[Show all top banners]

rakeshkarki
Replies to this thread:

More by rakeshkarki
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 Bahu Upa-Pradhanmantri ra Mike
[VIEWED 4909 TIMES]
SAVE! for ease of future access.
Posted on 10-23-08 10:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कविता

 

      बहु-उपप्रधानमंत्री र माइक

             

राकेश कार्की

                                    लस् एन्जेलस्

 

मेरो साथी माइक

मेरो देशमा बहुउपप्रधानमंत्री

सोध्छ सोध्छ जस्तो लागेको थियो

किन चासो त्यसलाई

मेरो साथी भएर होला

एकदिन त सोधिहाल्यो

किन तिम्रो देशमा ३ उपप्रधानमंत्री?

 

म एकछिन घोरीएँ

के जवाफ दिउँ भनेर

ति तिनै महारथीको अनुहार

मेरो वरीपरी घुम्न थाले

गम्म खाईलाग्दा

उपप्रधानमंत्री हुन सुहाउँदा अनुहार

दुब्ला, भोका, असुरक्षित

जनताहरुका माझ

तर मलाई जवाफ दिनै थियो

मैले अविकशित देश सम्झेँ

अनि भनेँ

देशको बिकास गर्न

माइक छक्क पर्यो

भन्दै गयो

हाम्रो एउटै राष्ट्रपति

एउटै उपराष्ट्रपति

प्रधानमंत्री चाहिएन त

तिमीहरुको देशमा

राष्ट्रपति, उपराष्ट्रपति

प्रधानमंत्री अनि

३ जना उपप्रधानमंत्री !

 

भन्दिउ झैँ लाग्यो

तर देश भित्रको लाज

बिदेशीलाई कसरी खोलुँ

मैले ढाकछोप गरेँ

खिसिक्क हाँसे

तर दिक्क भएर भने

देशको बिकाश चाँडो चाँडो गर्न

 

माइक चुप लाग्यो

शायद सोच्यो होला

यो बेवकुफ के भन्छ भनेर

म पनि छक्क परेँ

३ उपप्रधानमंत्रीले

मलाई बेवकुफ

किन बनाएँ भनेर

त्यो पनि बिकाशको

चरमचुलिमा पुगेको देशको

साथीको अगाडी

 

म डेरामा पुगेँ

त्यही प्रश्न

निदाउन खोजेँ

निन्द्रा लागेन

अनुत्तरित त्यही प्रश्न

कोल्टे फेरेँ

उत्तानो परेँ

घोप्टो परेँ

त्यही त्यही प्रश्न

 

त्यसपछि म जुरुक्क उठेँ

लुरु लुरु हिडेँ

ढोका घच्घचाउँदै हिडेँ

माइकले मलाई सोधे झैँ

मैले

जनतालाई सोधेँ

सांसदलाई सोधेँ

मंत्रीहरुलाई सोधेँ

उपराष्ट्रपतिलाई सोधेँ

राष्ट्रपतिलाई सोधेँ

अनि

तिनैजना उपप्रधानमंत्रीलाई सोधेँ

हाम्रो देशमा ३ उपप्रधानमंत्री किन?

तर

सबैले एउटै जवाफ दिए

हामीलाई थाहा छैन,

प्रधानमंत्रीलाई सोध


 
Posted on 10-24-08 12:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
TPS Re-registration
Nas and The Bokas: Coming to a Night Club near you
अमेरिकामा छोरा हराएको सूचना
nrn citizenship
Drawback for applying NRN card
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Democrats are so sure Trump will win
Breathe in. Breathe out.
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters