[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 बैंश
[VIEWED 4532 TIMES]
SAVE! for ease of future access.
Posted on 11-02-06 8:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैंश

माहूरीको उन्माद जस्तो
क्षणिक पनि होइन ।
भूकम्पको कम्पन जस्तो
अथाह पनि होइन ।

न सुस्केरा न आहत
न समय न साइत ।
कसले भन्न सक्छ र?
कसले किट्न सक्छ र?

कहां कहिले किन आउंछ
यो वैंशको घनघोर वर्षा
जिन्दगी नै हरा भरा हुने गरी
या जिन्दगीको अस्तित्व नै मेटिने गरी ।

खै, किन हो, यो वैंशले कसैको उमेर हर्ेर्दैन
अलि चांडो वा अलि अवेर भो भन्दैन ।
जुंगा रेखीको विहानीमा पनि फक्रँदो रहेछ
मृत्यु शैयाको जवानीमा पनि पल्किदो रहेछ ।

धेरै सोंचे धेरै खोंजे
वैंशको सारा इतिहास फोरेँ
वर्षौ देखि एक्लै एकै ठांउमा कोल्टे फेरी रहेँ
यसपालीको शिशिर याममा मात्र
निस्सासिंदै चिसो रात संगै कोल्टे फेर्दा पो
वल्ल थाहा पाएं ।
वैंश, थाहै नपाई, वूढो भैसकेको रहेछ
वैंश, दुखेको मुटुलाई सुस्सुम्याइ रहेको रहेछ
वैंश, एक्लै एक्लोपनमा भुनुभुनाइ रहेको रहेछ ।
 
Posted on 11-02-06 9:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"यसपालीको शिशिर याममा मात्र
निस्सासिंदै चिसो रात संगै कोल्टे फेर्दा पो
वल्ल थाहा पाएं ।
वैंश, थाहै नपाई, वूढो भैसकेको रहेछ"

धेरै राम्रो लेख्नुभयो राहुलदाई! लेख्दै जानुस।
 
Posted on 11-02-06 10:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद बिर्खे माइला जी ।
 
Posted on 11-03-06 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल भाई, त्यो कुन्नी के जाती को जदिबुती ल्याउनु भएन त नेपाल बाट? ओह्, त्यो तन्नेरी बनाउने यार्सा गूम्बा हो क्यारे। गयेको बैन्स् पनि फर्काउन्छ रे। नेपल् को डोल्पा जिल्ला म पौन्छ रे। लोल्
 
Posted on 11-03-06 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बहुत राम्रो राहुलभाइ

भुन्ते यार्सा गुम्बा खाने हो
यस्पाला मात्र बीर हस्पिटल अगाढि ३०० रुपैया मा किने हो
मैले तेहै बैस जाला भनेर यतै लिएर आको नि

 
Posted on 11-03-06 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-03-06 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धरै राम्रो लाग्यो बैश कबिता ।
 
Posted on 11-03-06 4:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भुन्टे जी, याहू जी,
यार्सा गुमबा वा भियाग्राले जगाआउनु पर्ने बैंश होइन, मेरो ।
बैंश सबै लाइ आउछ जुनीमा एक पटक्, धेरैले न जानेर गुमाउँछन्, कसैले न जानेर गुमाउँछ । कसले कसरी र किन गुमायो भन्दा नि भावना लाई संगाल्ने प्रयास गरेको हुं । मन पराइदिने सबैमा साधुबाद ।अस्तु
 
Posted on 11-04-06 4:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल भाई, बाघ बुढो भए पनि मन त तन्दुरी नै हुन्छ नि। कसो? येसो बैन्स् जान लग्या जस्तो भये त्यो " ये कान्छा छत्तै माया बैन्स जान लाग्यो..." भन्ने गीत् सुन्नुस् न त।

औखति सास्त्र र रसायेन् बिद् का भनैइ अनुसार् बैन्स र यार्सा गुम्बा प्रयोग् सम्बन्धित् भयेको हुना ले मैले त्यो बुटि प्रेस्क्राइब् गरेको नि त। हे हे हे लोल्

जे होस् बैन्स को कबिता गुलियो छ।
 
Posted on 11-04-06 5:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भुन्टे जी,त्यसो त यो कबिता बैंश मै लेखिएको कबिता हो, झन्डै १२ बर्ष अघी लेखेको, सम्झेर साझामा पस्केको मात्र हो । गुलियो सम्झी दिनु भाको मा अनि बुझी दिनु भाको मा साधुबाद्> एकजना साझा का मित्र लाई मेरो अर्को कबिता देखि साह्रै रीस उठेछ क्यारे, मलाई सन्केत गरेर भो भो राहुल भन्ने कबिता पोस्ट गर्नु भए छ । प्रयास राम्रो नै मन्नु पर्छ, तर ब्यक्तिगत आक्षेप न लगए बेश हुन्थ्यो ।
 
Posted on 11-04-06 5:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल ...
आफ्नो कायरताको परिचय
यत्ति छिट्टै देलाउ, मलाइ लागेको थिएन
भुन्टे जिलाइ ब्यर्थै के गुहार्छौ ...

तिमि पनि बुझ ...
राहुल् नाम् एउटै मात्र यो जगतमा छैन
अर्को कुरा, अरु राहुल तिमि जस्तै पक्कै छैनन्
आफ्नो नामको घमन्ड गर्न छोड

भो भो राहुल अब त हठ छोड
यथार्थको धरातलमा बास्तविक्ताका पाइला चाल्न सिख
स्विकार सबको सामु आज
तिमिले सबितालाइ भुल्न सक्या छैनौ भनि
सक्छौ भने समेट सबिताका टुक्रीएका सपनाहरु
देउ नया जिवन् आफ्नी सबितालाइ

भो भो राहुल
तिम्रो उपकार् अब चाहिन्न
तिम्रा नपुन्सक्ताका कथा म सुन्न चाहन्न
भैगो राहुल,
अब तिम्रो बिष् म पिउदिन
भो भो राहुल
अब भने साच्चै ... म तिम्रो कबिता कोर्दै कोर्दिन।
 
Posted on 11-04-06 5:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

इ अल्सो फेल्त सो । अलि बढी नचाँहीने लेखे छ ऊस्ले । राहुल भाई लाई आँखा मा राख्दा पनि नबिझौने मान्छे लाइ किन कस्लाई रिस् इवि ?
 
Posted on 11-04-06 6:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लेख्दा लेख्दै कविता अनायास, हुन गयो ब्यर्थैमा बिवाद ।
राहुलजिले नारिलाइ हेला नगरेको भए, साझा शान्त हुन्थ्यो आज ।।

मेरा प्यारा साथि, भाइ, दाजु, दिदि, बहिनिहरु रिसानि माफ होस ।
धेरै दिन पछि राहुलजि को कृपाले जन्म्यो, कविता लेख्ने जोश् ।।

छन्द् बिगारि किन तैले लेखिस् भन्नु होला सार्डुल्बिकृडित् छन्दमा ।
मकन पनि गाइखाने देश् आइ, भुल्या छैन 'क'पुरि कोर्न ।।

कुरो उठ्यो सबिताको आज, भन्छु मुटुमा ढुङा भएपनि ।
सबिता गर्छिन् 'नारि' जगत् को प्रतिनिधितित्व, म परे पक्का नारिवादि ।।

लौ पालो अब कवि मित्र राहुलजिको, कथा सुनाउने सबिताको ।
सुनाउनुस् ब्याथा आफ्नो लौ, बाडे दुख: हलुको हुनेछ बोझ् मुटुको
 
Posted on 11-05-06 2:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुक्क केटा हो ।।। यो रामे र राहुले दुबैको कबिता केकन फुरौने सोखमा आज सबैको आँखा लेप्रियो ।

जोसमा हैन रामे होसमा आइजा राहुले,
सबिता नपे रामे कबिता नछाद राहुले।
नेल नलगा राहुले तेल नदल रामे,
बाउले जन्माएका हौ भने सबिताको दुबै पोइ बन।।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS EAD auto extended to June 2025 or just TPS?
मन भित्र को पत्रै पत्र!
TPS Renewal Reregistration
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Guess how many vaccines a one year old baby is given
Nepali Passport Renew
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Why Americans reverse park?
Biden said he will issue new Employment visa for someone with college degree and job offers
whats wrong living with your parents ?
" अनि ग्रिन कार्ड बन्यो त ?"
मैले नबुझेका केहि गीत का lyrics हरु
Nims- एक उन्मत्त साँढे
cannot accept Visa candidates
lost $3500 on penny stocks !!!
TPS Reregistration and EAD Approval Timeline.......
ढ्याउ गर्दा दसैँको खसी गनाउच
nrn citizenship
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters