person to hear my achievement. Well, all loved ones will depart first. I am enjoying your story. this really took me back to my school days.
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 04-18-05 4:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धत्तेरी, मैले रुमाल नै लिन भुलेँछु। सुरुदेखि नै आँखामा आँशु झार्दिनी? खण्ड २ को प्रतिक्षामा ।
|
|
|
IndisGuise
Please log in to subscribe to IndisGuise's postings.
Posted on 04-18-05 7:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Bravo. O.K, katha ekdam ramro hola jasto cha. Huna ta afno dainik kaam haru pani garnai parcha, tara asa cha alik chadai padna pau. Kyarne, katha jatti ramro uti kurna garo. Suruaat ramro cha. Hunata ta tyasto school ma ekdam sano ma bahek kahile first sast bhaina. Tyai ni pachi alik 1st class nai authe jahile pani. Mero buwa lai tyasaima thulo gaurav thio :). La ta aru paskinuhos chadai. Pratikchya ma. IndisGuise:)
|
|
|
ruina
Please log in to subscribe to ruina's postings.
Posted on 04-18-05 8:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
hmm 2042 ma hajur1/2 class ma bhanee paachi chaii ma sanoo pare aba hajur ko bichar j bhane pani huncha:) hmmm buba ko yaad ayo:( he is always proud of me ni...hehe pyaro chori:) lekhdai janu ma sundai chu:)
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 04-18-05 9:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दादा को सन्जु, ओ.के. को मन्जु, उता फेरि सरुले नि अन्जु को कथा लेख्छु भने जस्तो लाग्छ। अब रन्जु एउटी बाँकी छे जस्तो छ, कसैलाई रहर भए दर्खास्त हाली हालम् है! रु. ५ को टिकट सहित। फोटो पनि हेर्ने रहर भए चाईँ अमरिकन डलर को नोटको टिकट टांसम्। ल, ल, ओके जी, क्रमश गर्न अबेला नगरम्...आफुलाई नि ट्वाईलिटको दुलो टाल्न हत्तार भईसक्यो, आफ्नै गोबरले! ehehehehehe साझाबासीहरु अचेल एक पछि अर्को मीठा मीठा कथा फुर्या फुरई छन् बाऽ! नसकिनी भो! कथा पढ्ने रहरले आफ्नो चईं, काम कुरो एकातिर भएर बबाल भो!
|
|
|
harkedai
Please log in to subscribe to harkedai's postings.
Posted on 04-18-05 12:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
First day of the week, yesto senti katha. Yo chai senti week hune hola jasto cha. Lau j bhaye pani thikai cha. 2042 saal ma 5 class ma, lau na, ma ta teti bela A for apple bhandai thiye hola. J hoos, ok jeeee le Janardan Nepal ko haat bata puraskar pani paaunu bhako recha. Tara bro r u sure bout janardan nepal. I had couple of chances to meet with him, in kathmandu jilla sikshya karyala. Tehi 2055 pachadi hola jasto laagcha, he was Kathmandu jilla sikshya adhikari. Aba person tira ta k gai bho ra, hoina, story tira jaada chai, its awesome story. Ramro cha yaar. Waiting for some more to come. Ani poonte bro. ranju ko katha chai ki harkeDai bata aaunu paryo, ki chai poonte bata nai aaunu paryo. La la poonte bro lai first chance. re kya.
|
|