दुई दिनको रेलयात्रा र अर्को एक दिनको बसयात्रा गर्दा पनि घर पुग्न अझै एउटा लास्ट बस फेर्न बाँकी नै थियो । बसपारकमा भने बस अघिनै ठेलाठेल पैक भैसकेछ । ढोकामा समेत झुन्डिन भ्याइसकेका अस्सत्तिहरुले । झन कतिबेला घर पुगम्ला भन्ने भा बेलामा खुट्टो टेक्ने ठाउँसम्म पनि नहुनु त । थुक्क !
"ह्या दाई पनि ! अली हेरेर त थुक्नु पर्छ नी । " एउटा मरन्च्यासे अघिलतिरबाट आउँदैरैछ "झन्डै खुट्टामा परेको " नपर्दै त एस्तो छ, पर्या भए त झन के भन्दो हो ।
" हैन के अघी भरखर पास भएको गाडीले झन्डै कुचिदिएको नि मलाई, तेसैलाई थुक्या" मैले नि तेस्लाई ठीक पार्ने जुक्ती सोची सक्या थिए ।
" नजिकैबाट पेल्दिएको कि क्य हो खातेले "
" अँ दुई मिटर जत्तिको मात्रै Gap थियो "हासोले फट्को छोड्न लागेको थियो तर गधाले जोक नबुझेकाले कन्ट्रोल गरेँ ।
" चक्कामा वट लाग्न पुगिएला है होश पुर्याउनु " । साच्चिकै चारदिन पछी हास्ने गधा रैछ । मिटरको अन्दाजा नभएको तर गाडी सम्बन्धी ज्ञान भएकाले पक्कै पनि गाडीलाइनकै हुनु पर्छ उु जस्तो लाग्यो ।
" साच्ची दाई कहाँसम्मा पुग्नु पर्ने हो, बाटो एउटै पर्ने भए सँगै जाउँ के रे दुई भाई " मेरो शक अब येकिनमा परिणत भो । कुरा बुझ्दै जाँदा उु त्यही "यात्री कोच"को खलासी रहेछ ।
" कसरी जानु तिम्रो गाडीमा, एउटा ठाउँ छैन, थैलामा हालेर दैलामा टङा जसरी जानु । अझ एस्तो गर्मिमा । " एउटा सिट मिलाइदिम्ला नी दाई भन्ने सुन्न मेरा कान पर्खिरहेका थिए तर उस्ले भने टाल्टुल पार्न खोज्यो ।
"अब ठाउँ भनेको त मिलिहाल्छ नि, पहिला चढनुस त सहि । अली पर मान्छे वोर्लिनेवाला छन के "
" भो भो तेस्ता कुरा नगर बरु छतमा हालेर लाने हो भने चहिँ गैदिम्ला " के के न तेसैलाई गुन लाउन लाग्या झै गरे मैले नि । मनमनै भने दौडेरै भए नि घर पुगम जस्तो भैसक्या थ्यो आफुलाई । छतमा त झनै गजब ।
" छतमा चाहिँ नजाम दाई, खतरा छ । "
पहाडको ग्र्यावेल बाटो, तेसमाथि नागबेली मोडहरु अनी यो धूप । खतरा त खतरै थियो तर गाडीवालाको लागी चाहीँ यात्रु नै ठुला खतरा मानिन्छन हाम्रो गाउँतिर । आफु मर्न भन्दा नी गाडीवलालाई मारिदिने के । छतमा खान मिल्ने मात्र होइन आफुलाई कामै नलाग्ने चिजको पनि दाइँ खेलिदिने । उसो त एक पटक हामी दौतर मिलेर पनि कुन्नी कस्को हो एक पेटी स्याउ स्वहा पारीदिएका थियौँ । केटाहरुले त आधा जती हरियो मटरको पनि भतेर गरेर पाक्या टमटरले गुना बाँदरलाई फाएरिङ गर्या हुन । त्यस्तै भएर गाडीवालाहरु हामीलाई छतमा पठाउन सित्तिमिती मान्दैनथे तर भित्र उम्सोमा गुम्सिनु भन्दा छतमै छिल्लिनु प्यारो आफुलाई चाहिँ ।
"छतमै जानेर दाई, बाटो एस्तो छ ।" खलासिले कुरो खलास पार्न खोज्यो ।
" हो , म त छतमा लाने भए मात्रा जाने " ढिपिलिन मलाई कस्ले जितनु र ।
"राम्रोसँग बस्नु नि फेरी छतमा निदैएला र गैएला भिरमा खर काट्न"
"त्यस्ता कुरामा चिन्तै लिनु पर्दैन भाई, हामी त तालिम प्राप्त ट्रेनिङ पास-मात्थिर हान्दा तल्तिर लास हो बरु यो झोला चाहिँ डिकिमा फालिदेउ "
बल्ल बल्ल कुरो मिलाएर छतमा चढन लागेको थिएँ नजिकै एउटा च्यातिएको काटुनको टुक्रो देखेँ, कुन्नी के सोच आयो च्याप्प समाएर उक्लिएँ छतमा । छतमा सबैतिर समान कोचेर तिरपाल बाधिसकेको रहेछ, आज भने इस्टाफ नास्ता नहुने भो भन्ने लाग्यो । अगाडि राखेको टाएरलाई लात्ताले पन्छएर खाली ठाउमा तेही काटुन्को टुक्रो फाले(धुलो र..... दुबइको सुरक्षा ), बस्नै लागेको थिए तर त्यो टुक्रोमा के लेखया जस्तो लाग्यो । मुर्गा आसनमै घोप्टिएर पढेको कुन चाँही हो नाम चलेकै किरिम-पाउडरको नारा रैछ : "सुन्दर र मुलायमा तोव्चाकोलागी सधैं प्रयोग गर्नुहोस" । ठीक भनिस , भन्दै थ्याच बसियो I
सकी नसकी खोक्दै कन्दै बस भनाउदो अगाडि बढ्यो । हरिया धानको फाँट, चराकोसे झाडी, सिसौ-गाब्-सालको जङल हुँदै सल्लघारी अैपुग्दा बल्ल चिसो हावा चल्यो । मिठो बतास र घर पुग्ने हतासले मनमा के के याद ताजा भएर आए । अहिले मेरो घरका मान्छे के गर्दै होलान । घर कस्तो छ होला । आमाले पक्कै पनि लिपपोत गरेर चिटिक्क रङाइ सक्नु भए होला । अहिले त उही बालापनको जस्तै देखिन्छ होला मेरो घर । पहेलो माटोले पोटेर रातो माटोले बिट मारेको, झरिले पखालेर सफा पारेको खरको छानो, मोँसोले रङाएको काला झ्याल-ढोका, गोबर माटोले लिपेको आँगन । साँच्ची दीदीले पनि आँगन वरपर सयपत्रीका बेर्ना सारी सकिन होला । फेरी येस्पालि पनि ठुला-ठुला घोव्प्पा फूल भएको माला त म नै लाउनु पर्ला । बुवाले पनि आजसम्म त भित्तामा पुरेनी कोरेर रङाइ सक्नु भो होला ।
बुवाको कुराले पहिलो चोटि छुट्टीमा घर आउँदाको याद आयो । चैत-बैशाखको धुपमा यस्तै गरी छतमा बसेर आएको थिए । गर्मी अचाक्ली थियो, आधा-बाटो अैसक्दा पानी पर्न सुरु भो । एक त त्यस्तो गर्मी, तेस्माथि तात्तिएको माटोमा बर्षाको पानी पर्दाको मिठो बास्ना, अझ घर फर्किदाको खुशी, तल नझरेर बेस्सरी पानीमै रुझियो । एस्तो लागि रहेको थियो कि मेरै आगमनको खुशीमा जल-बर्षा भईरहेछ फेरी चट्याङ्ले पनि गर्जेर बेला बेलामा सलामी दिरहेकै थियो । मक्ख परेर गीत गाउदै बसियो "आज मौसम बडा बेइमान है .....", हुन पनि एक बोतल LT भइदिएको भए काइदा हुने भन्ने सोच्दै घर पुगियो ।
"जा...तेरिम्मा टोक्ने यो पो मुन्टिएछ त " हाम्रो बाले तेत्ती बेला हर्शले भने कि बिस्मात्ले, मैले छुट्यौन सकिन ।
"तपाई पनि ...., बिचरा भिज्या बिरालो जस्तो भएर आएको छोरोलाई ! बाबु भित्र गएर कपडा फेर म खाना तयार गर्छु, तेत्रो लामो बाटो के नै खाए होलस र " तौलिया दिदै आमाले भन्नु भएको थियो । मेरी प्यारी आमा ।
"बोलाँउदा पनि बोल्दिनौ... जिस्काउदा पनि जिस्कन्नौ... " आमाको मायामा सेन्टी हुन नपाउदै मोबाइलको घन्टी बज्यो । मेरा यादका तरङहरु बिथोल्ने को रैछ भनेर हेर्छु त तेही मेरो गाउको दौतर स्रवण रहेछ .
"किन मोरिस सर्पा " मैले सदाझै उस्लाई माया देखायँ ।
"झन फोन गर्दा त मु.. , कहाँ अाइपुगिस ,कती बेला अाइपुग्छस्, घर झोला फालेर सिधै साहीँला बाजेको अड्डामा अाइज है ,मैले गुरुङ्नी भाउजुलाई भनी सकेको छु, गज्जबको दुई बोतल हान्न जानु पर्छ सिधै " म आएको उस्लाई बल्यान्क चेक् आ जस्तो हुन्छ ।
" ल ल , अनी के गरी रा त चाहिँ "
" म्यारिज खेली रा यार , ल ल म राक्छु । अलच्छिनासँग कुरा गरेर लोदर लाग्यो, एकको माल नि परेन " उस्ले आफुलाई ब्यस्त देखायो ।
"एकको माल नै हुन्न अनी कहाँ बाट परोस त " मैले अझ रिस उठाउन खोजेँ
"तेरो बाजे जिरोको माल नि परेन भन्या के "
"जिरो माल पनि त हुन्न नि, बरु कत्ती पनि माल परेन भन्न न " मैले अझ थपेँ
" अँ के तेरो टाउको तेही भन्या, हजुरले नै जित्नु भो आफ्नो त आज हार्ने नै लेख्या छ जत नि" उस्ले बिट मर्यो ।
मैले पनि मोबाइल सुइच अफ नै गरेर फेरी यादमा डुब्न खोजेँ, तर एक चोटि छुटी सकेको सोच को गाडी भेट्टाउन सकिन । मोबाइल हातमा लिएर अन गर्न लागेको थिए फेरी के सोच आयो गरिन .हुन पनि गाउ अैसकेपछी त यो ठाँडोको काम पनि छैन के । कसैलाई बोलाँउदा घरको आँगनबाट एक चोटि कराइदिने हो भने वोरपरका डाँडामा ठोकिएर चारचोटि सुन्निछ । फेरी न्यचुरल रिङ्गटोन पनि त गजब कै पाईन्छ , झ्यौकिरी रिङ्गटोन, हाम्रो झ्याङ्को चरा-चुरिङ्गइको airtel बर्ड रिङ्गटोन, जाड्याहा झाँक्रीको laughing अनी झँक्रेनीको crying रिङ्गटोन, एस्तो त कती कती । अब गीतै सुन्ने हो भनी मलाई र सर्पालाई टिल्ल पारीदेउ हामी रात छर्लङै पार्दिन्छम, सुन्ने कोइ नभए नि हुन्छ ।
गीतको कुरा सोचिरहेको बेला तल गाडीमा पनि मज्जाको गीत छतै थर्किने गरी बज्दै रहेछ :"आफ्नै गाउ फर्की आएँ "। गाउ छिर्ने बेलामा के हुन्छ कुन्नी यि डाइबरहरुलाई बाटाभरी नलाएको डेक खुब घनकाउछन । हुन त जे सुकै होस् आफुलाई गाउ-ठाउ नियाल्दैमा फुर्सद नभाबेला । यस्तै सोच्दै फेरी आफ्ना गाउका घर र मान्छे पहिल्याउनतिर लागे । हैन कती धेरै नयाँ घर बनी सकेका हुन अचेल त , के-के बादीले लेखेटेका जती सबैले यतै घर हाल्याछन भनेर बुवाले छिट्ठिमा त लेख्नु भएकै थियो तर एती धेरै होलान जस्तो त लागेको थिएन । नयाँ नेपालको कुरा त मलाई थाहा छैन तर हाम्रो गाउ चहिँ अर्कै किसिमको नयाँ भएछ । के यस्तै होला त बिकास ?
" ल ल दाई तल झरुम अब, सकियो पैसा, अैपुग्यो-अैपुग्यो" नयाँ नेपाल र बिकासको बिचार बिथोल्दै कराइ हाल्यो खलासी भनाउदो । हुन पनि एस्ता कुरा कसैले राम्रोसँग सोच्न नपाउने भए, अर्को बिगारन अैहाल्छ । एस्तो गरेर कहिले उभो लाग्ने । आफु भने उधोँ लाग्नु पर्यो भन्ने सोच्दै छतबाट झरेँ ।
" ल है त दाई , यात्रा पनि सकियो-मोज पनि सकियो " फेरी त्यही मरन्चयाँसे बिद्वान बन्न अैपुगी हाल्यो छेउमै । छतबाट केही लग्या छ कि भनेर सुराकी गर्न पो मोर्याथ्योकी कुन्नी । तर गाउ अैपुगेको खुशीमा मेरो बोली त्यो प्रती पनि राम्रै निस्क्यो ।
"हैन भाई मोज कहाँ सकिनु बल्ल सुरु भो , दसैं मुख-मुख छ । ल बरु तिमीलाई पनि दसैंको शुभकामना , अनी तपाईंहरु सबैलाई पनि भन्दै सबै यात्रुतिर हात हल्लाएँ। कसैले हेरेनन तर के भो र आफ्नो भन्ने काम हो। फेरी भनिदिएँ "बिजया दशमीको शुभकामना " ।