November 6, 2007
यस्तै हो विरेन्द्र । यहां शक्तिको पुजा हुन्छ । तिमि हामी निरिह छौ । हामीसंग हुने भनेको त्यही कलम हो । हामी त्यही कलमको बलमा परिवर्तनको सपना बोकेर हिड्ने पेशाधर्मी हौं । तर यहां परिवर्तन कलमको टुप्पाले हैन बन्दुकको नालले ल्याउछ भन्नेहरुको बोलाबाल छ । तिमि त्यही मुर्खहरुको सिकार बन्यौं । तिमिलाई गुमाउंदा तिम्रा सहकर्मी सबैको मन रोएको छ । जिल्ला जिल्लाका साथिहरु स्वस्फुर्त रुपमा सडकमा उत्रिएका छन् । तिम्रो हत्यो विरोध गरिरहेका छन् र हत्याराको खोजी गरिरहेका छन् ।
सबैको मन आन्दोलीत छ । यस्तो लागिरहेको छ अब यो कलम भाचेर बन्दुकपो समाउन जाने होकि भन्ने विचारमा समेत पुगेका छन् तिम्रा सहकर्मीहरु ।
बन्धु गुमाउंदाको पिडा हाम्रा लागि यो नै पहिलो हैन । १९ दिने जनआन्दोलनका सकि्रय भएर जुन राजनीतिक शक्तिका लागि तिमिले अनी हामीले शान्तिपुर्ण बाटोको निर्माण गरिदिएका थियौं आज त्यही शक्ति हाम्रा लागि काल बनेर आएको छ । शान्तिपुर्ण राजनीतिमा आएर असल नेता बन्छन् कि भनेको यमराजको रुप धारण गर्दै हाम्रा सहपेशाकर्मी साथिहरुको इहलीला समाप्त गर्दैछन् ।
तिमिसंग कलम थियो ति पापीहरुसंग बन्दुक थियो । त्यो बेलामा तिम्रा कलमले बन्दुको नालवाट छुटेको गोलि रोक्न सकेन । यो गोलिपनि कस्तो निष्ठुरी र दास हुन्छ है । जसको हातवाट छुटेको हो त्यसको आदेश पालना गर्ने । कहिले कांही गोलिले पनि स्वविवेक प्रयोग गरेर गलत नियतले उसलाई बन्दुकको नालवाट बाहिर निकालेको भएपनि भित्रै बस्नु नी । कि जसले हानेको हो उसैतिर गएर ठोक्नु नी ।
क्षणिक रुपमा उनीहरुलाई लाग्यो होला हाम्रो विजय भयो । काचट र छातीमा गोलिले छुटाएको रगतको पर्रा देखेर होलि खेले होलान् तिनिहरुले । विजयोत्सव मनाएहोला ।
तर विजय तिनिहरुको हैन तिम्रो भएको छ । आखिर बन्दुकको अहमताका वाचेकाहरु तिमिसंग रहेको त्यो कलमसंग त्रसित थिए नै । त्यही त्रासको परिणाम हो । तिम्रो हत्या ।
तिम्रा सहकरमीहरु पिडामा छन तर तिम्रो काचट र छातीमा गोलि हानेर मार्नेका नेताहरु लाजै नमानी संसदमा पास भएको प्रस्तावमा खुसियाली मनाउंदै विजयोत्सव मनाउने घोषणा गर्दैछन । संसदमा पास भएको गणतन्त्रको घोषणाका लागि हैन एक कलमजीवी मारेकोमा विजयोत्सव मनाउने घोषणा गरिएको हो
के गर्ने तिमि भन्दा अगाडि हाम्रै साथि डेकेन्द्र थापा र ज्ञानेन्द्र खड्कालाइ पनि यिनै हत्याराहरुले मारेका हुन । तर हामीले तिनिका ति गल्ती माफ दिएकै हो । कालो सपना भनेर विर्सन खोजिएकै हो । तर नरभक्षि बाघ पो रहेछन यिनिहरु ।
छानवीन समिति गठन गर्छ प्रतिवेदन सार्वजनिक गर्छ अनी आफ्नै पार्टीका नेता तथा कार्यकर्ता समेत सहभागि भएको पुष्टीपनि गर्छ तर क्षमा माग्दैन । नकचराहरुको भिड रहेछ नेकपा माओवादी भनेको ।
तिम्रो हत्या लालबहादुर चौधरी कुन्दन फौजदार र रामएकवाल सहनीले मात्र गरेका हैनन यो हत्या प्रचण्डले गरेको हो बाबुराम भट्टराइ र कृष्णबहादुर महराले गरेका हुन । तिम्रो हत्याका यि सबै मतियार हुन ।
नागरिक माओवादी सत्तावाट किन त्रस्त हुन्छन् यसको एक उदाहरण बनेको छ तिम्रो हत्या । हिजोका दिनमा माडि काण्ड भएकै हो माओवादीका कार्यकर्ताले राक्षसी व्यबहार देखाएर बसमा यात्रारत नावालकलाई जलाएर मारेकै हो । जल्लादको रुप धारण गर्दै गाउं गाउंका निर्दोषको घाटि सेरेका नै हुन् । तर यि सबै यर्थाथलाई नराम्रो सपनाको रुपमा विर्सिने प्रयास गरिरहेको नै त हो । ज्ञानेन्द्र खड्का र डेकेन्द्र थापाको गुमाउंदा लागेको घाउमा विस्तारै घाटा बस्दै गएको पनि हो । तर एकाएक पुन ति सबै घाउ बल्झाउने काम भएको छ ।
माओवादीले आफ्ना कार्यकर्तालाई ब्वासो समान बनाएर छाडा छोडिरहेको छ । कुन बेला कसलाइ सिध्याउने हुन पत्तो छैन ।
सरकार पनि लाचार छ । तिम्रो हत्याको पुष्टी भएको २४ घण्टा वितिसक्दा पनि मौन छ सरकार । चु सम्म गरेका छैनन । राजनीतिक दलहरु हेरन लाचारीका साथ मौन बसेका छन् ।
सायद गृहमन्त्री कृष्णप्रसाद सिटौला लौ अब मेरो कुसर्ि खोसिने भयो भनेर एकाविहानै सुपर ग्लुब बोकेर मन्त्रालय गएर कुसर्िमै टासिएर बसिरहेका होलान । साचारकर्मी राज्यको चौथो अगं हो भने फुल्फुल्याउने प्रधानमन्त्री कोइराला वालुवाटारमा के गरेर बसिरहेका छन् उनी किन बोल्दैनन यो घटनामा । माधवकुमार नेपाल किन मौन एक पत्रकारको हत्या हुंदा पत्रकारको मात्र ह्दय दूख्ने कि अरुको पनि
यस्तै भयो के गर्ने । तिम्रा सहकर्मीहरुपनि कलमको बलमा परिर्वतनको सपना बोकेर हिड्नेहरुनै परे । यदी हाम्रो हातमा बन्दुक हुंदो हो त हामीलाई पनि आउथ्यो कसरी हान्ने काचट र छातीमा गोलि । तर माफ गर विरेन्द्र हामी सक्दैनौ हाम्रो बाटो छोड्न । तिमिलाई यही कलमले दिएको श्रद्धासुमननै प्यारो लाग्छ होला । तिमिलाई तिम्रा सहकर्मीहरुले सधै सम्झीरहनेछन् ।
http://www.hamroblog.com/?p=602